मंगलबार, चैत ६, २०८०

नेपाल कम्युनिस्ट पार्टीका नेता विरही बिरामी अवस्थामा अस्पतालबाट पुन गिरफ्तार

नेपाल प्लस२०७७ भदौ २० गते १६:२९

बिप्लव अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, रातो खबरका निर्देशक एवं लेखक अनिल शर्मा विरहीलाई प्रहरीले आज भरतपुर अस्पतालबाट गिरफ्तार गरि गुपचुप रुपमा धनुषा लगेको छ ।

अस्पतालमा उपचारत उनलाई असार ३ गतेको नक्कली डिस्चार्ज पेपर बनाएर अस्पतालबाट निकाल्दै फेरि गिरफ्तार गरेको हो । उच्च रक्तचाप, मधुमेहका बिरामी विरही घरको भर्र्याङ्बाट लडेर चोट्पटक लागेपछि भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार थिए । उपचारकै क्रममा बैशाख २३ गते प्रहरिले पक्राउ गरेको थियो ।

बिरामी नेता विरहीको स्वास्थ्य अवस्थाको ख्याल राख्दै चितवन जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । स्वास्थ्य अवस्था सामान्य नभएसम्म पुन : पक्राउ नगर्नपनि अदालतको आदेश थियो । तर अदालतको निर्णयलाई कुल्चिँदै प्रहरिले धनुषा लैजाने भन्दै पक्राउ गरेको हो । अदालतको निर्णयलाई अबज्ञा गर्दै चितवनको भरतपुर अस्पतालमा उपचारर हुँदापनि दैनिक ३, ४ जना प्रहरी जवान खटाइएको थियो । प्रहरीकै निगरानी र मानसिक दबाबमा उनको उपचार भैरहेको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक