कांग्रेस लाग्यो फेरि राजाकै पार्टीतिर

nepali-congress-party-flag-nepalplus.jpg

गिरिजाप्रसाद कोइरालालाई राजतन्त्र छोड्न खुब मुस्किल परेको थियो । त्यहि भएर कहिले श्रीपेच बिनाको राजा चाहिन्छ भन्थे त कहिले बेबी किङ भन्दै पारसको नावालक छोरोलाई राजा बनाउनु पर्छ भन्थे । बल्लतल्ल नेपाली कांग्रेस राजतन्त्र फाल्ने सात पार्टीमा समाहत भयो । जनआन्दोलनपनि भयो। राजतन्त्र फालियो । तैपनि माओवादीसित खटमट पर्दा राजालाई धोका दिएर गल्ति गरियो भन्थे नेपाली कांग्रेसका केहि नेताले । राजतन्त्र छोडेको देखिएपनि नेपाली कांग्रेसमा राजतन्त्रको मोह भने अझै जिवितै रहेछ भन्ने फेरि देखियो । अहिले संबिधान सभाको उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । सबै दलले आआफ्ना उम्मेदवार उठाएका छन । कित सात पार्टीभित्रकै कसैलाई समर्थन गरेका छन । नेपाली कांग्रेसले भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार प्रतिभा राणालाई समर्थन गर्न पुगेको छ ।

प्रतिभा राणा यसैपनि दरबारिया नातेदार हुन । उनको पार्टी राप्रपा राजाको पार्टी हो । चाहे त्यसका नारा जे सुकै होउन । बिधान जे सुकै होस। अहिलेपनि त्यो पार्टी राजतन्त्र फर्काएर तानाशाही ब्यवस्था लाद्न चाहन्छ । त्यहि पार्टीले पञ्चायति ब्यवस्थाको नाममा तिसौं वर्ष लुट्यो । पञ्चायति तानाशाहहरुलाई काँधमा बोकेर ।

मुलत त्यहि पार्टीको नीति बिरुद्द जनताले लडेर राजतन्त्र मिल्काएको तिन वर्षपनि भएको छैन । अझ भन्ने हो जनताले राजतन्त्र फालेपछि आफुले चाहेको संबिधान बनाउनपनि भ्याएका छैनन । अनि आफुले भर्खरै लडेको त्यहि तानाशाह ब्युँताउन चाहने पार्टीको उम्मेदवारलाई नेपाली कांग्रेसले समर्थन गर्नुको कारण के ? नेपाली कांग्रेसले कस्तो ब्यक्तिको सहभागिता चाहेको छ संसद भित्र त्यस्ता ब्यक्तिलाई जिताएर ? राजतन्त्रका भूतहरुलाई संसदमा हुलेर जनताकालागि कस्तो संबिधान बनाउन चाहेको हो नेपाली कांग्रेसले ? के उसले सँगै आन्दोलन गरेका कुनै दलका अन्य नेता देखेन राप्रपाको भन्दा गतिलो ? नेपाली कांग्रेसमा राप्रपाकि नेती प्रतिभा राणा भन्दा गतिलो नेता कोहि छैन ? कांग्रेसमा एउटा गतिलो नेताको त्यतिबिघ्न संकट परिसकेको हो ? कि उ सत्ता गुमेको मुर्छाहटमा जस्तो सुकै पार्टीसँग, जनताका वैरीसँग, प्रजातन्त्रका दुष्मनसितपनि संझौता गर्न चाहन्छ ? के नेपाली कांग्रेसकालागि सत्ताको कुर्सी प्रजातन्त्र र जनताको संबिधान भन्दापनि प्यारो हो ? नत्र राजतन्त्रका हिमायति र जनताका वैरीसितको यो साँठगाँठ र हातेमालोको अर्थ के ? राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले “खास्टाले छोपेको बिरालो, खास्टो उघ्रिएपछि म्याउँ गर्छ” भने जस्तो त होइन यो कतै ?

  • Ekadev pandey kuwait

    O..My God, Very bad this line of NC. Realy nc donot like new rule of Nepal.I always hate like this policy of nc. Thakyou for the. OK by.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देश्-प्रेमी

    होइन होइन

    धेरै दिन सम्म केही खाना नपाएको मुसो
    पर्खाल खोतल्दै खोतल्दै जादा सौचालय
    पुगेछ त के गर्ने भोकले हरीलन्ठु भएको
    बेला जे सुकै होस् भन्दै सधैं अन्ना मात्र
    खाने मुसा त्यो दिन त लु जा त उसले
    सौचालय को सबै (गु) आचि खाइ दिएछ
    भोकै मर्नु भन्दा त बरु गु खाएर भएनी
    बाचौ भनेर ,,,,,,,,।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mahesh, Gorkha

    काग्रेश कहिले गणतन्त्र बादी भएको थियोर । पहिले राजा सँग मितेरी , अहिले रा प्र पा सँग ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram shrestha

    Nepali congress has done great mistake in this contest.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh poudel

    Really the step congress is processing is against the will of the people.That party will not get the support of the people ig it goes on suporting the monarchial parties.congress is getting worst and in near future it will lose its existence.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sanam shrestha

    कांग्रेसको बल्ल ढिलो भय पछी बुद्दी फर्केको जस्तो छ। लेखकजि राजतन्त्र नेपाली जनताले फालेको होइन ईन्डियाले फालेको हो किन बुजपचाउनु हुन्छ । नेपाली जनतले फालेको भन्नलैत जनमत सङ्रह हुनु पर्‍योनी, ईन्डियाको भरौतेहरुले संबिधान सभाको चुनावको नाटक गरेर राजा फालेको होइन। तपाईंहरु जस्ताइ २ रुपैयको बिज्ञापन नपाउला भनेर राजतन्त्रलाई नै दाउमा हाल्ने पत्रकार र पत्रकार समुहहरुले गर्दा देश आजको जर्जर अवस्थामा पुगेको हो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepli coungress ley rastriya prajatantra party ko canitdate lai support gareko ho bhane nepali coungress ko durbhageya ho.raja badi party ko canidate lai samarthan garnu bhaneko rajako puna chhal khael maa support garnuho.desh raw janta lai dhoka dine raja nikatko party lai samarthan garchhan bhane nepali coungress jasto party lai janta ley pani dutkarchhan.yedi yo kura shahi ho bhane girija babu jasta durdarsi neta ley tpoi kolera rajnaitik bata saniyas leyer kasi lagda hunchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tika ram ale

    hami nepali janta eakdam lato chhoun kinaki kangrees le mitha mitha kura garera hamilai ghukyaeko thaha chhain agha pani tyasaiko pachhi lagera hirdaichhuo.malai ta nepali kangrees ka sabai neta film ma khelne vilen bhanda kum lagdaina ki kaso sathi ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Hari B.K.

    Mero raja timi hami nepaliko man bata kahile pani hateka chainou ra hatne pani chainou. Parash le nepal ma nai basnu par6.
    yo desh ma pheri raja chahin6. samaya le raja lai aafai bolaou6

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sujan

    thik ho saman shrestha ko kura. raja nepali janata ay falayko hoina yadi falayko ho banay kina janamat sangraha nagarayko. karan janata lay raja lai hattna didainan. tesailay ta thyo khel khelya party harulay. bujha pakhandi ho bujha. dhes dubdaicha aaba. jun sundar naya nepal ko sapana dhekdaichau chadai nai yi jangalai harulay somalia banaudai chan nepal lai. socha des ko lagi. sabai kina des lay kahi dela banayra kurchau . des lai kahi dina sakchu banayra chai socha. euta example ds ko raja hatauna yi chor journalist ko pani thulo hat cha. andolan ko bela santinagar ma ye chor haru lay sana baccha lai timi haru lai tv ma daykhaidinchu banayra aago balna lagayo. ye journalist kantpur tv ka hun. chr sala haru . aafno nam ko lagi paisa ko lagi nepali janata sanga khelyi rahayk chan. chor haru. bhuja nepali dhaju bhai haru bhuja.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • girija………..giri…………..ja..ja……….ja………………..ja

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree