गजल
-बिष्णु वाग्ले
अत्याचारको रुख ढलोस नयाँ नेपालमा
भ्रष्टचारको आँत गलोस नयाँ नेपालमा ।
भोकाले पेट भर्न अनि नाङ्गाले लाज छोप्न पाउन
बिधिको त्यो शासन चलोस नयाँ नेपालमा ।।
लाटाहरु बोल्न सिकुन अन्धाहरु देख्न सिकुन
सभ्यताको जग बसोस नयाँ नेपालमा ।।।
तराई उठोस पहाड जुटोस हिमाल त्यसै गरि
समानताको दीप बलोस नयाँ नेपालमा ।।।।
आउ सारा सबै मिली श्रृजनमा इट्टा थपौं
पौरखी यि हात बनोस नयाँ नेपालमा ।।।।।
-किचनाश ४
दहपोखरी, स्याङ्जा
( साथीहरु के कविता लेख्न सजिलो छ ? नत्र अरु बिधामा किन कलम नचलाउने त ? लघुकथा, कथा, संवाद, नियात्रा लगायत अन्य साहित्यिक रचनापनि स्रिजना गर्नुहोस । जिवनमा घटेका वा बढेका अनौठा अनौठा क्षणहरुबारे लेखि पठाउनुहोस । याद गर्नुहोस, तस्विर सहितका रचनाले प्राथमिकता पाउँछन । कविता धेरै प्राप्त भएकाले पालो आउन केहि समय लाग्ने भएको छ ।-नेपालप्लस) ।


गजल
शान्ती सदा फलाउँ फूलाउँ नयाँ नेपलमा
एकताको नै गीत ,गाउँ नयाँ नेपलमा
बांधी बस्नु पक्कै हुन्न कर्मयोगी हातहरु
मेहनतको फल, झुलाउं नयाँ नेपलमा
कोसानो कोठुलो यहाँ रातै हुन्छ रगत
समानताको लहर ल्याउँ नयाँ नेपलमा
छाडि वैरभाव साथै पखालेर मन्का मैला
सबैसँग मनमीत लाउँ नयाँ नेपालमा
धेरै सुने दुनियाँले वीरताका किस्सा हाम्रा
पौरख ले सुन फलाउँ नयाँ नेपालमा
विराएका पाईलाहरु साकारेर ‘अनु’भन्छ
बिकासको मुल उगाउँ ,नयाँ नेपलमा
(बिष्णु जि तपाईंको गजल अतिनै राम्रो लाग्यो तेसैले तपाईंलाई गजल मा नै प्रतिक्रीया साथै बधाई अनी शुभकामना छ । मेरो सानो प्रयास स्विकार्नु होला ,साथै गजल्हरुलाई पनि ठाउँ दिनुभएकोमा ददी सर प्रती आभारी छु । )
अनुकुल प्रकाश ,चितवन
मन परो वा परेन:
0
0
[Reply]
la la thik 6,yastai po hunuparchha kabitaharu, salam sathi .
मन परो वा परेन:
0
0
[Reply]
its very good job. thank you.
मन परो वा परेन:
0
0
[Reply]
शान्ती सदा फलाउँ फूलाउँ नयाँ नेपलमा
एकताको नै गीत ,गाउँ नयाँ नेपलमा
बांधी बस्नु पक्कै हुन्न कर्मयोगी हातहरु
मेहनतको फल, झुलाउं नयाँ नेपलमा
कोसानो कोठुलो यहाँ रातै हुन्छ रगत
समानताको लहर ल्याउँ नयाँ नेपलमा
छाडि वैरभाव साथै पखालेर मन्का मैला
सबैसँग मनमीत लाउँ नयाँ नेपालमा
धेरै सुने दुनियाँले वीरताका किस्सा हाम्रा
पौरख ले सुन फलाउँ नयाँ नेपालमा
विराएका पाईलाहरु साकारेर ‘अनु’भन्छ
बिकासको मुल उगाउँ ,नयाँ नेपलमा
(बिष्णु जि तपाईंको गजल अतिनै राम्रो लाग्यो तेसैले तपाईंलाई गजल मा नै प्रतिक्रीया साथै बधाई अनी शुभकामना छ । मेरो सानो प्रयास स्विकार्नु होला ,साथै गजल्हरुलाई पनि ठाउँ दिनुभएकोमा ददी सर प्रती आभारी छु । )
bishnu jee yours gajal is very good so i can sent your gajal repect
मन परो वा परेन:
0
0
[Reply]
Gajal ta ma pani dhari man paraune Manchhe. Ramari ra marmaparsdi laagyo. Puna Puna yastai Gajal ko Apechha. Heri rakhos ma pani kunai din Yestai Gajal lekhchu hola ra nepalplus ma nai pathauchu. Agrim Badhai dinus na Malai
मन परो वा परेन:
0
0
[Reply]
good writing . both of u…………………….bisnu n prakash …..
मन परो वा परेन:
0
0
[Reply]
nice pome ur poem show the real picture of the nepalese condition and one day ur prey became the success.
मन परो वा परेन:
0
0
[Reply]