विदेशमा पनि शाही सोत्तर

पूर्व सेनापतिले सरकार र संसदको आदेश पालना गर्नेतर्फकुनै चासो नदेखाएपछि विदेश बस्ने नेपालीहरुले दूतावासको साइनबोर्डबाट शाही हटाइदिएका छन् भने एक महिनापछि नेपाल र्फकने तयारीमा रहेका पेरिसस्थित शाही राजदूत प्रज्वलसमशेर राणा पदमा रहँदा गरेका केही कुशासन र भ्रष्टाचारका खबरहरु जनआस्थाले पत्ता लगाएको छ। अहिलेसम्म भए-गरेका काम कारबाहीको हिसाब-किताब बुझाउन र दूतावासका थप कार्यहरुमा सहभागी नबन्न परराष्ट्र मन्त्रालयले उनलाई निर्देशन पठाएलगत्तै गत बिहीबार उनले तालाचाबी बुझाएका छन्। जनआस्था साप्ताहिकलाई प्राप्त समाचारअनुसार राजदूत राणाले उनको कार्यअवधिमा करिब डेढ करोड रुपैयाँ हिनामिना गरेका छन्। स्रोतका अनुसार फ्रान्सस्थित दूतावासले नेपालीहरुको राहदानी र भीसालगायतका दस्तुरहरुको खर्च कटाएर वाषिर्क एक लाख २० हजार यूरो आम्दानी हुने गर्थ्यो भने सरकारले दूतावासलाई वाषिर्क तीन करोड ६० लाख रुपैयाँ बजेट उपलब्ध गराउँथ्यो। तर , राणा राजदूत भएको आठ महिनामै उक्त वाषिर्क बजेट फजुल खर्चहरुमा सकियो। दूतावासलाई छुट्याइएको रकम सबै सकिएपछि राजदूत राणाले युवराज पारसको लावालस्कर पेरिस भ्रमणमा आएका बखत परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई थर्काएर थप रकम माग गरेका थिए। नेपाल र्फकेपछि रमेशनाथ पाण्डेले करिब ७० लाख रुपैयाँ थप पठाए। उक्त रकम पनि राजदूत राणाले गल्फ खेल्ने र उनी बसेको घरमा आरामदायी सरसामानहरु खरिद गर्दैमा सकिसकेका थिए।

राजदूतावासमा यातायात , तलब, मसलन्द, शैक्षिक सामग्री खरिद, व्यापार, सम्बन्ध विस्तारलगायत ११ शिर्षकमा खर्चको व्यवस्था गरिएको हुन्छ। यी शिर्षकमा हुने खर्चहरुमा दूतावासको बजेट विगतमा कहिल्यै घाटामा जाने गरेको थिएन। प्रज्वल आएपछि ती शिर्षकमा कम्तिमा १० देखि १२ लाखका दरले घाटा देखाइएको छ। खर्च पनि यति डरलाग्दो तरिकाले देखाइएको छ कि दुई सय यूरो पनि खर्च नलाग्ने ठाउँमा दुई हजारसम्मको बिल बनाइएको छ। कर्मचारीहरुले “राजदूत साब यत्रो रकम कसरी पुष्टि गर्न सकिएला र” भनेर प्रश्न गरेमा “राजदूत म, सहीछाप मैले गर्नुपर्छ, खुरुखुरु अह्राएको काम गर्नुस् न ” भन्दै उनले कर्मचारीहरुलाई थर्काउने गरेको राजदूतनिकट एक नेपालीले बताए।

दूतावासमा व्यापक रुपमा भ्रष्टाचार र अनियमितता भएको फ्रान्सवासी नेपालीबीच व्यापक चर्चा चलेपछि उनका पालामा भएको अनियमितताबारे नेपाली दूतावासका प्रथम सचिव निरञ्जनमानसिंह बस्नेतले पदीय मर्यादाविपरीत बोल्न नमिल्ने बताउनुभयो।

राजदूत राणाले नेपाली दूतावासमा भने प्वाल परेका गलैंचा नफेरे पनि आफ्नो व्यक्तिगत निवासमा काम लाग्ने र सद्धे सामानहरु सडकमा फालेर पेरिसका महगा र नयाँ सामानहरु किनेका थिए। भीसा लिन आउने नेपालीहरुलाई राम्ररी बस्ने ठाउ ूको व्यवस्था गर्ने, कुनै पनि नेपाली या विदेशीको काम गरेपछि लागेको रकम लिएपछि बिल दिने चलन बसाएनन्। बरु आफ्नो सैनिक कार्यकालमा देशी-विदेशी प्रमुखहरुस ूग खिचेका तस्वीरहरु ढोकैदेखि झुण्ड्याएर र घरका ढोकाहरुमा चाँदीका बुट्टा र जलपहरु लगाएर सिँगारेका थिए।

कूटनीतिक सर्म्पर्कका लागि भनिए पनि विदेशीहरुले सैनिक राजदूतलाई नपत्याएपछि उनले दूतावासको खर्चमा पेरिसमा केही मण्डलेहरु पालेका थिए भने आफ्नो सेवा र सुश्रुषाका लागि नेपालदेखि नै तीन बहालवाला सैनिक कर्मचारीहरुलाई पेरिस ल्याइएको थियो। तिनै सैनिकलाई दूतावासमा थप दरबन्दी सिर्जना गरी जागिर खुवाइएको थियो भने राणाले पेरिसमा थप काम लगाइदिने भनी उनीहरुलाई आश्वासन दिएर भाँडा मझाउने कामका लागि प्रयोग गरेका थिए। उनको अवधिमा उनले पालेका मण्डलेहरुको यति चुरीफुरी बढेको थियो कि कतिपय अवधिमा दूतावासका कर्मचारीभन्दा ती अघि देखिन्थे। सप्ताहान्तमा भोज खाने र मण्डलेहरुलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिरहने राणाले उनीहरुकै बीचमा वर्तमान राजालाई मैले सिंहासनमा बसाएको हु। देश र जनताका लागि राम्रो काम गर्न नसकेकोले राजा वीरेन्द्र मारिएका हुन् भन्थे। मण्डलेहरुको काम पेरिसमा को, कसले प्रजातन्त्रका पक्षमा काम गर्छन् भन्ने कुरा पत्ता लगाउनु र भेट भएका बखत अरु नेपालीहरुसँग बिनाकारण निहुँ खोजेर झगडा गर्नु थियो भने राजदूत राणाको काम तिनका नामहरु संकलन गर्नु थियो। तिनै मण्डलेहरुले तिमीहरु नेपाल झर्‍यौ कि गोली खान्छौ भन्दै झपार्थे। विदेशीहरुसँग यदाकदा हुने भेटघाट र भोज पनि तिथिमिति र बार हेरेर राखिन्थ्यो।

दूतावासमा भएका दुई वटा गाडीमध्ये एउटा राजदूत राणाले गल्फ खेल्न जा ूदा लैजाने गर्थे भने अर्काेचाहि ू उनकै पत्नीले चढ्ने गर्थिन्। दूतावासका कर्मचारीहरुलाई सामान्य पदीय मर्यादासमेत नाघेर राजदूतकी पत्नीले बेला न कुबेला मलाई गाडी पठाइदेऊ भन्ने गर्थिन्। दूतावासको कामका लागि व्यवस्था गरिएको गाडी राणाको निजी काममा लगिदिनाले दूतावासका कर्मचारीहरु कयौंपटक मेट्रोमा दौडिनुपरेको थियो। घरदेखि दूतावासका काममा समेत राणाकी पत्नीको हस्तक्षेप र निर्देशन देखेका राणानिकट नेपालीहरु अहिले “राजदूत मात्र कहाँ हो र सेनाप्रमुख पनि रानीसाहेबले चलाइबक्स्या रहेछ ” भन्दै हिँडेका छन्।

राणा र मण्डलेबीच झगडा

आफ्नो कार्यकालको अन्त्यतिर आइपुग्दा राजदूत राणाले गोप्य रुपमा यहाँका तथाकथित अमात्य थरका मण्डलेसँग मिलेर खोल्न लागेको रेष्टुरेण्टको योजना बीचमै तुहिएको छ। यो रेष्टुरेण्ट खोल्नका लागि नेपालबाट राजदूतावासको कागजपत्र मिलाएर एक नेपाली कुक ल्याउने योजना बनाइएको थियो। तर, काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले भीसा दिन अस्वीकार गर्‍यो। उता, ती अमात्यले रक्सीका झोंकमा “मैले राजदूतसाबलाई लट्टीपट्टी पारेर रेष्टुरेण्ट खोल्ने भए” भन्दै हिँडेपछि राजदूत राणा र अमात्यबीच मनमुटाव सिर्जना भएको थियो। यो योजना र्सार्वजनिक भएपछि हैन, यस्तो गोप्य कुरो कसरी जनआस्थाले थाहा पायो हँ” भन्दै रिसले चुर भएका राजदूत राणाले अमात्यलाई झपारेका थिए।

त्यसो त यही रेष्टुरेण्टमा काम लगाइदिन्छु भन्दै अमात्यले ठकुरी थरका अर्का एक नेपालीलाई पारसको स्वागतका लागि लगेका थिए। तिनताका यी ठकुरीको पनि निकै चुरीफुरी थियो। जनआन्दोलनका घाइतेहरुलाई पैसा उठाउने काममा यिनले ठूलो बितण्डा मच्चाएर पैसा उठाउने कार्यक्रम भा ूड्न खोजेका थिए। पैसा उठाउने जति सबलाई गोद्छु भन्दै बितण्डा मच्चाएका यिनलाई अरु नेपालीहरुले त ूलाई पो गोद्छौं भनेपछि चुपचाप बसेका थिए। प्रजातन्त्रवादीहरुका क्यामेरा फुटाइदिन्छु भन्दै हिँड्ने यी ठकुरीलाई अमात्यले जागिर नदिएपछि अहिले एकापसमै ठूलो मनमुटाव भएको छ।

यसैगरी अमात्यले समेत जनआस्थामा कसले लेखेको हो मैले चिनेको छु , जनआस्थाको सम्पादकले मलाई भनिसक्यो भन्दै उसले पनि एक कार्यक्रममा अब पेरिसका कुरा लेखे कुट्छु भन्दै जनआस्थाका पेरिस संवाददातालाई हप्कीदप्की गरेको थियो। पेरिसमा राजावादीहरुको बिजोग भयो भनेर लेख्ने हैन रु भन्दै फेरि अरु केही मण्डलेहरुले तिमीहरु जाँड खाएर कालो झण्डा बोक्नेको बिजोग कि हामी युवराजको भोजमा मस्तसँग खानेको बिजोग भन्दै झपारेका थिए।

- पेरिसबाट फर्केर पुष्प केसी, जनआस्था साप्ताहिक, जेष्ठ १०, २०६३ (३१ मे २००६)

  • Manoj Kumar Rai

    now there is democracy in our country they have to be hanged>

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree