डाँडाबाट ओरालो लाग्दा झल्झली स्विस सुन्तली
-पुष्कर शाह
एउटा सडकले सारा परिवर्तन गरिदिन सक्छ । ठ्याक्कै त्यहि भयो दोलखामा जब स्विसहरुले लामोसाँघु-जिरी सडक बनाउन सहयोग गरे । यदि स्विसहरुले त्यो सडककालागि सहयोग नगरेको भए अझैपनि स्थानिय मानिसहरुले बाह्रबिसेदेखि नुन र तेल डोकोमा बोकिरहेका हुन्थे । तर उनीहरु अहिले बोक्दैन । किनभने सडकले सबै परिवर्तन गरिदिएको छ त्यो क्षेत्रमा । त्यो बेलादेखि सगरमाथा हिमालतिर जाने हरेक पर्यटकलाई स्विस नागरिक हुन भन्ने ठानिन्छ । किनभने सगरमाथा त्यहि बाटो हुँदै गईन्छ । हामी गाउँलेका लागि सबै पर्यटक तिनै बाटो बनाइदिने स्विस नागरिक जस्तै लाग्थे । त्यसले गर्दा स्विजल्याण्ड घुम्ने मेरो सपना थियो । त्यो सपना पुरा हुन मैले ३५ वर्ष पर्खिनुपर्यो । अहिले मेरो त्यो सपना पुरा भएको छ ।
अहिले म यहाँ संसारकै उच्च धनी मध्ये एक देशको भूद्रिष्य हेर्दै बसेको छु । त्यो मैले साईकलमा विश्व भ्रमण गर्ने लक्ष्यले गर्दा जुरेको हो। यो मुलुकमा मोना र पोल बाहेक मेरो चिनजानका कोहि छैनन । उनीहरुले मलाई आफ्नो छिमेकिसँग भेटघाट गर्ने निम्तो दिए । चाँजोपाँजो मिलाए । उनी हुन सुन्तली जो २५ वर्ष अघि चरीकोटमा जन्मेकि रैछिन। त्यो ताक एउटा लोकगित थियो खुब चल्तीमा । बोल थियो-
सुन्तली माई कतिमा राम्रो दरबार
मार्यो नी मायाले मार्यो ।
त्यो उनैको नामकालागि जस्तो भयो। उनलाई भेट्ने उत्सुकताले गर्दा मैले स्विकार गरें मोना र पोलको प्रस्ताब । गाडीमा १० मिनेटजति हुइँकिएपछि एउटा सुन्दर घरमा आईपुगियो । सुन्तलीका बाबु र आमाले बिहानको नास्ता तयार पारेर हामीलाई त्यो सानो बगैंचामा पर्खिराखेका रहेछन । घर त सुन्दर थियो नै । त्यो भन्दापनि त्यहाँबाट देखिने द्रिष्य त झन !!!!! डाँडा मा चट्ट ठडिएको घर । घरमा पुग्न सिँढी नै सिँढी । त्यहाँबाट उपत्यकाको चित्ताकर्षक द्रिष्य आँखै आँखामा ठोक्किने । नेपालमा मेरो घरबाट देखिने आकर्षक द्रिष्य भन्दा धेरै भिन्न थिएन ।
सुन्तलीका परिवारले बिहानको नास्ता (ब्रेकफास्ट) टक्र्याए । त्यो खाना काठमाडौंको कुनै पाँचतारे होटेलको भन्दा कम थिएन । लाम मिलाएर चीनेर राखिएका रोटी । एक दर्जन जति भिन्न खालका चीज । तिनलाई पछ्याउँदै चिया र कफी । “सुन्तली खोइ त ? “कफी घोल्दै गर्दा मैले जिज्ञासा राखें । उनलाई देख्न देख्न आत्तुरी लागेको थियो मलाई । “पर्खिनुस, सुन्तलीकी आमाले भनिन । उनलाई म नास्तापछि ल्याउँछु” ।
केहि बेरपछि चीज र रोटी सक्यौं । सुनतलीकी आमाले श्यामश्वेत (ब्लाक एण्ड व्हाईट) फोटो ल्याईन चरिकोटमा खिचेको । नाकमा बुलाँकी लगाएकि परम्परागत ग्रामिण वस्तिकि एक सुन्दर केटीको आक्रिति देखिन्थ्यो फोटोमा । पोते उनेको माला लमतन्न परेर झरेको थियो उनको कम्मरसम्म । कानका लोतीबाट तल मुन्द्री झुण्डिएका थिए । दौरा सुरुवालमा चट्ट सजिएर उनैको छेउमा उभिएको एक पुरुषको आक्रितीले क्यामरालाई आकर्षित गर्थ्यो । “यिनै हुन सुन्तली” तस्बिरमा एक फुच्चीलाई देखाउँदै उनकी आमाले भनिन । यो फोटो म र मेरोपती भएर स्विस परियोजनामा काम गर्दा त्यस्तै २० वर्ष जति अघि लिएका हौं । सुन्तली अहिले जुरिचमा बस्छिन ।“
यो विकसित र पश्चिमी समाजको संस्क्रिति हो । उमेरले २१ लागेपछि छोराछोरी घर छोडेर हिँड्छन । आफ्ना बाबु आमा भेट्न क्रिसमस वा जन्मदिन पारेर आउँछन। सुन्तलीकी आमाले मलाई थरी थरीका चीज हालेर एउटा ठुलो झोला दिईन बाटोको लागि भन्दै । बगैंचाको नजिक कुखुरा र बाख्रा पाठाले ब्रेकफास्ट खाँदै थिए । हामी सबै त्यहि पुरानो गित”सुन्तलीमाई कतिमा राम्रो दरबार” गाउँदै डाँडाबाट ओरालो लाग्यौं ।


हाम्रा प्रतिनिधि पुष्कर शाहजी स्विजरल्यान्ड पुगेर नेपाली जीबन्त्तलाई ताजा पारी नेपालीको शिर उचोबनाउनु भयकोमा बधाई छ तपाईंलाई।
मन परो वा परेन:
0
0
[Reply]
I like it…U r Lucky Pushkar ji…
मन परो वा परेन:
0
0
[Reply]
पुष्कर जी, तपाईँले यस बयानको शुरूमा मलाई पनि नूनको याद आयो । मेरो घर पनि रामेछाप जिल्लाको पुरानो सदरमुकाम नजिकै पर्छ । मेरो हजुरबाले पनि नून बोक्न पैले पैले बर्दिबास तिर जानुभएको कुरा सुनाउनु हुन्थ्यो । हजुरबा ऐले पनि हुनुहुन्छ । मेरो बा नून लिन सिन्धुलीतिर जानु भएको मलाई राम्रोसँग याद छ । बाहरुले उता जिरीतिर पनि नून लिन जाने कुरा गर्नु हुन्थ्यो । सायद त्याँहाँ चाहिँ स्वीसले खनेको बाटोबाट मोटरले ल्याएका नून थिए होलान् सायद । तर समयको परिबर्तन सँगै ऐले नून गाउँकै पसलमा पाइन्छ । ढिक्के मात्र होइन, दुईबालबालिका भएको पाकेटको नून ।
स्वीसहरूले नेपालीलाई बिकास गर्नु पर्छ भन्ने कुरा त्यो बेला देखि ऐले सम्म सिकाइरहेका छन् । यस अवधिमा कति स्वीस सु्न्तलीमाईहरु आए होलान् । त्यो हामीलाई थाहा छैन । धन्य पुष्करजी ती मध्ये तपाईँले एउटी सुन्तली माई त भेट्नु भएछ । हुन त तपाईँको संकल्पले पनि यो संभव भएको हो । यसको लागि तपाई आफ्नैं संकल्पलाई धन्यवाद दिनुहोला, म चाहिँ तपाईँलाई धन्यवाद दिन चाहन्छु । किन भने नेपाललाई माया गर्ने ब्यक्तिहरू कुन कुनामा बुढेसकाल बिताइ रहेका होलान् र त्यस मध्येकै एक परिवारलाई तपाईँले हामी माझ सुनाएर हामीलाई अलिकति खुसी तुल्याइदिनु भएको छ । मेरो जिल्लामा स्वीस सरकारले धेरै बिकासे कार्यक्रम चलाएको छ । मलाई स्वीसहरू मन पर्दछ । यद्यपि ऐले सम्म एक स्वीस पनि चिनेको छैन ।
जेहोस पुष्कर जी, तपाईँको हरेक नयाँ ठाउँमा नयाँ अनुभव त पढ्दै आइरहेको छु भन्नु पर्ला । यसैगरि अरु पनि पढ्न पाउने आशामा छु । तपाईँको अरू यात्राको धेरै धेरै शुभकामना ।
उही
पूर्ण मगर
मन परो वा परेन:
0
0
[Reply]
पुषकर जि लाई पूर्ण सफल यात्राको कामना गर्दै, तपाईं जहाँ जहाँ पुग्नु हुन्छ नि त्यस ठाउको परिचए र अनुभबका साथमा २ ४ तस्बिरहरु पनि समाबेश गर्दै जानुभएको भए सुनमा सुगन्ध बन्ने थियो कि भन्ने सानो सुझाब ,,,,,,,,,,,,,,,,यु ए इ बाट
मन परो वा परेन:
0
0
[Reply]
” hi puskar ji namaskar la la ramro cha yasarinai sabai dhas janus
ra nepal lai chinauna kam garnu hos, ra dubai khila Aauni ho tani….?
मन परो वा परेन:
0
0
[Reply]
Lau lau soltee tapaikai chha moj
baru tyasari deshaharu ghumda tyataa tirakaa fotoharupani raakhna sakidaina bhanya ?
tapaile maatrai moj garera dekhera bhayena ni ! haamee pathakale pani herau nafotomaa bhaepani hunna ?
मन परो वा परेन:
0
0
[Reply]
thanks sir,keep it up.
मन परो वा परेन:
0
0
[Reply]
great job puskarji.you r proud of nepal.-doha’qatar
मन परो वा परेन:
0
0
[Reply]
Puskar ji very good.
मन परो वा परेन:
0
0
[Reply]
मंत्री कानून का दुरूपयोग कर रहे हैं. वे अलगाववाद को बढ़ावा दे रहे हैं. उन्हें अपने पद से त्यागपत्र दे देना चाहिए और किसी योग्य आदमी को उस पद पर बैठा देना चाहिए.
मन परो वा परेन:
0
0
[Reply]
Aba Pushkar Shaha lai Nepal ko Pararastra mantri banau parchha. Kaso sathi ho?
Yo manchhe le kehi garla jasto chha.
मन परो वा परेन:
0
0
[Reply]
dai swtz suntali ra nepali suntali mayehi ta 6 ni diffrence tara nepali suntali jati pani naramri bhaye pani jati pani fohari bhaye pani switz suntali ma
मन परो वा परेन:
0
0
[Reply]
dai swtz suntali ra nepali suntali mayehi ta 6 ni diffrence tara nepali suntali jati pani naramri bhaye pani jati pani fohari bhaye pani switz suntali bhanda nepali nai ramri haina ta
मन परो वा परेन:
0
0
[Reply]
puskar ji tapai lai badhai chha.
मन परो वा परेन:
0
0
[Reply]