गुनासो छ
-रमेश गौतम “पाल्पाली”
सेतो कपालमा
मेहँदी लाएर
तन्नेरी बन्नेहरूले
आफ्नो अस्तित्वमा
व्यंग्य गरेजस्तो लाग्छ ।
समान अधिकार खोज्नेहरूले
सिन्दुर पोतेको रक्षाका लागि
भोकै व्रत बसेर
गोडाको जल खाएको देख्दा
आफैलाई व्यंग्य गरेजस्तो लाग्छ ।
वास्तविकता लुकाएर
अरुलाई ठगेँ भन्नेहरू
आफू ठगिएको
पत्तो नपाएको देख्दा
राजनीति गरेजस्तो लाग्छ ।
आँखामा गाजल र
गालामा पाउडर पोतेर
समानता खोज्नेहरूले
आफ्नो मुखमा आफैं
कालो पोतेको
पत्तो नपाएको देख्दा
भ्रममा परेजस्तो लाग्छ ।
समान अधिकारको जुलुसमा
जान तम्सिएकी वीराङ्गना
साडी र फुली पाएर
फुर्किनुको साटो
कापी र कलम पाउँदा
फुर्किदिए कस्तो हुँदो हो ?
बिन्दी र नेक्लेस लाएर
बन्दी हुनुभन्दा
अफिस र घरको
समानतामा
रमाएको देख्नपाए
कस्तो हुँदा हो ?
पेण्टी र चेष्टर लगाइदिएर
सुन्दरी बनेकाहरूलाई
के थाहा ?
उनीहरू कसका लागि
सुन्दरी बनेका छन् ?
सुन्दरी बन्दैमा
अधिकार पायौं भन्नेहरूलाई
के थाहा !
कस्तो जालमा परेर
दासत्व स्वीकार्यौं भन्ने ।
त्यसैले
मेरो गुनासो छ
कसैको प्रशंसा र
अलङ्कारमा भुलेर
आफ्नो अस्तित्व बिर्सिदिनेसित ।
धुम्रबाराही- ४ , केदारगल्ली-६० / काठमाडौं ।


Nepalplus.com said,
November 29, 2009 @ 12:18 pm
1000% agree with you sir…………ekdam ramro lagyo…..
Bastabikta yahi ho dherai lie man naparna sakcha.
But really good.
Thanks you
[Reply]
shova paudel said,
November 29, 2009 @ 1:09 pm
I think it is based on the reality.But i think it is difficult to use in practical life. And I also think that equality comes due to the change of time.keep it up. It is good.
Shova paudel Regmi
[Reply]
Indira Ojha said,
November 29, 2009 @ 1:12 pm
I like it very much. This reflect the reality of most of Neplease women but this is due to patriarchy.
[Reply]
सुरेन्द्र कार्की said,
December 2, 2009 @ 7:30 pm
तपाईको कविता असाध्यै मन् पर्यो सर । ज्यादै अर्थपूर्ण लेख्नु भएको छ ।
धन्याबाद, पढ्दै गर्न पाइयोस
[Reply]