नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक

गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र जाली देखि नालीका सामानसम्म भारतमाथि भर छ । तर सायद त्यतिखेर भारतमा नभएर हो कि, नेपाल प्रहरीको आधिकारिक पोशाक फ्रान्सबाट लगिएको रहेछ ।

राजा प्रिथ्वी नारायण शाहले सन् १७६९-१७७५ को बिचमा यूरोपेली मोडेलका पोशाक लगेका रहेछन् नेपाल । कलकत्ता भन्सार हुँदै । त्यसलाई फ्रान्सेली सेनाको सहयोगमा हतियार कम्पनीले उत्पादन गर्न थालेछ । सन् १९७० सम्मपनि नेपाल हातहतियारको विकासमा नेपाल यूरोपतिरै भर पर्ने गरेको र त्यसमा फ्रान्सेली सेनाको सहयोग रहेको उल्लेख छ ।

प्रधानमन्त्रीका योजना त राम्रा तर सफल होला ?

सबैभन्दा बुद्दीजिवी, डाक्टर गरेका, सधैं प्रथमका प्रथम प्रधानमन्त्री भट्टराई । हिजो कस्सिएका छन् फेरी नयाँ नेपालको नौलो कार्यक्रम लिएर । (उनले घोषणा गरेको सुशासन र विकास योजना करिब १२८ पेजको छ । त्यसैले त्यो हेर्न यहाँ क्लिक गरेर डा बाबुराम भट्टराईको वेभ साईटमा जानुस त्यहाँ दाहिनेतिर रहेको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना र  सुशासन कार्ययोजना, २०६८ मा क्लिक गरेर डाउनलोड गर्नुहोला) योजना हेर्दा नराम्रा छैनन् ।

काठमाण्डौ –तराई मधेस दु्रतमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने, मध्य पहाडी लोकमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने,भैरहवा र पोखरा विमानस्थलः क्षेत्रीय विमानस्थलमा विकसित गर्न स्तरोन्नतिको कार्य यसै आर्थिक वर्षमा शुरु गर्ने र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गर्न विशेष पहल गर्ने । बुढीगण्डकी जलविद्युत आयोजनाको एक वर्षभित्र डिपिआर सम्पन्न गर्ने तथा पश्चिम सेती जलविद्यु्त आयोजनाको निर्माण कार्य शुरु गर्ने । तामाकोशी जलविद्युत आयोजना निर्माण कार्यलाई निरन्तरता दिई तोकिएको समयभित्रै सम्पन्न गर्ने लगायत के के छन् के के नयाँ योजना । तर सरकारको काम गराइको पारा, मन्त्रीहरुको ह्याउ, उनको आफ्नै पार्टीभित्रको बेमेल र झैझगडा हेर्दा यस्तो योजना के संभव छ ?

कार्यकर्ता भाडा तिर्न नसकेर लुक्दै हिँड्ने, अध्यक्ष शामान्ति महलमा

क्रान्तिकारी बिध्यार्थी संगठनका पूर्व अध्यक्ष तथा माओवादी यूवा नेता लेखनाथ न्यौपाने आफ्नो फेसबूकमा लेख्छन्-

कोठा भाडा तिर्न नसकेर कोठा थन्किएको छ । साँच्चैको सर्वहारा भइयो । माओवादी सबैको यस्तै भए त ठीकै थियो तर कतिपय धन कुबेर बनिसकेको हल्ला बाक्लो छ । कस्तो बेमेल  ? !

हेर्नुस् त, सँगै गाउँ ठाउँ हिँडेका, मिठो मसिनो खाएका, बाँडिचुँडी बसेका र देश र समाज बदल्ने कसम खाएकाहरु । समाजलाई जहाँको तहिँ राखेर एक थरी १० करोड मूल्यको दरबारमा सर्ने भए । पार्टीका हरेक निर्देशन भूइँमा झर्न नपाउँदै त्यसलाई लागू गर्न युद्द मैदान वा हरेक मोर्चामा कस्सिने लेखनाथ न्यौपानेहरु आज घरभाडा तिर्न नसकेर भाग्दै हिँड्नुपर्ने । घरबेटीका आँखाबाट छलिँदै बाँच्नुपर्ने ।

प्रचण्ड / माओवादी अपारदर्शी हुनुको नियत के ?

लुना / बेल्जियम

सिधा सोझो र ब्यबहारिक रुपले न्युट्रल भएर भन्नु पर्दा मासिक भाडा एक डेढ लाख पर्ने घर माबोबादिका अध्यक्ष जस्ता पार्टी प्रमुख नेताको निम्ति अनावश्यक हो भनेर तर्क गर्नु कुतर्क नै हो । चाहे उनि सर्वहारा वर्गको नेत्रित्व गर्ने नै किन नहुन् पार्टी प्रमुखको हैसियतले । उनको सुरक्षाको जिम्मेवारीआदिको कारण पनि यो अनाबश्यक छ भनेर भन्नु डाह बाहेक केहि होईन ।

तर ! यति हुँदा हुँदैपनि यदि उनले अर्थात प्रचण्ड र माओवादी पार्टीले स्पष्ठताका साथ जनतालाई सोझो हिसाब किताब नदेखाए / देखाउन नसके अब भने प्रचण्ड लगायत माओवादी पार्टी प्रति जनताले प्रश्न चिन्ह खडा गर्ने छन् ।

मिडिया खबर ( साँघु साप्ताहिक / नागरिक न्युज आदि ) मा आए अनुसार त मासिक लाख भन्दा बढी भाडामा लिईएको भनिएपनि उक्त महल भाडामा नभएर न्युनतम मूल्य देखाई १० करोडमा किनिएको । के यो सत्य होईन ? होईन भने माओवादी पार्टी प्रमुख प्रचण्डजीले यस किसिमका समाचार लेखेर हौवा पिट्ने मिडियालाई शसक्त जबाफ दिन सक्नु पर्यो ! जबाफ मात्रै होईन यसरी जथाभाबी लेख्नेलाई सरकार मार्फत कारवाही गर्न सक्नुपर्यो ।

चिन र भारतले पो सिकाउन थाले हाम्रा नेतालाई कूटनिति

‘भारतसितको संवन्ध राम्रो बनाउनुस’- चिन

‘चिनसँगको संबन्ध राम्रो बनाउनुस’ – भारत

केहि घण्टाकालागि नेपाल आएका चिनियाँ प्रधानमन्त्री बेनले माओवादी प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुझाव दिए भारतसितको संवन्ध असल राख्न । उता भारतको भ्रमणमा पुगेका उपप्रधान तथा ग्रिहमन्त्री विजयकुमार गच्छदारलाई भारतीय प्रधानमन्त्री डा मनमोहन सिंले सुझाव दिएछन् चिनसित सुमधुर संवन्ध कायम गर्न । चिनका प्रधानमन्त्रीले किन माओवादी प्रधानमन्त्री नै रोजे भारत सितको संवन्ध सुमधुर बनाउने सल्लाह दिन ? फेरी उता भारतीय प्रधानमन्त्रीले गच्छदारलाई नै किन रोजे चिनसितको संबन्ध सुमधुर बनाउन ?

विश्व प्रसिद्द पासबानसित समुद्रमाथि भेट

विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटै हिमाल चढेर विश्वकै प्रथम महिला बनेकि । उनीसित भेट्न के सहज हुनु ! गतसाल यस्तै १४ वटा हिमाल चढेका पोर्चुगाली हिमाल आरोही जोआओ गार्सियासित लिस्बोनमा भेटे देखिनै पासाबानलाई भेट्न खोज्दै थिएँ । करिब एक वर्ष पछि बल्ल तल्ल मौका मिल्यो । स्पेनको राजधानीबाट बासकन्ट्री भनिने करिब ६ घण्टा रेलको दूरीमा बस्ने रहिछिन् । म गएँ अन्य नेपाली र अर्का स्पेनिससित अन्तर्वार्ता गर्न बार्सेलोना । संयोग मिलाइयो, उनी बार्सेलोना आउँदै रहिछिन् आफ्नो हिमाल आरोहणबारे अरु देशका हिमालप्रेमी र साहसिक यात्राप्रेमीलाई सुनाउन ।

स्नेपनका नेपालप्रेमी केहिसित अन्तर्वाता गर्ने नेपालको अनुभवबारे । त्यहिँ नेपालका हिमाल चढेर विश्वमा किर्तीमान कायम गरेकि महिला छन् । उनैलाई छुटाएर के मज्जा ? यीनलाई भेट्न पाउने वातावरण नमिलेसम्म जान मन लागेन । यो पटक मियो संयोगले । दिउँसो १ बजे बार्सेलोनाको मिरामार होटेलमा समय दिईन् । मिरामारको अर्थ सामुद्रिक द्रिष्य रहेछ । बार्सेलोना शहरको डाँडामा रहेको होटेल । त्यहाँबाट समुद्रको रसपान छर्लंगसित हुने । वरिपरि जंगल भएको, समुद्रको किनारमा बार्दली हालेर खाना खान, टहलाउन पाइने । विशाल बगैंचा भएको । ओहो, हिमालले त साहसी मान्छेहरुलाई धेरै पो दिने रहेछ झैं लाग्यो । त्यो होटेलको एक रातकै कम्तिमा चार पाँच सय यूरो हुँदो हो ।

जंगली हात्तीबाट बच्ने र बालीनाली जोगाउने सजिलो उपाय

जंगली हात्तीको आक्रमणबाट बर्दियाको मगरागढी गाविसको माकरकट्टीफाँटाका स्थानीय गिरिराज परियार मारिए अस्ति। उनकी श्रीमती रेखालाई गम्भीर घाइते बनायो । गत महिना जंगली हात्ती उसैगरि पूर्वको झापा पसेर मान्छे मार्‍यो । दिउँसो बजारमै पसेर उद्दण्ड मच्चायो (तस्विर हेर्नुस्) । जंगली हातीको यस्तो आक्रमण पूर्व झापादेखि पश्चिम महेन्द्र नगर सम्मै खपिरहेका छन् स्थानिय जनताले । मूख्य गरि चारकोसे झाडी वरिपरिको वस्तीमा हात्तीले मान्छे मार्ने, घर भत्काउने र बालीनाली मास्ने गरिरहेको छ ।

तर स्थानिय प्रशासनले भने हात्तीको आक्रमण र क्षतीलाई रोक्ने सजिलो उपाय हुँदाहुँदै पनि झन हात्ती बिच्काउने र उत्तेजित पार्दै आएको छ जसले गर्दा झन बढि क्षती हुने गरेको हो । के छ त हाती आक्रमणबाट बच्ने सजिलो उपाय ?

मारमुंग्री यूग ब्युँताउने माओवादी प्रयास

जनसत्ताले जनयुद्द ताका गरेका अबैध कारोबारलाइ मान्यता दिनु भनेको भोलि एक एक गर्दै जनअदालत, जनमुक्ति सेना, जनसरकार जस्ता मारमुंग्री युगलाइ फेरी ब्युँताउने कुत्सित कालो प्रयास हो

शिवराज पन्त

पुराणमा थुप्रै कथाहरु पढ्न पाइन्छ । दैत्यहरुले आफु शक्तिवान हुनको लागि घोर तपस्या गर्छन । जुन तपस्या साधारण मानिसले गर्न सक्दैन । पृथ्वी, पाताल र स्वर्ग  तिनै लोकमा हल्ला पुग्ने गरि घनघोर तपस्या गरेपछि  ब्रह्मा वा शिव खुशी भएर आशिर्वाद दिन्छन । आशिर्वाद पाएपछि दैत्यहरु आम मानिस भन्दा बलवान हुन्छन । तर त्यसको प्रयोग उनीहरुले आम मानिस कै विरोधमा गर्छन र साधारण मान्छेको जीवन नर्क सरि तुल्याउँछन । शक्तिको उन्मादमा एक पछी अर्को गर्दै नराम्रा काम गर्दै जान्छन । सुरा सुन्दरी, भोज, धनदौलत लुटेर जबर्जस्ति प्रयोग गर्छन । उन्माद अतिनै भएपछी उनीहरु पुरै लोक नै कब्जा गर्न भनेर सुरिन्छन । त्यसपछि तिनको दिनगन्ती सुरु हुन्छ । पापको घडा भरिएपछी कुनै दैवी शक्तिले  त्यसको अन्त्य गर्छ ।

यो कथाको सम्झना आज माओबादीको कारणले भैरहेको छ मलाई । माओबादीले सरकारमा आउन दशबर्षे जनयुद्द लड्यो भूमिगत भएर । निश्चय पनि यो सजिलो थिएन । तैपनि जनताको समर्थनको कारण यो उचाइमा पुग्दै गयो । अन्तमा जनआन्दोलनको साथ पाएर उ केहि हद सम्म सफल भयो, सत्तामा पुग्यो । सत्ताको सबै खाले सुविधाभोग गर्न पायो । विस्तारै विस्तारै माओबादीले आफ्नो पार्टीको उदय किन भएको थियो र पार्टीको नीति र विधि के थियो भन्ने नै बिर्सिन पुग्यो ।

ल हेर्नुस् आधा शताब्दी अघिको नेपाल

सन् १९६० ताका कस्तो थियो होला है नेपाल ? तिन चार वर्षमै तिब्रताका साथ बदलिने नेपाल, हाम्रो प्रव्रित्ती, हाम्रो भौगोलिक संरचना र हाम्रा नियती अनि संस्क्रिति र संस्कार । अहिले सन् ६० ताकाको नेपाल हेर्दा नेपाल हो र ? जस्तो लाग्छ । त्यसो त हामी नेपालीले त्यो बेलाको नेपाल बारे नसुनेकै होइनौं । टोनी हेगनले देखेको नेपाल र प्रथम सगरमाथा आरोही सरएडमण्ड हिलारीले भेटेको नेपालबारे चर्चा हुने गर्छ अक्सर । तर पश्चिमेलीहरुलाई नेपाल् पुग्न असम्भव जस्तो लाग्ने त्यो बेलापनि केहि बेलायतीहरुले हाम्रो अरुण उपत्यका देखि पश्चिममा अन्नपूर्ण, धौलागिरी र माथि डोल्पो सम्म पुगेर नेपालको तस्विर खिचेका रहेछन् । त्यस्तै मध्येकि एक रहिछिन लण्डन विश्वविध्यालयकी प्रधायापक हेमनडोर्फ । उनले नेपालका थुप्रै भूभाग त्यो बेलै घुमेकि रहेछिन् र त्यो बेला कलर भिडियो नभएकोले श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाईट) भिडियो खिचेकि रहिचिन् । हामीलाई अहिले त्यो बेलाको नेपाल हेर्दा नाटकिय झैं लाग्ने ल्याण्ड अफ द गोर्खाज भिडियो हेर्नुस् । कता कताबाट भेट्टाएर नेपालप्लसका लागि पठाइदिएकामा बेल्जियम निवासी लुनाजीलाई धन्यावाद ।

जनतामारा भट्टराई सरकार

“आयल निगमको भ्रस्टाचार र अनियमितता रोकेपनि ईन्धनको मूल्य बढाउनु पर्दैन, जनतालाई सहुलियत दरमा दिन सकिन्छ” । आफू सरकार नजाँदा माओवादीले यसो भन्दै धेरै पटक आन्दोलन गरे । त्यतिखेर कि त एमालेको सरकार थियो । कि नेपाली कांग्रेसको । कि मधेशी दल वा राप्रपा मिश्रित अन्य कुनै सरकार । आफू सरकारमा नहुँदा सजिलो भो बाहिरबाट सोच्दा, आ…… हाम्ले पाए टुकुचा खोलामा बग्ने पानीको मूल्यमा ईन्धन दिन्थेम । नाथे खाना पकाउने ग्याँस त परालको भाउमा भने झैं गरे ।

यता पार्टीले भाउ बढाएर जनताको ढाक सेकियो । उता उपत्यका बन्द र नेपाल बन्द गरेर राष्ट्रको आर्थिक अवस्थामाथि लात्ती बजारियो । नाम्लो बोकेर खाने दुखियाका नाम्ला खोसियो । ठेला गाडा गुडाएर खाने निमुखाका पाङ्ग्रामा चक्का जाम ठोकेर गाँस खोसियो । अनि भनियो, एमाले र कांग्रेस राष्ट्रघाती हुन् । यी देशमारा हुन् । जनतामारा हुन् । भ्रस्टाचारी हुन् । तेलमा भ्रस्टाचार गरेर आफू पौडी खेलेर तपाइ जनतालाई मारेका छन् ।