भारतमा मम चिनाउँदै नेपाली

nepalis-selling-momo-in-Delhi-0121

नयाँ दिल्लीको अति ब्यस्त जफ्फार मार्केट । कनोट प्यालेस करोल बाग भनेपछि झन प्रसिद्द । हालसालैको मेट्रो (राजधानी शहरमा मात्रै गुड्ने साना रेल) स्टेसनले गर्दा हजारौं मानिसको ओहोर दोहोर । चारैतिर भारतीय रेस्टुरेन्ट र पसलको खचाखच छ । ब्यापारीक केन्द्र भएकाले मानिसहरुको उत्तिकै भागभाग र दौडा दौड् छ । यहि ब्यस्त सडकको एक कुनामा बसेर जनकपुरका सुभास राई र गुल्मी आँपचौरका मिलन केसी हरेक दिन नेपाली मम धमाधम चखाईरहेका छन् भारतीयहरुलाई । 

 राई नेपालको द्वन्द र आर्थिक दूर्बलताले गाँजेर दिक्क थिए । नेपालमा उनले नत आफ्नो सिप देखाउन पाए न अन्य बिकल्प । दुई पाखुरा खियाउने धुनमा हानिए उनीपनि अन्य थुप्रै यूवा झैं दिल्ली । कामको खोजि गर्दै हिँड्दा यस्तो उपयोगि होला भन्ने नसोचि लहै लहै मै जानेको सिपले बाटो देखायो । उनले मम पकाउने कुकको काम पाए । गत सात वर्षदेखि उनी यहि थलोमा बसेर भारतीयहरुलाई धामधम मम चखाइरहेका छन् ।

मम खसो खास कुन देशको खाना हो ? चिनियाँ ? शेर्पा ? तिब्बती ? भियतनामी ? कम्बोडियाली ? त्यसको जवाफ होला अनुसन्धानकर्मीसित । तर सुभास राई भने नेपाली खाना हो भनेर दाबीकासाथ भारतीयलाई चखाइरहेका छन् मम । उनलाई मम कुन देशको हो, किटान गर्न तिर लाग्नुपनि छैन । बास, नेपाली खाना भनेर चिनियोस्, भारतमा फैलियोस यो खाने चलन, आफ्नो गुजारा पनि चलोस्।

nepalis-selling-momo-in-Delhi-0122

उनलाई शुरुमा हम्मे हम्मे परेको थियो यो मम पसल टिकाउन । बिस्तारै अहिले यसको स्वाद भारतीयहरुमा गड्दै गएको छ । भारतीयहरु मम खान पल्किँदै गएका छन् । उनको भनाईमा भारतीयहरुपनि सब्जीको भन्दा मासुकै मम बढि रुचाउँछन् । अहिले उनको पसलमा हरेक दिन मम खान  बढ्दै गएको छ । वरिपरिका सरकारी कार्यालयका कर्मचारीपनि खाजाको लागि मम संझिँदै यहिँ आउँछन् ।

 हुनत यहाँ मम खानेहरु नेपालीहरुपनि छन् । तर उनका मुख्य ग्राहक भनेका भारतीयनै हुन् । उनको पसलले दिल्लीको यस बजारमा खरिद बिक्रिकालागि पुगेका नेपालीसित भेटघाट गराउने सम्पर्क थलोको कामपनि गरेको छ । कतिपय नेपाली मम खान पाइन्छ रे भन्दै पनि यहाँ आउने गरेका  छन् । हुनपनि उनको मम यति लोकप्रिय भैसक्यो कि उनको देखासिकि गरेर उनैको पसल वरिपरि अन्य भारतीयले समेत मम पसल खोलेका छन् ।

 दिल्लीमा नेपालीको पौरखकै कारण नेपाली मम फैलिँदै गएको छ । नेपालीले केहि हदसम्म रोजगारपनि पाएका छन् । मम पकाए बापत मासिक सात हजार भारतीय रुपियाँ तलब खाने सुभास राईको भनाईमा रेस्टुरेन्टमा अन्य खाना पकाउनु भन्दा मम पकाउनेको माग बढि छ र  त तलब पनि अलि बढिनै पाइन्छ ।

6 Comments »

  1. deepak basnet said,

    November 25, 2009 @ 8:31 am

    NEPALIHARULE MAMA BANAUNA BHANDA KE NAI PO JANEKO CHHAN RA.HAMIHARU PANI AHILE MAMA BANAUNE KAMMA NAI BYASTA CHHUN.TARA MAMA BANAUDA KIMA RAMRO PRAYOG GARNU LA.MAREKO BHAISI,KUKURKO KIMA PRAYOG NAGARMU HOLA…

    [Reply]

  2. HAWA said,

    November 25, 2009 @ 8:35 am

    लौ अब दिल्ली अैयो भने पक्कै छिरिने भो.. तर मलाई चाँही भेज नै मन पर्छ है साउजी.. हा हा हा

    [Reply]

  3. Balaram Thapa said,

    November 25, 2009 @ 8:08 pm

    दीपक बस्नेतजी,
    तपाईं पनि म​:म​: पकाउने काम नै गर्नु हुन्छ क्या रे ! जुन कामले तपाईंको पेट पालेको छ त्यही कामलाई हेला नगर्दा राम्रो । अनि मरेको भैंसी र कुकुरको कीमा प्रयोग नगर्ने शुभ काम तपाईंबाटै शुरु गरौं न हुन्न ?

    [Reply]

  4. kendra said,

    November 26, 2009 @ 7:07 am

    मोमो बनाउने काम नराम्रो हैन ? सुबाश भाइले मोमो बनाउने काम गर्नु हुदो रैछ खुसि लाग्यो हामी पनि मोमो खान आउला कुनै दिन /

    [Reply]

  5. sagar nepal said,

    November 27, 2009 @ 7:27 am

    usa, uk,france, germany maa gayera restaurent maa bhanda majheko drisya bhanda yo ta lakhou guna ramro ra aatma samman ko kura ho. yesh maa gourab garnuhos sau ji.

    [Reply]

  6. Gita said,

    November 28, 2009 @ 7:09 pm

    ekdam mitho hola jasto cha i miss momo

    [Reply]

RSS feed for comments on this post · TrackBack URI

Leave a Comment (प्रतिक्रिया पठाउनुहोस्)

 रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ थिच्नुहोस्

नोट: कपि गरिएको कमेन्ट पेस्ट गर्न किबोर्डमा (Ctrl + V) थिच्नुहोला ।

Spam Protection by WP-SpamFree