“यो राज्य अन्त्य भो : जातिय राज्यको पालो”

- डीबी आङ्बुङ / उदयपुर (समाचार स्रोत / तस्विर दुबै)

प्रधानमन्त्री निर्वाचनको लागि १६, १७ पटक निर्वाचन भयो । तैपनि चुन्न सकेनन् । अहिलेका दल यो प्रजातान्त्रिक ब्यवस्था एकदम उत्तम ब्यवस्था भन्छन् । यति राम्रो व्यवस्था भए किन यति धेरै बदनाम ? प्रधानमन्त्री निर्वाचन कै लागि सात आठ महिना देशको समय बर्बाद किन ? सबैले आआफ्नो ढंगले ब्याख्या, परिभाषा गर्ने नै भए । तर वास्तविकता के भने यहि व्यवस्थापनि पूर्ण रहेनछ । यदि पूर्ण हुन्थ्यो भने १६, १७ पटक सम्म निर्वाचन हुँदापनि प्रधानमन्त्री चुन्न नसक्दा देश ७, ८ महिना लरबरिनु पर्ने थिएन । सहज संवधानिक प्रावधान, निकासको बाटो हुनुपर्थ्यो ।

अरुणपारीका नौ जिल्लालाई आत्म निर्णयसहितको स्वायत्त खम्बुवान राज्य बनाउन भनेर संघर्षरत खम्बुवान राज्य परिषदले प्रधानमन्त्री निर्वाचनलाई यो राज्यको अन्त्यको संकेत भनेको छ । ११ र १२ फागुनमा उनीहरुले राष्ट्रिय भेला गरे पूर्वको उदयपुरमा । त्यहाँ उनीहरु प्रधानमन्त्री निर्वाचन देखेर हौसिए- लौ यो राज्य व्यस्था असफल भो । अन्त्य हुन लाग्यो । अब जनजातीको स्वायत्त राज्य हुनुपर्छ भन्दै ।

राष्ट्रिय भेलामा खम्बुवान नेता खगेन्द्र माखिमले हाकै भने-” नेपालको एकात्मक शासन सत्ताको अन्तिम ढुकढुकीमा १६-१७ पटकसम्म चुनाव हुँदापनि प्रधानमन्त्रीको चयन हुन सकेन । बल्लतल्ल चयन हुँदापनि मन्त्रीमण्डलको गठन हुन नसक्नु एकात्मक राज्यसत्ताको असफलताको सङ्केत हो । र यहाँका भूमिपुत्र आदिवासी जनजातिको पालो आएको अवस्था हो ।”

भेलाले खम्बुवान स्वायत्त राज्य परिषद केन्द्रीय कार्य समिति चयन गर्‍यो । यो भेलाबाट उनीहरु निकै हौसिएको देखिएको छ । अहिलेको सरकार कमजोर हुनु । पार्टीहरुबिच कुर्सीका लागि मरिहत्ते चल्नु । सात महिनासम्म प्रधानमन्त्रीनै चुन्न नसक्नु । चुनेपछि पनि फेरी कुर्सिकै मारामारले गर्दा मन्त्रीमन्डलनै गठन गर्न नसक्नु । यसलाई यो राज्य व्यवस्थानै असफल भएको भनेर ब्याख्या मात्रै गरेनन् । उनीहरुले अब राज्यसत्ता चलाउने पालो जनजातीको आएको समेत दाबी गरे । खम्बुवान राज्य स्थापान गर्न उनीहरु अझ कटिबद्द देखिए । धरतीलाई छोएर मुटुमा हात राख्दै खम्बुवान राज्य स्थापना गर्ने बाचापनि गरे उनीहरुले ।

  • shiva

    महावीर पुन हरुलाई जातीय झन्डा बोक्नु छैन | उनिहरुसंग लगन छ , म्यागासेसे पुरस्कार जितेका छन्, आफ्नो छेत्रको लागि एउटा ठुलो योगदान दिए| यो राज्य व्यवस्थाले छेकेन, रोकेन|

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree