जुन कुरा माओवादी नेतालाई थाहै छैन
फ्रान्स माओवादी क्षेत्रमा अन्तर्वार्ता लिन जाँदा अति धेरै नियन्त्रण हुन्छ। सैन्य क्षेत्रमा कुरँ गर्दा त झन माथिकाले नजिकै बसेर यो भन्नु , त्यो नभन्नु भनेर निर्देशन दिइरहेको हुन्छ। जहाँ पनि नियन्त्रण र निगरानी हुने कम्युनिष्ट व्यवस्थाको पुरानो रुप माओवादीमा अद्यापि देखिदो रहेछ। अहिले जस्तै युद्ध चलिरहे माओवादी कव्जामा रहेका क्षेत्रको भविष्य के होला भन्ने लाग्छ। बालबालिकाले बच्चैदेखि पार्टीको सुराकी गर्न सिकेका छन्, हुलाकी हुन सिकेका छन्। माओवादीका कुरा सुन्छन्। तिनकै सभा-समारोहमा सरिक हुन बाध्य छन्। बिद्यालयको शिक्षा के हो भन्नेतिर सोच्नै पाउँदैनन्। केका लागि बिद्यालय शिक्षा जरुरी छ भन्ने कुरा सोच्नुभन्दा पहिला नै हान्ने , ठोक्ने , सिध्याउने , काट्ने, छप्काउने जस्ता कुरा सिकिरहेका हुन्छन् भने जनयुद्धका ठूला ठूला कुरा गर्न जान्ने हुन्छन्। अनि पछि बिस्तारै मिलिसियामा भर्ना हुँदै जनसेनामा पुग्छन्। औपचारिक शिक्षाको महत्व नबुझ्दै ती माओवादीका स्थानीय नेता वा सैन्य दस्तामा पुगिसक्छन्।
माओवादीहरुले प्रतिक्रियावादी तथा बुर्जुवा शिक्षा के काम भनेर औपचारिक शिक्षाबाट बच्चाहरुलाई टाढा राख्ने कोशिश गरिरहेको मैले पाएँ। त्यसैले माओवादीमा बालसैन्य पनि धेरै छन्, खासगरी १४ बर्षेखि १७ बर्षा किशोर किशोरी। मैले ११ बर्षो बाल सेना पनि भेट्टाए। बिचरा , राम्रोसँग बोल्न पनि जान्दैनथ्यो। यसैगरी मैले १३-१४ बर्षउमेरका बाल सुराकीहरु पनि भेट्टाएँ, जो माओवादीका निम्ति काम गर्थे। आफ्नो पार्टीमा आकर्षणगर्न माओवादीहरुले बिद्यालयमा लगातार दुई-तीन दिनसम्म राजनीतिक कार्यक्रम गर्छन्। माओवादीको बर्चश्व भएकोले विध्यालयमा तिनको निर्णय लागू भैहाल्छ। त्यस्ता कार्यक्रममा बालबालिकाहरुलाई अनिवार्य भाग लिन लाउँछन्। देश र जनताकोलागि भन्दै प्रशिक्षण पनि दिन्छन। त्यहि प्रशिक्षणबाटै भर्खरै बैंशमा प्रवेश गर्दै गरेका केहिले माओवादी सैन्यमा भर्ति हुन्छु भन्छन्। पाखुरामा रातो रगत भरिएर जुरुक-जुरुक हुने यो उमेरकाले आफै भर्ति हुन्छु भनेपछि जनसेनामा तिनीहरुका लागि ढोका खुला भैहाल्छ। १३ देखि १५ बर्षउमेरका बालबालिकालाई माओवादीहरुले धेरै नै दवाव दिने गरेको मैले पाएँ। त्यसैले दवावपछि माओवादीमा छिर्नेहरु गएपनि नछिर्नेहरु पनि चूप बस्छन्। बोल्न र कुरा गर्न डराउँछन्। बिसं २०५२ सालमा माओवादीहरुले हतियार उठाउँदा तिनको आन्दोलन सकारात्मक थियो। जनतामाथि अत्याचार थियो। तिनीहरुलाई अति दबाइएको थियो। शुरुवातमा माओवादीहरुले थिचिएका र मिचिएकाहरुको आवाज बोके। जनतालाई स्वतन्त्र पार्छु भनेर तिनले मानिसहरुलाई आफूतिर आकषिर्त पारे। जुन आवाज सकारात्मक र राम्रो पनि थियो।
धेरै बर्षे देखिको राजतन्त्रको शासनले नेपाल अपाङ्ग पारेको थियो। राज्यसत्ताबाट नेपाली जनता पूरै बिच्छेद गरिएका थिए। त्यसबिरुद्ध आन्दोलन घोषणा गर्दा राम्रो र्समर्थन पाए। कार्यकर्ता पनि उल्लेख्य रुपमा बढे। जनसेना र मिलिसियाको संख्या ह्वारह्वारर्र्ती बढ्यो। पछि यस्तो भयो कि तिनलाई कसरी पाल्ने भन्ने समस्या माओवादीमा बढ्यो। आफ्नै उद्योग कलकारखाना छैन, बाहिरी सहयोग भएन। बाहिरी लगानी आउने संभावना त परै जाओस् माओवादी क्षेत्रका कलकारखानासमेत बन्द हुन र भाग्न थाले। स्थानीय जनताले कति दिने रु कति दिन पाल्ने तिनका नेता र कार्यकर्ता रु कति गर्ने सित्तैमा काम रु दिँदादिँदै र पाल्दा पाल्दा हैरान भएपछि स्थानीय जनताले इन्कार गर्न थाले। त्यसपछि भने माओवादीहरुले जबर्जस्ती गर्ने, थर्काउने, हप्काउने, बाध्य पार्ने, गर्न थाले। डर र त्रासले स्वीकार गर्न परेपछि माओवादीहरु अलोकप्रिय बन्नु स्वभाविकै भयो। जसको मुक्ति गर्ने भनेको हो उनैलाई दुःख दिएपछि नागरिकहरु दिक्क हुने नै भए। यसरी अहिले माओवादीको र्समर्थन बिस्तारै सुक्दै गएको छ।
माओवादी क्षेत्रमा धेरै मानिसको बिकल्प नै छैन। माओवादीलाई र्समर्थन नगरे जीवन जोखिममा परिहाल्छ। बौद्धिक मानिस कम छन्। राम्रो ज्ञान नभएका र बौद्धिक तर्कले सम्झाउन नसक्ने तल्ला श्रेणीका कार्यकर्तालाई अधिकार दिएका छन्। तिनले राम्ररी कुरा बुझ्दैनन्, तर दमन गर्नचाहि जानेका छन्। त्यहि कारणले होला माओवादीहरु खुल्ला भएर कुरा गर्न डराउ ूछन्। मैले तिनका क्षेत्रको भ्रमण गर्दा यो कुरा अनुभव गरें। धेरै माओवादीलाई आफूहरुको र्समर्थन गुमिरहेको छ भन्ने थाहा छ , तर ठूला नेताहरुमा निकै भ्रम छ धेरै जनताको र्समर्थन हामीलाई छ भनेर। हामीलाई जनताले पूरा विश्वास गरेका छन् भन्ने भ्रम तिनले पालेका छन्। तर तल्ला स्तरका कार्यकर्तालाइ यो कुरा राम्ररी थाहा छ , किनभने स्थानीय स्तरमा यिनै कार्यकर्ताले काम गर्छन्। तल्ला स्तरका कार्यकर्ताले नेताहरुलाई यस्ता कुरा बताउँदैनन्। अनि अर्को कुरा केन्द्रीय स्तरको नेता स्थानीय स्तरमा गैरहन पनि गाह्रो छ। सधैं जुलुस , सभा र बैठक गराएर यथार्थ कुरो बुझ्न झन गाह्रो छ तिनलाई तिनै वास्तबिकता बाहिर जान्छ कि भनेर प्रेससँग पनि माओवादीहरु खुलेर कुरा गर्दैनन्। नेता र कार्यकर्ताबीच धेरै भिन्नता पाइन्छ माओवादीमा। ठूला नेता जनताको बास्तबिकताबाट टाढा छन्। माओवादीद्धारा आयोजित सभाहरुमा मानिसहरु टन्न देखेर माओवादी नेताहरु ९० प्रतिशत जनर्समथन हामीमा छ भन्ने भ्रम पाल्छन्। तर , यर्थाथ के हुन्छ भने तल्लास्तरका कार्यकर्ताहरुले जबर्जस्ती गरेर कार्यक्रममा ल्याएको चाल उनीहरुले पाउँदैनन्। त्यसो त केन्द्रीय नेताहरु आफ्ना कुरामा स्पष्ट पनि छन्। उनीहरु निर्धक्क आफ्ना कुरा जनताका बीचमा राख्छन्, तर स्थानिय नेताहरु जनतास ूग खुला छैनन्।
हुन त, काठमाडौंका मानिसमा पनि निकै नै भ्रम रहेछ। काठमाडौंका मानिसले माओवादी रुचाउँदा रहेछन्। तिनले माओवादीको महिला समानता, जातीय समानता, भ्रष्टाचार निवारण, जातीय र बर्गीय भेदभावको अन्त्य गर्ने नीति हेरेर र सुनेर बिश्वास गर्छन्। माओवादीबारे सकारात्मक कुरा धेरै सुनेका छन्। माओवादी सरकारमा आए राम्रो गर्छन् भन्ने सोचेका छन् , तर माओवादीलाई भोगेका छैनन्।
माओवादी आन्दोलनका राम्रा पक्षहरु छँदै छैनन् भन्ने होइन। माओवादीले हत्या र हिंसाबाहेक राम्रो काम गर्दै गरेनन् भन्न मिल्दैन। नेपाली संस्कृति बुझ्न धेरै गाह्रो छ। महिलाहरुमाथि धेरै दवाव , थिचोमिचो र अन्याय छ। महिलाहरुको जीवन ज्यादै कष्टकर पनि छ। माओवादीमा महिलाका लागि समानता छ। स्थानीय नेता र सैन्य क्षेत्रमा ४० प्रतिशत त महिला नै छन्। त्यसैले माओवादी पार्टीमा महिलाको आर्कषण बढी नै छ। उनीहरुले पुरुषसरह नै अवसर र अधिकार दिएका छन्। उनीहरुले जातीय समानता पनि दिएका छन्। त्यसको लागि त उनीहरुको कार्यक्रम नै रहेछ। उनीहरुको अर्को राम्रो पक्ष धनाड्यहरुको जमीन खोसेर गरिबहरुलाई बा ूढ्नु हो। राजा नजिकका धेरै जमीन ओगट्नेहरुको त उनीहरुले खोसेर खान नपुग्नेलाई बाँढेका छन् , तराइमा। माओवादी नियन्त्रित ठाउँमा भ्रष्टाचार हराएका छन्। राजाको शासनमा अहिले व्यापक भ्रष्टाचार छ र बिगतमा पनि यस्तो भ्रष्टाचार थियो। अहिले भ्रष्टाचार पटक्कै हुँदैन। हुन त , भ्रष्टाचार नहुनुको अर्को कारण त नेपालको आर्थिक स्थिति डावाडोल भएर पनि हो। पैसा नै नभएपछि कहाँबाट भ्रष्टाचार हुन्छ रु न्यायको क्षेत्रलाई पनि राम्रो बनाएका छन् माओवादीहरुले। गाउ ूलेलाई सित्तैमा तुरुन्त मुद्धा-मामिला फैसला गराइदिन्छन्। जनताका स्थानीय समस्यामा तुरुन्तै फैसला गरेर न्याय दिन्छन्। पहिले त पैसा तिरेर घुस खुवाएर आफ्नो पक्षमा निर्णय गराउन सकिन्थ्यो। अहिले त्यो संभव छैन। जाँड रक्सी नियन्त्रण गर्नु माओवादीको अर्को राम्रो पक्ष हो। त्यस क्षेत्रका जनता यसैपनि गरिब छन्। अलिअलि भएको पैसापनि रक्सीमा खर्च गर्थे। राती अबेरसम्मा भट्टीमा बसेर रक्सी पिएपछि महिलाहरुलाई यातना दिन्थे घरमा। रक्सी नियन्त्रण गरिदिएपछि महिलाहरुले सुख पाएका छन्। गाउँमा हो-हल्ला र झैं-झगडा कम भएको छ। पुरुषहरु बेलैमा घर फर्किन्छन्। रक्सीमा खर्च गर्नै पैसा खाद्यान्नका लागि जोगियो। माओवादीहरु देशको ८० प्रतिशत भन्दाबढी भूभाग आफ्नो नियन्त्रणमा रहेको दावी गर्छन्। उता , राजाको सरकारचाहिँ सरकार जाननसक्ने ठाउँ कहि छैन भन्दै राज्यको सबै ठाउ ूमा आफ्नो उपस्थिति रहेको दावी गर्छ। मेरो बिचारमा ती दुवै सही छन्। किनभने ग्रामीण भूभागमा माओवादीको राज्य चल्छ। तर , कुनैपनि शहरलाई नियन्त्रण गर्न उनीहरुले सकेका छैनन्। माओवादीहरु शहरमा लुकेर आक्रमण गरेपछि भाग्छन् , अनि सरकारी सेना ठूलो फौज लिएर थुप्रै हातहतियारसहित आउ ूछ। गल्लीगल्ली र नजिकका गाउ ूमा छिरेर आतंक फैलाउने र मान्छे मार्ने काम गर्छ। उता ग्रामीण भागमा पनि सेना त्यसैगरी जान्छ। माओवादी इलाकामा बल्लबल्ल पुगेको सेनासँग माओवादी भिडन्त हुन्छ। यस्तो अवस्थामा सैनिकहरु पनि गाउँमा धेरै समय टिकिरहन सक्दैनन्। तुरुन्तै बाटो लाग्छन्। अझ मेरो बिचारमा राजाको नियन्त्रणमा ठूला सहर र माओवादी नियन्त्रणमा ग्रामीण क्षेत्र छन्। सरकारी सेना जागिरे हुन्। उनीहरुस ूग हातहतियारको उपलब्धता छ। तिनै हातहतियारसहित गाउँ पसेर सेनाले उत्पात मच्चाउँछन्। तर , फरक के छ भने माओवादी सेनाचाहिँ लडाइबारे बढी बिश्वस्त छन्। तिनीहरुमा हामी भिड्नका लागि तयार रहनुपर्छ भन्ने दह्रो मानसिकता छ। त्यसैले भिड्नका लागि सदैव तयार भएर बसिरहन्छन्। एक पक्षले क्रान्तिका लागि र अर्को पक्षले जागिरका लागि काम गरेपछि ती दुबैमा हुने नैतिक बल फरक फरक हुन्छ।
नेपालमा राजाको कुरा के गर्नु रु राजा त बाकसभित्र बसेर बाहिरी बिश्व नहेरी शासन गर्न चाहन्छन् राजा सैन्य शक्तिमा मात्र बा ूचेका छन्। सैनिकहरुले सुरक्षा नदिए राजा गर्ल्याम्मै ढल्छन्। राजाले यहि पारामा दीर्घरुपले शासन सञ्चालन गर्न सक्दैनन्। नेपालमा बढिरहेको क्रान्तिलाई थेग्न राजाले सक्दैनन् र राजाले यत्रो बिघ्न दमन गरेर जनतालाई हेपेर कति दिन टिक्ने रु यत्रो अन्तर्राष्ट्रिय दवाव र नेपाली जनताको आन्दोलनलाई थेग्न सक्ने तागत राजाले गुमाइरहेका छन्। नेपाली राजालाई सत्ताबाट फाल्न धेरै गाह्रो काम हो। छुट्टाछुट्टै रुपमा हेर्दा जनताले कुनै पनि पार्टीलाइ पूर्णरुपले बिश्वास गर्न सकेका छैनन्। त्यसैले जनताको र्समथन एउटै पार्टीलाई छैन। तर पनि , सातपार्टी – माओवादीबीच भएको सहमतीप्रति जनबिश्वास बढेको छ। जनतामा अलिकति अब त शान्ति फर्केला भन्ने आशा छ। त्यसैले अब राजा बढीमा एक बर्ष टिक्लान् कि मेरो बिचारमा १ त्यसैले राजाले आफ्ना झोली-गुन्टा कस्न थाले हुन्छ भन्ने मलाई पनि लाग्छ। कि त प्रेस स्वतन्त्रता , मानवअधिकारको ग्यारेण्टी , प्रजातान्त्रीक अधिकारहरुको पूर्ण बहाली गरेर जनताले रोजेको शासन सञ्चालन गर्ने बाटो खुला गरिदिनुपर्छ र जनताको मान्यतालाई राजाले पूर्ण रुपले स्वीकार गरेर बस्नुपर्छ। नत्र , हामीले १६ औं शताब्दीमै फालेको राजतन्त्र नेपालमा मात्रै कसरी टिक्छ रु सैनिक दवावबाटै माओवादीलाई सिध्याउँछु भन्नु पनि सपना मात्रै हो। नेपालको भौगोलिक बनावट हेर्दा पनि त्यो संभव नै छैन। संयुक्त राष्ट्रसंघले “लौ म मध्यस्थता गर्न तयार छु ” भनिरहेको छ। मेरो बिचारमा नेपालको शान्तिपूर्ण निकासको सर्बोत्तम उपाय पनि यही हो। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा बन्दूक बिसाउने , सबै दल माओवादी र राजाले स्वतन्त्र चुनाव स्वीकार गर्ने , चुनावको परिणामअनुसार प्रजातान्त्र कि सरकारले माओवादी सेनालाई राष्ट्रिय सेना बनाउने। नत्र , संयुक्त राष्ट्रसंघको भूमिकाबिना शान्ति प्रयास सफल होलाजस्तो लाग्दैन। कि त, लडाइबाट वारपार हुनुपर्यो। धेरै क्षती हुन नदिइकन समस्या समाधान गर्ने बाटो अङ्गिकार गर्न चाहेर होला माओवादीले पनि राष्ट्रसंघीय मध्यस्थता स्वीकार गर्छु भनेका छन्। त्यो राम्रो पक्ष हो। यसले स्वीकार नगरे युद्ध र्टार्न सकिन्न। (भिन्सेन्ट प्राडो फ्रान्सेली स्वतन्त्र पत्रकार हुन्। हालै उनले रोल्पा र रुकुमलगायत माओवादी क्षेत्रहरुको भ्रमण गरी एक टेलिभिजन कार्यक्रम बनाएका थिए। जुन प्रशारणले प्रसिद्धी मात्र कमाएन उनीपनि चर्चाको शिखरमा पुगे। माओवादीसम्बन्धी उनले बनाएको डकुमेन्ट्रीको नाम “माओका दासहरु” थियो। त्यसमा माओवादी प्रभावित क्षेत्रमा माओवादीहरुको कार्यशैलीबारे बर्णन छ। माओवादी क्षेत्रको उनको भोगाइबारे पाठकहरुलाई जानकारी दिने उद्देश्यले पत्रकार ददिराम सापकोटाले उनीसँग गरेको कुराकानीमा यो लेख आधारित छ।) जना आस्था साप्ताहिक, चैत्र ३० , २०६२ (अप्रिल ११, २००६)



writer know more about than nepali, i also experienced the same things according to my remote work east to west. I would like to give u heatily thank u so much for describing all these things…
suraj
मन परो वा परेन:
0
0
[Reply]
At first, I want to say thanks to writer for his comment about the Nepal politic and especially about the Nepalese Moist. But I like to comment on your this article. Actually, what you’ve written about the Nepalese politic and Nepalese people, it is completely false near about 85-90 percentage. And I don’t want to comment more than this. Because it is enough.
मन परो वा परेन:
0
0
[Reply]