नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो)

नेपाली नेताले देश चलाउन सकेनन् । नेपाल असफल राष्ट्र भो । अब कुन देशले चलाउने भनेर युरोपेली परिषदमा छलफल चलिरहेको छ रे ।

एउटा कार्यक्रममा हामी केही साथी थियौँ । नेपालको बिग्रँदो राजनीतिक अवस्थाका बारेमा गफ हुँदै थियो । त्यति बेला एकजना मित्रले सुनाए । होइन होला भन्दापनि हो कि हो लगाए । कसलाई जानकारी होला ? सिधा सोध्दा कसैले भन्दैन भएपनि । उनैले भने- नेपालकालागि पूर्व फ्रान्सेली राजदूत मिसेल जोलिभेटलाई थाह छ । उसैसित सोध्नुस् त मिलाएर ।

तुरुन्तै सम्पर्क गरें । घरैमा बोलाए । शुरुमै त्यही प्रश्न सोध्दा न तर्सिने पो हुन् की भन्ने सोचेर सबै जिज्ञासा मेटिसकेपछि अन्तिममा भूमिका बाँध्दै लगेर सोधेँ । उनले नेपाल पुरै असफल राज्य भैनसकेको । आधा भने असफल भएको बताए । अन्य कुनै देशले चलाउने विषयमा चर्चा चलेको भन्ने कुरा चाहिँ उनले अस्विकार गर्दै भने- त्यो होइन । असफलनै भैसकेको राज्य कसले चलाउँछ ? भिडियो हेर्नुस है त ?

  • Balaram Thapa

    अहिले हो र नेपाल असफ़ल राष्ट्र भ​एको ? चिनले नेपालीहरुले कठमाडौं-भक्तपुर बीच ट्रलिबस चढेर खाउन भनेर फ़राकिलो बाटो बनाइदियो, पोल गाडिदियो, तार लट्काइदियो, बिजुलीबाट गुड्ने बस ल्याइदियो, २० वर्षलाई पुग्ने स्पेयर पार्ट्स ल्याइदियो, ग्यारेज वर्कशप र कार्यालय भवन बनाइदियो, तालिम दिएर दक्ष जनशक्ति निर्माण गरिदियो । त्यही ट्रलिबस चलाउन त हामी नेपाली असफ़ल भयौं । त्यस्ताले देश चलाउने ! वाहियात ! अब यो मुलुक चलाउन कुनै विकसित मुलुकलाई ठेक्कामा दिए भयो । त्यसो गर्दा पनि कमिसनका कारण ठेक्कापट्टा हुन नै असफ़ल हुने डर छ । क्या फ़साद !!

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]


  • Hamro das nepal bigarako naatala ho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree