अन्यौलमा छन जनसेना

                             आफ्नै ठेगान छैन के बिवाह गर्नु ! 

“मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा गयो। अनि तिनले भिड्न जानै परेन । लडाईमा कहिल्यै नभिडेका, अनुभवनै नलिएका तिनै खुब घमण्डी छन भन्दै थिए रकेट”।

janasena-jutpani-036.JPGसोध्नै र बुझ्नै त आएको किन छोड्नु होइन ? विवाह गर्ने सुर छैन ? डिभिजनमै पनि त भेटिन्छन क्यारे मन र कार्यक्षेत्र दुबै मिल्ने भनेर सोधें । उनले खोइ के बिवाह गर्नु दाई, आफ्नै जिवनको ठेगान छैन भन्न थाले निरास जस्तै भएर । अरु पार्टीका त बेग्लै रहोस, आफ्नै पार्टीका नेताले बोलेका कुरापनि उनीहरु राम्ररी नबुझ्ने रहेछन सेना संयोजनबारे । कहिले सबै जनसेना नेपाली सेनामा गाभ्ने भन्छन । कहिले कसैलाई कर जफ्ती गर्न मिल्दैन, जहाँ मन लाग्छ आफ्नो इच्छा अनुसार गाभिन्छ भन्छन उनीहरुका सर्बोच्च नेता प्रचण्डलेनै । अनि कहिले कुनै औधोगिक क्षेत्रको सुरक्षामा खटाउने भन्छन त अखिले बैदेशिक रोजगारमा पठाउनेपनि भनेको सुन्छन ।  

जनसेना नपढेकै त भन्न मिल्दैन । तरपनि उनीहरुको बढि चासो सुरक्षा संबन्धिनै हुने रहेछ । उनीहरुले जे सुन्छन त्यसका बारेमा चिन्तन मनन गरेर, सोधखोज गरेर, आफु भन्दा अनुभवी र माथिल्लालाई सोधेर बुझ्न नपाउँदै अर्को कुरा बोलिसक्छन नेताले । अनि उनीहरुले नेताले बोलेका कुरा र त्यसमा आफ्नो पार्टीको धारणा र नीतिबारे बुझ्नै नभ्याउने रहेछन । अनि उनीहरु रुमल्लिने गरेको बताए रकेटले । “खोइ के हो के हो दाई, नेताहरुले यति छिटो छिटो नयाँ कुरा भन्छन कि हामीले त बुझ्नै भ्याउँदैनौं । उनीहरुले भनेको एउटा कुरा बुझ्न नभ्याउँदै अर्को कुरा बोलिसक्छन । हामी त सधैं जिल्ल पर्छौं । ” उनले भने ।  

आफुहरु राष्ट्रिय सेनामा गाभिइन्छ। अहिलेसम्म लडेकोमा एउटा स्थायित्व हुन्छ । देशकालागि लडेकाले पार्टीले राम्रो ब्यवस्था नगरि कुनै हालतमा छोड्दैन भन्नेमा जनसेना आशावादी रहेको खुलाए उनले । राष्ट्रिय सेनामा संयोजन गर्दापनि पुरै ब्रिगेडलाईनै संयोजन गर्नुपर्छ भन्ने दह्रो अडान रहेछ । नत्र आफुहरु राजनितिकरुपमापनि सचेत सेनालाई अरु सेनासित मिसिएर बस्न सहज नहुने, त्यसरि छरिएर मिसिँदा आफुहरु बिलिन हुन सक्ने जसले गर्दा भोली राष्ट्रप्रति कुनै गद्दारी भएको खण्डमा लड्न अप्ठेरो हुने, पद र श्रेणीको बाँडफाँडमापनि कठिनाई हुने तर्क थियो उनको । जनसेनाभित्र निकै अन्यौल छाउँदा भने माथिल्लो तहकाले आएर प्रशिक्षण दिने गरेका रहेछन । लामो समयसम्म तालीमहरु पनि रोकिएको रहेछ । अब भने फेरि सञ्चालन हुन्छन भन्थे उनी ।janasena-jutpani-037.JPG 

कतिपय प्रश्नहरु सोध्दा उनी निकै रोकिएर जवाफ दिन्थे । अनि भन्थे “दाई, हामी त लड्न र भिड्न सिकियो । पढाइपनि छोडियो। यस्तो राजनितिक कुरा गर्न आउँदैन । जानेकोपनि सरर्र भन्नै जानिंदैन। त्यस्तो ब्याख्या गर्ने हाम्रो बानीनै छैन। मैले तपाईहरुलाई सहयोग गर्नै सकिन ” ।  मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा गयो। अनि तिनले भिड्न जानै परेन । लडाईमा कहिल्यै नभिडेका, अनुभवनै नलिएका तिनै खुब घमण्डी छन भन्दै थिए रकेट । आफुहरु थुप्रै लडेर भिडेर, दुख गरेर आएको बताउँदा ति अल्लारेहरुले “तिमीहरु लड्यौ, लडेर के पो गर्‍यौ त ? ” पो भन्ने रहेछन ।  कुराकानी गर्दै जाँदा हतियार भण्डारस्थल नजिक पुगियो । मैले फोटो खिच्न के खोजेको थिएँ । ति हतियारको सुरक्षार्थ सेन्ट्रीमा बस्ने जनसेनाले कर्के आँखा लगाए । मुन्टो बटारेर निधार खुम्च्याउँदै ठस ठस पर्दै सोधे “तपाईहरु को, कहाँबाट आको, कसले ल्याको, किन आको ? आदि ईत्यादी । उनमा हतियारको दम्भ देखिन्थ्यो । रकेटले आफ्नो परिच्य दिएर उहाँहरु मेरो मान्छे भने । तैपनि ठसठस परेर बोल्दै थिए उनी । अनि रकेटले अलि पर पुगेपछि हामीसित गुनासो गरे-दाई, त्यो हतियार काँधमा भिरेपछि के हुन्छ हुन्छ, त्यसको शक्ति, शान र बल देखिईहाल्छ । तर हतियार भन्ने चिजनै त्यस्तै हो । हातमा हतियार भएपछि मान्छेले शक्ति देखाईहाल्छ ।”  

हामीले थुप्रै जनसेना भेटियो । तिनै एकजना बाहेक सबैको बोली मिठो थियो । बोलेका विषयमा ज्ञान थियो । खुब सम्मान गरेर बोल्थे । अनि उनीहरु हामी को हौं बुझ्न खोज्दा हुन सायद, आफ्नो बिचारदिएपछि सोधिहाल्थे “सरहरुको बिचारमा नी ?” । हामी त त्यो कुरा थाह हुँदैन भनेर पन्छिनै पर्‍यो ।

खाने खाने बेला हुनै लागेको रहेछ । जनसेनाहरु थाल बोकेर यताउति गरेको देखियो। उनलाईपनि सायद खानाको पंत्तिमा बस्नु थियो । खाना यतै सँगै खाउँ भने बडो आत्मियकासाथ  । धन्यावाद, हामीलाई खाना पर्खेर आमा बस्नुभएको छ भन्यौं । उनले “हाम्रो खाना मिठो हुन्न, तपाईहरु मिठो खानुहुन्छ होला” भने । उनले हामीलाई शहरिया मानिस हुन। यि लरतरो खाना, गाउँले परिकार खानै सक्दैनन भन्ने ठानेका रहेछन कि जस्तो लाग्यो । हामीले त्यस्तो होइन, हामीपनि घर गोठ, दाउरा घाँस र घामपानी रुजेर भिजेरै जन्मे हुर्केका । हामी खाँट्टे गाउँले । खेती किसानी र ग्रामिण परिवेश हाम्रो दैनिकि थियो । हामीलाई जस्तो खानापनि मिठो लाग्छ भनियो । पताएकि पत्याएनन कुन्नी ! त्यो उनैको कुरो भयो । हिँड्ने बेलामा रकेटले मोबाईल नंबर दिँदै भने “दाई, आज सहयोग राम्ररी गर्न सकिन, मलाई फोन गरेर आउनुहोला । म राम्रोसित घुमाउँला, सहयोग गरुँला” ।

  • Sanjaya Jha

    Bicharahaeulai Maobadile parnu ullu paryo, Yinko Bhabishya kasari ujyalo hunchhara? Nepali senama gaepani jo padhelekheko chha tyahi mathi jane ho, Maobadile bidesh pathaeni tyahi Quattar jane ho 50 degreeko garmima. Jasari pani yiniharuko bhagya bigriyo. Ajhai time chha yinlai ramrari padhauna paeta dheraile jindagima sudhar lyauna sakthe.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • janamukti sena bastab ma kunai purbagraha narakhi vanne ho vane mahan chan.
    jasle afno jiban lai kranti ma bitaye ra nepal lai yo abasta samma laune agradi vumika khele tra nepal ko bartaman samayama uniharu niras hunu sovabik nai cha.uniharu ko balidan lai sarkar le uchha tahama rakhnu parcha.aje ko duniyama communism lai yo abasta samme laune sakne senaharu great chan. uniharu ta tapai hami sabai nepali haruko sundar vabisya ko lagi banduk bokera hideka manche haru hun.uniharulai niras parne lekh lakhnu vanda uniharuko lagi sarkar samachya awas uthaunuparcha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree