नेपालको संविधान बनिसकेछ, तर भारतमा

प्रचण्डलाई भारतमै बस्दा सुरक्षित लाग्ने । गिरिजा कोइरालालाई भारत धाउनु पर्ने । बीपी उतै लालित पालित र निर्देशित भए । एमालेका नेता झन् नदी बेचेर पैसो झ्वाम पार्ने देखि छोराछोरी पढाउने र आफ्नो उपचारसम्म भारतमै निर्भर छन् । कांग्रेसका असी प्रतिशत नेता कि त भारतीय दुतावास, भारतीय एनजिओ वा कुनै न कुनै भारतीय लगानी वा भरमा छन् । त्यसैले तिनले कहिल्यै भारतको रचनात्मक बिरोध सम्म गर्दैनन् ।

 माओवादी खुब कुर्लन्थे । बेला बेला अझै कुर्लन्छन् भारतलाई विस्तारवादी र साम्राज्यवादी शासक भनेर ।  तर कांग्रेस, एमाले र माओवादीका बिचमा भएको १२ बुँदे संझौता आफ्नो देशमा गर्न सकेनन् । भारत नै चाहियो । आफ्नै देशका पार्टीहरु मिलेर मात्रै पुगेन । तिनले भारतीय शासक वर्गलाई सँगै राखे । भारतीयहरुको प्रत्यक्ष संलग्नताबिना तिनलाई भएन । त्यहि भएर तिनले भारतलाई मियोका रुपमा माने । आफूहरु वरिपरि बसे र १२ बुंदे संझौता गरे । उतै बसेर तिन मुख्य दलले राजा फाल्ने संझौता गरे । माओवादीले जनयुद्द त्याग्यो । अहिले संविधान सभाको म्याद तिन वर्षबाट पनि कट्यो । संविधान बनाउन भनेर भत्ता, सुबिधा लिए । बिदेश सयर गरे । तर बनेन । किन होला भनेको त हाम्रो संविधान हाम्रा नेताले दुखै नगरि बनिसकेको रहेछ । भारतीयहरुले बनाइदिइसकेका रहेछन् ।

अरुतिर औंला सोझ्याउन र आरोप लगाउन कांग्रेस माहिर देखिन्छ । तर तिन वर्ष बित्दापनि नेपाली कांग्रेसलाई नेपालको संविधान कस्तो बनाउने भन्ने मेसो छैन । आफ्नो देशको संविधान यस्तो हुनुपर्छ भन्ने नै छैन । त्यसैले नेपाली कांग्रेसले अहिलेसम्म नेपालको संविधान यस्तो हुनुपर्छ भनेर सार्वजनिक गर्न सकेको छैन । संविधान बनाउन कांग्रेस जिम्मेवार छ भनेर कुर्लेको त जनताका अगाडि फेरी भ्रमको खेती मौलाउन हो उसले । एमालेलाई हाइसञ्चो छ । कांग्रेस र माओवादी हुँदा हुँदै एमालेलाई केको टाउको दुखाइ झन ? त्यसैले एमालेलेपनि अहिलेसम्म ‘हाम्रो पार्टीले चाहेको नेपालको संविधान यस्तो हो’ भनेर सार्वजनिक गर्न सकेकै छैन । तिनले लेखेकै छैनन् । कांग्रेस र एमाले पहिलेदेखिनै ढुक्क रहेछन् नेपालको संविधान आफूले बनाउने होइन । नेपालीको चाहना अनुसार बन्ने होइन । नेपाललाई कस्तो संविधान चाहिन्छ भारतले ट्याक्क लेखिदिन्छ । नेपाली जनताका आकांक्षा नेपाली नेताले बुझ्दैनन् भारतीयले बुझ्छन् । हाम्रा आवश्यकताका बारेमा भारतीय नेतालाई जानकारी छ हाम्रालाई छैन । त्यहि भएर नेपाली कांग्रेस र एमालेले बुझेरै संविधान लेख्ने लेठो नगरेका हुन् ।

माओवादी नयाँ जोगी पर्‍यो । यस्सो खरानी सरानी पनि बढि नै चाहियो । समयपनि अलि चाहियो । तिमीहरुसित सुरुङ युद्द गर्छम् भन्दै खाल्टाखुल्टी पारेको धेरै भएको छैन । नेपाल र भारतको सिमामा गएर चोर औंला तेसार्दै तथानाम गाली गरेको पनि आलै छ । त्यहि भएर अलि समय लाग्ने भो । तैपनि माओवादीका उपाध्यक्ष मोहन बैध्य ‘किरण’ ले पार्टी अध्यक्ष प्रचण्डले भारतीय शासक वर्गको स्वार्थ र निर्देशनमा प्रचण्डले पार्टी ध्वस्त पारेको भनेर हाकै भनिसके । भरतीयसित मिलेर हाम्लाई थुनाकोसम्म भने । तैपनि जनतालाई गुमराहमा राख्ने त आआफ्नै कला हुन्छन् । कांग्रेसले १४ वर्षसम्म अनेक कला देखाएर लुट्यो । एमालेले त्यसै गर्‍यो । अब एमाले र कांग्रेसका सबै रुप छताछुल्ल भए । बाँकी माओवादी । एकाएक पार्टीकै नेताले खोल्दै छन् । तर यो पटक चाहिँ नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेले खोलेका हुन् तिनको गोप्यता । नेपालको संविधान भारतीयले बनाएका छन् भन्ने उनलाई जानकारी रहेछ । बिजुक्क्षेले नेपालको संविधान भारतीय शासक वर्गको स्वार्थ अनुसार बनिसकेको ठोकुवा नै गरे । संविधान त्यहिँको एउटा अन्तर्राष्ट्रिय स्तरको गैह्र सरकारी संस्थाले तयार पारेको दाबी गरेका हुन् ।

उनको दाबी सहि किनपनि हुन सक्छ भने साँच्चिनै हाम्रा दलहरुले भत्ता पचाउने दाउ मात्रै गरे । कुर्सीमा पुग्ने । पालैपालो बिदेश भ्रमण गर्ने । तालिमका नाममा भत्ता पचाउने । तर संविधान बनाउनकालागि गम्भिर भएर एक दिनपनि लागेनन् दलहरु । प्रमुख दलहरु बसौं, गम्भिरताकासाथ छलफल गरौं भनेर एक दिनको समय पनि बिताएनन् । माओवादीले संविधानको ड्राफ्ट तयार पार्‍यो । त्यो संविधान कस्तो छ । त्यसका कुन धारा राम्रा । कुन नराम्रा । कुन काट्नु राम्रो । कुन थप्नुपर्छ । कांग्रेस र एमाले न त आफूले बनाएका छन् । न माओवादीले बनाएको संविधानको ड्राफ्टमा कुनै टिप्पटी गरेका छन् । किनभने तिनलाई थाह छ, यो संविधान लागू हुने होइन । नेपालका दलले बनाएको, हाम्रा नेताले लेखेको संविधान जारी हुने होइन । भारतीयहरुले नै तयार पारेकाले किन टाउको दुखाउने ?

संविधानको मस्यौदा बनाउने काम निलाम्बर आचार्यले गरिरहेका छन् । तर उन लाई कुनैपनि दलका नेताले, कुनैपनि पार्टीले सहयोग गरेका छैनन् । उनको कार्यालयमा नेताहरु जाँदै जाँदैनन् । आचार्यले दशौं पटक भनिसके, मलाइ पार्टी र नेताले सुझाव दिनुपर्‍यो, रचनात्मक सहयोग गर्नुपर्‍यो भनेर । तर अँहँ कुनैपनि दललाई, नेतालाई चासोनै छैन । संविधान नै अर्काले बनाएर तयार पारिदिएको रहेछ । आफ्नो देश र नागरिकका स्वार्थ अनुकुल होइन भारतीय स्वार्थ सुरक्षित हुने गरि बनेको रहेछ संविधान अनि किन संविधान बनाउन लाग्थे हाम्रा नेता ?

  • राम गुरुङ

    एकदम गम्भिर कुरा / मलाई पनि पत्यार लाग्यो / नत्र किन अहिलेसम्म चुप बसेका त दलहरु ? दादीजी त्यो सम्बिधाना कस्तो बनाएका रहेछन पाइन्छा कि कतै ?

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

  • Ekalavya Sharma

    Two years ago I had written in one blog hamroblog that the constitution draft of Nepal would come out from either political science department of some European/American University or from some foreign INGO or from Indian bureaucracy/agency, long before our 600 CA members finalized it. These foreigners are the people who have invested much in this process of hegemonizing Nepalese public that new constitution would be a miracle magic for prosperity of Nepal.

    For the last three years of so, our CA members had been busy in luxurious tours to study constitution in different countries like South Africa, Scandinavia and other parts of Europe, Asia and Africa and had been busy in attending seminars which had least to do with the study of making constitution.

    A couple weeks ago I found the constitution of Sweden, Japan, France, US, India and many other countries online which you can download free. Then, what was the purpose of these donors to arrange CA members for such costly seminars and visits? How puppets our politicians are made out by these foreigners.

    India opinion coincided with Europeans and other foreign powers but excluding China only to the point at using Maoist and post 1990 parties to abolished monarchy. After that India never was comfortable with imposed ultra liberal foreign agenda by westerners. Neither was China, a country who did not want anything more than cooperation from Nepal in Tibetan issues and always felt cozy supporting a powerful allies (monarchy before and now are funding big kingpins mostly from Maoist party). Neither India nor China was comfortable at UNMIN presence because these power giants knew westerners come to fulfill their own agendas.

    In this scenario, it is not a surprise if a readymade constitution draft comes from some foreign agency. All foreigners want to reflect their agenda in so called “New Nepal”’s constitution.

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • baburam

    yi sabai daka netaharu bharatiya rimot control bata nai chalchhan –yinle kahako sambidhan banaune banaya pani bharat ko faidako lagi banauchhan kinaki sabai netaharulai bhratle kinisakyo–3 bersha samma yiniharule desh ra janatako lagi sinko samma bhachenan kurchiko lagi ladi matra rahe–yi sabai bharatiya dalalharu nai hun yasma kunai 2 mat chhaina.

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]


  • हैन यो कुरा सही हो भने त यी सभासदले ऐले सम्म खाएको भत्ता फीर्ता गराउनु पर्यो नी हैन | संबीधान बनाउने भनेर पो यी डाका हरुलाई जनताले त्यो ठाउमा पठाएको हो त तेसै बसेर त कहा खान पाईन्छ भत्ता मात्र | हैन नेपाली जनतालाई मुतेको न्यानोमा सुताए जस्तो छ | एकछीन तातो हुने अनि उही चीसोको चीसो |

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

    कमल भट्ट Reply:

    चन्द्र जी यो सहि होइन ! तपाई ढुक्क भए हुन्छ ! हिजोको बि.बि. सी . मा राम शरण महत ले भनेको सुन्नु त ! पत्रिकाले जे पनि छाप्छन रे ! उसले खुल्लै भन्दियो अनि पत्रकार संग प्रतिक्रिया केहि पनि छैन !यदि पत्रकारले सहि समाचार प्रशारण गर्ने भए त आफुलाई आरोप आउंदा घांटी पकड्नु पर्ने नि कि कसो? नेपालका नेता भन्दा पनि फटाहा पत्रकार हुन् ,यिनीहरु नेताका गुरु हुन् फटाहागिरिका !

    मन परो वा परेन: Thumb up 0 Thumb down 2

    [Reply]

    chandra khanal Reply:

    अनि पत्रकारलाई त ४थो अंग्ग भनीन्छ नी त नेपालमा | नेपालका जुनसुकै आन्दोलन हुन् यदी त्यसमा पत्रकारले साथ नदिएको भए यी तपाईका नेताले आज यो मस्ती गर्न पाउने थीएनन यो कुरा तपाइले बीर्सीनु भएछ |हामी आम जनता र यीनै पत्रकारको भरमा आज नेता हु भन्ने त्यो रामे अब ठुलो कुरा गर्ने भयो अनि हामी पनि तेसकै गुलामी भएपछी के लाग्छ | यो त खोला तर्यो अब लौरीको के काम भने जस्तो भएँ र कमल जी |

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

    chandra khanal Reply:

    भएन र ?

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    कमल भट्ट Reply:

    होइन चन्द्र जी, जति बेला पंचायती शाशनको बिरुद्द आन्दोलन चर्किदै थियो त्यसबेला पछी मात्रै यी पत्रकारहरु अगिल्लो लाइनमा उभिएर फ्याउरो झैं कराउन थालेका हुन् ! अहिलेको खुल्ला प्रजातान्त्रिक व्यबस्थाको खिल्ली उडेका छन् यिनीहरुले स्वतन्त्रताको नाममा ! यिनीहरु सब श्रीमान गम्भीर नेपाली गैर बस्थे पन्च्यात कालमा ! हामीले खोला तरेपछि लौरो बिर्सेको होइन कि यिनीहरुले पनि नभएको खोलामा लौरो टेकेका हुन् !
    एकजना अमेरिकी विद्वानले भनेका थिए (नाम बिर्से मैले,पछी उपलब्ध गराउने छु) यदि पत्रिका नपढ्ने हो,टि. भी. नहेर्ने हो भने संसारमा के भैरहेको छ केहि पनि थाहा हुँदैन ,यदि हेर्यो भने के भएको छैन त्यो सबै थाहा पाइन्छ रे ! पत्रकारहरु भन्दा पनि परम्परा दोषी छन् खाश गरि !

    मन परो वा परेन: Thumb up 0 Thumb down 3

    राम गुरुङ Reply:

    पत्रकारले लेख्ने काम गर्छा नै कमला जी / तर मैले पढ्दा त यसामा स्रोत खुलाको छ त कसले भनेको भनेर/ अनि लेख्नेलाई दोष दिनु उचित हुन्छ र ? नलेखेर के गर्नु त पत्रकारले ? यदि सहि तरिकाले संबिधान बनाउने सोच भए किन अहिलेसम्म केहि काम नगरेका त ? बन्छ त अब दुई महिना भन्दा कम समयमा हाम्रो संविधान ?

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    कमल भट्ट Reply:

    राम जी कुरा कति सत्य होलान अनि कति असत्य ! तर अनाबश्यक छन् ,जस्तै १२ बुंदे सम्झौता दिल्लीमा भयो भनेर उपहास गरिएको छ ! त्यो सम्झौता निरंकुश राजतन्त्रको बिरुद्दको मोर्चाबन्दी थियो ! नेपालभरी जताततै शाही सेना तैनाथ थिए,त्यो हामी सबैलाई थाहा भएकै कुरा हो ! जसको सत्ता उदाउने बारेमा सल्लाह हुँदैछ उसैको दैलामा बैठक बस्ने कुरा त भएन नि ! अनि त्यतिबेलाको ठहर थियो कि नेपाली प्रजातन्त्रको प्रमुख दुश्मन दरबार हो भनेर, अनि दिल्ली संग किन नमिल्ने त दुश्मन हराउनलाई? अब फेरी जरुरत परे चिना सित मिलेर दिल्ली लाई या दिल्ली सित मिलेर चाइनालाई हान्न परे पनि पछी पर्नु हुन्न जरुरत परे ,रास्ट्रीयताको लागि !पृथ्वी नारायण शाहले मित लाउदै ठोक्दै गरेको इतिहास बिर्सनु भयो कि के हो?

    मन परो वा परेन: Thumb up 0 Thumb down 4

    chandra khanal Reply:

    गाठी कुरा त संबीधानको हो | यो लेखमा पत्रकार मित्रले हाम्रो सम्बीधानको बारेमा खोजी गरेका छन् | नेपाली जनताका लागी नेपालका सभासदले संबीधान बनाए त्यो सही हुनेछ नकी अरुको भरमा | कीनकी हामीले उक्त कामका लागी यीनीहरुलाई सभासद बनाएको हो तेसैले यो लेखमा हामी पत्रकारलाई गाली नगरौ भन्ने मेरो मान्यता हो बाकी तपाइको मर्जी |

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    राम गुरुङ्ग Reply:

    एकदम ठिक कुरा गर्नु भयो चन्द्र जीले / हिम्मत भए आफ्नै देशमा बसेर काम गर्छु र बरु पक्राउ गर्छु भन्ने हुनुपर्छा नेतामा / विदेशीका ईशारामा चलेर के ढाका लाउनु ?
    पत्रकारको काम लेख्ने हो / आशय पनि स*विधान बनोस भन्ने छ ./ तिना वर्षसम्म भत्ता खाएरपानी संबिधान नबाउने नेताको समर्थन गर्नु त महा चाकरी हो / कमला जस्ता कार्यकर्ता अलि धेरै भए नेताले झन् देशी बेच्न बेर लाउदैनन /

    मन परो वा परेन: Thumb up 1 Thumb down 0


  • yeeniharu lai taliban le jastai bam padkayera marna parne.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • adip

    साथी हो सन्चो कुरा भन्नु पर्दा नेपाल मा राजा भय को नै रेम्रो किन भनि राजा ले खादा १ भाग मत्त्रै खान्थ्य आब त ६०० भाग खादा क होला आफै भुज्नु पर्यो अनि नेपाल भनेको भारत को प्राय बाची सब्द हो आवाज उठायारा कसै ले सुन्नी वाला छैनन् बरु भारत को पुब्लिचिटी मत्त्रै हुन्छ होइन र ? गल्ति भय माफ पु है सानो मानिस सानै बुद्दी मेरो त .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree