कविता : समयान्तर
● विध्या सापकोटा
धेरै समयपछि
म त्यहाँ गएकी थिएँ
जहाँ हामी हुने गर्थ्यौं
ठाउँ उही थियो
परिवेश उही थियो
केही बुढिएछ युवक पलास
फूल त उही थियो ।।
++++++++++++++++++
कोरिदै गयो,
धुमिल बिम्ब मनको नेपथ्यमा
++++++++++++++++++++++
टन्टलापुर घाम
सजल–सजल प्रेमिल नयन
मौन–मौन अधर
‘म तिमीलाई असिम प्रेम गर्छु’
कसोकसो सुस्साउँदो पवन
अवाक्
एकअर्काको भरमा अडिएका
तृप्त / अतृप्त – अतृप्त / तृप्त छायाँहरु ।।
++++++++++++++++++++++
पुरा भएकै थिएन तस्विर,
भुर्र उडे एकजोडी चखेवा
भत्का उँदै नेपथ्यको द्धार
सट्टामा,
शीरमाथी छाता पर्यो
आँखामाथी आँखा परे
नजरहरु एकाकार भए
++++++++++++++++++++++
‘ऊ’ उही थियो
‘म’ मै थिएँ
केवल !
त्यो समय हाम्रो थिएन
उसले पक्रेको मसिनो औंला उसको छोराको हुनसक्थ्यो
‘मामू !’ त्यो मृदुल आवाज मेरो छोरीको थियो ।।
++++++++++++++++++++++
फेरी पनि,
सबै एकै लाग्यो
उस्तै–दुरुस्तै / दुरुस्तै–उस्तै
ऊ / म
म / ऊ
हाँसिरहेका बिल्कूल पलासजस्तै ।।
(शंकरदेव कलेज, काठमाडौं)



भावात्मक तपाइको कबिता | अनि कहा हुन्छ त हामीले सोचे जस्तो यो त भाबिको खेल हो | कहा कहिले अनि कसको जोडी को यो त उपर वालाको मर्जी हो | हामी त उसकै खटनमा चल्नु पर्छ | हिजोको तपाइको प्रेमीको हातको अर्कै कसैको नानीको औला पर्न सक्छ अनि तपाइकोमा पनि | यो त बीधीको बिधान हो परिश्रम गर्ने तर फलको आश नगर्ने यही हो हाम्रो जीबन | अतीतलाई भुलेर बर्तमानलाई आत्मसात गर्नुस | कबिता खुलेको छ यसमा बेदना अनि बीगतको सम्झनाको अनुभुती छल्कीएको जस्तो लाग्यो | तर यो मेरो नीजी बीचार हो जो तपाइको जीबन संग मेल नखान सक्छ | तर धेरैको बिगत र बर्तमान तपाइको कबिता जस्तै हुन्छ हुन सक्छ |लेख्न नाबीर्सनु कहिले काही आउदै गर्नुस नेपालपल्स मार्फत | तपाइको लेख मलाइ मन पर्छ |
मन परो वा परेन:
6
2
[Reply]
सारै मिठो कविता पढ्न पाइयो बिध्या बहिनीको आज ल / अलि नियमित सामाग्री लिएर आउनु पर्र्यो के बहिनी
मन परो वा परेन:
6
2
[Reply]
राम्रो, यस्तै त होनि जिन्दगी बिध्या जि हून त के के सक्थ्यो तर हँूदैन क्या,
मन परो वा परेन:
4
2
[Reply]
जे होस् यो चाहि धेरैलाई मिल्ने कुरो हो / स्रस्टाहरुले आफुले भोगेकै हुनु पर्दैन कि सामाजले भोग्नेलाई घटनाहरुलाई हेरेर उतार्न सक्नु पर्छा / सारै मन पर्र्यो
मन परो वा परेन:
4
2
[Reply]
समयन्तर पलासको पात पातमा फुलेका सेताम्मे सेता फुलहरू, वैलियर पुन:कैयौ बसन्त बिलाइसकेछ, उही पलास,उही बुट्यान उही चौतारी.. तर पनि तिमीलाई भेट्न भनी आज गाउमा आयको छु, बाध्यताबस तिमी र म अलग भएतापनि तिमीप्रति संधै मैले माया लाएको छु,मैले त्यो पलास लाई रूख मात्र भनेर बुझेको छैन त्यसभित्रका प्रत्यक पात र हागाहरूमा मैले मितेरी गासेको छु, तिमीभित्र के के छन त ? त्यो मेरो लागि कती महत्व छ त त्यो मैले मात्रा बुझेको छु/जानेको छु। शायद त्यही मौन–मौन अधर सुस्साउँदो पवान………उस्तै–दुरुस्तै / दुरुस्तै–उस्तै……
बहुमुल्य जिबनका वास्तविक चित्रण दिदै श्रीजनाको काला र निला अक्षर बोकेर जुगका काला ओडारहरु,खोस्रदैछिन/कोतर्दैछिन हाम्री कबियत्री बिद्या ! बधाई छ अनी साथ साथमा शुभकामना !!!ब्रो सागर,
मन परो वा परेन:
5
0
[Reply]
कारण देऊ !!!!
सम्पादक ज्यु,
नेपाल प्लसको म नियमित पाठक हु बिगत ३ सालदेखि / मैले बिहान यो कवितामा कमेन्ट गरेको थिय लगभग २ घण्टा देखाइयको थियो तर अहिले हटाइयको छ / कारण देऊ ???????
मन परो वा परेन:
2
2
[Reply]
अनिश लिम्बु Reply:
August 5th, 2011 at 10:02 pm
सोचे जस्तै पढ्न पाइयो एउटा मिठो कबिता……..
मन परो वा परेन:
3
0
[Reply]