मंगलबार, चैत ६, २०८०

हाम्रो बारेमा

बिशौं शताब्दिको अन्त्य र एक्काइसौं शताब्दी सुरुवात हुनै लाग्दा दुनियाँले के के कुरामा आफूलाई मलिलो बनायो भनेर कसैले सोध्यो भने फेहरिस्त लामो हुन सक्छ । तर यि दुई शताब्दीका बिचमा समाज कती परिवर्तन भए होला भनेर मनन गर्न बस्दा तात्विक परिवर्तन देखिने छैन । किनभने चिल्ला बाटा बन्नु र अग्ला घरहरु निर्माण हुनु मात्रै समाज परिवर्तनको नक्सा होइन । समाज परिवर्तन हुन पहिले सोच परिवर्तन हुन जरुरी छ । सोच भनेको चेतना हो । चेतनाको बिकासले समाज परिवर्तन गराउँदछ ।

तर हामी समाज परिवर्तन गर्नका लागि चेतना बाँड्न कस्सिएका होइनौं । हामीपनि समाज हिंड्न सक्ने त्यही बाटो खोजीरहेका छौं जहाँँ हामीसँग समाज होस् र समाजसँग हामी हौं । हामी त्यस्तै हातेमालो गर्न आएका छौं । यो हातेमालोले अनन्त सम्म निरन्तरता पाउनु पर्छ । बगैंचाले फूललाई हरेक पटक अथवा पटक पटक फक्रिन दिन्छ । किनभने फूफुल फक्रिनु भनेको बगैंचा जवान हुनु हो । सौंन्दर्य प्राप्त गर्नु हो । हामीलाई फक्रिन दिनुहोला । हामी यो समाजलाई जवान र सुन्दर बनाउने कोसिस गर्नेछौ ।

नेपालप्लस बिगत १३ बर्ष देखि निरन्तर चलिरहेको छ । नेपालप्लसलाई अहिलेको स्थानसम्म पुर्याउन ददि सापकोटा अहोरात्र खटिनु भएको छ । ददिजी जती नेपाली समाजको गहिराइमा पुग्नु भएको छ त्यतिनै उहाँका पसिना नेपालप्लसका अक्षर अक्षरमा मिसिएका छन । तिनै पसिनाको परिणाम हो अहिले हामी नेपालप्लसमा आवद्ध हुन पायौं । ददि सापकोटालाई धेरै धेरै धन्यवाद । हामीसँग अब अली ‘भर्जिन’ टिम बनेको छ । ददिजीको सल्लाह सुझाब पनि थपिने छ । यसैले समाजका छोक्रा छान्ने काम गर्ने छ । नेपालप्लस हिजोको जस्तै आज, भोली, पर्सी अनी सधैं तपाईंसँगै हुनेछ । हामीले चेतना बाँड्ने छैनौं, चेतना खोज्ने छौ ।

-सम्पादक

नेपालप्लस टीम

संस्थापक सम्पादक
ददि सापकोटा

सम्पादक
थानेश्वर सापकोटा

अतिथि सम्पादक
अनुराधा पौडेल

लेखक/सम्वाददाता

दीपक खतिवडा, पोर्तुगल
निलम घिमिरे, बेल्जियम
सुरेशचन्द्र कुईकेल, काठमाडौं

सम्पर्क

[email protected]