राष्ट्रपतीलाई राजिनामा दिन दबाब ?

president-rambaran-yadav-nepalसिंगापुर वार्ताबारे ब्यापक चर्चा, परिचर्चा अनि सत्ता परिवर्तनबारे ब्यापक अड्कलवाजी र बहस चलिरहेका बेला फेरि अर्को चर्चा चलेको छ- राष्ट्रपती डा . राम वरण यादवको राजिनामा । अस्ति बिहिबार सिंगापुरमा सत्ता परिवर्तन गर्नेबारे कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला र एकिक्रित नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डबिच भएको वार्ता भन्दै राजधानी दैनिकले सार्वजनिक गरिदिएपछि निक्कै हल्लीखली मच्चिएको थियो नेपाली राजनितिमा । आज फेरि राष्टपती डा. रामबरण यादवलाई राजिनामा गर्न दबाब दिएको खबरले अर्को हल्लीखल्ली मच्चिँदै छ ।

सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरेपछि पून बहाली गर्ने राष्ट्रपतीको कदमनै अहिले देशको दुराशयको प्रमुख कारण मान्दै आएका माओवादीले अहिले राष्ट्रपती यादवलाई राजिनामा दिन दबाब दिएका रहेछन् । त्यो दबाब कांग्रेस सभापती गिरिजाकै सल्लाहमा रहेछ ।

 प्रचण्ड बिहिबार बेलुका राष्ट्रपती यादवलाई भेट्न गएको खबर त आएको हो । तर देशको समसामयिक विषयमा छलफल भएको भनिएको थियो । भन्नलाई त्यसो भनिएपनि प्रचण्डले राष्ट्रपती रामवरण यादवलाई राष्ट्रपती पदबाट राजिनामा दिन दबाब दिएका रहेछन् । “तपाईको कारणले गर्दा मूलुकले यत्रो राजनितिक संकट बेहोर्नुपर्‍यो। यो संकट पार गर्नकालागि पनि तपाईको राजिनामा आवश्यक छ। गिरिजाबाबुसित यस विषयमा सहमती भएको छ” भन्दै ।

तर यादवले किन मान्थे ? उनले प्रचण्डको आग्रह र दबाबलाई अस्विकार गर्दै आफु ‘कसैको दबाब र आग्रहले राजिनामा नदिने बरु संबिधान र संसदमा भएका दलहरुको सहमती अनुरुप मात्रै अगाडि बढ्ने’ जवाफ दिएर प्रचण्डलाई फर्काएका रहेछन् । प्रचण्डसँग राष्ट्रपतीको वार्ता भएकैले पो रहेछ त माओवादी नेता डा. बाबुराम भट्टराईले कोरिया उड्ने बेला विमानस्थलमा फुरुंग पर्दै ‘राजनितिक निकासकालागि राष्ट्रपती लचिलो भएको’ भनेको ।

 सिंगापुर वार्ताबारे बिहिबार सार्वजनिक भएपछि भारतीय राजदूतकोपनि मन पोलेछ क्यारे । उनले शुक्रबार नै कोइरालालाई भेटे । तर नेपाली नेता न हुन् बिदेशी सित के के कान फुकाफुक गर्छन् कहिले पो सार्वजनिक गर्थे र ? कोइराला र भारतीय राजदूत राकेश सुदबिचपनि के कुराकानी भयो बाहिर आएको छैन । तर सुद र कोइरालबिचको वार्ता पक्कैपनि सत्ता परिवर्तनबारेनै हो भनेर अड्कल काट्न लाटालाईपनि मुस्किल छैन ।

 सिंगापुरमा प्रचण्ड र कोइरालाबिच के सहमती भएको रहेछ भने राष्ट्रपती यदवलाई हटाएर कोइराला राष्ट्रपती बन्ने । त्यसमा माओवादीले सहयोग गर्ने । अनि प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएर माओवादीले सरकारको नेत्रित्व गर्ने । त्यसको लागि कोइरालाले भूमिका खेल्ने ।

6 Comments »

  1. jyoti prasad kafle said,

    November 28, 2009 @ 1:52 am

    rajnitic ma khutta tanne parbirti nepal ma khaile samma ………?????????

    [Reply]

  2. deepak basnet said,

    November 28, 2009 @ 5:14 am

    Girijako rastha pati hune dau ho yo. mero bicharma nepalko birda netako hisable pani girijalai rasthapati banaunu parchha.ra parchanda pardhan mantri hune pani tyati naulo kuro haina kina bhane usko dal sabbhidan sabhako sabai bhanda thulo ho….

    [Reply]

  3. Nepali keta said,

    November 28, 2009 @ 6:29 pm

    gire ko sas gayena? abata jana parne ho sarai virus bhayo nepal lai.

    [Reply]

  4. nava kranti said,

    November 29, 2009 @ 2:36 am

    prachande ahile aayera sablai dhogdai hideko chha. belama buddhi napuge pachi yestai ho.

    [Reply]

  5. Balaram Thapa said,

    November 29, 2009 @ 9:17 am

    “सिंगापुरमा प्रचण्ड र कोइरालाबिच के सहमती भएको रहेछ भने राष्ट्रपती यादवलाई हटाएर कोइराला राष्ट्रपती बन्ने । त्यसमा माओवादीले सहयोग गर्ने । अनि प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएर माओवादीले सरकारको नेत्रित्व गर्ने । त्यसको लागि कोइरालाले भूमिका खेल्ने ।”

    सार कुरा त यही हो । माओवादीहरु माथि विश्वास गर्न नसकिने भ​एकोले मात्र गिरिजा अलमलमा परेका हुन । तर राकेश सूदले यो समिकरण हुन दिने छैनन । नेपालमा ग्रिहयुद्द भड्कियोस्, त्यसलाई शान्त पार्न राष्ट्रसंघीय शान्तिसेनाको नीलो टोपी लगाएर भारतीय सेना नेपालमा हुल्न पाइयोस भन्ने भारतीय अभिष्ट जो छ ।

    [Reply]

  6. rani thapa said,

    December 2, 2009 @ 7:46 am

    indeya lai nepal ko internal kurama kina chaso caheyako.sala khate indiya…..nepal lai khanai laghee sakyo.yo gereja ani prachhanda sabai jana lai aautai khaldo ma harera baldinu parchha…..nepal ko dhukuti sakaune khateharu……magneharu……dhakaharu….

    [Reply]

RSS feed for comments on this post · TrackBack URI

Leave a Comment (प्रतिक्रिया पठाउनुहोस्)

 रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ थिच्नुहोस्

नोट: कपि गरिएको कमेन्ट पेस्ट गर्न किबोर्डमा (Ctrl + V) थिच्नुहोला ।

Spam Protection by WP-SpamFree