हातहरु आर्तनादमा

 -गणेश खड्का ” प्रतिक्षा ”

ganesh-khadka.jpg

दिग्भ्रमित सपनाहरु पालेर

छाँया पाउने आशमा

बर-पिपल रोप्न

अभ्यस्त हातहरु

मूल बाटोमा

रगतपच्छे हुनेगरी

बाङ्गो काँढाले

घोचिदिएपछि

के गुनासो गर्नु कठै

बयर बनेका बर हरु सँग,

साबिक आयतनमा ठिङ्ग

प्रत्येक भित्ताका झ्यालहरु

र झ्यालका भित्ताहरु

मौनाकृतिमग्न

थाम,निदाल र दलिनहरु

निर्जिव कोठाका

चार दिवालहरु

मेरो उचाईको

मेरो फैलावटको

बर्खास्ती चाहन्छन् भने

के भरोसा गर्नु बरै

सँगै हिंड्ने सहयात्रीहरु सँग,

बिचार को पिण्ड नै त हो

भ्रम

सोचाईको खुम्चाई नै त हो

शंका

त्यो त्यसै मर्छ

बिष ठानेर अमृत पिउने

अबिश्वासले धावा बोलिएको 

मेरो विश्वासको ईलाका

निषेधित क्षेत्र

घोषित हुन्छ भने

कस्तो ज्ञापन पत्र पेश्नु खै

भेट हुने चौतारीमा

कर्फ्यु लगाउने मनहरु सँग,

सेकेण्ड-सेकेण्ड मा

गठन-बिगठन भईरहने

सम्बन्धका समितिहरु

लवी, खेमा र बादमा

विभक्त हुन्छन् जब

जिन्दाबाद र मूर्दाबादमा

रुमलिएका

अस्पष्ट सिद्दान्तहरु

दृष्‍टिकोणहरु

मेरै खिलापमा हुन् भने

के सार मिल्ला र खै

प्रतिद्वन्दी बनेका हातहरु सँग,

यदी सहनुको नाता

शान्ती सँग छ भने

बरु,

पोलिरहोस्

भग्न मुटु

आफ्नै सूरमा

बरु,

दुखिरहोस्

निर्दोष मन

वेहोसीमा

बरु,

चहर्याइरहुन

यी अपजसे हातहरु

आर्तनादमा…!

-तिवारी भञ्ज्याङग्-४, भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

  • mahendra khdka

    ganesh ji tapaiko poem ko lagi thanks la ! i liked it so much……and feeling to much glad with you.i request to you to write more poem.at last i want express my hearty SUVAKAMAN wishing your bright future on nepali literature.
    mahendra khadka
    from chaukhabang 4 lingurdanda,Rukum
    now kathmandu,nepal
    Emil:mahendra_khadka2007@yahoo.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash

    i like very much. thank you for this good poem.carry on………………………………………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rabin chudal

    ganesh jee tapai lai badai chaa ane suvakamana pane badai yati ramro kabita haame maaj raakhay ko maa suvakamana tapai ko saaitay chaytra maa voli kaa deen ko laaghe.tapai ko saamu ENGLISH sabda laykhana daar laagho

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • DON(binod)

    RaMrO 6.KeEp It Up.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anurag kafle

    wow……………………bro its really nice .thx n go ahead.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • mahesh sapkota

    mali nepali unicode maa type garna melna side payako maa khushi lagako chha

    thank u

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • सागरिका

    Oh God गणेश जी तपाईंको कबिता पदेर धेरैले नै आफ्नो कबिता लेखेन क्ष्यमता प्रती प्रश्न चिन्ह ठडाये होलान ? पहिले पनि भनेकै हो र अहिले पनि भन्छु तपाईंको प्रसंसा गर्नु सुर्यलाई बत्ती देखाउनु जस्तै हो। साह्रै ब्यस्त भएर नेट खोलेकै थिइन आज बल्ल धेरै दिन पस्चात नेट खोलेकी Nepal plus मा तपाईंलाई पढन पाउदा धेरै नै खुशी लाग्यो ।आशा छ अझै धेरै धेरै पडने सुअवसर पाइने छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • wht a nice big b..happy to have this. go on make a progress..yr bro

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ganesh khadka " Pratiksha "

    राम्रो-नराम्रो भन्ने कुरा त्यो बस्तुको अन्तर्गुणबाट मापन गरिने कुरा हो र यसको सच्चा न्यायधिश तपाईं हरु नै हुनुहुन्छ, जसले मेरो सिर्जनालाई राम्रो भनिदिनु भयो । कविता राम्रो छ कि छैन त्यो त मलाई भन्दा यसका इमान्दार पाठक हरुलाई नै थाहा हुने कुरा हो। मैले त केवल आफ्नो भावनाको एक टुक्रा पस्केको हुँ तपाईंहरुकै लागि । मन पराएर प्रतिकृया ब्यक्त गर्नु भयो, खुशीले गद्-गद् छु र तपाईंहरु सबै धन्यवादको पात्र हुनुहुन्छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rita sharma

    गणेश जी नमस्ते । । । । । आराम रही आराम ता को कामना गर्दछु । । ।
    हजुर को कबिता पढ्ने अब्सर पाय खुशी लागो । । ।
    खै कुना शब्द ले यस्को कमेन्टस् गरु कुनै शब्द नै छ यीन यस्को लागि
    । । । । । ।
    कबिता साह्रै राम्रो लेखानु भय्को छ मैल कुनै कमि कम्जोरी दखिना यस्मा
    अन्त मा अरु राम्रो गर्न को लागि शुभकामना दिन चनछु ,,,,,, धन्यवाद
    रिता

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree