गाउँ हेर्दै परदेशी संझिदा रोएको मन

-रुपेन्द्र कर्माचार्य,

रत्ननगर, चितवन

ratnanagar-tadi-bazar-1.jpg

आज त्यस ठाउँमा पुगें, जहाँ संधै पुग्थें सुन्दा अचम्म लाग्ला मेरो बिहान सबेरै उठेर दौडने बानी टाँडी बजारबाट दक्षिण तर्फजाने पक्की बाटो हुँदै लगभग कि.मी. दौडेर भिम बहादुर चोकसम्म पुग्छु गन्तब्यमा झिसमिसे मै पुग्ने भएकोले त्यो ठाउँ राम्ररी हेर्न नपाएको पनि धेरै दिन भएको थियो चकमन्न अँध्यारोलाई चिर्दै बिजुलीको कृतिम प्रकाशमा बाटो वरपरका चिजविजहरु मात्र धुमिल आकृतिमा देखिन्थ्यो धेरै दिनदेखि लागिरहेको थियो, त्यो ठाउँमा दिउसो पुगेर राम्ररी हेर्न पाए हुन्थ्यो  

बजारको चमक धमक ब्यस्त वातावरणले वाक्क भएर होला गाउँ बस्ती भने पछि हुरुक्क हुन्छु । त्यसैले, आज मेसोमेलो मिलाएर साइकलमा गाउँ चहार्ने जमर्को गरें  

 

farming-in-chitwan-nepal-2.jpg

बजारको धुवाँ, धुलो कोलाहललाई चिर्दै गाउँतिर लागें हो अहिले गाउँघरको रौनक नै बेग्लै सरर्र हावा चलिरहेको छ । वातावरणमा मिठो महक मनै रमाउने गरी बेली, चमेली सयपत्री फूलहरुको सुगन्ध हर्रर फैलियो केही पर पुगे पछि छुट्टै बासना नाकमा ठोक्कियो। बाटोको दायाँतर्फ पारिजातको रुखबाट मसिना सेता फूलहरु टप्प टप्प झरिरहेका थिए कार्तिकको चिसो । नेपालीहरुको रमाइलो चाड तिहारको बेला । मौसम सफा, स्वच्छ शान्त भएको समय । गाउँघर साँच्चै रमणिय हुँदोरैछ  

farming-in-chitwan-nepal-5-jpg.jpg

चारैतिर धानका पहेंला फाँट देखिन्छ सुनौला धानका बालाहरु हावाको वहाव सगै लहलह झुलिरहेका छन् कहीं मकैका हरिया बारी छन् कतै केरा वगान मानिसहरु खेतिपातीमा मग्न छन् कोही धान काट्दै छन् । कोही मुठा बान्दैछन् भने कोही धानको मुठा ओसार्दैछन् धेरै जसो लोग्नेमान्छेहरु धान झाँट्दैछन् छङ छङ बज्ला जस्तो सुनौला धानका दानाहरु बोरामा भर्दैछन् एकजना बुढा धानको मुठालाई गोलाकार मिलाएर चाङ लगाउँदै कुन्यु बनाउँदैछ थिए पछि झाँट्नको लागि धान झाँटिरहेको ठाउँमा पुगें धानको राग आइरहेको थियो । महक बेग्लै थियो  

farming-in-chitwan-nepal-4.jpg

भरखरै धान काटिएको ठाउँमा ट्राक्टरले जोतिरहेको थियो जोत्दै गर्दा माटाका डल्लाहरु फक्क फक्क फुट्दै थिए मलाई माटोसँग खेल्न मन लाग्यो हातमा माटोको डल्ला लिदै खेलाउन थालें माटोको आफ्नै सुगन्ध थियो मैले सोचें, धर्ती माताले आफ्नो विशाल छातीमा यसरी अन्न उब्जाएर आफ्ना करोडौं सन्तानलाई भरण पोषण गर्दैछिन्   farming-in-chitwan-nepal-6-jpg.jpg

गाउँ चहार्दा चहार्दै भिम बहादुर चोक आइपुगेछु, मेरो गन्तब्य स्थान साँच्चै यो ठाउँ रमाइलो रहेछ मलाई अझ पर जाने रहर जाग्यो, तर समय अभावले जान सकिन धेरै जसो ठाउँमा धान काट्ने, झाँट्ने, थन्क्याउने काम बाहिरी कामदारहरुले गरिरहेको मैले देखें मन खिन्न भयो यस बारे बुढा मान्छेसँग सोधें धेरै जग्गा जमिन हुनेहरु बाहिरी मान्छेहरु खोजेर काममा लगाउँछन् मलाई थाहा , धानको विउ राख्दा, विउ उखेल्दा, गह्रा सम्याउँदा, धान रोप्दा अनि गोडमेल गर्दा हामी सबै दाजुभाई, दिदीबहिनी छरछिमेक मिलेर हिलो छ्यापाछ्याप गदै, असारे भाकामा गित गाउँदै, दही चिउरा खाँदै रमाइलो गर्दै काम गर्र्छौ बर्षौ मेहनत गरेर उब्जाएको अन्न यसरीनै सबै जना मिली काम गरेर भकारीमा थन्क्याउन पाए झन् कति मज्जा हुन्थ्यो आफूले दुःख गरेर कमाएको पैसा बाहिर पनि नजाने, सँगै काम गर्दा दाजुभाई, छरछिमेकमा आत्मियता पनि बढ्ने रमाइलो पनि हुने  

farming-in-chitwan-nepal-3.jpg

गाउँबाट फर्किने क्रममा बाटो भरि सोचिरहें, हाम्रो आफ्नै घरमा यति विघ्न काम रैछ, फेरि हामी किन विदेशमा काम गर्न लायलित छौं ? त्यसो मानिसका -आफ्नै समस्याहरु होलान । तर विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाए यहीं पनि राम्रो हुन्छ जस्तो लाग्यो सुन फल्ने माटो यहीं पनि आफु मालिक बन्न छाडेर विदेशीको दासत्व स्विकार गर्न जाने होड चलेको देख्दा मन रोइरह्यो  

(अब हाम्रो भेट तिहारपछि हुनेछ । तपाईहरुको तिहार सुखमय रहोस-नेपलप्लस)

  • prakash bastola

    i am crying when i was read this document behalf of remembering of my nation.of crouse we have lot of work in nepal but we are going to work for other country and we will selling our blood and proudness.if nepal have stable of peace process and constanc of political situation,with in 25 years we are the reach people .if we are doing hardwork in our land we will get gold .of crouse thank you for remembering my village .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Biran

    Teso bhaye kina Bidesh januhuncha ta nepal mai basnus na ta.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • This blog is very nice.
    The content is really interesting.

    You are invited in our social networking site of Nepal and Nepali news Goreto.co.cc where you can share your story with others.

    Your news and post will really be shared with other Nepalese all over the world.
    Goreto.co.cc

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • rupendra ji happy dipawali tapai ley pathayeko tasbir dekher jyadai khushi lageyo jayadai ramro chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • It is easy to say, stay in nepal .How much people have enough field in nepal?is there enough for everybody to survive whole year? It is true that nepal is beautful country but only beautness dosen’t give everything to livne or survive.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sammi magar

    Rupendra ji Tapailai pani Happy Deepawali. from Iraq.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Amrit kumar panta

    Rupendra ji happy Tihar.Those pictures are really mindbloing.I’m also inhabitant of Tandi but now in Iraq.Watching your article I’m very pleased and can’t stop myself without thanking you.Please keep it up.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Very nice article, rupen i’m proud of you. i hope u must send some article for my blog too. thanx Dadhi jee for rupen’s article.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sovan k.c

    I like your article. It,s touch my heart from inside. Now i am in finland.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Guru Gopilal, japan

    hoina yo bhim bahadur chowk ta tadi bazar baat uttar tira parchha hoina ra? ki malai thaha nabhayeko ho? lekh maa ta rupendra jee ley dakshin tira banera lekhnu bhayeko rahechha? khaas maa yo kataa parchha?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rupendra

    Gopilal ji,

    Bhim Bahadur Chowk Tadi baata uttar tira nai parchha. Galti aulyaidinu bhayeko ma dhanyabad.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • naveen lama

    pardeshma baser yo mutu roiraheko bela tapaiko blogle sachchai gharmai pugejasto anubhooti garayo…thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • tapai le chitwan ko bayan garna khojnu bhayako raya6.ramro lagyo.thanks for this informatation .happy new year 2009

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree