राज्य ठग्नेमा माओवादी केन्द्रिय नेतापनि

कांग्रेसले त देश ठगेकै थियो । राप्रपा र अन्य त्यहि मार्काका दल त यसै भए। एमालेलेपनि लुट्न सम्म लुटेकै हो । मधेसी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावनाको त झन के कुरा गर्नु ? यिनलाई त कुर्सी र पैसो पाए र सक्ने भए देश तुरुन्तै बिदेशीलाई सुम्पिने थिए । तर अचम्म ! देशलाई स्विजरल्याण्ड बनाउँछौ भन्छन माओवादी। जनताको जिवनस्तर भन्दा नेताको जिवनस्तर एकरत्ति फरक हुनुहुन्न भनेर फलाक्छनपनि उनीहरु । भ्रष्टाचार, अनियमितता गरे एमाले र कांग्रेसले भनेर खुब कुर्लन्छन। तर त्यहि पार्टीका नेता देशलाई ठगेर नाफा कमाउने रहेछन । यि कतिसम्म लोभी, चुसाहा, बैमान र ठग रहेछन भने नाथे दुई चार हजार औषधीको बिलमापनि थपेर, बढाएर राज्यलाई ठग्ने रहेछन ।  

त्यसमा अरुपनि छन । तर माओवादीका एकदम सामान्य र ईमान्दार भनेर चिनिएका दिनानाथ शर्मापनि रहेछन । मलाई सम्झना छ-दुई वर्ष अघि उनी पेरिस आएका बेला एक साँझ नेपालीहरुलाई उनका कुरा सुनाउन झमघट गराईयो । र उनले हाकै भनेका थिए-एमाले र कांग्रेस भ्रष्टाचारमा डुबे । देशलाई कंगाल बनाए । एमालेका ससांसदहरुले त राज्य कोषको दुरुपयोग र भ्रष्टाचार यतिसम्म गरेकि तिनले बेल्जियमबाट सिसा लगेर समेत घर बनाए अहिले यो समाचार देख्दा म उनको त्यो हात हल्लाईको पारा खुब झल्झलि सम्झिरहेको छु जतिबेला उनले एमाले र कांग्रेसलाई राष्ट्रिय रकम दुरुपयोग र भ्रष्टाचारको आरोप लगाइरहेका थिए ।

तिनै ब्यक्तिले संविधान सभा सचिवालयमा नाफा खानका लागि वास्तबिक भन्दा धेरै बिल पेश गरेछन । सयौं जनता टाउको दुखेको र झाडा पखाला रोक्ने औषधी नपाएर मरिरहेको बेला राज्यले सभासदहरुलाई औषधी खर्च बेहोरिरहेको छ । त्यसलेपनि नपुगेर उनि र अन्य थुप्रै सभासदले भने लागेको भन्दा धेरै बिल बनाएर राज्यलाई ठग्न खोजेका छन । कतिसम्म लिच्चड र चुसाहा रहेछन यि सभासद भनाउँदा भने आफुले ट्याक्सी चढेको, हर्लिक्स खाएको, फलफूल किनेको समेत बिल पेश गरेका रहेछन फिर्ता पाउँ, मेरो यति खर्च भयो स्वास्थमा भन्दै ।

दिनानाथ शर्माले ७,२०२ रुपियाँ मागेका रहेछन । तर छानबिन समितीले जम्मा ३,६०१ मात्रै खर्च भएको हो भनिदिएछ । त्यसरि ठग्नेमा अर्का चर्का नेता छन कांग्रेसका बिमलेन्द्र निधी । उनि त झन कांग्रेसका अझ धेरै माग्ने नै भए । लागेको बानी । ठग्नमा झन अनुभवी । पटक पटक मन्त्री भएर ठगेका । उनले १४,१३३ मागेकोमा  ५,३७९ रुपियाँ मात्रै सदर भएछ । त्यस्तै ठगी हुने गरेकाले होला, संसद सचिवालयले पेश गरेका बिलहरुको जाचबुझ गर्न समितीनै बनाएको रहेछ । अनि तिनले बुझाएका मध्ये अधिकांशले वास्तबिकताभन्दा धेरै पेश गरेको भन्दै पेश गरे बराबरको रकम फिर्ता दिन अस्विकार गरेको रहेछ ।

यसरि ठग्नेमा दर्जनौं छन । ति को को हुन, कति मागेका थिए कुन कुन मितीमा, कति सदर भयो भनेर नयाँ पत्रीका दैनिकको लिकमा गएर हेर्नुहोस । जुन अन्तिममा दिएको छु । यस्ता लुटाहाहरुले के देशको हित गर्लान ? नेपाली जनताकोलागि कुनै सकारात्मक काम गर्लान भनेर आशा गर्न सकिन्छ ? सभासद हुँदै त औषधीको बिल बढाएर खानेले मन्त्री भए भने के के सम्म खालान ?


औषधीको बिलमा पनि नाफा खोज्छन् सभासद्

  • anukul prakash

    जुन जोगी आएपनी ,कान चिरेको नै हुन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Most of the leaders of Nepal involve in politics because of ego and greed. So they don’t have any creative idea or vision for the development of the nation. Those who seem to be little knowledgeous are not decent because they gained their knowledge to make it their external appearnce. Their enternal identity or heart is so dubious. We have to judge the words and deeds of the people to know thier real identity.

    Maoists leadership, most of the time, talk about science and honesty this is not because they are sceintist and honest but because many people want to see their politicians be progressive and decent.

    Democracy is the only system where people can know the real identity of their leaders. So if there is rule of law and viable democracy soon we will be able to see some good leaders.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepoleon bonapart

    धन्न ,मैले किनी दिएको थिए र, तिन्ले स्वास्नीको र छोरी को पेन्टी को पैसा चै मगेन छन् ।।।।।।।।।।।।।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • राम गुरुङ

    बिस्तारै खुल्छ माओवादीको आडम्बर। फोस्रा भाषण ।
    भित्र भित्र खुब कुम्ल्याएका होलान, कांग्रेसलाईलाई माथ गर्ने गरि !!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देश्-प्रेमी

    मुखमा राम राम बगलिमा छुरा
    स्वार्थी नेताहरुको आरोपका कुरा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepal kaa rajneta bhaneko rajnaitk chhetra maa prabesh garnu bhanda agadi nai desh banaune hoina. afno gher kasari banune afna balbachha lai usa loandon kasari pathaune soch bokera prabesh gareka hunchhan.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yetiman

    जङ्गलमा बस्दा खेरी जनतालाई त्रासमा दबाएर खाएको बानी छ नि त ! अब राज्यसँग त्यस्तै त्रासको काम छैन अनी उपाय त सोच्नै पर्‍यो नि कसो ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suman sapkota

    nepalplus ma sabai kura haru samabes vayako payeyo tra bigyan prabidhi ko kchyatra ma vayako pragati ani bikas ko barema lekheko payeane.tyo pani samabes garidinu vayo vane sun ma sugandha hune thiyo ki.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Krishna Regmi

    sir namsate. halsalai nepal janu bhayeko rahechha . thaha paye… tapaiko blog herna pauda khushi lagyo… kehi kura nikkai maja lageko le enepalnews.com savar garidiyeko chhu. Thank u.
    Regards
    Krishna Regmi.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • geban Mijhar

    chusaha prabitika netalai ta dadai kataunu par6 hai nepali janata aba ta bujhyau.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हाइ रे हाइ दिनानाथ ले पनि त्यसो गरेको

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hello Neta Mr. Dananath if need 3000 rupees. beg with me don’t touch Nepalis property Ok? is that target of moaist????????????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prakash baral

    all nepleas leaders are same ,country can not born good leader. if leaders and poltical party cant be coroption and business man pay fully tax . the country really making swetzerland……….. sooooooooooooooooo allll person honestyy of ourrr countryyyyyyyy

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prakash baral

    nepal ma neta haruale bhastacahr nagarne ani byaparile kar tirne vayaaa pakka pani nepal swetzerland banthyo suru ma swetzerland banachu vaanne haruu aahile afni vaniko bato vatkaudi chaannn …………………………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree