जनगणतन्त्रमा कसरि जाने प्रचण्डनै अस्पष्ठ ?

nepal-communist-party-maoist-leader-prachand.jpg

यतिखेर प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड” दस्ताबेज लेखनमा ब्यस्त छन । उनी आगामी कात्तिक १० गतेबाट राजधानीमा हुन लागेको माओवादीको राष्ट्रिय भेलामा प्रस्तुत गरिने राजनितिक प्रस्ताब लेख्न ब्यस्त भएका छन प्रचण्ड । यो भेला कात्तिक २५ गतेबाट गर्ने भनिएको थियो । त्यसलाई केन्द्रिय समीतिको बैठकले मंसिर १० गतेबाट गर्ने भनेर सारेको हो । भेलामा अब जनगणतन्त्रमा कसरि प्रवेश गर्ने भनेर मुख झण्डै एकमत जस्तै देखिएको छ । तर कसरि र कहिले जाने भन्ने विषयमा स्पष्ठ भईसकेको छैन । त्यो कुरा यहि राष्ट्रिय भेलाले टुंग्याउने करिब करिब पक्का जस्तै छ । प्रचण्डको दस्ताबेज र नीति जनगणतन्त्रमा प्रवेशगर्दा किन, कसरि र कहिले भन्ने विषयमा त्यति स्पष्ठ नभएको माओवादीका एक क्षेत्रिय नेताले मलाई नारायणघाटमा भेटका क्रममा बताएकाछन । माओवादीको जन गणतन्त्रमा जाने अहिलेको नीति के हो भने अब राष्ट्रिय सम्पत्ति तथा प्राक्रितिक र सांस्क्रितिक लगानीहरु राज्यले नगर्ने ।

नीतिनीजि क्षेत्रलाई मात्रैपनि नदिएर अब सहकारीकरण गर्दै लैजाने । भूमीलाई बैज्ञानीकिकरण गर्ने र असमान भूमीको बितरणलाई नियन्त्रण गरि भूमीहिनहरुलाई बाँड्ने । त्यसकालागि नीति नै ल्याउने । जलस्रोत, सडक, खानेपानी, अस्पताल, शिक्षामा जनताको लगानी बढाउने । त्यसैको अभ्यासको रुपमा रुकुम र रोल्पातिर बिद्दालयहरुलाई सहकारीकरण गरेर नमूनाको रुपमा चलाएकोपनि बताउँदै थिए ति माओवादी नेता म सित । जनसेनालाई कुनैपनि हालतमा नेपाली सेनामा समायोजन गराउने । उनीहरुको मूल्यांकनमा सात बुँदे र चौध बुँदे समहतीमा यो कुरा स्पष्ठै उल्लेख भएकाले नेपाली कांग्रेस र एमाले पनि त्यस बिरुद्द जान सक्ने अवस्था छैन भन्ने रहेछ । राज्यको प्रशासनिक क्षेत्रहरुमा पार्टीका ईमान्दार कार्यकर्ताहरुलाई स्थापित गराउँदै लैजाने नीतिपनि माओवादीको रहेछ । चाहे त्यस्ता कार्यकर्ताहरुमा अनुभव होस वा नहोस। तिनीहरुलाई राज्यका हरेक निकायमा स्थापित गराएपछि पार्टी काममा सहज हुने र भविष्यमा जनगणतन्त्रपछि जनवादमा जाँदा सजिलो हुने मुल्यांकन उनीहरुले गरेका रहेछन । स्थानियदेखि केन्द्रिय स्तरसम्मनै राज्यसत्ताको हरेक निकायमा पार्टीका मानिसहरुलाई भित्र्याउनुपर्छ भन्नेमा माओवादीहरु रहेछन ।

राजतन्त्रको अन्त्यपूर्व सात बुँदे, चौध बुँदे जस्ता सहमती र संझौता भए । त्यो मुलत राजतन्त्र फालेर गणतन्त्र स्थापनाकालागि थियो । त्यसपछि अन्तरिम सरकार बनाउने र संबिधान निर्माणकालागि थियो । त्यो झण्डै पूरा भएको अवस्था छ यद्दपी संबिधान निर्माण भईसकेको अवस्था भने अहिले छैन । संबिधान निर्माण गर्न बाट कोहिपनि भाग्न सक्ने अवस्था नभएकालेपनि संबिधान निर्माण त भएरै छोड्ला । जेहोस, राजतन्त्रको अन्त्य, अन्तरिम सरकार निर्माण र गणतान्त्रिक संबिधान बनेपछिको पार्टी नीति के हो ? कहाँ जाने हो ? माओवादी पार्टीले स्पष्ठ गरिसकेको रहेनछ । जन सेनालाई कहाँ, कसरि र कहिले समायोजन गरिने हो भन्ने स्पष्ठतापनि माओवादीमा रहेनछ । तिनै विषयहरुमा पार्टीले स्पष्ठ नीति सार्वजनिक गर्नुपर्छ भन्ने दबाब अहिले माओवादीमा रहेछ । ति सबै विषयहरुमा प्रचण्डले अहिले गरेको प्रस्ताब स्पष्ठ नभएकोपनि उनले बताए । तर मोहन बैद्द “किरण”को प्रस्ताबमा भने सबै विषयहरु स्पष्ठसँग उठाईएको रहेछ ।

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन। जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस)


  • नेपालमा जुन सुकाइ तन्त्र होस् देश र जनता को उन्नती देख्न चाहन्छु। नेपाल नमुना देश भएको हेर्न चाहन्छु।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Biran

    kartik 10 ta gaisakena ra bhaneya.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • He just want to be over smart.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree