नमुन्ट्याएसम्म पद नछोड्ने संस्कार

● संविधान सभाको निर्वाचनको परिणाम आउनासाथ माओवादी प्रमुख दल बन्यो । त्यतिखेर नेपाली कांग्रेस सरकारमा थियो । तिन चार महिनासम्मपनि सरकार छोडेन । हतियार नबुझाइ दिन्नम, छोड्दैनम् भनेर हल्लिइराख्यो सरकारमा । सरकार छोड्नुपर्ने भन्दै माओवादीले अनेक आन्दोलन चर्कायो सडकमा सरकारबाट मुन्ट्याउँछौं भन्दै । अहिले झलनाथ खनाल प्रधानमन्त्री बनेका छन् । पाँच बुँदे सहमतीमा सरकारले राजिनामा दिने उल्लेख छ । कांग्रेसले अब सरकारलाई मुन्ट्याउँछौं भन्दै सदन अवरुद्द पार्न थालेको छ ।

● नेपाली कंग्रेसमा उपसभापती को बन्ने भन्ने गन्जागोल भयो । देउवाले रामचन्द्र पौडेललाई संसदिय दलको नेताबाट हटाएर आफूलाई बनाउने शर्तमा उपसभापतीमा रामचन्द्रलाई समर्थन जनाए । तर अहिले रामचन्द्र पौडेल आनकानी गरिरहेका छन् ।  रामचन्द्रसित दुई शक्तिशाली पद छन् देउवा बिचरा चिल्लै । देउवा पक्ष हस्ताक्षर संकलन गरिरहेको छ । रामचन्द्र पौडेलपनि देउवा पक्षले नमुन्ट्याएसम्म संसदिय दलको नेता छोड्ने पक्षमा छैनन् ।

● उता माओवादीमा पार्टी अध्यक्ष, संसदिय दलको नेता, शान्ति संझौता टोलीका प्रमुख देखि संविधान सुझाव समितीका हर्ताकर्तासम्म प्रचण्ड थिए । पार्टीमा नेताहरुले अनेकौं पटक माग राखे, पार्टीलाई सामुहिक निर्णयको आधारमा लैजाउँ । अध्यक्षले सबै पद लिँदा मनोमानी भयो । कसैलाई पद नै पद कोहि जिम्मेवारी नपाएर हेरेको हेर्‍यै । अँहँ टेरेनन् । बरु उनका आसेपासे र हो मा हो मिलाउनेहरु एक से एक निस्किए । अध्यक्ष कामरेडलाई नै सबै चाहिन्छ भन्दै । अनि शुरु भयो मुन्ट्याउने कथा । हस्ताक्षर अभियान शुरु भयो । प्रचण्ड कामरेडले ‘लौ देखाओ बहुमत मेरो पद बाँड्न’ बनेर चुनौति  दिए । उता पार्टीका तिन उपाध्यक्ष र महासचिव बादलसम्म जुर्मुराए, अब यो अध्यक्षले नमुन्ट्याएसम्म पद नछोड्ने भो’ भनेर । जब बहुमत पुग्यो केन्द्रिय समितिमा मुन्ट्याउनेहरुको भन्ने लाग्यो तब बल्ल प्रचण्ड पद भाग लाउन राजि भए ।

यी त तत्काल देखिएका प्रमुख घटना हुन् । प्रजातान्त्रिक संस्कार बोकेका, पटक पटक सरकारमा गएका र विश्व हल्लाउने भनिने जनयुद्द गरेका पार्टीका । एमालेको कथा पनि यो भन्दा बरु चार गुणा चर्को छ, कमसल छैन । जनतालाई प्रजातान्त्रिक संस्कार सिकाउने पार्टी हुन् यी । तर यीनले प्रजातान्त्रिक संस्कार सिकाएको यहि हो ?

पार्टी भनेको साझा हो । सामुहिक निर्णय गर्नु पर्छ । कोहि जिम्मेवारी नै जिम्मेवारीको भारीले थिचिने, कोहि रित्तो रहनु नै पार्टीमा उर्जा खेर जानु हो । बचन र बोलीमा पक्का हुनुपर्छ भन्ने नै छैन । पदमा एक पटक पुगेपछि कुनै हालतमा नछोड्ने । लिसो झैं टाँस्सिइरहनु पर्छ । जुकाले झै चुसिराख्नुपर्छ । लाजकाज केहि छैन । जनता, पार्टीका अरु नेत्रित्वले नमुन्ट्याएसम्म पद ज्यानजाला नछोड्ने । प्रमुख दलका मुख्य नेताहरुले नै यहि सिकाइरहेका छन् ।

यहि नमुन्ट्याएसम्म पद नछोड्ने मानसिकताले गर्दा पार्टीहरु फुटिरहेका छन् । दलहरुमा चिरा परिरहेको छ । त्यसैले गर्दा प्रजातान्त्रिक शक्तिहरु कमजोर बनिरहेका छन् । प्रचण्डको नमुन्ट्याएसम्म खुट्किलो नओर्लिने मानसिकताले गर्दा माओवादी पार्टी नचोइटिएपनि भावनामा चिरा परेको छ । मित्रता र न्यानोपनमा धाँजा फाटेको छ । नेपली कांग्रेसमा त्यस्तै छ । एमालेको हालत उहि छ । मोहन बिक्रमको यहि मुन्ट्याउने संस्कारले गर्दा ७ चिरा भन्दा बढि भैसक्यो ।

सबै पार्टीका जिल्ला जिल्लामा मारमुंग्री, मारकाट, हारालुछ र पदका लागि मरिहत्ते छ । कांग्रेसको त्यहि छ । माओवादीको उस्तै छ । एमालेको झन चर्को छ । आखिर यसको स्रोत के हो ? को हो ? यीनै पार्टी नेता । अब्बल दर्जाका पार्टी हाँक्ने नेता । मन्त्री । जब पार्टी हाँक्नेले, मन्त्रीले नमुन्ट्याएसम्म पद छोड्दैन अनि तल्लो तहका कार्यकर्ता, जिल्ला र गाउँका नेत्रित्वले के सिक्ने ? पार्टी अध्यक्षलेनै दशौं पद लिन्छन्, नमुन्ट्याएसम्म छोड्न खोज्दैनन् भने उनका पार्टीका भुरे टाकुरे नेताले कसको नक्कल गर्ने ? प्रधानमन्त्री, मन्त्री नै पदबाट नखँदारेसम्म छोड्दैन भने गाउँ र जिल्ला तहका कर्मचारीमा कस्तो प्रभाव पर्ने ?

सरकार बदल्न पर्‍यो कि संसद अवरुद्द गर्ने, सुटकेश फोर्ने, कुर्सी टेबल भाँच्ने गरेपछि स्थानिय स्तरका मान्छेले कुखुरा मार्दा लाठो बजार्दै गएर सडक बन्द नगरेर के गर्ने ? गाडी, स्कूल र क्याम्पस बन्द नगरेर के गर्ने ? आफैं बस्ने संसदको कुर्सी सभासदले फोरेपछि जनताले रेलिङ नभाँचेर कसो गर्ने ? देशको नीति बनाउने, देश हाँक्नेलेनै दिन दिनै संसद अवरुद्द पारेपछि कर्मचारीले मन्त्रालय र कार्यालय बन्द नगरेर कसरि माग पुरा गर्ने ? पदका लागि नमुन्ट्याएसम्म नछोड्ने संस्कारनै बसालिरहेका छन् नेताहरुले ।


  • अब यी ६०१ को पद नी जनताले खोस्ने बेला आएको छ हेर्दै जाऊ अब भद्र १४ पछी, अत्ति भैसक्यो यिनीहरुको ताण्डब, अब यिनीहरुले हेर्नेछन जनताको असली ताण्डब यदि भद्र १४ सम्ममा यिनीहरुले गरेका बाचा पुरा गर्नेनन भने |

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

  • shiva

    यो दरिद्रता हो | प्राय जसो हाम्रा नेताहरु दुर दराज का गरिबीले पिल्सिएका छन् | अझ भनौ सम्पूर्ण नेपाली जनता नै गरिबी को रेखा मुनि छौं | जब आर्थिक अवस्था गरिब भो यिनको मानसिक अवस्था नि दरिद्र हुदै गयो | यो नेपाली राजनीतिले उहिले देखि र आजसम्म भोगिराखेको तितो यथार्थ हो | जब नपाउने ले केहि पाउछ बोक्रैसम्म चपाउछ | भाको यहि हो | विकशित मुलुकका नेताहरु कसैले औला ठ डायो वा विवाद आयो भने पहिला राजिनामा दिन हतार गर्छन | किनकि पद भनेको उनीहरुको लागी जिम्मेवारी हो एउटा ठुलो कर्तव्य हो कमाउने भाँडो होइन | तर हाम्रो जस्तो मुलुकमा पदमा बस्यो जिम्मेवारी छैन , कर्तव्य छैन , नैतिकता छैन , खाली कसरि हुन्छ आफु र आसेपासे पोस्ने हो | अनि किन पद छोड्ने ? मजाले राजा रजौटाको जस्तो मोज मस्ती गर्न पाइन्छा | अनि अर्को कुरो फितलो कानून हो | जब यी सब नेता वा जो सुकै ठुलो व्यक्ति होस गल्ति र अपराध गर्दा तिनको कठालो सम्म कानून सजिलै पुग्छ तब यी तह लाग्छन | तर के गर्नु एउटा सामान्य पद पायो भने कानुन यिनको खल्तीमा हुन्छ | अनि भ्रस्टाचार गर्न कसले रोक्ने ? नेताहरु यस्तो भएपछी नै अपराधी हरु को मनोबल बढ्छ , देशमा अपराध बढ्छ | यत्रो विदेश भ्रमण गर्छन तर किन नसिकेका यिनले | विकशित देश हरुको सयर गरेपछि आफ्नो देश पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लोभ किन जाग्दैन | विदेश गयो ५ तारे होटल , जुवा तास , मिष्ठान्न अझ रन्डीबाजिसंम भ्याएर आएपछि भ्रष्टता र दुराचार कहिले जाने ? नेपाली हरुले अधिकार र स्वतन्त्रताको लागि धेरै आन्दोलन गरे | अब कानुन , मानव अधिकार र नैतिकताको लागि विशाल जनान्दोलन गर्नु पर्ने बेला भएको छ | कुनै पनि पद ग्रहण गर्नेले कानुन बाट उन्मुक्ति नपाउने बलियो कानून आजको आवश्यकता हो नेपालको |

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]

  • Ekalavya Sharma

    In process of promoting this blog when I showed this page to my friend this morning, do you know what he said? He said I made his day bad. Why? Because on this page there were the photos of those politicians whose picture presence always makes his blood boil and pressure go up? This is the image of today’s kingpin politicians. This is how people think. After reading the entire context his blood pressure really went up and started cursing leaders with “ma#####” and ra#### words. Public are turning to be next Devi Prasad Regmi.

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]


  • घरको मुलीले राम्रो सस्कार दियो भने भाबी सन्ततीले राम्रो बाटो लीन्छ | यो खराब सस्क्रीतीको सुरुवात हाम्रा राज नेताको सम्मान पाएका गीरीजाले सुरु गरेको हो | हामी नेपाली जनता पनि उस्तै कसलाई कस्तो सम्मान गर्ने त्यसको हेक्का हामीमा छैन | भावनामा बगेर हामी जयजयकार मनाउने गर्छौ | माओबादी जन्माउने मुख्य मानिस गीरीजा हो तर हामी यो कुरा स्विकार गर्दैनौ कीनकी हामी यति धेरै अन्ध भक्त छौ की आफ्ना पार्टीका नेताको गलत कामलाइ गलत भन्ने सक्ती हामीमा छैन | हामी ज्ञानी भएर पनी अज्ञानी सबै कुरा जानेर पनी अन्जान यो हामी नेपालीको कमजोरी को फाइदा तबसम्म उठाई रहन्छन जब सम्म हामी कालोलाइ कालो र गोरोलाई गोरो भन्न सक्दैनौ | हामीले भन्ने गरेका कुरा गीरीजाले माओबादीलाई जंगल बाट ल्याएरे तर जंगल जान कसले बाध्य पार्यो माओबादी लाइ ? कसको शासन कालमा माओबादी जंगल पस्यो कीन पस्यो यो कुराको हेक्का हामीमा छ तर हामी त्यो कुरा मान्न तयार छैनौ कीनकी हामी यी भातमारा हरुको अन्ध भक्त हौ | जबसम्म हामीमा भएको चेतनालाई सदुपयोग गर्ने साहस हामीमा हुन्न तबसम्म हामीलाई यी बादर हरुले रमिता देखाई रहन्छन र हामी यो हेरेर बस्न बाध्य हुन्छौ |

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree