काठमाडौंलाई नपचेको चितवनलाई पच्छ ?
काठमाडौंलाई विश्वकै अति प्रदुषणयुक्त शहर मध्येको एक भनिन्थ्यो। त्यो प्रदुषण फैलाउने सबैभन्दा बढि कारक मानिएको थियो बिक्रम टेम्पो । सरकारले यो वास्तबिकता जान्दा जान्दै पनि हटाउन सकेन तिनलाई । बरु ति काग कराउँदै छ पिना सुक्दैछ भनेझैं थपिएको थपियै गरे । सरकारले हटाउन थाल्यो कि तिनले पुरा सडक जाम गरिदिन्थे सडकमा तेर्साएर । अनि दिन दिनै घण्टौ घण्टा सडक जाम गराएर सरकार कति टिक्ने ? जाबो बिक्रम टेम्पोले सरकार हल्लाउँथ्यो । कानुन झुकाउँथ्यो । ट्राफिक नियमलाई धोती लगाइदिन्थे । त्यसको मार जनताले तिरि रहे वर्षौंसम्म । त्यस्तो समस्यालाई सरकारले निमिट्यान्नै पार्नु पर्ने होइन ? तर नेपालका नेताहरु न हुन कति लाचार, कति अदूरदर्शी, कति मूर्ख हेर्नुस त । तिनले त्यो समस्या काठामाडौंबाट त हटाए बल्लतल्ल । तर त्यसलाई लगेर थन्क्याए चितवनमा । अहिले तिनै जनताको स्वास्थ्य र वातावरणलाई खराब भनिएका बिक्रम टेम्पोहरु शानसँग चलिरहेका छन चितवनमा ।
ति चितवका गाउँ गाउँ कुदिरहेका छन् । ट्या र्या र्या र्या गर्दै कालो मुस्लो फाल्छन । ध्वनी प्रदुषण उत्तिकै छ । नाक, घाँटी र आँखा उस्तै पोल्छन तिनको धुवाँले । चितवनको सुन्दर, सफा र स्वच्छ गाउँ हरेक दिन तिनले प्रदुषण गरिरहेका छन । तर अहँ त्यसको कुनै मतलब स्थानिय प्रशासनलाईपनि देखिएको छैन । केन्द्रिय सरकारले त काठमाडौंको समस्या पन्छाउन मात्रै अन्यत्र जे सुकै गरुन भने होला । तर के स्थानिय राजनीतिक नेता, दल, नागरिक समाज, मानव अधिकारकर्मी र नागरिकहरुपनि चुप लाग्ने ? काठमाडौंका जनतालाई नपचेको खराब चिज के चितवनका जनतालाई पच्छ ? काठमाडौंमा तिनले प्रदुषण फैलाए भने के चितवनमा फैलाइरहेका छैनन ? चितवनलाई झन मेडिकल स्थल टुरिजम (स्वास्थ्य पर्यटन) का रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठिरहेको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले यो प्रस्ताब दशक पहिल्यै गरेका हुन पनि नेपाली कांग्रेसको सरकारसमक्ष । के प्रदुषण नै प्रदुषणले गाँज्यो भने भोली चितवनलाई त्यो रुपमा विकास गर्न सकिएला ? बेकारमा सडक जाम गर्ने, वाहियत काममा हरेक दिन सडक र क्याम्पसमा मारपिट गरेर आतंकित बनाउने बिद्दार्थी संगठनहरुले यस्तै रचनात्मक काममा ध्यान दिए कस्तो हुन्थ्यो होला ?



काठमाडौँ बाहेक का सबै शहरहरुमा बिक्रम टेम्पो छ नि ! के चितवन मा मात्रै भा’को जस्तो गरि लेखेको हो ?
चितवनलाई पच्दैन भने, अनि अरु ठाउँलाई चाँहि पच्छ भनेको कि क्या हो ? लेख्नुभन्दा पहिले, कति ठाउँमा यस्ता टेम्प र’छन् भन्ने बुझेको भए, सबै कुरा क्लियर हुन्थ्यो कि ?
मन परो वा परेन:
0
0
[Reply]
chitwon ko lagi pani yo kam lage ko cha but teha pani bebastha garnu parcha chitwon ko vijay nagar road ma tempo ko dada giri le garda kati jana lai dhukha cha eak patak tetako rout hernus leadis haru lai pachadi ra hut ma dhekhana sak nu huncha ke yo thik ho yatra ko lagi kina yesto yesma sambandhit pache ko dhan dinu paro jasari pani janta ko marka bujne kosis garnu paro vijaya nagar rroad ma aru kehi bikalpa hernu parcha coment my raj
मन परो वा परेन:
0
0
[Reply]
अाकारको कुरा सहि हो ल। जहिले पनि केहि अनुसन्धान गरि लेख्नु राम्रो हो ।
मन परो वा परेन:
0
0
[Reply]
भ्रस्ट सरकार घुस खोरी कर्मचारी
को मिलेमतो मा फ्याउरो जस्ता स-साना गाडी हरु लाई
प्रोत्साहन दी कमिसन खाए धमिरा हरुलेराष्ट्र का सम्पत्ति
साझा बस ग्यारेज मा थन्केर
कवाडी भाई रहेको छ दश वटा भुण्टे
टेम्पो ले बोक्ने यात्राु एउटा ठुलो सान्दार बसले बोक्ने थियो
खोइ बुद्दी छोरा नेता हरुक
यो काङ्रेस एमाले शाही काल्का नेता अनी पञ्चे रा.प्र.पा का धमिराहरुले साझा बस खाये ट्रली बस खाए नेपाल बायुसेवा निगम खाए आएल निगम डुबाये बुटवलको राष्ट्रिय औषधी उधोग डुबाये देखावटी यती हो अरु त कती खाए कती खाए आ-आफ्न छोरा छोरी लाई बिकासित देशमा
पढ्न पठाये श्वासनी लिएर बिदेश घुमफिर गरे कहाँ बाट आए यि पैसा जाबो एउटा अधिक्रित को तलब ८, १० हजार हुन्थ्यो भने बिदेश सयर
गर्ने पैसा कसरी आए अब अहिले माओ को हेर्न बाँकी छ अब के डुबाउन बाँकी छ
मन परो वा परेन:
0
0
[Reply]
यसमा सरकारको मात्रै दोश छैन यसमा त जनताहरुको पनि दोश छ नि! यदी जनताहरुले बिक्रम टेम्पो नचडिदिए त हराइ हाल्छन नि यस्ता टेम्पो ! हैन र ?
मन परो वा परेन:
0
0
[Reply]
यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो छ।
मन परो वा परेन:
0
0
[Reply]
काठमाडौँ बाहेक का सबै शहरहरुमा बिक्रम टेम्पो छ नि ! के चितवन मा मात्रै भा’को जस्तो गरि लेखेको हो ?
चितवनलाई पच्दैन भने, अनि अरु ठाउँलाई चाँहि पच्छ भनेको कि क्या हो ? लेख्नुभन्दा पहिले, कति ठाउँमा यस्ता टेम्प र’छन् भन्ने बुझेको भए, सबै कुरा क्लियर हुन्थ्यो कि ?
कि चितवन भन्दा अरु शहर तीर गएयेको छैन र हो
कुनै जानकारी दिनु अगाडि राम्रो सँग बुझेर दिएको मा अलीउत्तम होल यो नेपाल प्लस को लागि पनि शाही होला
मन परो वा परेन:
0
0
[Reply]
कुनै जानकारी दिनु अगाडि राम्रो सँग बुझेर दिएको मा अलीउत्तम होल यो नेपाल प्लस को लागि पनि शाही होला
मन परो वा परेन:
0
0
[Reply]