मन कुँड्याउँदै देश छोडेर बाहिरिनेको लर्को
विश्वमा झण्डै झण्डै नेपालमा मात्रै होला विमानस्थल कर लिने चलन नेपालमा । त्यहि कर तिर्नपनि लामो न लामो लाईन लाग्नुपर्छ । कहिलेकाहिँ त त्यहिं आधा घण्टा लगाइदिनेरहेछन कर्मचारीले । त्यत्रो कर लिँदापनि विमानस्थलमा उहि र सधैँ उस्तै छ बेथिति । जतिसुकै सुशासन भनेपनि बिमान कंपनीले तोकेको छुट भन्दा बढि सामान भयो वा केहि भएमा कर्मचारीहरु यस्सो कुनातिर फर्काएर घुस लिनमै तल्लिन हुनेरहेछन। लौ मैले यति गरिदिएँ तपाईको, केहि त हुन पर्यो नी ! भन्दै । विमानस्थल आउँदै ट्याक्सी चालकहरुको ठर्रो बोली र ठगीले चसक्क पारिसकेको हुन्छ । 
त्यो भन्दा बढि त भित्र छिरेपछि अचम्म लाग्छ । बिदेश हिँड्ने नेपालीहरुको लर्को देखेर मपनि छक्कै परें । प्रधानमन्त्री प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाउने नाराले तिनलाई छोएको छैन । नत यूवा मन्त्रालयको गठन र त्यसकालागि राज्यले छुट्याएको ५० करोडमै विश्वास देखिन्छ यूवाहरुको । ति हरेक दिन भकाभक बाख्रापाठा र गाईभैसी बेचेर भएपनि दलाललाई घुस खुवाउँदै अधिकांश खाडी मुलुक छिरिरहेका छन । बिमान चढ्नु अगाडि पर्खेर बस्ने कोठमा हजारौंको खचाखच भिड देखिन्छ । एउटा विमानले सकेजति लैजान्छ तर त्यो कोठा फेरि तत्कालै भरिन्छ । अधिकाश यूवाहरुको हातमा टिकट छ । अनि छन हातमा मायालु व बाबु आमा र साथीभाई अनि ईष्टमित्रले दिएका फूल र मालाको चिनु । पैसा कमाउन जान लागेका छन । तर तिनमा त्यो पैसाको पटक्कै भर देखिन्न बरु अनुहार निन्याउरो देखिन्छ । निरासा, कौतुहलता, त्रास, डर र भविष्यको चिन्ताले दूर्लभ नै देखिन्छन उज्यालो अनुहार । मैले चार जना महिलाहरुको एक समूह यस्तोपनि देखें कि तिनले कहिल्यैपनि आफ्नो आँगनसम्म छोडेका रहेनछन पहिले । पहिलो पटक ति दुबाई जाँदै थिए। ति महिलाहरुको अनुहार पुरै अँध्यारो थियो । चिन्ता र खुल्दुली एकैसाथ देखिन्थ्यो । यतिसम्म सरल रहेछन कि तिनले बिमानसम्म पुर्याउने बस चढ्न पनि नजानेर कर्मचारीहरु सिकाउँदै थिए । एउटा कागज माग्दा हातभरिको सबै कागज पुरै जिम्मा लगाउँथे । कहाँबाट आउनु भएको हो र कहाँ जाँदै हुनुहुन्छ । के गर्न र कति समयकालागि हो भनेर मैले सोधें । उनीहरु रहेछन सर्लाहीका । दुबाईमा बच्चा हेर्न जान लागेको भनेर सुनाए । दुई वर्षकालागि रहेछ । त्यस्ता ठाउँमा आफुभन्दा नजान्ने र नसक्नेहरु देखेपछि सहयोग गर्नु र सान्त्वना दिनु त कहाँ हो कहाँ । अलि जान्ने सुन्ने ठान्ने र पढे लेखेका नेपालीहरु आफुले गर्भमै जानेर आएझैं गरेर झन तर्कन्छन । ति महिलाहरु सँगपनि अधिकांश नेपाली त्यसैगरि तर्किंदै थिए । मैले सोधे- तपाईहरु किन डराउनु भएको ? ति मध्ये एक थिईन, हरियो कुर्था बाहिर कालो स्विटर लगाएकि, सलले घाँटी बेरेकि । गोडामा चप्पल थिए । नाकमा रिङ जस्तो फूली । उनले भनिन-घर छोडेको भएर डराएको । मानिसहरुले हेराहेर गरे । अनि मैले जवाफ दिएँ-यहाँ भएका सबैले घर छोडेरै त आएका छन नी, तपाईहरुले मात्रै हो र ? बाहिर निस्किन घर नछोडि कहाँ हुन्छ र ? मेरो जवाफ सुनेर कोहि हाँसे त कोहि हो हो भनेर सान्त्वना थप्न खोजे । विमानमा चढ्नपनि नजानेर परिचारिकाहरु तिनलाई हात समातेर लैजाँदै थिए ।
विमानभित्र म झ्यालमा परें । मेरो छेउमा परे दुई महिला । पहिरनले नै बताउँथ्यो कि यि कतै बिदेशी शहरतिर जाँदैछन । उनीहरु बिकसित शहरिया जिवनमा अभ्यस्त भएको सजिलै झल्को मिल्थ्यो । नबोली ठुस्स परेर बस्ने आफ्नो स्वभाव छैन । सोधें-तपाइहरु कहाँसम्म हो ? उनीहरु ईजरायल जाँदै रहेछन । दुबै जना रसिला रहेछन । एउटी अलि पाको उमेरकि। नाम अनुजा रिजाल । अर्कि अलि कम उमेरकि तारा खतिवडा । दुबैको घर मोरङ बिराटनगर भन्थे । दुई वर्ष अघि दलाललाई ६,६ लाख बुझाएर गएका रहेछन । अहिले दशैं तिहारलाई छुट्टी मिलाएर आएका परिवर र बच्चाको मायाले पोलेर । दुई मध्ये तारा अलि दुखि देखिएकि थिईन । ११ वर्षको छोरो पतीसमक्ष छोडेर आउँदा खुब रोएँ भन्दै थिईन । नेपाल जाने भनेर यहि बिमानस्थल ओर्लँदा कति खुशि थियो मन । कति दरिएका थिए गोडा । अहिले फर्किँदै छौं भन्दा सबै भारी भयो भनेर दुखेसो सुनाउँदै थिईन उनी । दुई चार पैसो कमाउनका लागि त्यति सानो बच्चाको माया छोड्नुपर्ने भनेर दुखि हुँदै थिईन उनी । अनुजाको त झन पतीपनि बितेका रे । “तेरो त बरु लोग्ने छन, बच्चा आफ्नो बाबुसित ढुक्कले बस्न पएको छ। के पिर गर्छेस, मैले त झन मामा घरमा छोडेर हिंडेकि र त भएकोछ” भनेर साथीलाई संझाउने कोसिस गर्दै थिईन उनी । दुबै जनाको तलब रहेछ मासिक १२५० अमेरिकि डलर । बस्न खान सबै साहूकै । आफ्नो केहिपनि खर्च हुन्न । सबै बचाउन सकिने रे । कामचाहिँ ब्रिद्द ब्रिद्दा कुर्ने, तिनको हेरचाह गर्ने र घर सफा राख्ने हो भन्थे । नेपालबाट जोसुकै, जतिसुकै पढेको जाओस, ईञ्जिनियर, पाइलोटनै भएपनि ति सबैले गर्ने त्यहि हो भनेर ठोकुवा गर्दै थिए उनीहरु । उनीहरु बस्ने रहेछन लेबनानको सिमा क्षेत्रमै । कहिलेकाहिँ बमबारी हुँदा डराउनेरहेछन ।
अर्को पट्टीको छेउमा थिए बिराटनगरकै राजन खड्का । साँढे दुई महिनाको बच्चा र जिवन सँगिनी तथा बाबु आमा छोडेर दुबाई हिँडेका । पाँच छ वर्ष पहिले त्यहीँ गएर कमाएको पैसा सकिएपछि फेरि उहि कंपनीले बोलाएर जाँदै रहेछन । पैसा कमाउन जाने उनको तत्परतालाई परिवारिका माया ममता र आर्थिक संकटले चेपेको छ भने अनुहारमा प्रष्ठै झल्कन्थ्यो । उनी बेला बेला हाँस्ने कोसिस गर्थे तर हाँसो खुलेको देखिँदैनथ्यो । निरासाका भावनाहरु घुँडामा हत्केला अड्याएर ब्यक्त गरिरहेका थिए उनले पटक पटक । धुलोले खस्खसाईरहेको मेरो घाँटी ज्वानोले ठिक हुन्छ नी भन्दै अनुजाले एक फाँक दिईन । मलाई असाध्यै मन पर्छ ज्वानो भनें । राजनलाई खाने हो भनेर सोधे ति दुई नारीले । अँहँ नखाने भने । दुई महिनाकि सुत्केरी भएकोले घरमा ज्वानोको गन्ध बाँकिनै भएकोले होला भन्दै हँसाए । विमान ओर्लने बेला भयो दिल्ली विमानस्थलमा । अनि हामी छुट्टियौं सबै । मलाई भने तिनै सरल महिलाहरु कहाँ गएर फस्ने हुन भन्ने लागिरह्यो ।




ददी जि यथार्थ लेखको लागि
धन्यबात
जिबन को उत्तर चड्प समय र
परिस्थिती सँग हातेमालो गर्दै
मनमा फक्ग्रियका अनगिन्ती
सपनाहरु बुन्दै हासो खुशी दु:ख
पिडा सबै मनमा राखी बिदेसिनु
पर्ने आमा नेपाली को दिन चार्य
नै भईसकेको छ
त्यसै त पर्देश लागेको पिडा आफ्नो
ठाउमा छदैछ, त्यसमा पनि आफ्नै देशको
मुल ढोका बिमान स्थल को बातावरण
र व्यबहारले झनै ससङकित तुल्याइ दिन्छ
कतै म जान लागेको देशको स्थिती पनि
यस्तै हो कि ?
कयौ पटक अोहोर दोहर गरे
बरु आफ्नो जिबन परिवर्तन भएछ
दश बर्ष अघी पनि बिमान स्थल को
अवस्था त्यस्तै थियो र अहिले पनि
त्यस्तै छ, छैन केही बिकास भएको
छैन कुनै परिवर्तन अवस्था जस्ता को तस्तै
बिमान स्थल को कर्मचारी हाकिम देखी
पियन सम्म कोही गफ चुटेर बसेका छन त
कोही हामीले तिरेको कर बाट किनेको
कम्प्युटर मा गेम खेल्दै त कोही उपर्खुट्टे
लाएर जथा भाबी चुरोट तान्दै
सौचालय पान खाएर थुकेका त चुरोट का ठुट्टा
फालियका पिसाब फेरेर खोल्ने पानी छैन,
सफा गर्ने बाहिर घाम ताप्दै गफ चुट्दै
अनाउन्स गर्ने मेसिन खरी झरेको मादल
जस्ताइ बल्ल बल्ल गर्छ अनाउन्स,
हासोको खिटका छोडदै,अनाउन्स गर्ने मैया
पनि को सित को गफमा मस्ती,के बोल्नु
पर्ने अर्कै बोली दिन्छ, यस्तै छ बिमान स्थल को
दिन चार्य यो भन्दा बढी बयान नगरौ
किनकी देखाउने लाई भन्दा देख्ने लाई लाज
मोहन
मन परो वा परेन:
0
0
[Reply]
k garne ta nepal pa kam gare khana pani pugdaina .
degree garieko chha ,
k garme kam chhaina .
tesaile bidesinu badya nai paryo ni Nepal sarkarle……..
मन परो वा परेन:
0
0
[Reply]
toilet ko photo khoi.
मन परो वा परेन:
0
0
[Reply]
यस्तै हो सर हाम्रो नेपालमा । कस्लाई दोष दिने खै ।
मन परो वा परेन:
0
0
[Reply]
k garne nepali ko problem jasko hat ma sarkari nokari chha u ni haru seara chhan kam garna hunna ghusa khanu parcha yadi nadiya this ruals that ruals how to control it too much prablem we are going next contry so much poor now a day tesaile bidesinu badya nai paryo ni Nepal sarkarle……..NEPALI SARKAR AND JANATA CHANGE AND develope we are also came back in nepal ok so sorry nepali ghusa khane karmachari lai so thanks also toilet ko photo khoi.
मन परो वा परेन:
0
0
[Reply]
Dadijee,
Thanks for your very real and useful articale. I hope the airport authority read this and bring changes.
Harihar Aryal
मन परो वा परेन:
0
0
[Reply]
k gharne nepal ko problem yahe ta ho nepali vhayara nepal ma job na payra bidesh janu parne
मन परो वा परेन:
0
0
[Reply]
Dadi Bro,
Thanx for such an article and portraying the bitter reality of our country through it.
मन परो वा परेन:
0
0
[Reply]