घरबाट कुनै खवर आएन …….

-सुभासचन्द्र देवकोटा 

खै धेरै भो, घरवाट कुनै खवर आएन,  सानेले फोन पनि गरेन  कतै गोली चलेको कुरा , 

कतै मान्छे हराएको कुरा , कतै वाटो थुनियो रे, कतै पानी छेकियो रे, 

दुर्घटनानै दुर्घटनाको भुमरीमा मन अत्तालिरहेको वेला, 

खै धेरै भो, घरवाट कुनै खवर आएन, सानेले फोन पनि गरेन   कतै पँधेरामा पानी भर्न गएकी छोरी हराएको कुरा , कतै वम पड्किएर स्कूलनै ढलेको कुरा , 

कतै मेलामा गएका मान्छेहरु मारिए रे,  कतै गुडिरहेको वस एम्वुसमा पर्दा यात्रुहरु जले रे, 

अनिष्टै अनिष्टको आशंकामा मन रोइरहेको वेला, 

खै धेरै भो घरवाट कुनै खवर आएन, सानेले फोन पनि गरेन   कतै दाउरा खोज्न वन पसेकाहरु क्रसफायरमा परेको कुरा , कतै गाउँमा घरमा अड्न नसकेर मुग्लान पसेकाहरुको कुरा , 

कसैको भाइ मारियो रे, कसैको दाइ काटियो रे,  कसैको सिउँदो पुछियो रे, कसैको ईज्जत लुटियो रे, 

अनिष्टै अनिष्टको समाचार वग्रेल्ती आइरहेको वेला, 

खै धेरै भो घरवाट कुनै खवर आएन सानेले फोन पनि गरेन  कतै पहिरोले गाँउनै वगाएको कुरा , 

कतै आगोले वस्तीनै खाएको कुरा , कतै नाकावन्दीले मान्छे भोकै परे रे, कतै दंगा भड्कियो रे, 

कतै लुटपाट मच्चियो रे, 

अनिष्टै अनिष्टको सपनाले मन जलिरहेको वेला, 

खै धेरै भो घरवाट कुनै खवर आएन

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)

  • Harihar Aryal, Paris

    Dear Shuvashjee,
    congratulation for your impressive poems of anxity of terrors, which reflects the real day to day life of Nepal. Hope , you will write more and more and let us enjoy. Happy DIPAWALI AND BHAI-TIKA.(even you have…)
    Harihar Aryal, Paris

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bidhya Sapkota, Kathmandu

    अनिष्टै अनिष्टको सपनाले मन जलिरहेको वेला,
    खै धेरै भो घरवाट कुनै खवर आएन,
    Nice …………..!!!
    Aba hamro ghar jalne chhina dipawaliko dip sagai jagmagaune 6, phul sagai ramaune6……hami aasabadi chhu……..Happy Dipawali.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • himan sharma

    It is nice poem and reflects reality of country. We are talking about peace. Unfortunately , the political parties are not serious on this issues. They are still bargaining on the Satta and Paad. Therfore , we should work together and join hands for establishing sustainable peace in country. Congratulation for nice poem again.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • i love you nepal

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mahesh

    Congratulation for this artical. Hope, coming days will give happiness and trust to all Nepali.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree