नाती नातीना खेलाएबापत आकर्षक तलब

grand-childrens-with-grand-parents.jpgअचम्म लाग्दो है न त खबर ? अब नाती नतीना खेलाउनेलेपनि मज्जाले तलब पाउने भए। तर के गर्नु यो योजना नेपालमा आउन लागेको भए पो ! जर्मन सरकारले ल्याउन लागेको पो त । पश्चिमी मुलुकहरुमा अहिले वालवालिका र बाबु आमाबिच निकै ठुलो खाडल छ । ब्यक्तिवादी चिन्तन, स्वार्थी समाजिक परिपाटी र ब्यस्तताले गर्दा वालवालिकाहरुलाई बाबु आमाले समय दिनै नसक्ने अवस्था छ । अनि ति कि त वाल ग्रिहमा वा अरुकै काखमा हुर्कन्छन । हजुरबा हजुर आमापनि व्रिद्दाश्रम बस्ने वा टाढा हुन्छन । वा बिभिन्न सामाजिक परिपाटी, शर्त र कानुनले गर्दा आफ्नै नाती नातीना को हेरचाह गर्न सक्दैनन । पाउँदैनन । त्यसैले जर्मन  सरकारले अर्कै परिवारको अन्य कसैले हेरचाह गर्नु भन्दा आफ्नै हजुरबा, हजुर आमालाई आफ्ना नाती नातीना हेर्न आकर्षित गर्ने नौलो कानुन ल्याउन लागेको हो ।

सरकारले आफ्ना नाती नातीना छन र तिनलाई हेरचाह गर्न आवश्यक छ भनेर सिद्द गर्न सक्ने ब्रिद्द ब्रिद्दालाई त्यहाँ पाउने तलबको चार चार भागको तिन भाग दिने लोभलाग्दो कानुन प्रस्ताबित गरेको छ । यो कानुन यहि जनवरी २००९ बाट लागू गरिने छ । तर त्यसकालागि सर्व प्रथम संसदमा पेश भई अनुमोदन हुनु पर्ने छ । त्यो कानुन सहजै पास हुने समाचारहरुले उल्लेख गरेका छन ।

जर्मनीमा अति कम उमेरका युवतीहरु आमा बन्ने घटनामा ब्रिद्दि भएको छ । तथ्यांकका अनुसार सन २००६ मा १८ वर्ष मुनीका २६०० युवतीहरु आमा बनेका थिए । त्यस्ता कम उमेरका युवतीहरु बढि अल्लारे हुने, अनुभवको  कमी र जागिर खान जाने उमेरमा बच्चा खेलाएर बस्नाले सरकारलाई बढि घाटा हुनाले त्यस्तो योजना ल्याएको बताईन्छ । त्यस्तै, त्यसरि हजुरबुवा हजुरआमाले नाती नातीना खेलाउँदा बढि भरपर्दो हुने, परिवारमा बढि माया ममता र समाजमै त्यसले सामूहिक भावनाको ब्रिद्दी गराउने, काम नपाएर एक्लो महसुस गर्ने तथा परिवारबाट टाढिएर निरास बन्ने गरेका ब्रिद्द ब्रिद्दामापनि  थुप्रै सकारात्मक प्रभाव पर्ने बताएका छन । निक्कै आकर्षक मानिएको यो योजना यूरोपका अन्य मुलुकमापनि छिट्टै बिस्तार हुने टिप्पणी राजनितिज्ञहरुले गरेका छन ।


  • hamro nepalma pani chhn ni kati nata natini sanga basne hajur aama hajur baba tara talab dine chalan po chhaina ta baba aama sabai bidesh ma ani natanatinita uhaharusangai ta honi yo chalan bhayo bhane ta ramro ni tara kahile hune hola ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mahesh Chandra Devkota

    नेपालमा त्यस्तो खै कहिले हुने हो । तर नेपाल को अवस्था त्यो देखी फरक छ है मित्र । बरु नेपालमा बुढा बुढी लाई छोरा छोरी र बुहारीहरुले हेला गर्ने र आफु देखी छुट्टाउने चलन फैलिदो छ। यो नराम्रार्म्रओ अनी ठुला प्रती को अपमान हो जस्ताइ लाग्छ मेरो विचारमा त । तर राम्रो सन्स्कार हुर्कन्दै गएको कथा जुन बताउनु भयो त्यो प्रेरणादएक भने अबस्य्य छ मित्र। खुशी लाग्यो एस्तो खबर पढ्न पाउदा । फेरी पनि यस्तै आसमा ।

    धन्द्यबाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yekraj

    dadi ji
    tapaile yeuta kabita nikalera pheri kina hataunu bhayo ke karan hola ,,,
    can you please reply …?

    कविता राखेको थिएँ । तर एडमिनमा समस्या आएछ र त्यो हराएछ । अनि ईमेलबाट पनि हटेको थियो किन भने कविता प्रकाशित भयो भन्ने ठानेर हटाएको थिएँ । त्यो कविता पाए म प्रकाशित गर्ने थिएँ । यदि त्यो कविताको लेखक तपाइनै भए क्रिपया फेरि पठाउनुहोस । एडमिनमा आएको समस्याकोलागि क्षमापार्थी छु-नेपालप्लस) ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Harihar Aryal, Paris

    Dadijee,
    Thank you very much for a very useful, new, and feable (possible to apply) articale.
    Harihar Aryal

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Biran

    harihare feasible bhanna khoje ko hola feable. feable bhaneko ta weak ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    राम्रो खबर सुनाउनुभएकोमा धन्यवाद। सुबिधा मात्रै सबै कुराको समाधान होइन रहेछ त्यसो भए। जबसम्म मान्छेमा अर्काको लागि पनि हामीले केही गर्नुपर्छ भन्ने भाबना पलाउदैन तबसम्म खोइ के होला र।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • उपेन्द्र,दुबईबाट

    आफ़्नो परिवर सन्ग बिछोदिएर बस्दा को पीडा कस्तो हुने रहेछ त्यो त बल्ल भोग्दै छु। झन बुधेसकाल मा कस्तो हुन्छ होला है। जर्मन सरकारले राम्रो कार्यक्रम ल्याउन लगेकोमा खुसी लाग्यो । तर नआत्तिनु ……….,ji तपाईले नाति नातिना खेलाउदै तलब खान पाउनुहुन्छ कि ? नेपालमा राम्रो LAW आयो भने ! समचार लाइ धन्यबाद !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sita pachhain

    aaja bholi ta harmo nepalma chhora buhari haru le nati natine lai tada rakachan
    hajur ba ra hajur aama bata, aabata thaha vayo hola hajur aama ra ba ko mahatwo,
    Germanyma ta paisa po dena. la hai chito-chito paso nade hajur ba ra aama nati
    natine herna dakama.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • geban Mijhar

    ye yo chalan ta nepalma nai bhaiseko 6. mero baba aamale ta malai 3 barsa aghi nai chhodi bidesh gaisaknu bhayako 6.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree