गजल

- भीम के सी कमल / लिस्बन्,पोर्चुगल

 छेपारे रङ झैं फेरीइरहने बडेबडेको बोली हेर

 आमा भईन लथालिंग, बुद्ध आँखा खोली हेर ।

 भाई भाईको झगडामा पराई पाठ सिकाउने

 तल माथि उत्तर दक्षिण, बन्न थाले टोली हेर ।

 शान्ति जप्ने, लट्ठी नाप्ने सत्ता शक्ती सँग सँगै

 निर्धा ताकी बर्सी रहने, रोक्नु पर्छ गोली हेर ।

 कहिले अड्डी कहिले धम्की घात प्रतिघातहरु

 बिर्स अतीत, मिल आज; अनि स्वर्णिम् भोली हेर ।

 उन्नतिमा लम्की रहन नयाँ मार्ग भेट्नु पर्छ

 दीन् भाव कुण्ठा त्यागी, बिजयको रोली हेर ।

 हिंसा, क्रोध, मुर्खतालाई पर भगाउँ भन्छ ‘कमल’

 आशिर्बादको खाँचो बुद्ध,ज्ञान चक्षु खोली हेर ।

4 Comments »

  1. इन्द्र पुन said,

    November 29, 2009 @ 1:37 am

    अती राम्रो छ गजल अतीनै राम्रो

    [Reply]

  2. इन्द्र पुन said,

    November 29, 2009 @ 1:40 am

    वाह
    अती राम्रो छ गजल अतीनै राम्रो

    [Reply]

  3. ( Ctrl+V ) said,

    November 29, 2009 @ 12:39 pm

    salut gare tapaiko kabita lai maile ……

    [Reply]

  4. deepak basnet said,

    November 30, 2009 @ 3:38 am

    OS NICE GAJAL I LIKE IT TOO

    [Reply]

RSS feed for comments on this post · TrackBack URI

Leave a Comment (प्रतिक्रिया पठाउनुहोस्)

 रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्नको लागि यहाँ थिच्नुहोस्

नोट: कपि गरिएको कमेन्ट पेस्ट गर्न किबोर्डमा (Ctrl + V) थिच्नुहोला ।

Spam Protection by WP-SpamFree