कतिन्जेल पर्लान त तानतानमा पत्रकार ?

बिहानैदेखि मलाई खगेन्द्र संग्रौलाले दिएका केहि उपन्यासहरुको खोजि गर्नु थियो । रत्न पुस्तक भण्डारमा सबै फेला परेनन । बाँकि पुस्तक किन्न पाटनढोका पुग्ने सल्लाह दिए नेपाल साप्ताहिकका साथी प्रशान्त अर्यालले । दिउँसोको खाना नयाँ पत्रिकाका अध्यक्ष (अहिले छोडिसेके) स्नेह सायमी दाईसँग हुने भो । दाइसँग समग्र नेपाली पत्रकारिताका बारेमा अझ उनले नयाँ पत्रिका छाड्ने कारणबारे छलफल भयो । स्नेहदाईले नेपालप्लसमा फ्रान्सेली चर्चित कविता र कथाहरु अनुवाद गरेर राख्ने सल्लाह दिए । छुट्टियौ खानापछि । अनि प्रशान्तजी आईपुगे लिन लौ कता कता जाने हो जाउँ भन्दै । लागियो पाटन ढोका तिर उनैको मोटरसाईकलमा । किताब हेर्दै थियौं । त्यहिँको क्याफेमा जमघट रहेछ केहि पत्रकारहरुको । त्यसमध्ये थिए ध्रुब सिम्खडा र पूर्ण बस्नेत । अरुपनि तिन जना थिए तर नाम भुलियो । उनीहरु दुबै जनाले हिमालबाट भर्खरै छोडेका रहेछन । सिम्खडा त पहिले नेपाल साप्ताहिकमा पनि काम गरिसकेका थिए । प्रशान्तजीले प्रसंग निकाले-अब कता लाग्ने हो भनेर । मैले थपे-पत्रकारहरुबिच राम्रै तानातान रहेछ अहिले। ध्रुब सिम्खडाले भने-म चाहिँ त्यो तानतानमा छैन है ! पूर्ण बस्नेत चाहिँ म सोच्दै छु भन्दै थिए ।

पत्रकारहरुको भाउको चर्चा चल्दा सिम्खडाले एउटा रोचक प्रसंग सुनाए- उनलाई कुनै एक पत्रकारले फोन गरेर भनेछ, दाई तपाईको पाईन्ट च्यातिएको छैन ? उनले सोधेछन किन र ? मेडिया हाउसहरुको तानतानमा परेर पाईन्ट च्यातिएला नी । तपाई त जिन्सको पाईन्टपनि लगाउनुहुन्न झन होस गर्नुस है ?

मेडियामा तानातानको प्रसंग उठ्यो । उनीहरुले फ्रान्सबाट प्राकाशित हुने लेख रचना र खासगरि राष्ट्रपती निकोला सार्कोजीबारे चासो राखे । प्राय: पत्रकारहरुलाई काम गर्ने मेडिया नपाएर मुस्किल पर्ने गर्थ्यो । तर अहिले नेपालमा ठ्याक्कै उल्टो भएको रहेछ । मेडियाहरुले गतिला पत्रकार नपाएर हैरान परेका रहेछन । थुप्रै दक्ष पत्रकार त अनमिनतिर लागे माओवादी शान्ति वार्तामा आएपछि । त्यसले गर्दा बजारमा यसैपनि पत्रकारको संकट पर्‍यो । अहिले कान्तिपुर फुट्नाले चर्को संकट थपेको रहेछ ।

कान्तिपुरबाट ज्ञवाली समूह फुटेर गयो । नारायण वाग्लेको समूहतिर लागे थुप्रै पत्रकार । तर ज्ञवालीसँग के कुरामा हो तुरुन्तै खटमट परेछ र उनीहरु त्यहाँबाटपनि बाहिरिए । अहिले नारायण वाग्ले समूहले रेपुब्लिका अंग्रेजी र दैनिकी भन्ने दुई दैनिक पत्रिका निकाल्न लागेका छन । अनि उता ज्ञवाली समूहले पहिले कान्तिपुरकै सम्पादक युवराज घिमिरेलाई सम्पादक बनाएर अर्को दैनिक पत्रिका निकाल्ने तयारि गरिरहेका छन । ति दुबै पत्रिकाको तारो भनेको उहि कान्तिपुर हो । युवराजतिर कान्तिपुर दैनिक र नेपाल साप्ताहिकका केहि पत्रकार गए। उता नारायण वाग्लेले त झन थुप्रै मानिसहरु लगेको गुनासो गर्छन । पत्रिका कस्तो हुन्छ, कसरि टिकाउँछन् तर अहिलेलाई नारायण वाग्ले समूहले कान्तिपुरलाई धेरै तारो बनाए भनेको सुनिन्थ्यो  काठमाडौंमा ।

बिज्ञापन, लेख रचना, तलब र सुबिधाकालागि पछि के कति प्रतिस्पर्धा हुने हो भन्ने हेर्न बाँकि नै छ । तर अहिलेलाई बाहिर जे देखिएपनि पत्रकार र अन्य कर्मचारी तानातानमा वाग्लेको समूह र कान्तिपुरबिच देखिएको छ । बाहिर स्पष्ठ देखिँदैन तर नारयाण वाग्लेहरुले कान्तिपुरलाई त्यो माओवादीको मुखपत्र हुन लाग्यो भन्ने गरेका रहेछन पत्रकारमाझ । सुधिर शर्मा सम्पादक भएर कान्तिपुरमा गएदेखिनै कान्तिपुरमा माओवादीहरु छिरे । त्यो माओवादी पत्रिका हो । त्यस्तो पत्रिकामा काम गरेर पत्रकारिता हुँदैन । सच्चा लोकतन्त्र अब हाम्रो पत्रिकाले ओकालत गर्छ भन्दै कान्तिपुरका पत्रकार तानेका छन भन्ने कुरापनि बाक्लै सुनियो । पछि कतिन्जेल देलान भन्न मुस्किलै छ तर अहिलेलाई त आकर्षक तलब र कुनैले त हरेक रिपोटरलाई काखे कम्प्युटर (ल्यापटप) समेत दिने लोभ देखाउँदै लगेका रहेछन । बजारमा अहिले खासगरि कपि एडिटर (अरुले लेखेको सामाग्रिलाई सम्पादन गर्ने) को बढि खाँचो रहेछ ।  

पाटनढोकामा गफगाफ भएको भोलि पल्टै फेरि यहि विषयमा नयाँ पत्रिकाका पत्रकार केपी ढुंगानासितपनि गफ भयो मेरो । उनी त यो तानातान र अहिले निस्किन लागेक पत्रिका टिक्छन भन्नेमा विश्वस्त रहेनछन । पहिले निस्किएर नेटो काटेका लोकपत्र, श्री सगरमाथा, स्पेसटाईम जस्तै हुन्छ अहिले निस्कने भनेका दैनिकहरुको हालतपनि भन्दै थिए उनी । जेहोस अहिले तत्कालकालागि भने पत्रकारहरुको भाउ निकै आकाशिएको छ । अहिले सम्पादक र प्रकाशकनै भिड्ने गरेका छन पत्रकारको खोजि गर्न । पहिले रिपोर्टर हुन उनीहरुकहाँ रातदिन धाउँदापनि पाउँदैनथे । भविष्यमा जे भएपनि तत्कालकालागि भने हामी सबै पाठक र पत्रकारकालागि भने खुशिको कुरा हो दैनिक पत्रिका थपिनु ।

नेपालको बजार त्यहि हो । पाठक तिनै हुन । लगानीकर्ताको मानसिकता उहि हो । देशको आर्थिक अवस्थाको चाला त्यहि हो । बिज्ञापन नभए पत्रिका चल्दैन । बिज्ञापनको दायरा फराकिलो हुन देशले आर्थिक फड्को मार्नुपर्छ । निरासावादी हुन खोजेको त होइन नै, तैपनि त्यस्तो अवस्था तत्कालकालागि देखिँदैन । एउटा आठ पेजको दैनिक पत्रिकाको छपाई खर्च कम्तिमा आठ रुपियाँ पर्छ । तर बेच्छन पाँचमा । प्रतिगोटा तिन रुपियाँ घाटा । त्यो निकाल्ने बिज्ञापनबाटै हो । बिज्ञापन ल्याउनपनि पत्रिका स्थापित हुनुपर्छ । पत्रिका स्थापित हुन कति वर्ष लाग्ला ? कान्तिपुर स्थापित भएको १५ वर्ष भयो क्यारे ! त्यहि कान्तिपुरलाई हेरेर वा त्यसैसँग टक्करगर्छु भन्दैमा कति दैनिक पत्रिका पो चल्लान र ?

  • uttam, isreal

    patrakar lae ta dashai nai po ayachha teso vaya ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • जो जो पत्रकार जता जता लागेपनी यो नारायण वाग्ले र गुन राज लोहनी भन्ने पत्रुकारको पुच्छर हुन चै नगए हुन्छ । खासमा यि पत्रकार हैनन पत्रकारिताको नाममा कालो धब्बा हुन । पैसाको लागि यिनले के पो गरेनन ग्यवालीलाई उचलेर कान्तिपुर फुटाए । पछी त्यही ग्यवालीलाई धोका दिएर आँफै पत्रीका निकाल्ने डिंङ पिट्दैछन । नेपाली पत्रकारितामा कालो बजारिको सुरुवात गर्ने पनि यिनै हुन । स्वोतन्त्र पत्रकारिता भन्ने अनी पैसा खाएर प्रोपोगाण्डा मच्चाउने यिनको असली स्वोरुप यही हो । सारा जनताले देखिसके पत्रकारिताको आवरनमा कालो राजनीति गर्ने तिनको कुरुप अनुहारलाई । यिनलाई आफ्नो क्षमता माथि घमण्ड छ । पत्रीका निक्लिएपछी थाहा पाउनेछन । एक्काइसौ सताब्दीका जनता यि भन्दा बढी चेतनशिल छन ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • little.linguist

    Yuba is right.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree