यहि देखाउन बोलाउने दश लाख पर्यटक ?

dumping-in-nepal.jpg

यो तस्बिर काठमाडौं राजधानी जोड्ने एक मात्र प्रिथ्वी राजमार्गको मलेखु बजारमा खिचिएको हो । यहाँबाट हरेक दिन पर्यटक बस मात्रै ३०० वटा ओहोर दोहोर गर्छन । यो मलेखु बजारको हाइ वे गार्डेन होटेल एण्ड रेस्टुरेन्टको अगाडिकै द्रिष्य हो । यहि फोहोरको अगाडि दिनमा कम्तिमा २० वटा पर्यटक बस रोकिन्छन । यहि हेर्दै तिनले बिहानको नास्ता र दिउँसोको खाना खाएर हिँड्छन ।

सन २०११ लाई पर्यटक वर्ष घोषणा गर्दै १० लाख पर्यटक ल्याउने घोषणा गरेको छ सरकारले । तर घोषणा भाषणमा मात्रै सिमित देखिन्छ । यातायातको बिजोग उहि । विमानहरुको अभाव उस्तै । खानेपानी झन संकट । बिजुली नभएर सधैं अन्धकार । धुलो, धुवाँ र प्रदुषण झन बढ्दो । ठुला समस्या त हल गर्न सकेन रे लौ । के राजमार्गमा थुप्रिएका यस्ता फोहोरका डंगुरपनि सम्हाल्न सक्दैन सरकारले ? यस्तो फोहोर सम्हाल्न त ठुलो योजना बनाउनु पर्थेन । लाखौं करोडौं खर्च हुन्थेन । यस्ता सानातिना समस्या स्थानिय स्तरमै हल गर्न सकिन्छ यदि सरकार जिम्मेवार हुने हो भने । तर सरकारले पटक्कै ध्यान दिएको देखिन्न

नेपाल भ्रमणवर्ष, नेपालवर्ष गन्तब्य भन्दै अनेक नारा फलाक्ने नेपाल सरकारको यो लाचारी पारा देख्दा यस्तो द्रिष्य देख्ने पर्यटकहरुले के सोच्लान ? कस्तो सोच बनाएर जालान ? नाथे राजमार्गको फोहोर समेत उट्झाउन नसक्ने सरकारले के को भाषण ठोक्नु १० लाख पर्यटक ल्याउँछु भन्दै । ल्याएर पो के गर्ने ? यस्तै फोहोरका थुप्रा देखाएर पठाउने पर्यटकलाई ?

नेपालका ब्यापारीपनि कति चुथ्था हुन । यो हाईवे गार्डेनले दिनकै लाखौं रुपियाँ कमाउँछ तिनै पर्यटक बसबाट । तर आफ्नो होटेलै अगाडिको यति फोहोर के उसले थान्को लगाउन सक्थेन त ? दिनकै लाखौं कमाउने होटेलले के नाथे दुइ चार सय खर्च गरेर आफ्नो दैलाको दुर्गन्ध हटाउन सक्दैन ? उसले एक्लै नगरेपनि त्यत्रो ब्यापार हुने मलेखु बजारका सबै ब्यापारी मिलेर के यति फोहोर सफा गरे हुन्न ? जहाँ पनि सरकारकै मुख ताक्नुपर्ने ? के सफा पर्यटकलाई मात्रै चाहिन्छ ? हामी नेपाली पनि सफा सुग्घरमा बस्न हुन्न ?

13 Comments »

  1. naveen lo said,

    January 20, 2009 @ 8:44 am

    paisa matra sohorna khojne ani fohor byabasthapan garna suko kharcha garna nakhojne yasta hotel byabsayiharulai dhikkar chha….

    [Reply]

  2. Raja Ram Sukubhattu said,

    January 20, 2009 @ 9:00 am

    kuro sahi ho tara k garne? afno ghar badharera fohar bato ma falne ta hami nepali ko chalan nai ho ni. ghar sangai ghar agadi ko sadak peti pani safa garne bani kaile aula khai?

    [Reply]

  3. tika ram ale said,

    January 20, 2009 @ 9:06 am

    malai lagchha yo sarkar lai matrai dosh dine kuro haina kina bhane hami nepali janta harek kshetrama aafain jagaruk hunu parne dekhinchha hamro naramro bani bhaneko arkale garoula ra khaula bhanne shochle garda yasto bhayeiako ho.

    [Reply]

  4. Madhav pandey"Tiger"-Palpa-Argali-Ranuwali said,

    January 20, 2009 @ 11:29 am

    Yastai hisable chalne ho bhani 10 lakh ta ke 1 lakh pugna pani muskil hunchha jasto chha.

    [Reply]

  5. yuvraj rijal said,

    January 20, 2009 @ 12:05 pm

    lekh maa yesto ghatiya word ko prayog le yo blog ko star kahaa puryaaulaa?

    chutiya ko artha thahaa chha??????????????????
    nepaljung maa chut = yoni, yaa lagaye pachhi yoni maa garne manchhe.
    kasailai naramro gaali garnu chha bhane “chutiyaa”
    saathi bhailai jiskaaunu chha bhane “chutiyaa”

    yesto word ko prayog lee yesh blog ko star k hune?

    [Reply]

  6. raj said,

    January 20, 2009 @ 12:08 pm

    tapai le nepal aga ramro sanga dekhanu bhayako raincha jasto cha…..
    yo ta ke hoina yo bhanda kaiou guna badi bhayanak cha……………

    [Reply]

  7. पुष्पराज शर्मा. said,

    January 20, 2009 @ 2:04 pm

    सुगुरलाई स्वर्ग जान्छस भन्दा….गु….पाईन्छ…..भने जस्तै हो । नेपालीलाई फोहरको सगरमाथा घरमै उपलव्ध हुदा कसले फ्याँक्ने हो । सबैकाम सरकारले गर्छ भने हाम्रो काम खाने र हगने मात्र। भरसक भात पनि नचपाई खानपाए कति राम्रो हुन्थियो होला। आफु सुगरि भन्ने तर आगनको फोहर भने नदेख्ने । नेताको भासण र नेपालिको बानि एउटै हो। बिदेशिलाई फोहरले स्वागत नगरे नेताले फेरि कहाँ बाट माग्ने हो ।

    धन्यवाद
    पुष्प शर्मा (झापाली)
    हाल-साउदी अरव.

    [Reply]

  8. tara mgr said,

    January 20, 2009 @ 3:20 pm

    राम्रो,…… नेपालपलस को यो प्रस्तुती राम्रो छ है । हो एस्तै अल्छि पाराका द्रिस्यहरुलाई एस्तै साईट तथा पत्रीका बाट प्रचार्मा ल्याउदै गर्‍यो भने जन मानस त्यहाँ समाजमा एस्को प्रभाब परेर यो बिस्तारै सचेतन बन्न सक्छ ल एस्तै घोचपेच र गल्तिहरुलाई ठाडै आउल्याइदियो भने समाज केही सजग बन्न सक्छ है। मलाई त एस्तै लागेको छ। केही दिन अगाडि मेरोसन्सार ले प्रस्तुत गरेको एक एस्तै अपाङ्ग बालकलाई इस्कुलले गरेको हेलालाई निकै प्रचार्मा ल्याएपछी पछी उक्त बालकले स्कुल पढ्ने मौका पाएको थियो। अब भोली फेरी “सरसफाइमा नमुन बन्दै गएको मलेखु बजार” लेख पनि छपियोस है ।

    [Reply]

  9. pradeep Tamang kuala lumpur said,

    January 20, 2009 @ 3:47 pm

    thanx a lot bring this subject, i do hope all nepalise are more intelegence by this issu.

    your sincerely
    pradeep tamang
    kuala lumpur (malayisa)

    [Reply]

  10. yuvraj rijal said,

    January 20, 2009 @ 5:02 pm

    नेपाल प्लस लाई उल्टै धन्यवाद
    चुतिया भन्ने शब्द लाई सच्चएको मा
    तर सच्चाये पछी सतर्क गराउने लाई धन्यवाद त दिनु पर्ने हो होइन र साथी हो

    [Reply]

  11. naveen lo said,

    January 21, 2009 @ 9:18 am

    je hos rijaljilai dhanyabad chha…ke ho tapai ta yasto shabda bisheshagya nai hunuhundo rahechha ni..tapaiko khubilai mannai parchha….

    [Reply]

  12. Narayanji Mulepati said,

    January 23, 2009 @ 2:41 am

    Ahile samma sabaile Sarkar Sarkar bhandachhan, Akhir Sarkar ko ho ta ? Ke Aaganko fohor falna aaru aaune parne ra ? Junsukai nepali junsukai deshma gayapani kehi siker aaundaina khali ghumne, mojgarne, bhhatta (Allowance) pachaune matari garchhan. Yasto sarsafai kamkolagi ta tole toleka clubharule byabastha gare hunchhani. Samaj sewa pani hune 2/4 janale kam pani paune ra batabaran safa bhai swasthyalai pani ramro hune kaso ?

    [Reply]

  13. pradip said,

    February 19, 2009 @ 1:46 pm

    प्रस्तुती को लागी धन्यवाद…..योत नाम मात्रको पर्यटक वर्ष होला जस्‍तो छ यदी एइपाराले पर्यटक वर्ष मनाउने हो भने पछिल्‍लोबषं देखि नेपालमा पर्यटक आउने सम्‍भावना छैन| सतर्क हुन जरुरी छ………………..

    [Reply]

RSS feed for comments on this post · TrackBack URI

Leave a Comment (प्रतिक्रिया पठाउनुहोस्)

 रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ थिच्नुहोस्

नोट: कपि गरिएको कमेन्ट पेस्ट गर्न किबोर्डमा (Ctrl + V) थिच्नुहोला ।

Spam Protection by WP-SpamFree