माओवादीको कब्जामा केही छिन

nepal-rebels-france-vincent-prado-nepalplus.jpg-भिन्सेन्ट प्राडो,

फ्रान्स फ्रान्समा माओवादी आन्दोलनका वास्तविकताबारे आएकै थिएन। फ्रान्सेलीहरुमा माओवादी को हुन् भन्ने उत्सुकता थियो। कुनै पनि माओवादी नेताको फोटो अन्तवार्ता दिन सकेका थिएनन् यहाँ का सञ्चार माध्यमले। माओवादीको संयन्त्र कार्यशैलीबारे पनि फ्रान्समा कौतुहलको बिषय भैरह्यो। माओवादीबारे आएका रिपोर्टिङ्ग पनि फोटोहरुबिहीन या नेताका अनुहार छोपेर आए। त्यसैले मैले माओवादीबारेको बास्तविकता बाहिर ल्याउने अठोट गरें। माओवादीसँ फ्रान्समा भएका नेपालीहरुमार्फत् सर्म्पर्क गर्न खोजेको थिएँ तर यहाँका नेपालीहरुलाई माओवादी फेला पार्नेबारे केहि मेसो रहेनछ। त्यसपछि मैले काठमाडौमा गएर नेपाली पत्रकारहरुलाई भेटे। माओवादीका बारेमा भेटिएका देखिएका जानकारीहरु बटुलें। त्यहाँ प्राप्त जानकारीहरु लिएपछि सीधै रुकुम गएँ केही नेपाली पत्रकारसँग।  

स्वतन्त्र पत्रकार भएकोले मेरो रिपोर्टिङ्ग यहिं छापिन्छ भन्ने निश्चित थिएन तर राम्रो सामग्री ल्याउन सकें भने छाप्ने पत्रिका पाइन्छन् भन्ने मेरो अनुभव थियो। तर रुकुम जाँदाजाँदै मलाई २००४ को सेप्टेम्बरमा रुकुमको एउटा चेकपोष्टबाट माओवादीहरुले अपहरण गरे। अनुमतीबेगर स्थानिय जनतासँमाओवादी बिरोधी ” प्रतिक्रिया लिएको आरोप उनीहरुले मलाई लगाए। अपहरण गरेपछि क्यामेरालगायत मेरो सामान पूरै झिकेर लछारपछार पारे। हामीले भनेको खुरुखुरु मान्नु, होइन भने मारिदिन्छौं भनेर तर्साए। तर मैले पत्रकार हुँ, मलाई नछोऊ भनेर खबरदारी गरें। करिव ४५ मीनेट मलाई अन्तै लगेर मानसिक तनाव दिएपछि छोडिदिएका थिए। मैले उनीहरुलाई माओवादीको उपल्लो नेतासँ भेट्न समय लिएको छु भनेपछि बल्ल छुट्कारा पाएँ पछि बर्दिया क्षेत्रको एक उपल्लो स्तरका नेताले मसँ क्षमा मागे। मेरो बिचारमा माओवादीका माथिल्ला नेताहरुमाथि बिश्वास गर्न सकिन्छ तर तल्ला स्तरकामा होइन।

जतिखेर मलाई माओवादीहरुले अपहरण गरेका थिए त्यतिबेला एकजना स्थानीय मानिसलाई कर नतिरेको आरोपमा हात पछाडि लगेर बाँधेका थिए। यो घटनाबाट छुट्कारा पाएपछि हामी फेरि माओवादी क्षेत्रतिरै लाग्यौं। माओवादी क्षेत्रको घुमफिर गरेर काठमाडौं फर्किएपछि फ्रान्सको सबैभन्दा लोकप्रिय पत्रिका मोंदले मेरो रिपोर्टिङ्ग किन्ने सहमति जनायो। मोंदमा डिसेम्बरमा आठ पृष्ठ लामो रिपोर्टिङ्ग छापियो। त्यो रिपोर्टिङ्गपछि मलाई फेरि टेलिभिजन कार्यक्रमको प्रस्ताव आयो। त्यसपछि मेरो साथी फेरि केहि महिना पहिले रोल्पा रुकुम गयौं माओवादीहरुसँ १५ दिन बितायौं।

मेरो भ्रमणबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ मलाई धेरै कुरा अनौठो पनि लाग्यो। माओवादीहरु जनताको मुक्तिका लागि भन्छन् तर जनतालाई नै जवरजस्ती गर्छन्। स्थानीय जनताका बालबालिका छन्। ती गरिव यसै छन्। उल्टो तिनीहरुलाई नै पैसा नदिइकन काममा लगाउँछन्। तिनले नाइ  हामी सक्दैनौं भन्न पनि पाउँदैनन्। रुकुमबाट रोल्पा जोड्ने सडक खन्न ७६ वर्षसम्मका बूढाबूढी पनि बाध्य थिए। मेरोलागि नितान्त नयाँ अनुभव थियो। अझै पनि सित्तैमा काम गर्न बाध्य पारिने ठाउँ पनि संसारमा भेटिदोरहेछ भन्ने लाग्यो।

माओवादीको सञ्चार सर्म्पर्क देखेर पनि मैले अचम्मै मानें। त्यत्रो जनयुद्ध भनेका छन् चलाएका पनि छन्। हजारौं कार्यकर्ता मिलिसिया जनसेना छन्। समानान्तर सरकार चलाएको भन्छन्। तर , एक अर्काबीच गर्ने र्सर्म्पक भने ज्यादै अनौठो। गाउँमा कोही दूत हुन्छन्। तिनले सानो कागजका टुक्रामा लेखेर तल सहि गर्छन् अनि पैदल हिँडेर तिनले सम्बन्धित ठाउँमा पुर्याउँछन्। यसरी खवर आदान-प्रदान गर्न केही घण्टादेखि केहि दिन लाग्छ। अर्काले पनि त्यसैगरी खबर पठाउँछ। तत्काल निर्णय गर्नपरे केही पनि सुविधा उपलब्ध छैन।

माओवादीको चलायमान रेडियो तर सेटलाइट फोन छैन। उनीहरुको सञ्चार सर्म्पर्क अति पुरानो शैलीको छ। ताररहित फोन अलि अलि बोकेको देखिन्छ तर क्वार-क्वार घ्यार घ्यार गर्छ। संचार सम्पर्क बिच्छेद भइरहन्छ। सञ्चार सेटहरु एकदम पुराना। साना खाले रेडियोहरु भने प्रशस्त देखिन्छन्। त्यत्रो क्षेत्र ओगटेका छन् माओवादीले। सरकारलाई हायलकायल पारेका छन्। यस्तो तरिकाले कसरी काम भैरहेको होला रु यस्तो पाराले यत्रो युद्ध कसरी चलाइरहेछन् मलाइ अचम्म लाग्छ।

क्रमशः (भिन्सेन्ट प्राडो फ्रान्सेली स्वतन्त्र पत्रकार हुन्। हालै उनले रोल्पा रुकुमलगायत माओवादी क्षेत्रहरुको भ्रमण गरी एक टेलिभिजन कार्यक्रम बनाएका थिए। जुन प्रशारणले प्रसिद्धि मात्र कमाएन उनीपनि चर्चाको शिखरमा पुगे। माओवादीसम्बन्धी उनले बनाएको डकुमेन्ट्रीको नाममाओका दाशहरु ” थियो। त्यसमा माओवादी प्रभावित क्षेत्रमा माओवादीहरुको कार्यशैलीबारे बर्णन माओवादी क्षेत्रको उनको भोगाइबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले पत्रकार ददिराम सापकोटाले उनीसंग गरेको कुराकानीमा आधारित भएर यो लेख दिइएको हो ।)

चैत्र २३ , २०६२ (अप्रिल ०५ २००६)


  • i feel so nice about this article.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree