बुशलाई हानिएको जुत्ताको मुल्य एक करोड डलर
अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि एक पत्रकारले हानेको जुत्ता प्रसंग अहिले संसारभरी छाएको छ । आलोचना भन्दा बढि अहिले अरेबियाली मूलुकहरुमा भने त्यसको प्रशंसा छ । उनलाई गौरबशाली ब्यक्तित्व भन्दै पुरस्कार समेत दिइएको छ । कसैले उनलाई जुत्ताका नायक भनेका छन । इन्टरनेशन हेराल्ड ट्रिब्युनका अनुसार सौदी अरेबियामा बुशलाइ हानीएका दुई जुत्ता मध्ये एउटालाई एक करोड अमेरिकी डलरमा किन्न एक ब्यक्तिले प्रस्ताब गरेका छन । त्यो सायद विश्वकै सबैभन्दा महँगो जुत्तामा पर्न सक्ने रिपोर्टमा उल्लेख छ । त्यसैगरि लिबियाका नेता कर्णेल मुअंमर अल कादाफीकी छोरीले जुत्ता हान्ने ति २९ वर्षिय मुअंबर मुंतादेर अल जाईदीलाई साहसी भन्दै पदक दिएकी छन ।
इराकि प्रशासनले उनलाई जुत्ता हान्नासाथ पक्रेर जेलमा हालेको थियो । उनैको मोबाइल फोनबाट जइदीका परिवारलाई ईराकी प्रहरीहरुले धम्क्याएका छन । जईदीमाथी प्रहरीले यातना दिएको खबर आएपछि उनको रिहाई गर्नुपर्ने मागपनि अरेबियाली मुलुकहरुबाट ब्यापक रुपमा उठेको छ । ईराकका बिभिन्न शहरहरुमा लाखौं जनता ति पत्रकारको समर्थनमा उत्रेका छन । तिनले जुत्ता र चप्पल झुण्ड्याउँदै अमेरिकी सेनाहरु तुरुन्त इराक छोद्नुपर्ने माग गरेका छन । ति पत्रकारको तस्बिर अंकित प्लेकार्ड बोकेर प्रशंसा गरिएको छ । तिनले बाटोमा देखेका अमेरिकी सेनाहरुमाथि ढुंगा मुढा प्रहार गरेका छन् । टिभी, रेडियो, पत्रपत्रीकामा त्यस काण्डले प्रथामिकता पाएको छ । चोक चोकमा बसेर मानिसहरु त्यसैको चर्चा गरेका छन । अधिकांशले पत्रकारको प्रशंसा र बुशको आलोचना गरेका छन । ति पत्रकारले इराकि जनताको मात्रै नभएर सम्पूर्ण अरबीयाली जनताको भावना ब्यक्त गरेको बताएका छन ।
अझ बढि हेर्ने भए—–
अमेरिकी राष्ट्रपतीलाई पत्रकारले हाने जुत्ता
बुसलाई जुत्ताले हान्ने जइदी नायक बने
जूते चलाने वाले पत्रकार की ‘पिटाई’


पैसा भए त अर्को जिडी म पनि किन्थें यार के गर्नु ?
हेर्नमात्रै पाएपनि हुन्थ्यो नी गाठे १० नंबरको त्यो जुत्ता ।
मन परो वा परेन:
0
0
[Reply]
Nepaliharulai jalle ni bahadur bhanthe tyo patrakar ta jhan maha bahadur po niklecha ganthe. world ma kasaile garna nasakeko kam tele garecha. teslai salam garnai parcha.
मन परो वा परेन:
0
0
[Reply]
अरु भन्दा पनि नेपलि हरु लाइ किन निकै खुसी लागे को होला ! त्यो इराकि ले बुश् लाइ जुत्ताले हान्दा.!!!!! बिर्सियो कि क्या हो तेहि इराक् मा ११ जना नेपाली लाइ मारेको त्यो पनि घाटी रेटेर. जुन् देश् मा नेपली को तेस्तो हालत् बनायो आज उस्कै सपोर्ट् ह….
रह्यो अमेरिका,,,,, अरु केहि नगरे पनि कम्सेकम् करोडऔ अरबौ को देश् लाइ अनुदान् त दिन्छ….. साल् मा. यार्
ज्याक् लिम्बु. धरान्
मन परो वा परेन:
0
0
[Reply]
hi uncle how r u?
मन परो वा परेन:
0
0
[Reply]