किन आउँछ्यौ तामाङ्नीका पछि पछि ?

-ब्रिजिट स्टेनम्यान

मैले नेपालका थुप्रै गाउँ त घुमें । चार वटा त किताब लेखें । तैपनि त्यति सजिलो चाहिँ भएको होइन । अनुसन्धानको क्रममा आफुले खोजेको जानकारि दिन सक्ने मानिस भेट्न मुस्किल पर्थ्यो  । नेपाली मात्र सिकेर पुगेन, तामाङ भाषा पनि सिक्नुपर्‍यो । आफु अभ्यस्त भएको दैनिक जिवनको तौरतरिका बदल्न पनि सजिलो नहुने रहेछ । खान्कि त झन पुरै फरक । मान्छेहरू भेट्नका लागि आफुले पनि तिसँगै मिलेर बेस्सरि शारिरिक श्रम गर्नु पर्थ्यो ।

शुरु शुरुमा त म किन आएँ भनेर मानिसहरूलाई बुझाउनै गाह्रो पर्थ्यो । तिनका कुरा बुझ्न अझ मुस्किल थियो । झन ३० वर्ष पहिला त मेरो नेपाली पनि त्यति राम्रो थिएन । जाने जति बोलेर बुझाउन खोज्थेँ, तर तामाङहरू नेपाली भाषा पनि राम्ररि बुझ्दैनथे । मैले बिस्तारै तामाङ भाषानै सिक्दै गएँ । अनि अलिअलि गरेर तामाङ भाषामै बुझाउने कोसिस गर्न थालें । मैले बोल्दा तामाङनीहरू मुर्छै परेर हाँस्थे ।

उनीहरू आफ्ना चिनजान, आफ्नै ईष्टमित्र, साथीभाई र गाउँले थिए भने म अर्कै भाषा, संस्कृति र समाजकी महिला थिएँ । उनीहरूलाई अमिल्दो र अप्ठेरो लाग्थ्यो होला । विकसित देशकि धनी मान्छे, हामी दुखिसित किन मिसिन आई भन्ने लाग्दो रहेछ क्यार  ! मलाई ‘तपाई किन हामीसित आउनुहुन्छ  ? भनेर बारम्बार सोधिरहन्थे । कहिलेकाहिँ त ‘हामीले असाध्यै काम गर्नुपर्छ, दिनभरि काम गर्दा गाह्रो हुन्छ, नराम्रा कुरा पनि बोल्छौं, तपाई किन हामीसित दिनभरि बस्नुहुन्छ ? भनेर ख्याप्ख्याप पार्थे ।

उनीहरूको दैनिक जिवन कठिन छ भन्ने हेक्का नभएको होइन मलाई । मकै मात्रै खाएर गुजारा गर्थे । तर दयालु थिए । अध्ययनको लागि मैले बस्नै पर्थ्यो । मैले दिनभरि सँगै बसेर कुरा गरिदिँदा तिनको काममा दखल पर्ला भनेर म पनि उनीहरूसितै मिलेर खेत बारीमा काम गर्थें । काम गरिसकेपछि ज्याला त होइन, खानसम्म देऊ भनेर माग्थें । बिद्दार्थी भएकाले मसँग त्यतिबेला भरियासित भन्दा पनि कम पैसा हुन्थ्यो।

एक पटक मैले पदयात्रामा भरियाका रुपमा लगेको तामाङ केटाको बाबुको मृत्यु भएछ । कर्मकाण्ड फत्ते गर्न उसले मलाई एउटा पाडो किनिदिन आग्रह गर्‍यो । आफुलाई नभई नहुने जति पैसा राखेर बाँकी सबै यसलाई दिएँ तर मैले दिएको पैसाले पाडो आएन । त्यसपछि उसले मसित भएको जति सबै पैसा माग्यो । अनि ‘मैले के खाने नि ? के खाने नी भन्ने जवाफ दिएँ । तर, उसले मलाई ‘साथीहरूले खुवाउँछन्, चिन्ता तिमीले मान्न् पर्दैन’ भन्यो । अनि भएजति सबै उसलाई दिएँ । त्यसपछि त त्यो तामाङ परिवारसित म अति निकट भएँ । परिवारको एक जना महिलासित मीतिनी लगाएँ । त्यहि परिवारकी एउटी बच्चीलाई काठमाडौंमा राखेर पढाइरहेकि छु । एउटा छोरालाई फ्रान्स घुमाएर पठाएँ ।

मैले तामाङ गाउँमा अनुसन्धान गर्दा विश्व विद्दालयले पैसा धेरै दिँदैनथ्यो । अरुको जस्तै हाम्रो पनि कठिन थियो जिवन । मैले पनि विश्वविद्दालयको तर्फबाट कठिनाइ अनुसन्धानको काम गर्थें । एकपटक दोरम्बा घुम्न गएको बेला सैलुङमा गाउँका धारा बिग्रिएका रहेछन्, पानी धमिलो थियो । दाउराको अभावले गर्दा पानी उमाल्न नपाएर धमिलै खाइयो । म साह्रै बिरामी परें । फ्रान्स फर्केपछि जचाउँदा त चिकित्सकले सिगेल भन्ने किटाणुले समातेको बताए । सिगेल चार थरीका हुने रहेछन् । एशियाका धेरै मानिसमा यो हुन्छ रे ! औषधि नखाई नहुने भयो । एन्टिबायोटिक औषधि खाएँ, बेस्सरि थकाई लाग्थ्यो, शरिर अति कमजोर बनाउने रहेछ । त्यो जिवाणुले समातेपछि पखाला त लागेको लाग्यै । उपचार गरेर सिक्किम गएको त त्यहाँपनि तिनै जिवाणुले समातेछन् ।

सिक्किममा पहिले राजा थिए । भारतको स्वतन्त्रतापछि राजाले छोडे । प्रजातन्त्र आयो । मुलतः मानवशास्त्रको अध्ययनपछि मलाई ईतिहासको पनि निकै चाख लाग्छ । सिक्किमको ईतिहास कसरि लेखियो होला भनेर एकदम चाख लाग्यो । त्यसैले म त्यहाँको आधुनिकता र ऐतिहासिकताका बारेमा अध्ययन गर्न सिक्किम गएँ ।

आफ्नो जिवनको यौवनकालमा म स्थानिय मानिससँगै तामाङ गाउँमा बसें । सन् १९८० देखि १९९० सम्ममा नेपालमा बिताएका दिन मेरो जिवनका सर्वाधिक चाखलाग्दा, रोचक, सुन्दर र खुशिले कुँदिएका क्षण हुन् । स्थानिय मानिससँगै गित गाउनु, स्थानिय संस्कृति र समाजका बारे तिनले गरेका बिभिन्न बर्णन सुन्नु , तामाङनीहरूसँगै निस्किएर वनपाखा र गाउँवेशी चाहार्नु , आफुले कहिल्यै नचाखेको, नदेखेको समाज र रितिस्थिति बुझ्नु , दुई चार जना मिलेर पल्लो गाउँमा पुगेपछि खाना साटासाट गरेर खानु , त्यस्ता अनेक क्षण त्यसै पाइन्छन् र ? नेपाल भन्ने त्यो मुलुक संझिएपछि मेरा वरिपरि तिनै क्षण नाच्न थाल्छन् ।

अहिले बिगत केलाएर हेर्दा ति दिनहरू मेरो जिवनको कठिन पाटो रहेछ भन्ने ठान्छु । हुनत ति दिनलाई कष्टका रुपमा मात्रै लिन्न किनभने त्यसो गरेरै स्थानिय तामाङसँगको संबन्ध निर्माण भएको हो । म जान्दिन र सक्दिनँ भनेको भए म उनीहरूसित अवस्यै भिज्न सक्थिन । फ्रान्समै सुख छ भनेर ति दिनमा मैले भइरहेको कार्यालयकै काम गरिरहेको भए मेरा ति पुस्तक स्रिजना हुने नै थिएनन् ।  

अहिले पनि संझिँदा तामाङ गाउँमा देखे भोगेको दुख र कष्टले छुन्छ । ठूलो सहयोग गर्न त सक्दिन तर विश्वबिद्दालयमा नेपालबारे बेलाबेलामा सम्मेलन गर्छु । त्यसबाट उठेको केहि रकम पश्चिम लाङटाङको रि भन्ने तामाङ वस्तिमा पठाउने गर्छु । त्यो पैसाले उनीहरूले गाउँको स्कूल, धारापानी निर्माण गर्छन् ।

म मुख्य त पोलभालेरी विश्वबिद्दालयमामा काम गर्छु जुन फ्रान्सको दक्षिण भागमा पर्छ । केहि मात्रामा पेरिसमा रहेको एउटा प्रयोगशालामा पनि काम गर्छु जसले चीन, तिब्बत र जापानमा अध्ययन अनुसन्धानको काम गर्छ । त्यो खासगरि पुस्तकालय, अभिलेखिकरण र सम्मेलन गर्ने ठाउँ हो ।

(स्टेनम्यानले नेपालका तामाङ जातिमा पिएचडी गर्नुको साथै माओवादी सिक्किममा राजतन्त्रबारेपनि अनुसन्धान गरेकि छन् नेपालबारे लेखिएका बिभिन्न चार पुस्तकका लेखिका यी मानवशास्त्रीका  यसमा राखिएका  अनुभव ददि सापकोटाको प्रकाशोन्मुख पुस्तकको सानो भाग मात्रै हो नेपाललाई कर्म थलो बनाएका फ्रान्समा नेपालका विविध क्षेत्रबारे विशेषज्ञका रुपमा परिचित २९ फ्रान्सेलीको नेपाल अनुभव बारे लेखिएको यो पुस्तक जगदम्बा प्रकाशनले छिटै बजारमा ल्याउँदै )

  • Ekalavya Sharma

    ददिजी,
    सिक्किममा पहिले राजा थिए । भारतको स्वतन्त्रतापछि राजाले छोडे । प्रजातन्त्र आयो ।
    This sentence gives ambiguous meaning. India became free on 1947. Sikkim, unlike princely states of India, was an autonomous British protectorate region before 1947 and emerging to become another nation in the world after British left. Sikkim monarchy was abolished on year 1974-5 as per Indian plan and around the same time India designed the country to annex to India.

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

    admin Reply:

    (एक्लब्यजी, यस्ता विवादास्पद कुरा मेरा किताबमा धेरै छन् । जस्तो- महेन्द्र राजा, ज्ञानेन्द्र, सैन्य राजनिति, वीरेन्द्रको बानी, हवाइ राजनीति, खाम्पा बिद्रोह, चौबिसी राज्य, माओवादी राजनिति, हिमाली राजनिति आदि आदि। हाम्रा धेरै गोप्यता खुलेका छन्। तिनलाई मैले केहि चलाएको छैन । कारण मेरो किताबमै लेखकियमा उल्लेख गरेको छु। अब बिमोचनको मीति तोक्ने बेलापनि हुन लाग्यो । धैर्य गर्नुहोला। धन्यावाद, ददि)

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • Dr. M.K. Chalise

    Yes, Ekalavya jee is right. Sikkim was forcefully annexed by India. It was not part of India. There was a great demonstration against it in Nepal and India. Even then Members of Rastriya Panchayat chanted slogan against it. See the papers and books of Lendup Dorje after the annexation what he wrongly did when Indian buttered him and he was in false impression of Democracy.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]


  • Dadi Dai lau na pratichaya garda garda thaka .kehila aaucha tapai ko book ?

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

    admin Reply:

    केपीजी
    मैपनि थाकें क्या । जगदम्बासितको लिखित सहमती अनुसार त २ महिना अघिनै ल्याउनुपर्ने हो । कागज गरेको यस्तो अब बित्यो, अर्कैलाई दिन्छु भन्ने कुरो भएन । म अर्को किताब फेरी लेख्न लागेको यो किताबले अड्कायो । सबै अन्तिम भएर सम्पादकलाई प्रिन्ट हेर्न देका छन् रे । म नै वाक्कै भैसकें । अब त लाजले ब्लगमा हल्न’नी डर लाग्न थालो । सामान्य वा मलाई नचिन्नेले त अब ढाँटेको भन्ने बेल भैसक्यो ।

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree