कविता : समयान्तर

विध्या सापकोटा

धेरै समयपछि

म त्यहाँ गएकी थिएँ

जहाँ हामी हुने गर्थ्यौं

ठाउँ उही थियो

परिवेश उही थियो

केही बुढिएछ युवक पलास

फूल त उही थियो  ।।

++++++++++++++++++

कोरिदै गयो,

धुमिल बिम्ब मनको नेपथ्यमा 

++++++++++++++++++++++

टन्टलापुर घाम

सजल–सजल प्रेमिल नयन

मौन–मौन अधर

‘म तिमीलाई असिम प्रेम गर्छु’

कसोकसो सुस्साउँदो पवन

अवाक्

एकअर्काको भरमा अडिएका

तृप्त / अतृप्त – अतृप्त / तृप्त छायाँहरु  ।। 

++++++++++++++++++++++ 

पुरा भएकै थिएन तस्विर, 

भुर्र उडे एकजोडी चखेवा

भत्का उँदै नेपथ्यको द्धार

सट्टामा,

शीरमाथी छाता पर्यो

आँखामाथी आँखा परे

नजरहरु एकाकार भए 

++++++++++++++++++++++ 

‘ऊ’ उही थियो

‘म’ मै थिएँ

केवल !

त्यो समय हाम्रो थिएन

उसले पक्रेको मसिनो औंला उसको छोराको हुनसक्थ्यो

‘मामू !’ त्यो मृदुल आवाज मेरो छोरीको थियो ।।

++++++++++++++++++++++ 

फेरी पनि,

सबै एकै लाग्यो

उस्तै–दुरुस्तै / दुरुस्तै–उस्तै

ऊ / म

म / ऊ

हाँसिरहेका बिल्कूल पलासजस्तै ।। 

(शंकरदेव कलेज, काठमाडौं)


  • भावात्मक तपाइको कबिता | अनि कहा हुन्छ त हामीले सोचे जस्तो यो त भाबिको खेल हो | कहा कहिले अनि कसको जोडी को यो त उपर वालाको मर्जी हो | हामी त उसकै खटनमा चल्नु पर्छ | हिजोको तपाइको प्रेमीको हातको अर्कै कसैको नानीको औला पर्न सक्छ अनि तपाइकोमा पनि | यो त बीधीको बिधान हो परिश्रम गर्ने तर फलको आश नगर्ने यही हो हाम्रो जीबन | अतीतलाई भुलेर बर्तमानलाई आत्मसात गर्नुस | कबिता खुलेको छ यसमा बेदना अनि बीगतको सम्झनाको अनुभुती छल्कीएको जस्तो लाग्यो | तर यो मेरो नीजी बीचार हो जो तपाइको जीबन संग मेल नखान सक्छ | तर धेरैको बिगत र बर्तमान तपाइको कबिता जस्तै हुन्छ हुन सक्छ |लेख्न नाबीर्सनु कहिले काही आउदै गर्नुस नेपालपल्स मार्फत | तपाइको लेख मलाइ मन पर्छ |

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

  • राम गुरुङ

    सारै मिठो कविता पढ्न पाइयो बिध्या बहिनीको आज ल / अलि नियमित सामाग्री लिएर आउनु पर्र्यो के बहिनी

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

  • Prabin Dhakal

    राम्रो, यस्तै त होनि जिन्दगी बिध्या जि हून त के के सक्थ्यो तर हँूदैन क्या,

    मन परो वा परेन: Thumb up 4 Thumb down 2

    [Reply]

  • सारिका

    जे होस् यो चाहि धेरैलाई मिल्ने कुरो हो / स्रस्टाहरुले आफुले भोगेकै हुनु पर्दैन कि सामाजले भोग्नेलाई घटनाहरुलाई हेरेर उतार्न सक्नु पर्छा / सारै मन पर्र्यो

    मन परो वा परेन: Thumb up 4 Thumb down 2

    [Reply]

  • Niraula, सागर

    समयन्तर पलासको पात पातमा फुलेका सेताम्मे सेता फुलहरू, वैलियर पुन:कैयौ बसन्त बिलाइसकेछ, उही पलास,उही बुट्यान उही चौतारी.. तर पनि तिमीलाई भेट्न भनी आज गाउमा आयको छु, बाध्यताबस तिमी र म अलग भएतापनि तिमीप्रति संधै मैले माया लाएको छु,मैले त्यो पलास लाई रूख मात्र भनेर बुझेको छैन त्यसभित्रका प्रत्यक पात र हागाहरूमा मैले मितेरी गासेको छु, तिमीभित्र के के छन त ? त्यो मेरो लागि कती महत्व छ त त्यो मैले मात्रा बुझेको छु/जानेको छु। शायद त्यही मौन–मौन अधर सुस्साउँदो पवान………उस्तै–दुरुस्तै / दुरुस्तै–उस्तै……
    बहुमुल्य जिबनका वास्तविक चित्रण दिदै श्रीजनाको काला र निला अक्षर बोकेर जुगका काला ओडारहरु,खोस्रदैछिन/कोतर्दैछिन हाम्री कबियत्री बिद्या ! बधाई छ अनी साथ साथमा शुभकामना !!!ब्रो सागर,

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

  • sagar purbeli

    कारण देऊ !!!!
    सम्पादक ज्यु,
    नेपाल प्लसको म नियमित पाठक हु बिगत ३ सालदेखि / मैले बिहान यो कवितामा कमेन्ट गरेको थिय लगभग २ घण्टा देखाइयको थियो तर अहिले हटाइयको छ / कारण देऊ ???????

    मन परो वा परेन: Thumb up 2 Thumb down 2

    [Reply]

    अनिश लिम्बु Reply:

    सोचे जस्तै पढ्न पाइयो एउटा मिठो कबिता……..

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree