‘एभरेस्ट’ मार्फत् नेपाल चिनाउँदै खाँड दम्पती
हुनेलाई परिपरि आउँछ त भन्छन् । तर त्यो भनाइ मात्रै रहेछ । कम्तिमा हाल फ्रान्स निवासी अशोक खाँड र रेनुका खाँडका जोडीलाई आएन । के थिएन उनी सित ? उच्च शिक्षा थियो । ठूला गैह्र सरकारी संस्थामा छिर्न पाए ! भन्दै मुख्य मिठाउनु परेको थिएन । किनकि अशोकले केयर नेपाल र पार्क एण्ड पिपल प्रोजेक्टमा राम्रै भूमिका पाएका थिए । आर्थिक रुपमा हतासिनै पर्ने थिएन । तरपनि नेपालको हावा न हो । बिदेश बिदेश ! स्वर्ग भन्ने कसैले नभोगेको, नदेखेको तर सबै थोक भरिपूर्ण हुने थलो झैं सुन्दै जाँदा ति सबै कामबाट बिदा लिएर हान्निँदै जापान पुगे ।
ओहो त्यो जापानको दौडधूप । त्यो दुख र हुटहुटी । मेशिनलाई उछिनेर काम गर्नुपर्ने बाध्यता । न दुख साट्ने आफन्त । न हाँसो बाँड्ने कोहि । उकुसमुकुस भयो । गाउँ ठाउँका स्थानिय मान्छेसित हाँस्दै र रमाउँदै हिँडेको मान्छे । चारैतिर साथी भाइ र आफन्तसित बिताएका क्षण । घरका परिवारको माया । शरिर जापानमा मनजति नेपाल । आ…….बस्दिन मन मारेर भन्दै फर्किए नेपाल । तिन वर्षमै उनी आत्तिए ।
नेपाल फर्केपछि दुई चार दिन त परिवारसित रमाइलै भो । साथीभाइसितको हाइ हेल्लो । ठट्टा र रमाइलो । गाउँलेसित भेटघाट । के इलम गर्ने ? चितवन भरतपुरको सिडियो कार्यालय छेउमा थाले रेस्टुरा ब्यवसाय गर्न । पौरखी हातहरु रित्ता बस्नु पर्दैन । उनले राम्रोसित चलाए । घर खर्च मात्रै होइन, मन हाँस्ने, सन्तोष मान्ने गरिनै अर्थको कुटुरोपनि जम्मा हुन्थ्यो । तर उनले त्यसबाट हात धुनुपर्ने स्थिति भयो । माओवादी जनयुद्दको कालो बादल मडारिएको बेला । सरकारी भवन र कार्यालय कतिखेर बमको निशाना बन्ने हो । कैले कुन भवन दनदनी बल्ने हो । कसको ज्यान गयो फलानो कार्यालयमा भनेर सुन्नु पर्ने हो । हत्या, हिंसा, आक्रमणका डरले सरकारी भवन छेउको बाटो हिँड्नपनि डर मर्नु थियो । सिडियो कार्यालय छेउको रेस्टुरेन्ट आएर ढुक्कले खाने बस्ने कसले गर्ने ? ज्यान जोखिममा राखेर अशोकको पेशा धानी दिने ग्राहक हुन्छ कोहि ? पैसो खेलाएको हात । अब कसो गर्ने ?
जागिर खोज्दै जाउँ त फेरी कसलाई नमस्कार ठोक्दै हिँड्नु ? कुन कार्यालयमा ब्यक्तिगत बिवरण पेश गर्दै जागिरकालागि धाउनु ? आतंकले छेउ र कुनो भन्दैन । हरेक दिन धुकचुक, हुटहुटी । अर्को ठाउँमा खोलेपनि के भर ? ‘लौ ठिटा हान्नीइ बिदेश’ भन्यो मनले । फेरी हान्निए उनी ‘स्वर्ग नगरी’ यूरोपतिर । जर्मनी छिरे । त्यहाँ मेसो होला झैं भएन । फेरी हान्निए बेल्जियमतिर । दुखका कथाहरुले पछ्याएका बेला के हुन्थ्यो । अनेक दुख झन्झट ब्यहोरेर बसेपनि उनले कानुनी कागज पाउन सकेनन् । हातमा कागज नहुँदाको पीडा नेपाल बसेर सोच्न सकिन्न । बस चढ्दापनि डरै डर कतिखेर प्रहरीको खानतलासीमा परिने हो । कैले च्याप्प समातेर नेपाल फर्काउने हो । न बाटोमा हिँड्दाहिँड्दै त्यहिँ बाट एयरपोर्ट पुर्याउने हो । कोठा खोजौं कानुनी कागज माग्छन् । काममा गयो खान दिएकै भरमा काम लिन खोज्छन् । स्वदेशीले कागज नभइ काम दिन्न । बिदेशीले तलब नदिइ लाउन खोज्छन् । कमजोरलाई जहाँपनि शोषण ! मनमा त्रास र आतंक त छँदै छ । त्यहिमाथि परिवारसित टाढिनुको पीडा ! कागज नभइ त नर्कै हुन्छ भन्ने सोचेर संभावनाका त्यान्द्रा खोज्दै फेरी हान्निए उनी फ्रान्सतिर ।
आफ्नै देशमा त बलियो टेक्ने आधार भएन । पराइको मुलुक बदल्दैमा के नै मिल्थ्यो र ? फेरी शुरु भए उनका दुखका कहानी । नेपालको डिग्री यो मुलुकमा खोस्टो समान मान्छन् । नेपाली र अङ्रेजी भाषाले यहाँ जागिरको मेसो बनाउँदैन । फ्रान्सेली भाषा सिक्न जाउँ काम नगरि के खाने ? कहाँ बस्ने ? यहाँको महँगो भाडा केले तिर्ने ? भाषा सिक्न नगए सधैं बेइलमी भइने सुर्ता । फेरी कानुनी कागज नभए भाषापनि कहाँ सिक्न पाइन्छ र ? उपाय के ? नेपाल र भारतमा भारतीयका दास बनेका हामी नेपाली यहाँपनि तिनैका फन्दामा । महिनाको तिन सय यूरोमा जिवनमा सबैभन्दा कठिन, सबैले छोडेको काम गर्न पुगे ।
सरकारले मासिक तोकेको तलब छ कम्तिमा एक हजार ५० यूरो । दिनको ८ घण्टाका दरले पाँच दिन काम गरे पुग्ने हप्तामा । तर भारतीयको शोषणमा उनले सातै दिन झैं गरे । दिनको १२ घण्टा भन्दापनि बढि । त्यहिँमाथि भारतीयको पेलान, हेपाइ । उनले सहेनन् । अबुझहरुले ‘यो अशोक कहिँ टिक्दैन’ भन्दिए भयो । छुद्रहरुले ‘यो तिउन चाखेझैं रेस्टुरेन्टमा काम फेर्दै हिँड्छ’ भनेर गिल्ला गरेपनि भएकै छ । सहनेले आमा चकारी गाली गर्दापनि फिस्स हाँसेर सहेकै हुँदाहुन् । तर उनी परे अन्याय नसहने । हेपेको कत्ति खप्न नमान्ने । स्वाभलम्भीहरुलाई सम्मानमा चोट परेपछि नाथे जागिरले के टिकाउँछ ? उनी ड्याम ड्याम जवाफ फर्काउने, बहस गर्ने अनि केको टिक्थे ? निकै ठाउँ चहारे ।
तर त्यसबाट उनलाई एउटा शिक्षा भयो, उनले पेरिसका भारतीय रेस्टुरा कसरि चल्छन् ? कस्ता ग्राहक आउँछन् ? तिनलाई खुशि पार्न के गर्नुपर्छ ? कस्ता ठाउँका मान्छे कस्ता ? रेस्टुरा ब्यवसायलाई नजिकबाट बुझे । भारतीय र नेपाली खाना बनाउन आफैंले दक्षता हाँसिल गरे । यता कागजका लागि पनि लड्दै गरे । सायद साहसीहरुसित दुखपनि डराउँछ क्या रे एक दिन । फ्रान्सेली सरकारबाट उनको स्थायी बसोबासको कागज बन्यो । अब उनका ढोका खुले । पत्नी रेनुलाई बोलाए । अब भने दम्पतीले कम्मर कसेर काम गर्न लागे । मेहनती जोडीलाई बैंकले तुरुन्तै पत्यायो । अपार्ट्मेन्ट लिए । दुई छोराहरु यतै बोलाए ।
सधैं भारतीयका कारिन्दा कति बन्ने ? आफूले बनाइदिएको खाना बेचेर ति घुमी घुमी, थर्काइ थर्काई खान्छन्, कमाउँछन् । स्थानिय ग्राहकका भावना पनि नबुझि यस्तो बना र उस्तो बना भनेर कचकच उस्तै । यता आफ्नो सिप छँदै छ । उता पत्नी रेनुका पौरखी हात तयार छन् । साहस, जाँगर र उत्साहले साथ छोडेको छैन । सधैं भारतीय मालिकलाई धारे हात लगाउँदै तिनैका सेवामा नारिनुभन्दा नेपालीले पनि ब्यापार ब्यवसाय गरेर देखाउनुपर्छ भन्ने सोचले आफैंले रेस्टुरेन्ट खोल्ने योजना बुने । ‘तिमी आँट म पुर्याउँछु’ भने झैं फेरीपनि मेहनतीहरु असफल हुंदैनन् भन्ने विश्वासले होला, बैंकले साथ दियो । हालसालै पेरिसबाट अलिकति पर भिलिय सुरमान भन्ने ठाउँमा उनीहरुले त्यस क्षेत्रकै पहिलो नेपाली र भारतीय खानाको रेस्टुरा खोलेका छन् करिब एक करोड नेपाली रुपियाँको लगानीमा । ।
नेपालभरिको माया परदेशमा कसरि पोख्ने ? कसरि सेवा गर्ने आफ्नो गुजारापनि चलाउँदै ? बिदेश बस्ने अनि आफ्नो देशतिर धारे हात लगाएर धिकार्ने ? उनी मान्दैनन् । त्यसैले उनले यो थलोलाई नेपाल चिनाउने माध्यमपनि बनाउन खोजेका छन् । त्यसैले उनको रेस्टुरेन्टमा बुद्द बसेका छन् । हाम्रा हिमालहरु ठडिएका छन् । नेपाली भेषभुषाका अनेक रुपले चिहाउँछन् । नेपालका हिमाल र विविध क्षेत्रका पुस्तक देखाएर आएका ग्राहकलाई बेलिबिस्तार सुनाउँछन् अशोक । रेस्टुरेन्ट उद्घाटन गराउँदापनि उनले नगपालिकाका उच्च अधिकारीलाइ बोलाए । कहिल्यै नेपाल नपुगेका जँ फिलिप बेगालाई पनि उनले त्यसदिन नेपालका विविध क्षेत्रबारे बेलिबिस्तार सुनाउने मेसो मिलाए ।
आफ्नो क्षेत्रमा पहिलो नेपालीलाई स्वागत गर्न पाएकामा जति प्रफुल्ल देखिए बेगा उतिनै पहिलो पटक नेपाली खाना जिवनमा चाख्न पाएकोमा रमाए । नेपाली खानाको प्रशंसा गर्न निकै शब्द खर्चेका उनले नेपाल चिनाउने उनको एभरेस्ट रेस्टुरेन्टलाई नगरपालीकाको पत्रीका मार्फत प्रचारप्रसार गरिदिने भन्दै सहयोगी मनपनि बाँडे । रेस्टुरेन्टबाट कमाउँला, थुपारौंला भन्दापनि नेपालकालागि केहि गर्न सकिएला, चिनाउन सकिएला भन्ने अशोकको आशा अलि बाक्लो छ । उनले सुनाए- पहिलो खुशि त मेरालागि एभरेस्ट भन्ने नामनै हो । हरेक क्षण म यहि हुन्छु, मलाई नेपाल वरिपरि घुमेको भावना दिने छ यसले ।
संयोगपनि कस्तो परेको छ भने उनको रेस्टुरेन्टको भवनपनि नेपाली घर जस्तै छ । पहाडी भूभागको कुनै घर जस्तो । पुरानो ढाँचा, धुवाँले स्पर्ष गरेझैं लाग्ने धमिला दलिन । काठैले बनेका । नेपालकै गाउँतिर जस्तो काठको फलेक । बुइँगलसमेत भएको । ‘मैले त नेपालकै कुनै घरमा भएझैं महसुस गर्छु नै, आउने पाहुनालाईपनि त्यो झलक चखाउने योजना छ” अशोकले सुनाए ।
सन् २००४ सालमा जर्मनी र बेल्जियम हुँदै फ्रान्स पसेका यीनको दुख र बेदनाको जति लामो फेहरिस्त छ, उतिनै उनले तिनलाई छिचोलेका छन् । छामेका छन् । त्यसैले उनी पटक पटक ‘यस्तै त छ परदेशको दुख’ भनेर दोहोर्याइरहन्छन् । तरपनि यत्ति छोटो समयमा यो सारा छिचोएर आर्थिक रुपमा यति सबल हुन, आफूलाई मात्रै नभएर आफ्नो देशकालागिपनि काम लाग्ने थलो जुराउन बिदेशीलाई त के यहिँका स्थानियलाईपनि गाह्रै पर्छ । सकारात्मक आँखाले हेर्ने हो भने यी जोडीबाट कम्तिमा बिदेशका थुप्रै नेपालीले केहि न केहि त पक्कै सिक्न सक्छन् । साँच्चै नमूना हुन् यी ।








sanchai nai udaraniya dampati sadhai nepali ka lagi prerana ka khani hunechhan.waha haru ko jiwan ma khusi ra safalta le sagarmatha ko shikhar chumos.desh chinau ne desh bhakta lai mero dherai dherai subhakamana.
मन परो वा परेन:
4
0
[Reply]
यो जोडीको उदाहरणिय काम र ददीको मन छुने लेखाइ । साँच्चै नेपाल चिनाउन अरुकोलागि पनि उदाहरणिय बन्नुहोला खाँड दम्पती । सलाम र सफलताको कामाना।
मन परो वा परेन:
5
0
[Reply]
एउटा सराहनीय काम, यो जोडीलाई सधै सलाम छ | यसरीनै सबैले अ-आफ्नो ठाउँबाट हाम्रो सुन्दर देश नेपाल बारे प्रचार प्रसार गर्ने भए पक्कै पनि नेपाल भ्रमण वर्षमा अत्यधिक पर्यटक भित्रयौना सफल पनि हुने थिएउ |
मन परो वा परेन:
4
0
[Reply]
मेरो तर्फा बाट पनि यी दुइ नेपाली साहसी दम्पति हरु लै धेरै धेरै सुभकामना छ, तेती धेरै दुख कस्ट खाएर पनि उहा हरुले फ्रान्स जस्तो बिदेसी मुलुक मा गएर आफनो अलगै पहिचान बनाउन सफल हुनु भएको मा |
मन परो वा परेन:
4
0
[Reply]
प्रगती गर्न सबैले कोशीस गरेकै हुन्छ तर थोरै मान्छे मात्र सफल हुन्छन तै पनि यो एउटा प्रेरणादायी सफलताको कथा
मन परो वा परेन:
5
0
[Reply]
great
sucess in forthcming days
मन परो वा परेन:
4
0
[Reply]
सफलताको शुभकामना
मन परो वा परेन:
3
0
[Reply]
धेरै राम्रो काम Ashok भाई ! लेख पढेर सच्है हाम्रो सिर गर्बले ठाडो भएको छ ! सधै येस्तई प्रगति को शिखर चुमी रहु हाम्रो आशिर्बाद छ.!तिमीहरुलाई माया गर्ने दिदि
मन परो वा परेन:
3
0
[Reply]
Dijju ra vinaju ko kathor sangharsha ko katha,betha ko babjut pane sakaratmak soch,sobhiman,nirantar sangharsha ra aafno lakchhey prati dhrid sankalpa ko prinam shorup Nepali culture,nepalipan,pahiran,parikar ko sathai Nepali le pane bidesh ma uddhame vayera dekhauna sakchan vanne jolanta udaharan,sahas,prerana dina sakchham hunu vayeko ma yo bhai ko muri muri suvakamana,badhai aagami din haruma pane yestai pargati,unnati ko kamana cha. Namaskar….! -Bhai Subhash bista
मन परो वा परेन:
3
0
[Reply]
saraahaniya kaamko prasamsaa garchhu, badhaai, dadijiko mitho lekhaailaaii jhan salaam
मन परो वा परेन:
2
0
[Reply]
Renu bahini ani jawai ji,
Hardik badhai.pardesh ma pahal garne paurakhi ko haath ma bhadwan ko saath hunchha.Nepali man ra Nepali pan ko lagi pani badhai.Sachikai khusi lagyo padera.Man nai dhakka bhayo.samurna pariwar ko sukhi ra khusi ko kamana garda chhu.
Didi Narbada
मन परो वा परेन:
3
0
[Reply]
bhadwan hoina bhagwan ho.
मन परो वा परेन:
2
0
[Reply]
बधाई छ ब्रो keep it up
मन परो वा परेन:
3
0
[Reply]
अशोक जी प्रगति को सिखर चुम्न र नेपाली को नाम राख्न अरु जिम्मेबार थपिए को छ पछि नहाती कन अगाडी बढ्ने कोसिस गर्नु होला धन्नेबाद
मन परो वा परेन:
3
0
[Reply]
aaja yo padhna paayara dherai khusi laagyo,wish you all the very best 4 upcoming days.
मन परो वा परेन:
3
0
[Reply]
खुशीको कुरा नेपाली हरुले पनि आफ्नो पहिचान बढाउदै छन् फ्रान्स मा बधाई छ अनि सफलताको शुभकामना अशोक जी !!!
रबिन ,evry
मन परो वा परेन:
4
0
[Reply]