माओवादी कार्यकर्ता : कोहि पछुताउँदै, कोहि दम्पट
‘जिन्दगीको सबैभन्दा उर्जाशील उमेर २५ वर्ष राजनीतिमा लगाइयो, डेढ वर्ष जेल पनि बसियो, भूमिगत पनि भइयो, युद्धका डरलाग्दा क्षण पनि विताइयो यत्रो दुःख गर्नै नपर्ने रहेछ, मल्याकमुलुक गरेर माला र टीका थापे हुनेरहेछ, थुक्क खिले !’
गत मे १८ का दिन एकिक्रित नेकपा माओवादीका कार्यकर्ता, माओवादी निकट पत्रकार खिल बहादुर भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा हाकाहाकी ब्यक्त गरेको पश्चाताप । अहिले अवस्था साँच्चै यस्तै छ, धेरै माओवादी कार्यकर्ताको । ति कि त पश्चाताप मानेर बसिरहेका छन् । कि त गुपचुप छन् । कति त सामाजिक सञ्जालबाटै गुप्त छन् ।
मुलुकको स्वाधिनता र विध्यार्थी राजनिति
● सिद्धिचरण भटराई
अहिले बिद्यार्थि राजनीतिको मौसम शुरु भएको छ । जव बिद्यार्थि राजनीतिको कुरा शुरु हुन्छ मलाई आठ, नौ कक्षामा पढ्दाका दिनहरुको याद आउँछ । बिद्यार्थि संगठन चलाउँदा बिद्यार्थिले राजनीति गर्ने कि नगर्ने ? पहिलो प्रश्न यो हुन्छ जहिले पनि । दोश्रो प्रश्नः बिद्यार्थि राजनीति किन गर्ने ? तेश्रो प्रश्न: बिद्यार्थिले कसका लागि राजनीति गर्ने ? आजको बिद्यार्थि राजनीतिमा पनि यी नै प्रश्नहरु नै प्रधान हुन्छन, जुन मैले ०४३ / ४४ सालमा आठ कक्षामा पढदा अनुभुत गरेको थिएँ ।
‘राजनीति फोहोरी खेल ! ’
म आठ कक्षामा जनता मावि बिर्घा स्याङ्जामा भर्ना हुँदा त्यहाँ भुमिगत बिद्यार्थि संगठनहरु क्रियाशिल थिएः अनेरास्ववियु र नेविसंघ । नेपाली कांग्रेसले लगाउने नारा ‘जय नेपाल’ थियो र छ अझैपनि । त्यतिखेर केही बिद्यार्थिहरु जय नेपाल खुइले कपाल भन्दै जिस्कन्थे । ‘हाफ छुट्टि’ को बेला मैले त्यही सिको गर्दै त्यहि जिस्काउने कुरा दोहोर्याउँदै भने ‘जय नेपाल खुईले कपाल’ । म अवोध नै थिएँ । किन त्यो भनियो मलाई नै थाहा छैन । स्कुल मैदानमा भलिबल खेलिरहेका एक जना नेवि संघका बिद्यार्थिले मेरो भनाई प्रति राता आँखा लगाएपछि म झसंग भएको थिएँ । पछि त ४ बजे पछि घर जाने बेलामा गौडो कुरेर १०/१५ जना भुसतिघ्रे केटाहरु सहित त्यही राता आँखा लगाउने केटाले किन ‘जय नेपाल खुइले कपाल’ भनिस भनेर पो निउँ खोज्न थाल्यो । हामीलाई त्यही गौंडामा पिटने योजना रहेछ । संयोगले एक जना शिक्षक आउनु भो र त्यो कुरालाई शान्त पार्नु भो । यो घटना नै मेरो जीवनका लागि महत्वपूर्ण रहयो ।
इफ्तिकार मोहम्मद चौधरीको तुलनामा हाम्रा न्यायाधिश
● आनन्दराम पौडेल
न्यायपालिका सत्ताप्रति मेहरबान र नागरिकप्रति कठोर भएको महसुस भैरहेछ । हुन त यो स्वाभाविकै होकि जो सत्ताप्रति जति मेहरबान हुन्छ, त्यो त्यति नै जनताप्रति कठोर हुन्छ । एकातिर डेबिट हुँदा अर्कोतिर क्रेडिट हुने हिसाबको सन्तुलन जत्तिकै छ । नेपाल बायुसेवा निगमको एउटा निर्णयविरुद्ध रीट दायर गर्नका लागि अधिवक्ता सरस्वती थापाजी बैशाख १७ गते सर्वोच्च अदालत जानुभएछ । जस्को बिरुद्ध रीट हाल्ने हो पहिला त्यसैलाइ निवेदन गरेर मात्र रीट दायर गर्न ल्याउनु भनेछ सर्वोच्चले । रीट हाल्न बिपक्षीको सहमति चाहिन्छ भन्न खोजेको आसय झल्किन्थ्यो । आज्ञा शिरोपर गरेर निगममा जानुभएछ । त्यहाँ निवेदन त लिएनन् नै, उल्टो मुख छाडे र त्यतिले नपुगेर ४ जनाले समातेर बलजफ्ती बाहिर निकाले । त्यस्तै, श्रीमानलाइ मननपर्ने रङ्गको टीसर्ट लगायो भन्ने निहुँमा इजलासबाट पत्रकारलाइ गेटआउट गरिदिए।
प्राय सत्ता निरङ्कुश हुन खोज्छ । सत्ताको महत्वाकांक्षालाइ सहज बनाइदिन न्यायाधीशहरुले ‘डक्टरिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) अघि सार्छन । ब्रिटिश विधिवेत्ता हेनरी दे ब्राक्टनले ‘अन लज एण्ड कस्टम्स अफ इङ्ल्याण्ड’ पुस्तकमा उल्लेख गरेपछि यो शव्दावलीले न्यायिक अभ्यासमा सर्वप्रथम प्रवेश पाएको हो । त्यसपछि यो शव्दावलीको उल्लेख अस्ट्रियन विधिवेत्ता हान्स किलसेनले सन १९६१मा लेखेको कृति ‘प्योर थ्योरी अफ ल’ मा गरेका थिए ।
काखिबाट जन्मेका बुद्दको ताईवानमा ३०४० औं जयन्ति
● कपिल अधिकारी / ताइपे, ताईवान
हामी नेपालीहरूले यहाँ सायद तिन चार पटक मात्र संस्थागात रुपमा मनाएको छौं होला बुद्ध जयन्ति । बुद्धकै देशबाट आएका हामीले यो वर्षपनि मनाउन सकेनौं । ताइवानमा ४ वटा जति ठूला ठूला बौद्द मन्दिर छन् । यस मध्ये एउटा धेरै ठुलो मन्दिर हो चोंग थाई । ताइवानको मध्य भागमा रहेको यो मन्दिर धेरै ठुलो छ । यहाँ जेन स्कुललाइ आत्मासात गरिएको छ । जेनको अर्थ संस्कृतिमा ध्यान हो । ध्यानलाइ नै जेन भनिएको हो । यहाँ ध्यानलाइ नै मुख्य मानिन्छ । ताइवान र बाहिर देशमा यो चोंग थाईको ९० भन्दा बढी शाखा रहेका छन् । मुख्य मन्दिरमा मात्र १२०० भिक्षु- भिक्षुनी बस्छन । एउटा बुद्धिस्ट अध्यनकेन्द्र छ । मन्दिर १३६ मीटर अग्लो छ । यो ताइवानको सबभन्दा अग्लो र बिस्वकै केहि अग्लो मन्दिर हरु मध्येमा पर्दो रहेछ |
के के पारित गरेछ आदिबासी जनजति महासंघको आठौं महाधिबेशनले ?
नेपाल आदिबासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिबेशन भर्खरै सकियो । जसले पहिचानका आधारमा संघियताको वकालत गरे तिनको नेत्रित्वले हार कहयो भनिएको थियो । ड्यास र कयस भनिएका दुबै माओवादी र संघिय समाजवादी पार्टीकाले हारे भनेको, लेखेको सुनिएको हो । अध्यक्षमा नेपाली कांग्रेस समर्थकले जिते भनिएको छ । तर अहिले आठौं राष्ट्रिय महाधिबेशनको घोषणा हेर्दा त म अचम्म परें । त्यसमा त पहिचान सहितको संघियता भनेर स्पष्ठै लेखिएको रहेछ । त्यसको नारामा लेखिएको छ ‘पहिचान बिनाको सङ्घीयता मान्दैनौँ । जाति, भाषा, संस्कृति, भूगोल र ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनःसंरचना हुनैपर्छ ।’
यसो भनेपछि अब नेपाली कांग्रेस समर्थक वा एमाले समर्थक जसले जितेपनि पहिचान सहितको संघियता नमानि हुने भएन । नारा र माग अनि निति जति पहिचान सहितको, त्योपनि भाषा, संस्क्रिति, , जाति र ऐतिहासिकताका आधारमा मानेपछि नेपाली कांग्रेस वा एमाले पक्षले जित्यो, माओवादी र संघिय समाजवादी पार्टीले हार्यो भन्नुको अर्थ के होला ? घोषणा पत्र र नारा अनुसारको कार्यक्रम गर्नु परेन ? संघर्ष गर्नु परेन ? ल जे होस्, यसका बारेमा अलि बिबेचना पछि गरौंला । अहिलेलाई आदिबासी जनजाति महासंघले पारिद गरेको घोषणापत्रमा के के छन् हेर्नुस् है त ?
‘भाडाका टट्टु’ कि बिर गोरखाली सेना ?
● मदन बज्राचार्य
ती बेलायतीका तर्फबाट युद्ध गर्ने बिर नेपाली “भाडाका टट्टु” होईनन् । अपितु ब्रिटिश सितको युद्धमा हारेको तत्कालिन नेपालको सरकारले नेपालको स्वाधिनता इस्ट इन्डिया कम्पनिबाट बचाउन ब्रिटिश सरकारसित विनिमय गरिएका मानवीय श्रोत हुन् । त्यतिबेला जति नेपालीले आफ्नो स्वाभिमान त्यागेर बेलायती सेनामा भर्ति भए । लडे । शहिद भए । ती सबै नेपालको स्वाधिनता बचाउन गरेको महान बलिदान हो ।
नेपालसितको युद्ध जितेको ब्रिटिस सरकारले नेपालको स्वाधिनता यथावत राखेर नेपालसित सन् १८१६ मा सुगौली सन्धि गर्नको निमित तत्कालिन नेपालको सरकार माथि राखेको प्रमुख शर्त मध्य नेपालीलाई बेलायती सेनामा भर्ति गर्न दिने पनि हो । ब्रिटिशको सेनामा भर्ति गर्न “जात” तोकेको पनि नेपालको सरकारले होइन । ब्रिटिश सरकारलेनै हो ।
तमुहरुकै पहिचानका बिरुद्द उभिएर तमुहरुलाई संगठित गर्ने ?
● मेख तमु / बेल्जियम
गत १३ मई २०१३ मा नेदरल्याण्डको आम्र्सटरडममा गुरुङ्ग समाज नेदरल्याण्डले युरोप भरिका तमुहरुलाई भेला गरी संगठित गर्ने योजना वनाएको खवर पाउँदा खुशि भएँ । उक्त भेलालाई अर्थपुर्ण वनाउन र युरोपका तमुहरुलाई पनि नेपाली सामन्तवादी केन्द्रिकृत राज्यसत्ताको विरुद्ध र संघीयताको पक्षमा संघर्ष गर्नका लागि संगठित गर्न महत्वपुर्ण हुन सक्ने आशा गर्यौं । त्यसैले वेल्जियममा तमु समाजको निर्माणमा लामो समय देखि लागिपरेका हामी ६ जना तमुहरुको समुह विहानै नेदरल्याण्ड तर्फ प्रस्थान गर्यौं ।
हुनत हामीले यो कार्यक्रमको उद्देश्य, एजेण्डा र रुपरेखा पहिलेनै जान्ने प्रयास गरेका थियौं । तर त्यो प्राप्त हुन सकेको थिएन । तैपनि नेपालमा अहिलेको यो राजनैतिक संक्रमणको अवस्थामा यो भेला पक्कै पनि तमु पहिचान सहितको संघियताको पक्षमा वकालत गर्न केन्द्रित हुनेछ भन्ने लागेर नै हामी त्यता लागेका थियौं ।
जिउँदा शहीदको कथा-ब्यथा
● आनन्दराम पौडेल
धेरैपटक भेटेर कर गरेपछि बल्ल सुनिता भण्डारी (दाहाल) बोल्न तैयार भइन् । ”हाम्रो दु:खका कथा मेडियाले जति प्रसार गरेपनि, एकपल्ट सानो प्रभाव परेको बाहेक, त्यस्को असर रत्तिभर परेको छैन। यहाँ कसैलाइ भनेर पनि केही हुँदैन भन्ने निस्कर्षमा पुगिसक्यौं । त्यसैले, बोल्ने इच्छा नभएको हो । लौ भन्नुहोस्, के सोध्न चाहनुहुन्छ ?” सुनिताले भनिन् ।
“तपाईंहरुमाथि परेको दु:ख सुनें, आफैंले देखेंपनि । तपाईंको आफ्नै मुखबाट तपाईंहरुको सङ्घर्ष र दु:खको कथा-व्यथा सुन्ने चाहना भयो र आएको हुँ ।” लेखक कन्हैयाले भने ।
“मैले भन्ने भनेको मेरो मात्र नभएर मेरो परिवारको कथा हो । त्यस्मापनि विशेषगरी मेरा पति सीपी दाहालजीको दुर्दान्त दु:ख, पीडा र सङ्घर्षको कथा हो ।”
बेल्जियम आएर ज्यान जानेको आत्माले अब चाहिँ शान्ति पाउँछ कि ?
पहिलो र दोस्रो विश्व युद्दमा भारतीय सेनामा भर्ति भएर बेलायतका तर्फबाट धेरै नेपाली युरोप छिरे । ति मध्ये बेल्जियमको ईपेर भन्ने ठाउँमापनि धेरै नेपाली मारिए । कि त बन्दि बनाइए । ति रहरले भन्दापनि बाध्यताले, झुक्याएर वा फकाएर छिरेका थिए, अधिकांश । लामो समयसम्म तिनको सोधखोज भएन । धेरैलाइ जानकारि नै नभएको बेला बेल्जियम निवासी राम बहादुर गुरुङले त्यहाँ मारिएका नेपाली सेनाको गतिबिधी बाहिर ल्याएपछि त्यसले चर्चा पाएको धेरै नेपालीले स्विकार्छन् । यो घटनाबारे पूर्ण जानकारि लिन यहाँ, यहाँ र यो ठाउँमा क्लिक गर्नुहोला । तर यो स्विकारोक्तिसँगै त्यसको चर्चा बढ्दै गयो । तर जब तिनको सोध खोज भयो तब राजनिति गर्नेका आँखा ति म्रितकका नाममा पर्न थाले । मरेर जानेका आत्मलाई सम्मान गर्नु भन्दा पनि तानातान गर्न थालियो । अब भने तिनको आत्माले शान्ति पाउँछकि भन्ने आशा पलाएको छ । तमु समाज बेल्जियमले कानुनी रुपमै नेपाली सेनाका नाममा स्मारक बनाउने काम अगाडि बढाएपछि त्यो आशा पलाएको हो ।
मध्यरातमा थारुको माछा छेपाराले झ्याप्पै
● सोमना थारु / बेल्जियम
टाइमन टापुबाट हामी मुख्य भुमिमा फर्क्यौं । हाम्रो साइकल भएको होटलमा फेरी एक रात बितायौ । अर्को दिन देखी हाम्रो साइकल यात्रा फेरी शुरु भयो । अब हामी मलेसियाको पुर्वी तट अर्थात पुर्वी समुन्द्री किनारै किनार थाइ सिमानाको कोटाबारुको गन्तव्यमा हिँड्यौं । यसको दुरी लगभग ८०० किमी थियो । हामी कहिले ६० किमी साइकलको पैडल चलाउँथ्यौं । कहिले १०० किमी चलाउँथ्यौं। कहिले १०० किमी भन्दा पनि बढी पैडल मारिन्थ्यो । हामीहरु प्राय आफ्नै टेन्टमा बस्थ्यौं । खानाहरु आँफैले बनाएर खाथ्यौं । त्यसको लागि हामी सँग त्यस्तै खाना पकाउने उपकरण र तयारी खानाहरु थियो ।
त्यही बिचमा कहिलेकाहिँ समुद्री किनरामा अवस्थित होटलमा साइकल थन्काएर टापुहरुमा गएर पनि घुमफिर र अवलोकन गर्दै हाम्रो साइकल यात्रा अघि बढदै गयो । हामी फेरी एउटा सानो टापुमा जाने भयौँ । त्यो टापुमा जानु भन्दा अघि मैले सुकेको सिध्रा माछा किनेको थिएँ । थारुहरुलाई मन पर्ने चिज । सुकेको माछा पकाउन कति सजिलो हुन्छ । पानी उमाल्यो माछा हाल्यो । अलिकती नुन र मसला । बस माछाको झोल र भात । हामी सँग चामल पनि एक किसिमको कागजमा पोको पारीएका थिए । त्यो चामल पाक्न पनि चाडै पाक्ने रहेछ ।



