दिपावली क्षितिजपारि….अनुभुति र सम्झनामा
-सूर्य प्रसाद न्यौपाने “सिकारु”
“हैन कति तास मात्र खेलेको भन्या, टिकाको लागि तयार हुनु पर्दैन। यस्तै हो भने त म अबदेखि आउदिन नि टिका भनेर उति टाढाबाट” । ‘ओहो, मेरो मायालु बहिनि त सारै रिसाए जस्तो छ नि । मैले त तासमा जितेर तिमिलाइ बहुमुल्य उपाहार पो दिउला भनेको नि यसपालि। नरिसाउन ल‘,”अ हो हो अब पनि खेल्ने हो भने चाहि दिने होइन म आफै दिनु पर्ला जस्तो छ । पोहोर त टिका लगाउन पाइन । त्यसैले, अहिले त धरै चोटिको भग लिनु छ बुझ्नुभो”। ‘हुन्छ मेरि फुच्चि बहिनि म तिम्रो लगि दुइ चोटिको हैन धरै चोटिको को नै दिउलानि‘ । “हैन दाई त्यसो नभन्नु करिब ६ वटा बसन्तहरु पार गरेर आउने यो तिहारमा पनि हजुरको निधारमा टिकारुपि उन्नतिको कामनाले भगवानलाई पुज्न पाइन भने म एक्लै हुनेछु”। ‘धत् लाटि म त ठटटा पो गरेको हो । म चाहन्छु हरपल तिम्रा खुसिहरु तिम्रो ओठमा दौडिरहुन्‘ “ । हो, दादा म पनि तपाइकै जिवन् दर्शन् अंगालेर बाचिरहेकि छु र बाँचु पनि । यो बर्षको टिकासँगै दिएको आशिर्वादले चरि जस्तै प्वाख हालेर क्षितिजको मन्द पवन् सँगै बहकिन पाउँ“।
‘अ हेर हेर कति कुरा जानेको यसरि भावनात्मक हावा लगाएर शुलिमा नचढाउ त्यो त म प्रतिको सामिप्यता रहँदाको आभास मात्रै हो । जब तिमि आफ्नो संसारमा रमाउन थाल्नेछौ अनि समाप्त हुनेछन् तिम्रा भावनाका यि भेलहरु‘। “होइन दादा मेरा यि बचनहरु मनभित्रका ढुकढुकिहरु हुन् जो कहिलेपनि हराउँदैन । ल ल छोडनुस् यि कुरा । बाहिर क्लबका साथिहरु आइसके एकिछिन त नाचेर भए पनि रमाइलो गर्नु परो नि यत्रो बर्ष् पछि तिहारमा भेट् भएको” । ल हुन्छ नि त मेरि फुच्चि म आइहाले। (बाहिर क्लबका साना भाइ बैनिहरु । सुपारि चाम्रो भन्ने गितमा नाच्दै थिए) ल ल दाइलाइ नचाउनु पर्यो । दाइ को नाच शुरु हुन्छ। हैन, भाउजु चै कता नि । (भित्रबाट भाउजु लाइ पनि तान्दै साथमा नचाउँदै) आहा कति रमाइलो यस्तो पो तिहार्, यो दिन त कहिले पनि नछुटोस तिहारमा ।
हो त्यो दिन नै आज अतित बनेर बल्झिरहेको छ । सायद् कोर्नु पर्ने र सम्झनु त नपर्ने हो । तर बेलाको बोलि भने झै चाडको बेला तैपनि बिदेशमा याद त आइहाल्ने रहेछ । मनमा गुम्साएर राखेको कुरालाइ बाहिर निकालेमा मन् हलुका हुन्छ भन्छन । त्यसैले मन हलुकाको लागि बिगतको सम्झना सहित २-४ शब्द दिपावलि सँगै । अर्थहिन अक्षरहरु यहाँ असरल्ल छरेर तिम्रो नजरभरि पारेर केहि काम भएन । यि फगत निर्धा अक्षरहरु तिम्रो लागि आँसु या हाँसो जे बनेपनि लेखिहाले । दुख नमान्नु म त लालिगुराँस फुलेको हेर्न चाहान्थे । हिमाल हाँसेको जस्तो हाँस्न चाहन्थे । तर काली नदी बिरहि बनेको मात्र देख्छु । हो मलाइ थाहा छ, तिमिले भने झै बलिष्ठ पाखुरि देशका खम्बा हुन ।
तर के गर्नु र मलाइ पनि मन थियो नि जजसको रगत कालीमा बगेको छ त्यो रगत कालीको बाँध बाध्न प्रयोग भएको भए हाम्रा दिन हरु कति रमाइला हुन्थे र बारिका पाटाहरु कति उर्बर् हुन्थे होला । टुकिको कालो धुवाँ खाएर लेख्ने चिठि तिमिले पनि बिजुलिको ताजा प्रकासमा लेख्ने थियौ होला । अनि तिनै बलिष्ठ पाखुरि हुम्ला,जुम्लामा र आफ्नै गाँउमा सडक पुर्याउन पहरा फोर्नमा प्रयोग गर्न सकेको भए आज यो बर्षदिनको रमाइलो चाँडमा तिम्रो न्यानो हातको सप्तरङि टिकाले मेरो सानो निधारमा बास पाउँथ्योहोला । तर बिडम्बना लाखौ पौरखि हातहरु यसरि नै बिलौना गर्दै बिलाइरहेका छन् र विजय खोजिरहेकाछन् खरानिमा । तर आसा गरौ, कुनै दिन त्यो चौबाटो,त त्रिवेणी दोभान या गोरेटो कुनैले त फेरि हाम्रो बाटोलाई मिलाउने छ। त्यै दिपाबलिको भैलो र देउसिको सुमधुर संगितमा सप्तरङि टिका र र मखमलिको मालाको साथमा ।
हो, तिमिले भने झै धैरै चोटिको उपहार एकैचोटि दिएजस्तै भयो । तिमिलाई दिन भनि संगालेका हाँसो र खुसिका पोकाहरु क्षितिजमै बिलिन हुनपुगे । त्यै दिपावलिको यादलाइ स्मरण गर्दै तिम्रो आशिर्वाद अनि सयपत्री र मखमलिको मालासंगै आँगनभरि साथिसंगि हरु देउसि भैलोमा नाचिरहेको गुन्जायमन ध्वनिलाई ऐनाले जस्तै प्रतिबिम्बित गर्न पाएपनि हुन्थ्यो भन्ने कल्पनालाई कल्पेर बस्न बाध्य भएको छु ।
हो चरिले जस्तै प्वाख हालेर उडन पाए त एक् दिनको लागि भए पनि आउथे होला तर बिडम्बना बिबशताले चर्किएको यो गरिबिको घाउलाई रियलको मलमले सेक्दासेक्दै,थाह छैन कति दिपावलिमा तिम्रा हातहरुले मेरो निधार स्पर्स गर्न नसक्ने हुन । अपरिभाषित जिन्दगिको यो मोडमा खाडिमा बगिरहेको मुल्यहिन पसिना माथि दिपावलिको रंगिलो टिकारुपि रुमालले पसिना पुस्ने रहर पनि रहरमै सिमित हुदैछ । आँगनमा गुन्जिरहेको देउसि, बरन्डामा खेलिरहेका तास, घरभरि चम्किरहेको दिपावलिको झीलिमिलि, तिमिले बनाएको मिठो परिकार र संसारनै जित्नु भनि भोकै बसि निधारमा बसालिदिएको टिका अतित बनेर घुमिरहेको छ आँखा आगाडि । तर निराशा बिच आसाको दियो जगाउदै एकदिन त पक्कै पनि तिम्रो सप्तरंगि टिका र मखमलिको मालालाई गलामा सजाउने ठुलो रहर लिएर त्यै तिमिले गतसालको तिहारमा दिएको उपहाररुपि डायरिलाई तिम्रो निधार बनाएर यहि कलमरुपि टिकाले तिमिलाई भेटने प्रयास गर्दै रंगाएका यि अनार्थिक् शब्दहरु बिधुतिय तरंगमा समाबेश भै तिमिलाइ पुगेहोलान भन्दै बिदा चाहन्छु, केबल त्यै तिहार, त्यै टिका, त्यै परिकार, त्यै अनुभुति र त्यै सम्झनामा ………………………….
अर्बेनि८,गुल्मि
हाल- रियाद



I really love this artical.
antimko anuchchhed wa wa wa…………………………………happy tihar to u surya jee.
मन परो वा परेन:
0
0
[Reply]
thanks radha ji ,u too happy dipawali.
मन परो वा परेन:
0
0
[Reply]
tapai ko yo lekha sharai ramro cha tapaiko lekha padhada malai pani dharai purano kurako yadha aayako cha tapai lai aja ramro ramro lekhadai janu bhanne mero suvakanama cha
मन परो वा परेन:
0
0
[Reply]
” happy dipawali surya ji ” very nice i miss saal roti with tee by ”
मन परो वा परेन:
0
0
[Reply]
wow surya jee……i like ur article
मन परो वा परेन:
0
0
[Reply]
surya jee roti dekhda ta nepal jan manlagyo therai bhayo nakhayako thanks happy dipawali all nepali…
मन परो वा परेन:
0
0
[Reply]
can i take 1 plzzzzzzz
मन परो वा परेन:
0
0
[Reply]