अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा प्रमुख आकर्षण नेपाल
झण्डै सात महिनाजतिको प्रयास र तिन महिनाको अथक प्रयास । अन्तिम अवस्था मा के होला भन्ने धुकचुक, हुटहुटी र पिरलो थियो फ्रान्सको लियों शहरमा हुने अन्तर्राष्ट्रिय सांस्क्रितिक पर्वमा नेपालको उपस्थिति कस्तो होला भनेर । तर गज्जब भयो । ४३ भन्दा बढि देशको सहभागिता रहेको यो पर्वमा नेपालले सबैको ध्यान एकोहोर्याउन सफल भयो । फोटो खिच्ने, ब्रोसर लिने, बुद्दका बारेमा सोध्ने कति कति । हैरान भए, भ्याइ नभ्याइ थियो नेपालको जानकारी दिन बसेका फ्रान्सेली मित्रहरुलाई । साँच्चै नेपालले आफ्नो गौरव देखाएरै छोड्यो । अमेरिका, बेलायत जस्ता विश्वका धनी देशले लाखौं खर्च गरेको तुलनामा नेपालले सामान्य आर्थिक खर्च र मेहनतकै भरले विश्वलाई चकित पार्न सफल भयो ।
पर्वको आखिरमा सबै भन्दा ठूलो आकर्षण यहि साकेला न्रित्य भयो । फ्रान्सेली किशोरीहरुले जम्मा तिन घण्टा जतिकै प्रयासमा यो टपक्कै टिपीहाले । यो न्रित्य सिकाउन भनेरै नेपाली दुतावासका मिनिस्टर काउन्सिलर जिवनप्रकाश श्रेष्ठकी पत्नी समेत रहेकी निता श्रेष्ठ करिब चार दिन पहिले पुगेकि थिइन् आफ्ना दुई छोरी जैनु र निजूको पढाइ छुटाएर ।
मंगलबार २३ तारिखका दिन साँझ हामी पुगेपछि एउटा हलमा साकेला सिक्दै किशोरीहरु । तिनलाई सिकाउँदै निता श्रेष्ठ ।
देब्रेबाट प्रतिमा, प्रवीन (लाखे नाच), कूमारी बनेकि नानी , निजू,जैनु र निकिता ।
लाखे नाच्नेको सक्कली रुप ।
पर्व शुरु अघि यसरि हाम्रो स्टल तयार गर्दै थिए हाम्रा फ्रान्सेली मित्रहरु । अघिल्लो तस्विरमा देब्रेबाट जेराल्डिन, ज्याकलिन र सिल्भियन अनि उनैका पती फँस्वा ।
हाम्रो काठमाडौंकी जिवित देवी कूमारीलाईपनि यसरी रथमा घुमाइयो । यसले निकै को ध्यान तान्यो, थुप्रै क्यामरा सोझिए ।
वालवालिका त निकै जिल्ल परिपरी हेरेका थिए ।
नेपालको अर्को आकर्षण हाम्रो मन्दिर । यो मन्दिर बनाउने काम सिल्भियन, उनका पती फँस्वा र छोरी जेराल्डिनले गरेका थिए । यो मन्दिरलाई शहरको बिच भागमा एक घण्टा घुमाइएको थियो ।
अग्रभागमा निकिता र आमोद । नेपालको राष्ट्रिय झण्डा र नेपालको विविध जातजातिको झल्को दिने, सगरमाथा र बुद्दलाई चिनाउने तस्विर थियो ।
गुरुङ भेषमा बसेका फ्रान्सेली मित्रहरुले नेपालको बारेमा निकै जानकारी दिए ।
नेपालको स्टलमा यत्तिकै भिड थियो दिनभरीनै ।
छनपनि के थिएन र नेपालको । टिका टालो । थाली । डोको नाम्लो । डाली, थैली । क्यारेमबोर्ड । मादल, मुकुन्डा । हिमाल हास्ने देखि मुजुर नाच्ने सम्म । सबैजसो क्षेत्र, सबै जसो जाती, सबै क्षेत्र को प्रतिनिधित्व गरेको थियो । म परें चरावाला । झन चरो त भित्ता चिर्विराइरहेको थियो ।
नेपालका अनाथ वालवालिका पढाउन चितवको सौराहामा अनाथालय खोलेको लियोंस्थित संस्थाकी अध्यक्ष मारी एदविज मेर्तेन (दाहिने) र उनैकी ८६ वर्षिय आमा । यी हजुर आमा नेपालको त मैले’नी हेर्न पर्च भन्दै आएकि थिइन् ।
राजदूत मोहनक्रिष्ण श्रेष्ठ (दाहिनेबाट पहिलो) पनि पुगेका थिए । दोस्रो दूतावासका तेस्रा सचिव भरत खनाल र मिनिस्टर
काउन्सिलर जिवन प्रकाश श्रेष्ठ ।
साकेला नाचमा पाँच जना केटी केटाको भेषमा थिए त अर्का पाँच केटाको । पहिरन फरक फरक जातिको थियो ।
तर छाला गोरो भएर होला यतिबिघ्न सुहाएको ?
यी युवतीको नाच देखेपछि त फोटो कतिले खिचे खिचे यीसित । तानातानमा निकै परे यी हसिला किशोरीहरु ।
मलाई चाहिँ यीनैले लगेका हुन् है तानेर । मपनि मस्किँदै गको चाहिँ पक्का हो । मेरो देब्रेतिरकी हुन् सन् १९९८ को विश्व कप फूटवलको उद्घाटन कार्यक्रम गराउने क्याथी मासो ।
(साथीहरु धेरै सुन्दर तस्विर छुटेका छन् । कार्यक्रम नपत्याउँदो सित सफल भएको छ । नेपालको प्रचार त कति भयो भयो । लोभ्याउने गरि आकर्षक पनि गरियो । कार्यक्रममा अति धेरै सहयोग गर्ने केहि छन् फ्रान्सेली र नेपाली । यो कार्यक्रम कसरि भयो । कस्तो भयो । के कस्ता कमजोरी रहे हाम्रा ? दूतावासपनि संलग्न भएकाले दूतावासको कमजोरी के रह्यो ? हामीले समिक्षा गर्नु पर्छ भनेका छौं । दूतवासले समिक्षा गरे ठिक छ । नत्रा हामी आफैं मिलेर समिक्षा गर्ने छौ। र त्यसलाई सार्वजनिक गर्ने छौं। भिडियो ब्लगपनि छ तर आज भ्याइन । भोली हेर्नुहोला । यो पर्वका केहि लेख फेरीपनि लेख्नेछु। केहि कमीकमजोरीलाइ छोडेर म ब्यक्तिगत तर्फबाट निकै खुशि छु । यसमा तपाइ सबै मित्रहरुको उत्साहले तैरिन सहयोग गरेको हो । कार्यक्रममा गएका साथीहरुलाई पेरिसबाट गएका र मुख्य सहयोग गरेका सबै मित्रको नाम उपलब्ध गराइदिन म यहि ब्लग मार्फत अनुरोध गर्छु ।























आलेख र फोटोको लागी पत्रकार लाइ बधाई | नेपाली सस्कृतिको बारेमा बाहर आफ्नो कला देखाउने कलाकार मित्र लाइ मेरो सलाम | फोटो सहि लाग्यो |
मन परो वा परेन:
9
0
[Reply]
सारै उत्तम राम्रो काम गर्नु बहेछा दादीजी र अरु साथीहरु भएर
गौरव लाग्छा यस्ता मान्छे देख्दा
मन परो वा परेन:
2
0
[Reply]
ददी जी नमस्ते यो करेक्रम सफ्हल भए को मा सारै खुसि लाग्यो बिसेष गरेर नेपाल लै माया गर्ने फ्रान्स बासी को धेरै ठुलो हात रहे को महसुस गरे र तेस पछि को मेहनत निता श्रेष्ठ जिउ लाई दिनु पर्ने हुन्छ नेपाल को भेस भुष हाम्रो संस्किर्ती बिदेशी को सामुन्ने प्रस्तुत निता जिउ बाट नै भए जस्तो लाग्यो धेरै धेरै निता जिउ लाई
मन परो वा परेन:
4
2
[Reply]
great work!!! ददीजी
मन परो वा परेन:
2
0
[Reply]
फोटोमा यती धेरै फ्रान्सेलीहरु हाम्रो देशको प्रचार प्रसारमा लागेको देख्दा खुशी लाग्यो, उहाँहरुलाई मेरो पनि हार्दिक धन्यवाद+आभार.
मन परो वा परेन:
5
0
[Reply]
YOU all are true Nepali. Many many Thanks to all who contributed time, talent and efforts to make this program effectively successful.
Thanks Dadhi jee for letting us know through your blog.
मन परो वा परेन:
3
0
[Reply]
Great work Cathy, Great work of Soli vert, Great work of our embassy and really really really great work of Dadiji. I can’t believe how you can have such contacts with such great people helping Nepal and Nepalis. Dadi’s work should be recognised somewhere. Iam proud of you.
मन परो वा परेन:
1
0
[Reply]
मन परो
मन परो वा परेन:
2
0
[Reply]
ओइए खाते खोइ त मेरो कमेन्ट,. सहि कुरा उप्लोअद गर्ने तेरो हिम्मत भयान होइन खाते.. थुक्क बजिया……
मन परो वा परेन:
1
4
[Reply]
Dhan Bahadur Gole Reply:
June 4th, 2011 at 12:52 am
यो बिकास भन्ने जन्तु हो / यो ज्ञानेन्द्रे मार्काको हो / दूतावासको चम्चे होला यो जो एक गिलासमा बिक्छा / खुब डिनर खाडो हो यसले / चाकरी गर्न पाए अझ एक दुई गिलास मार्न पाइन्थ्यो भन्ने होला / खाना मात्रै जन्मिएका काल यस्तै हुन्छन /
मन परो वा परेन:
1
1
[Reply]
वाह् वाह् वाह् क्या लेख्या है यो बिकास भन्ने जन्तु ले स्वतन्त्र पत्रकारिता माथि यती बिधी हस्तक्षेप.
मन परो वा परेन:
5
1
[Reply]
Many….many thanks to all of them(including foreigners too) who has represented our “NEPAL” and recognized all over the world.Thanks again.
– Akash Gurung(HK)
मन परो वा परेन:
1
0
[Reply]