महिलालाई अधिकार दिन त ‘कामरेड’ पार्टी झन् कन्जुस

‘कथनी र करनी फरक हुन्छ’ भन्थे, हो रैछ । आधा आकाश र आधा धर्ती । एकै रथका दुई पाङ्रा । पाताल र भूतल । एकै सिक्काका दुई पाटा । कम्युनिस्टहरुले महिला अधिकारका कुरा उठाउँदा फलाक्ने नारा हुन् यी । कम्युनिस्टहरु जति बढि क्रान्तिकारी देखियो उति चर्काउँछन् यस्ता नारा । करिब एक दशकको जनयुद्दकालमा माओवादीले यस्ता नारा आफ्नै पार्टीको पेवा झैं बनाएर उठाए । त्यो थियो कथनी । तर करनीका बेला ? अस्ति मन्त्रीमण्डल बिस्तार हुँदा देखियो । ११ जना मन्त्री मण्डलमा लैजाँदा ‘कामरेड’ का आधा धर्ती, आधा आकाश बतासमा बिलिन भो ।

तर बिउको रुपमा जगतलाई देखाउन एक जना मन्त्री बनाइन् जयपूरी घर्ती । उनले ठाडै अस्विकार गरिन् सपथ लिन । उनको अस्विकारले एक खाले त्याग त देखायो । तर सँगै वर्षौं वर्षसम्म महिला अधिकार, महिला स्वतन्त्रता, महिला समानताका नारा घन्काएर गाउँ गाउँका चेलेबेटीको जितेको मनमा कसरि माओवादी पार्टीले ठेस पुर्‍यायो भन्नेपनि देखाउँछ ।

साँच्चै हो, दश वर्षे जनयुद्दमा माओवादीले महिला केन्द्रित कार्यक्रम निकै गरे । हाम्रो सरकार आयो भने सारा महिला बिरोधी कानुन च्यातिन्छ पनि भने । महिला असमानता संवन्धि सबै प्रवधानलाई ईतिहाँसका पानामा सिमित राखेर नयाँ ईतिहास लेखिन्छ भनेर लोभ्याए । महिला मुक्तिकालागि माओवादी एक्लो पार्टी हो भनेर फकाए । यतिसम्म कि अब पुरुष सरह सम्पतीपनि खर्लप्पै काटेर आधा दिनुपर्ने बनाइन्छसम्म भन्न भ्याए । ‘हाम्रा महिलाहरु देश मात्रै होइन, परि आए सिंगो विश्व हाँक्न सक्षम छन्’ भनेर कति ठोके कति भाषण त ।

जनसेनामा लडाउनु थियो, बलिया पाखुरा चाहिएको थियो । आँटिलो मनको खाँचो थियो । लोग्ने गुमाउन सक्ने बनाउनु थियो । घर त्याग्न सक्ने बनाउनु थियो । जिवनका साह्रा खुशि, साह्रा उमंग, साह्रा सपना त्यागेर देश र जनताको मुक्ति भन्दै उतार्नु थियो । महिला समानताका त्यस्तै नारा, गुलिया भाषण र कमरेडी बोलीले धेरै महिलालाई तान्यो । जाने बुझेका, पढे लेखेका यिनै जयपुरी घर्ती जस्तापनि थपिएर महिलालाई जनयुद्दका विभिन्न यात्रामा होमे । तर जब महिलाका लागि केहि काम गर्ने, महिलाका पक्षमा कानुन बनाउने, महिलालाई राज्यको अधिकार दिएर, जिम्मेवारी दिएर देखाउने बेला ‘कामरेड’ का ति बाचा भाँडमा गए । ति नारा गण्डकीमा सलल बगे । महिला लोभ्याउने महिला अधिकारका चुम्बक जस्ता ति बचन टुकुचाको घोलमा मिल्किए ।

जगतका कानमा अझै गुञ्जिएको छ, जनयुद्द रोकेर शान्ति वार्तामा आउँदै खेरि कामरेडको पार्टीले ‘कम्तिमा ३३ प्रतिशत महिला सहभागिता’ भन्दै कञ्चनजंघा हिमाल नाघौंला झैं गरेको थियो । सम्झना अझै मेटिसकेको छैन,  त्यति बेला कामरेडहरुले ‘हाम्ले त ५० प्रतिशतनै बनाउन खोजेको, एमाले, कांग्रेस जस्ता संसदबादी दलले मान्दैनन्’ भनेर कुर्लिएथे । महिला सहभागिता ३३ प्रतिशत भन्ने ट्रेडमार्क कामरेडी पार्टीकै हो । सहमत हुन कर लगाइयो अरु पार्टीलाईपनि । तर अहिले ? जसले ५० प्रतिशत महिला सहभागिता भनेर गर्जियो, अहिले उहि २० प्रतिशत दिनपनि तयार भएन । अनि अलिकति नैतिकता हुनेले कसरि सहन सक्छ ? पार्टीका सर्बोच्च नेता प्रचण्डको नाक छिमल्दै जयपुरी घर्तीले सपथ खाइनन् ।

मन्त्रीपरिषदमा नाम छान्ने जिम्मा चानचुनेको थियो र ? सर्बोच्च नेता स्वयंकै । तर उनको महिला अधिकार, महिला समानता, महिला स्वतन्त्रताको पर्खाल कत्रो रहेछ देखियो । आखिर भाषण जे सुकै चुटेपनि, नारा जे सुकै घन्काएपनि, आश्वासन जे बाँडेपनि अधिकार दिने बेलामा कामरेडलेपनि महिलालाई जुठेल्नाकै ठान्ने रहेछन् । त्यहि सहन नसकेर होला सायद जयपूरी घर्तीले सपथ नखाएको । पार्टीमा त्यो बाहेक के के छ उनले सपथ नखाउनुको अर्थ, सन्देश त्यो उनकै पार्टी कार्यकर्ताले बुझुन् । तर आम कार्यकर्ता र जनताले देख्ने के हो भने पार्टी अध्यक्ष स्वयं महिलालाई पुरुष सरह सक्षम देख्दैनन् । पुरुष सरह अधिकार दिन तयार छैनन् ।

नेकपा एमालेले बरु बिध्या भण्डारीलाई रक्षा मन्त्री बनायो । नेपाली कांग्रेसमै सुजाता परराष्ट्र र उपप्रधानमन्त्रीसम्म बनिन् । तर ‘नेपाल त के परिआए विश्व हाँक्न सक्षम छन् हाम्रा महिलाहरु’ भनेर वर्षे पाओ झैं कान्ला नाघ्ने माओवादीले त्यतिपनि सक्षम देखेन आफ्ना महिलालाई । ग्रिह मन्त्रालयमा दुई तर्फको रडाको तिन महिनासम्म मच्चाउनुको साटो जयपुरी घर्तीलाई बनाउन सकिन्नथ्यो एमालेले बिध्या भण्डारीलाई रक्षामन्त्री बनाउँदा ? उपप्रधानमन्त्री बनाउन सकिन्नथ्यो घर्तीलाई ? वा उनी नभए अर्कि कुनै नेत्रीलाई ? तर के गर्नु कामरेडहरुका कथनीनै चर्का, करनी भए पो !


  • यो कुरा सहि हो,हामी भन्ने बेलामा र बोल्ने बेलामा खुब लैंगिक समानताको र महिला स्वतन्त्रताको अधिकारको बारेमा बोल्छौ साथै हाम्रो नेताहरुले पनि यसलाई खुब आकर्षक नाराको रुपमा उठाउछन् ता कि पृथीबीको आधा भूगोल ढाकेका नारी जतिको साथ र समर्थन पाउन सकियोस भनेर | महिला स्वतन्त्र अधिकार र समानताको कुरा उठाउनु आफैमा राम्रो पक्ष हो तर साथमा यसलाई सम्बोधन गर्न झन् महत्वपूर्ण कुरा हो तर बिडम्बना नारी जातिले चाहे जस्तो, न त महिला अधिकारको स्थापना भएको छ न त समानताको हक र अधिकार,हाम्रो जस्तो अविकसित, अशिक्क्षित र झन् त्यो भन्दा पनि रुढिबादी परम्पराले अस्त ब्यस्त गरि गाजेको मुलुकमा महिला अधिकार र समानताको हक लागु गर्न एकदम गारो छ हुनत कतै कतै यसको थोरै रुपमा भए पनि लागु भएको पईन्छा यो एक दम खुशीको कुरा हो | महिला हक र अधिकारको स्थापनाको लागि प्रमुख कुरा त देशका जनता सबै भन्दा पहिले शिक्षित हुन जरुरि छ | एउटा नेताले फलाक्दैमा र महिला अधिकारको बर्णन गर्दैमा महिला अधिकार तथा समानताको पूर्ण व्यवस्था हुन कदापी सक्दैन | साथमा सम्पूर्ण नागरिक पनि महिला हक र अधिकार प्रति सचेत हुन जरुरि छ र साथमा राज्यले पनि यसमा उदार रुप देखौना सक्नु पर्दछ तथा महिला हक र अधिकारको बिषयमा बिसेस नियम तथा कानुनको व्यवस्था गर्न सक्नु पर्दछ हैन भने महिला हक र अधिकारको कुरा हाम्रो जस्तो मुलुकमा फगत गफको कुरा मात्र हुन पुग्दछ |

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • bibek dahal

    maobadiko aasali niyat ra upayog garne rananiti prasta paridinubhaeko ma writerlai dhanyabad aba bistarai maobadiko policy public level ma prasta hudaichha

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • shiva

    धन्यवाद दधि जी , हामी पाठक तपाईबाट यस्तै निस्पक्ष सामग्री चाहान्छौ| पत्रकारको नाताले तपाइले सत्य कुरा बाहिर ल्याउने हो | त्यसको बचाउ गर्नुपरे सम्बन्धित नेता लै नै गर्छन न कि तपाइले |

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

  • shiva

    मैले माओबादीलाई नजिक बाट चिनेको छु | वास्तवमा महिला , जनजाती र गरिब तथा असहाय हरु सबभन्दा पिडित माओबादी पार्टीमै छन् | सी पी गजुरेलले आफ्नी बुहारीलाई दाइजो नल्याएको भनेर गरेको अत्याचार समाचार मा आएको थियो | राम्रा र मिठा मिठा आस्वाशन प परेर माओबादी मा लाग्ने आम नागरिक र कार्यकर्ता सहि भएपनि माओबादीलाई डोर्याउने नेत्रत्व तह एउटा दलाल हरुको झुण्ड मात्र हो | यिनको मुखमा रामराम बगलीमा छुरा छ | यिनको सपना नया राजा बन्ने हो | मन्त्रि छान्न भएको विवाद, डेढ लाखको पलंग , महरा ले चीन संग मागेको भीख , बाहिर आइरहेका टेप प्रकरणहरुले यहि कुरा प्रष्ट पार्छन | अब माओबादीका खोक्रा नाराहरुको पट्टीमा परेका माओबादीका अन्धा भक्त हरुले कहिले यी चोरहरुलाइ चिन्ने भन्ने सवाल बाकि छ |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 5

    [Reply]


  • पत्रकारको भूमीका यस्तो पो त ऐले भने ठिक है बधाई छ पत्रकार यसो नभने खै के खै के ……………

    मन परो वा परेन: Thumb up 1 Thumb down 2

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree