स्पेनकी महिलाको दाबी : सूर्य मेरो
बाटो, बिजुली, पार्किङ, खर्च, आम्दानी, खाना, उपचार, शिक्षा, टिभी, रेडियो सारामा कर तिर्दातिर्दा फ्रान्सेलीहरुबिच एउटा भनाई अति लोकप्रिय छ- अब कुन दिन सरकारले स्वास फेरेको’नी कर लिने हो । तर साँच्चिकै यस्तो समय आयो, स्वास फेरेको त के सम्पूर्ण सूर्यनै मेरो भन्दै दाबी गरेकी छन् एक स्पेनिस महिलाले । स्पेनकी ४९ वर्षीया अँजेले दुरान् नामकी महिलाले अहिले सम्पूर्ण सूर्यको मालिक नै आफू भएको दाबी गरेर विश्वलाई चुनौती दिएकि छन् । नयाँ बहस स्रिजना गरेकि छन् ।
उनको दाबी आफैंमा अचम्मको छ । अहिलेसम्म सूर्य मेरो हो भन्ने दाबी त के कसैले सोच्न सम्म नभ्याएकाले आफू पहिलो भएको हुँदा सूर्य आफ्नो हुनुपर्ने तर्क अघि सारेकी छन् । आफूले चाहेको इन्टरनेटको नयाँ डोमेन ठेगाना झैँ सूर्य आफ्नो नाममा दर्ता हुनुपर्ने तर्कपनि उनको छ ।
उनको दाबी तर्कबिहिन भने छैन । किनभने सूर्य नभएपनि विभिन्न तारा, नक्षत्र र तारापुञ्जहरू व्यक्ति व्यक्तिका नाममा दर्ता गर्ने इन्टरनेशनल स्टार रजिस्ट्री (आइ एस आर) भन्ने संस्था अन्तर्राष्ट्रिय स्तरकै छ । त्यसले अहिले सम्म १० लाख जति ताराहरूको नाम अनौपचारिक रूपमा विभिन्न व्यक्तिका नाममा दर्ता गरिसकेको छ । नाम राख्नेहरु त्यसको नजिक पुग्न नपाउन् तर यो मेरो नाममा भन्दै दंग छन् । त्यो एजेन्सीले ४८.९५ (करिब तिन हजार आठ सय रुपियाँ) अमेरिकी डलरमा एउटा ताराको नाम दर्ता गरेर प्रमाणपत्र दिन्छ ।
तर आइ एस आरले के स्पष्ठ पारेको छ भने ‘त्यो तारा तपाइकै स्वामित्वमा त हुने हैन तर आफ्नो प्रियको नाममा राख्ने हो । र उसले खासगरी भ्यालेन्स्टाइन डे (प्रणय दिवस) का उपलक्ष्यमा विशेष योजना बनाएको छ प्रेमी प्रेमीकाको नाममा दर्ता गरिदिने ।
संयुक्त राष्ट्र संघको आउटर स्पेस ट्रिटी (United Nations’ Outer Space Treaty) भनिने एउटा सन्धि छ । त्यसले प्रथ्वी बाहेक अन्य ग्रह वा प्रथ्वी बाहिरका वस्तुमा स्वामित्व लीन नपाउने भन्ने । सूर्य आफ्नो नाममा दाबी गर्ने अँजेले दुरानले त त्यो व्यक्तिमाथि निर्देशित नारिएकोले लागू नहुने चुनौती दिइन् -त्यो सन्धिमा कमजोरी छ । स्पेस सन्धिले राष्ट्रहरूलाई बन्देज गरेको छ व्यक्तिलाई छैन । उनले आफ्नो नाममा दर्ता हुने आशा गरिन् ।
गत नोभेम्बर महिनाभरि स्थानीय व्यक्ति र सँग संस्था अनि सञ्चार माध्यमका अगाडि सूर्य आफ्नो भएको दाबी गर्न उनी व्यस्त रहिन् ।
स्पेनको दैनिक अखबार एल मुन्दोसँग कुरा गर्दै उनले सूर्यको ऊर्जा प्रयोग गर्ने सबैलाई महसुल लगाउने बताइन् । त्यसबाट उठेको पैसा के गर्ने योजना होला उनको ? आधा रकम स्पेनियाली सरकारलाई दिने । २० प्रतिशत राष्ट्रको पेन्सन कोषलाई । १० प्रतिशत अनुसन्धानका लागि । १० प्रतिशत विश्वको भोकमरी अन्त्यकालागि । बाँकी ? आफ्नो लागि राख्ने छिन् ।
तर त्यसकालागि उनले के गर्नु पर्ने छ ? ब्रह्माण्ड माथि सौर्य शक्ति पट्टीका (solar power panels) लगाउनुपर्ने छ । तर मान्छेहरूले उनलाई फरक खालको सुझाव दिएका छन् । पुन नामाकरण गर्नु उचित होइन । किनभने यसको प्रशस्त मार्केटिङ भइसकेको छ र ‘सूर्य’ नाम स्थापित छ । बरु सूर्य नामलाई उनले ट्रेडमार्क लगाउन सक्छिन् । सूर्योदय, सूर्यास्त, सूर्य ग्रहणका तस्विरहरूमा प्रतिलिपि अधिकार लिन सक्छिन् । अनि सूर्यको कुनैपनि रूपको तस्विर प्रयोग गर्दा ‘सूर्य’ –तस्विर सौजन्य : दुरेन’ भनेर उल्लेख गर्न लगाउन सक्छिन् ।
सौर्य उर्जाको बिल नतिरेर हुन्छ के ? दुरनले सूर्य झिक्दिन सक्ने हो र ? केही करोड डलर आम्दानीका लागि प्रिथ्वीको परिक्रमामा घामको प्रकाश छोपिदिने कुनै वस्तु राख्न सकिन्छ । मानिसहरूले सूर्य उर्जाको लागि जे राख्छन् त्यो र सितल बनाउनकालागि छायाँ पार्ने साधन राख्नु पर्ने छ । त्यसको दामपनि दुरेनले लिने छिन् ।
फाइदा त लिने । तर सूर्यले गर्ने क्षति चाहिँ कसले तिर्छ नि ? त्यसको जिम्मेवारी चाहिँ लिनु पर्दैन ? कहिलेकाहीँ सूर्यका लप्का छुट्टिएर हिरोशिमामा खसेका अणुवमको अनुपातमा करोडौँ बढि आणविक बम जस्तै खस्छन् । त्यसले विश्वभरि नै सञ्चारलाई अवरुद्ध पार्छ । त्यसले गर्दा उर्जाको वितरणमा दखल, खानी पानी, बिजुलीको आपूर्ति, औषधी र बालीनाली लगायत अन्य दैनिक आवश्यकताका वस्तुको क्षति हुने गर्छ । घामले डढाएको, पोलेको, घामले सुकाएर बालीनाली खत्तम पारेको क्षतीपूर्तीसमेत उनले दिनुपर्ने छ ।
विश्वको मौसम बदली र त्यो परिवर्तन गराउने शक्तिनै सूर्यले दिने हो । त्यसैले समुद्री आँधी, उष्ण हुरी बतासले गर्ने क्षतिको जिम्मेवारपनि दुरन नै हुनुपर्ने छ । त्यो सबैको लागि दुरनले क गर्लिन् ? तगडाको विमा व्यवस्था । पाउलिन् त यस्तो सबै विमा गर्ने कंपनी दुरनले ?


ha ha hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa.
मन परो वा परेन:
0
0
[Reply]
दिमागमा हावा भरेपछि सुर्य पनि आफ्नो भनि दाबी गर्ने मानबहरु निस्कन थालेछ ।
मन परो वा परेन:
1
0
[Reply]
Interesting, thanks for sharing
मन परो वा परेन:
0
0
[Reply]
ददीजी कसरि पाउनुहुन्छ यस्तो यस्तो चाख लाग्दो समाचार । असाध्यै तर्क युक्त र मज्जा लाग्यो । धेरै धन्याबद हेनसम म्यानलाई !!
मन परो वा परेन:
0
0
[Reply]
हाहा !! अब सूर्यनै मेरो रे ? पागल भए पैसामा मान्छे है ददी ब्रो ? एकदम चाख लाग्दो ल / अब घामे पोल्दा पनि पैसा माग्नु पर्ला दुख्यो भनेर
मन परो वा परेन:
0
0
[Reply]
मलाई पागल नबनाऊ प्रवु
मन परो वा परेन:
0
0
[Reply]
nice article and concept. aba koi yesto pani niskanchha ki paani mero ani tesko laagi pani fee bujhaunu parchha hola,,,,,,,,,,,,, haaaaaaahaaaaaaaaaaa…… tara vanichha,, manchhe ko mannmaa je niskanchha tyo ekdin pakka vayera chhadchha,,, heram ke hunchha.
मन परो वा परेन:
0
0
[Reply]
जिल्ल परो अब यो कान्छो।
मन परो वा परेन:
0
0
[Reply]