शिविरभित्र छापामारको जिवन

janasena-jutpani-049.JPG

माओवादी जनयुद्दको प्रारम्भतिर म केहि पहाडी जिल्ला घुमेको थिएँ । माओवादी जनयुद्दबारे मुल उद्देश्य राखेर रिपोर्टिङ गर्न । त्यो बेला छापामार भेट्नु चन्द्रमा खसाल्नु जस्तो मानिन्थ्यो । छापामारलाई भन्दा आफुलाई पो बढि खतरा दुबै तर्फबाट । जिल्लामा सरकारी गुप्तचरहरु स्याउँस्याउँति हुने सदरमुकाममा कोहि नौलो देखेपछि । पछिल्लो समयमा जनयुद्दले घेर्दै ल्याएपछि छापामारहरु छ्यापछ्याप्ती भए । अहिले शिविरमै किन नहोउन, उनीहरु के सोच्छन । कस्तो ठाउँमा बस्छन । शान्तिवार्ता संबन्धि के धारणा राख्छन । अब लड्ने मनशायमा छन कि छैनन । ति आफ्नो जिवनबारे के सोच्छन भने जिज्ञासा, चासो, चिन्ता र चाख आम मानिसहरुमा मेटिएको छैन । मलाईपनि उनीहरुको शिविर छिरेर हेर्ने, घुम्ने र गफगाफ गर्ने खुब इच्छा थियो । चितवन पुगेका बेला यसो बाटो खोजे‌ । चितवनमा क्याम्पस पढाउने भाई विनय पौडेलले शक्तिखोर तेस्रो डिभिजनका कमाण्डर अटललाई नै चिन्ने रहेछन। ढुंगा खोज्दा देउता मिलेन त ? लौन सम्पर्क गर भनें । अटलका बुवा मारिएका रहेछन जनयुद्दकै क्रममा लम्जुङमा । हामी जाने दिन उनको बुवाको वार्षिक  कार्यक्रम राखेका रहेछन माओवादीले लम्जुङमा । उनी उतै जाँदै रहेछन ।

janasena-jutpani-011.JPG

बिनयले मोटरसाईकलमा पुर्‍याए डिभिजन कार्यालय । अटलसित मोबाईलमा सम्पर्क गरिएको थियो । गेटमा पुगेको । एकजना जनसेनाले जानै दिएनन । काँ, के, को, कसरि भनेर रोके । अटलले बोलाएको भनियो । तर चिन्दिन भने। परेन त फसाद ? त्यहिँ पुग्दा मोबाईलमा सम्पर्कपनि भएन अटलसित । गेटमा बसेका एक जनसेनालाई अनुनय बिनय गरियो । अहँ, कसैलाईपनि छिर्न नदिनु भन्ने आदेश छ सर हामी दिँदैनौं भने ।

janasena-jutpani-008.JPG

सेन्ट्रिमा एक महिला छापामार थीइन । क्यामरा देखेपछि उनले मुन्टो अर्कोतिर फर्काएको फर्कायै गरिन । बिनयले आफ्नै मोबाईल दिएर सम्पर्क गर्न लगाए गेटमा बसेका एक जनसेनालाई । धन्न सम्पर्क भयो । उनले आफ्नै सहकमाण्डर रकेटलाई लौ है उहाँहरु मेरा मान्छे, राम्ररी घुमाईदिनु होला भन्दै हिँडेका रहेछन । त्यो कुरा भित्र छिरेर फेरि कमाण्डर अटललाई सम्पर्क गरेपछि पो थाह पाईयो ।  

छापामारहरु धेरैलाई नै भेटियो । ति मध्ये अधिकांशको बोली वचन मिठो थियो । हामीलाईपनि असर पर्छ सर के गर्नु छोडेर भन्दै थिए । गेटमै एकतिर जनसेनाको लोगो र अर्को तिर प्रचण्ड को फोटो रहेछ (पहिलो तस्बिर) ।

janasena-jutpani-044.JPG

दाहिनेपट्टी बोराले बेरेको चर्पी देखेपछि जनसेना कस्तो ठाउँमा बस्ने रहेछन भने संकेत मिल्यो ।

janasena-jutpani-046.JPG

सालको रुखमा जनसैन्य अस्पत्ताल जाने बाटो भनेर कागज टाँसिएको थियो । अलि माथि जाँदा एउटा भलिवल मैदान रहेछन। महिला छापामार एकातिर र अर्को तिर पुरुष छापामार भलिवल खेलिरहेका । कोहि बारीमा तरकारी लगाएर पानी हाल्दै थिए त कोहि खनिरहेका ।

janasena-jutpani-016.JPG

कोही चाहिँ दाउरा चिर्दै रहेछन । त्यहाँ तिन वटा ब्रिगेड रहेछन । हामी सबैभन्दा पल्लो छेउकोमा जाँदै थियौं । अनुमती बिना फोटो खिच्न नपाईने । यसै त क्यामरा हातमा देखेपछि पल्याकपुलुक गरेका थिए । त्यो बेला मैले फोटो खिचिन । किन खिचिस भनेर भएकापनि सबै मेटाइदिए भने के गर्ने भन्ने डरले । अलि पर अर्को थरी जनसेना फुटबल खेलिरहेका थिए ।

janasena-jutpani-033.JPG

बाटैको छेउमा एउटा त्रिपालले घेरेको टेन्टमा केहि जनसेना थिए । उनीहरु खेलकुद बिभागका रहेछन । उनीहरुको चाहिँ सबै खाले ब्यवस्था छुट्टै हुने रहेछ । नेपाली सेना र प्रहरीको जस्तो खेलकुद भनेपछि खेल्ने काम मात्रै हुने रहेछ तिनको ।

janasena-jutpani-018.JPG

बाटोमा सैन्य ईलाका, खतरा भनेर मानव खप्परको चित्र अंकित थियो ठाउँठाउँमै । तर त्यो तर्साउन मात्रै राखिएको रहेछ, कुनै खतरा रहेनछ भन्ने कुरा पछि रकेटले बताएपछि थाह भयो ।  

 janasena-jutpani-030.JPG

अनमिनको निगरानीमा हतियारहरु जति सेता डिब्बामा भण्डर गरिएको रहेछ । तिनलाई चारैतिरबाट काँडेतारले घेरेको थियो  ।

janasena-jutpani-031.JPG

छेउमा जनसेनाको एक सेन्ट्री रहेछ । उनी चाहिँ मुख बङ्ग्याउँदै अलि के, किन भनेर पहिलेको शाही सेना शैलीमा बोल्दै थिए । अनमिनको कर्मचारीको निवास हतियार छेउमै रहेछ । त्यो ज‌‌ं‍गलको छेउ अनि अभावै अभाव जस्तो क्षेत्रमा अन्मिनको चट्ट परेको भवन डिस्क एन्टेना पटक्कै अड्मिल्दो लाग्थ्यो । 

janasena-jutpani-022.JPG

रकेटले हामीलाई छापामारहरु बस्ने ठाउँपनि देखाए । त्यो देख्दा अचम्म लाग्यो । वरिपरि फलेकले बारेको त छ तर पुरै दुल्कानै दुल्का भएको । भित्र खाट छन केहि । तर एउटै खाटमा तिन जनासम्म सुत्ने रहेछन । कपडा झुण्ड्याउने रहेछन भित्ताका फलेकमा काँटी ठोकेर । ओड्ने ओछ्याउनेको अवस्था देख्दा टिढ लाग्दो थियो । त्यहाँको अवस्था यस्तो देखिन्छ कि त्यहाँ न्युनत, हुँदै नहुने सामान्य वस्तुपनि छैनन । त्यति बेला गर्मी थियो तर जाडोमा त पुरै चिसो पसेर सुत्नै नसक्ने रहेछन उनीहरु । लुगा धुने, नुहाउने अवस्था त्यस्तै नाजुक । त्यसैलाईपनि उनीहरु सर, अहिले त धेरै सुबिधा भएको नी ! पो भन्थे । 

janasena-jutpani-041.JPG

कुनै कुनै सेन्ट्री भने खाली थिए । कोहि बसेको थिएन ।

janasena-jutpani-038.JPG

रकेटसँग कुरा गर्दै थियौं । हात मिलाएर छुट्टिनै लाग्दा एकजना महिला निस्किइन एक वालिकालाई डोर्‍याउँदै । टाटे पाईन्ट लगाएकि । शिविरबाट बाहिर निस्किँदै गरेपछि थाह भयो कि ति वालिका त्यहिँ कोहि छापामार कि बच्ची भनेर । स्कूल पुर्‍याउँदै रहिछन आमा छापामार महिलाले । शिबिरमा त्यस्ता वालवालिका आधा दर्जन भन्दा बढि रहेछन ।  

 janasena-jutpani-025.JPG

उनीहरुको त्यहाँ एउटा क्यान्टिन समेत देखियो । तर आवतजावत भने खासै देखिएन । जनसेनाले तलब पाउन थालेपछि खडा गरिएको रहेछ । त्यहिँका जनसेना मध्ये केहिका परिवार मिलेर चलाएका रहेछन । केहि रकम डिभिजनलाई बुझाउनु पर्ने रहेछ भाडा जस्तै । आएको नाफाले परिवार चलाउने रहेछन। तर नाफा त के आउला र खै ! हामीलाई त नाफा आउनेगरि चलेको जस्तो लागेन ।

जनसेनाहरुमा थुप्रै राजनितिक विषयमा निकै ज्ञान छ भन्ने थाह पाईन्थ्यो । सेना समायोजनमा नेपाली कांग्रेसले साथ नदिने बरु डटेर मुकाबिला गर्ने अवस्था छ भन्नासाथ रकेटको छेउछाउ बसेर उनीर हामीबिचको गफगाफ सुनिरहेका जनसेनाहरुले नेपाली कांग्रेसले बिगतमा राष्ट्रिय सेनामा आफ्ना लडाकूहरुलाई गाभेको प्रसंग निकालिहाले । नेपाली कांग्रेसले गरेको विमान अपहरणदेखि सारा उनीहरु तिथीमिति सहित बताउँथे । करिब दुई घण्टा पछि हामी फर्किंदै थियौं। मोटर साईकल कुदिरहेका बेला यसो फोटो खिच्न खोज्दा एक पटक त छापामारहरुको एक समूहले “हेलो सर, कहाँ सोझ्याएको क्यामरा ? हाम्रो खिच्नु न हाम्रो” भनेर कुर्लँदै थिए ।

(साथीहरु, क्यामरा नराम्रो त थिएन तर मैले हेल्चेक्र्याई गरेकोले होला। क्यामरालेपनि मलाई राम्रो तस्बिर दिन हेल्चेक्र्याई गरेछ । तस्बिर गतिला नभएकामा आफैंलाई दुख लागेको छ । अर्को अंकमा पढ्नुस है त सहायक कमाण्डर रकेटको बयान ? उनले जनसेनामा कसरि लागियो, अब लड्नु पर्ला कि नपर्ला ? “बुर्जुवा शिक्षा” नपढेकोमा पश्चाताप, आफ्नै बाबु आमासित किन भयो बोलचाल बन्द, आफ्नै जिवनको ठेगान छैन के विवाह गर्नु जस्ता अन्तरमनका कुरा हामीसित पोखेका छन )

  • देश्-प्रेमी

    कसैको हासो त कसैको आसु
    यो स्वार्थी राजनैतीक र सत्ता
    लिप्स हरुले हिजो तिनै घुस्खोरी
    हरुको मुखले बोलेका र गरेका सहमती
    लागु गर्न आज सत्ता बाट पछारे पछी,
    दुइटा जिब्रो बनाये,

    र त्यसइलाई राजनैतिक मुद्दा
    बनाइ हलो अडकाउने काम गर्दै
    काङ्रेस ले ईतिहास मै ठुलो महाभुल गरे
    हैन भने किन हिजो सहमती गर्दा ति जनसेना
    लाई बैधानिकता दिये,
    हिजो ज्ञानेन्द्र ले पारीभित्ता फाल्दा
    त्यही माओवादी को बुइ चडदै फेरी
    कुर्सी तान्न आए,
    अहिले फेरी यो दैद्य चरित्र

    चाइदा भाडो अनी नचाइदा ठाडो
    लाज पचेका कात्तिके हरु अब
    पक्षरे पछी कासी नै सती जानुपर्ने हुन्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nice job man…………
    arko anka kahile aaucha hola ma ta tesaiko pratikshaama chhu …………
    any way jansenako sibirbare janakaari dinu bahyakoma dhanyabad………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nice job man…………
    अर्को अंक कहिले आउछ होला म त तेसैको प्रतिक्षामा छु …………………..
    any way जनसेनाको सिबिरबारे जानकारी दिनु भएकोमा धन्यवाद …………………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ramesh chhetri

    kali kotko pili gtana ra nike dhan bahadur pandit ko pet ma bam rakhanu ko karan sahit satta tatthay bahir lyune jamarko garnu hola dosro choti jada kin bhane kali bahadur kham ko comman ma ladeko thiyo tapain ko lekh ramro lagyo pheri pheri pani nepal +2 ma asthyi asthyi khabar chhapnu hita dhanyabadh

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Lalit Thapa

    Army bat royal chahi hatisakyo ab people hatayer duewatai armylai Nepal Army banaunu parchha. Saman subidha ra awasar sabaile paunuparchha. In my opinion one of the heros of people’s war should be chief in United Nepalese Army, either Mr. Pasang or Mr. Ananta.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shiva Raj Aryal

    you did nice job . I am conviced because at that time your camera is not good. i hope next time you and your camera willdo better.thank you give a information

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nabaraj bhatta

    yo kantipur pani maodadi ko matrai news lakhcha?? k maobadi la kai diyako cha ki k ha? nata loktantra bikasra jantak kura preess ko maryada mA BASARA laknu parni hoina?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Really highly appreciated, nice news currently nepali people like such kind of real news which is real.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pradip

    #
    देश्-प्रेमी said,

    November 19, 2008 @ 1:16 am

    कसैको हासो त कसैको आसु
    यो स्वार्थी राजनैतीक र सत्ता
    लिप्स हरुले हिजो तिनै घुस्खोरी
    हरुको मुखले बोलेका र गरेका सहमती
    लागु गर्न आज सत्ता बाट पछारे पछी,
    दुइटा जिब्रो बनाये,

    र त्यसइलाई राजनैतिक मुद्दा
    बनाइ हलो अडकाउने काम गर्दै
    काङ्रेस ले ईतिहास मै ठुलो महाभुल गरे
    हैन भने किन हिजो सहमती गर्दा ति जनसेना
    लाई बैधानिकता दिये,
    हिजो ज्ञानेन्द्र ले पारीभित्ता फाल्दा
    त्यही माओवादी को बुइ चडदै फेरी
    कुर्सी तान्न आए,
    अहिले फेरी यो दैद्य चरित्र

    चाइदा भाडो अनी नचाइदा ठाडो
    लाज पचेका कात्तिके हरु अब
    पक्षरे पछी कासी नै सती जानुपर्ने हुन्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr palpai

    मलाई लाग्छ अब यिनी जनसेनाहरुलाई पनि रास्ट्रिय सेनामा नै समायोजन गरेर मेशिनगन होइन बेल्चा र गैटी बोकाइ नहर बाटो घाटो एस्तइ निर्माण अभियानमा लगायो भने देश कसो उभो नलाग्ला र ? आखिर यिनिहरुलाई देशको धुकुटी बाट तलब त दिइई राख्नु परेको छ ।
    uae

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree