दूतावासको रकम ब्यक्तिका नाममा खर्च

(ब्यक्तिले आयोजना गरेको तीज पर्वमा दूतावासका नाममा काटिएको पत्र)

नेपाली नियोग र दूतावासमा अनियमितता र मनपरी कति हुन्छ भन्ने यो एउटा सानो उदाहरण हो । नेपाली दूतावास पेरिसमा राजदूत मोहनक्रिष्ण श्रेष्ठ छन् । नेपाली महिलाको पर्व तीजमा दूतावासले नेपाली चेली बेटीलाई निम्ता गरेको छ । त्यसको रकम दूतावास मार्फत नेपाल सरकारले तिर्छ । तर नेपाली दूतावासको लेटरप्याडमा निम्ता भने धमाधम सजना श्रेष्ठको नामबाट बाँडिएको छ । सजना राजदूत पत्नी भएकैले दूतावासले यसरी भकाभक उनको नाममा लेटप्याड र सरकारको रकम दूरुपयोग गर्दै निम्ता बाँडेको हो ।

नेपाली दूतावासका कर्मचारी बाहेक दूतावासको लेटरप्याड वा अन्य कुनैपनि सम्पत्ती प्रयोग गर्ने अधिकार कर्मचारीका नातापातालाई हुँदैन । दूतावासका कर्मचारीका आफन्त वा परिवारका सदस्य अन्य आम नागरिक सरह हुन् । दूतावासको लेटरप्याड र रकम ब्यक्तिका नाममा खर्च गर्नु अनियमितता हो । निम्तामा आयोजक ‘महामहिम राजदूत पत्नी सजना श्रेष्ठद्वारा १३ तारिख शनीवार भेटघाट तथा दर खाने कार्यक्रम राखिएको हुँदा नेपाली दीदी बहिनीहरु सबैलाई नेपाली राजदूतावास हार्दिक आमन्त्रण गर्दछ ‘ भनिएको छ । कार्यक्रम आयोजना गर्ने राजदूत निवासमा । लेटरप्याड र रकम नेपाली दूतावासको । अनि प्रचारप्रसार ब्यक्तिका नाममा ।

यसै विषयमा मैले हिजो राजदूत मोहनक्रिष्ण श्रेष्ठसितै प्रतिक्रिया लिन खोजेको थिएँ । दूतावासमा साँढे चार बजे फोन गर्दा उनी हिँडिसकेका रहेछन् । नेपाली महिलाहरुको पर्व तीजका अवसरमा दूतावासले यस अघिपनि मनाउने गर्थ्यो । गत सालपनि यसैगरि मनाएको थियो । गतसालपनि यसैगरि सजना श्रेष्ठकै नामबाट आएको थियो । तर ब्यक्तिका नाममा निम्ता आएकाले त्यो नीजि तवरबाटै आयोजना गरिएको होला भन्ने ठानियो ।

दूतावास निवासमा तीज पर्व मनाउने शुरुवात २०६६ सालबाट त्यतिबेलाका कार्यवाहक राजदूत (हाल मिनिस्टर काउन्सिलर) जिवनप्रकाश श्रेष्ठ पत्नी निता श्रेष्ठले गरेकि हुन् । ‘दूतावासको पैसोमा निजि प्रचार गरेर पर्व मनाउने, सरकारको धन ब्यक्तिका नाममा खर्च गर्ने यो शिलशिला तपाइहरुबाटै त भएको होला नी’ भन्दै मैले जिवनप्रकाश श्रेष्ठसित सोधेको थिएँ । उनले त्यसलाई ठाडै अविकार गरे। उनले भने “पहिलो पटक तीज पर्व मनाउँदा दूतावासले पानी र जुसको ब्यवस्था गरिदिएको हो ।  आएका पाहुनालाई चिया, कफी, जुस वा पानी खुवाउनु शिस्टाचार र स्वागत गरिने सामान्य परिधीमै पर्छ । बाँकी सबै खर्च हामीले नीजि तर्फबाट गरेका हौं र कतिपय खाना घरघर बाटै भाग लगाएर ल्याइएको हो।”

अन्य दूतावासमा यस्ता पर्वहरु आयोजना गर्दा के कसो हुने रहेछ ? मैले कूटनितिक रिपोर्टिङमा नाम कमाएका फ्रान्सेली पत्रकार फँस्वा लियोनेललाई फोन सम्पर्क गरेर सोधेको थिएँ, ‘तिम्रा देशका राजदूतहरुलेपनि यसैगरि श्रीमतीका नाममा दूतावासको लेटरप्याड र पैसोमा कार्यक्रम मनाउँछन् ? कस्तो हुन्छ प्रचलन ?” सोध्नासाथ उनी हाँसे । उनको भनाइ थियो, सामान्य कूटनितिमा राजदूतकी पत्नी को हो, छोराछोरी को हो भन्नेपनि सरकारलाई मतलव हुँदैन । ति अरु जस्तै सर्व साधारण हुन् । भने ‘हाम्रो देशको राजदूतले भए पहिलो त यस्तो गर्ने आँट नै गर्दैन । अर्को कुरो, यो सिधै दूतावासको स्रोत र साधन दुरुपयोगमा पर्छ । तपाईको देशमा कूटनितिज्ञले कस्तो पहुँच राख्छ भन्ने यो उदाहरण हो ।’

नेपाली चेलीबेटीलाई बोलाएर तामझामका साथ स्वागत गर्ने, रमाइलो सित मनाउने, नामपनि कमाउने हो भने निजि खर्च गर्नुपर्छ । ब्यक्तिगत तवरबाटै निम्ता गर्नुपर्छ । नाम कमाउनु छ भने बरु देशकालागि केहि गर्नु उचित हुँदो हो । भगवानका नाममा भोको बस्ने महिलालाई राष्ट्रिय सम्पत्ती को दुरुपयोग गरेर रमाइलो गरिदिन खोज्दा तिनको मन पो के रमाउला ?


  • देशमा उस्तै बीदेशमा उस्तै यो एक मौका भयो यी फटा हरुलाई प्रधानमन्त्रीलाई त कसैको मतलब छैन अनि यीनीहरुलाई के को फिकर र ?यस्ता भ्रष्ट नेताका हामी कार्यकर्ता जनता |

    मन परो वा परेन: Thumb up 9 Thumb down 6

    [Reply]

  • राम गुरुङ

    श्रीमतीलाई के के न गरेकी छे भनेर देखाउन / जनताको पैसोमा स्वास्नीलाई इज्जत दिन खोजेको / हाहाहाहा कति हास्नु ?

    मन परो वा परेन: Thumb up 17 Thumb down 4

    [Reply]

  • sherpa ji

    थुक्क , गिच्नुनै छ बने आफ्नो नाम राखेर बोलौनुनी सबैलाई !
    अनि यो महामहिम राजदुतजिउको सिरिमति बन्ने सब्द चाही कहाँ बाट आयो नि ?
    बादेर गास खुऔनु पर्नी तेस्लाई .

    मन परो वा परेन: Thumb up 10 Thumb down 4

    [Reply]

  • राजन घिमिरे

    ददी जी क्या याआर भित्र भित्र अरु कति पैसा कपाकप पारेको होला यो मान्छेले । तपाइँले उसको स्वास्नीको नामको भोजलाई नियम मिलेन भन्नुहुन्छ ।
    बिचरा स्वास्नीलाई पनि देखाउन मन लाग्छ नि ।

    मन परो वा परेन: Thumb up 7 Thumb down 3

    [Reply]

  • देवराज पौडेल

    एम आर पी काण्डमा सुजातालाई सहयोग गरेर, नेपालको गोप्य सूचना बहरतालाई दिएर, मन्त्रालयको गोप्य सूचना सुजातालाई पासा गराएर त्यो पासपोर्ट बनाउन भारतलाई दिन ज्यान फाल्नुहुने बहादुर राजदूत हो उहा / राश्त्रियाबिरुद्दा त्यत्रो काम गर्नेलाई जाबो अलि अलि अनियमितता गर्ने के ठूलो कुरो भयो र ?

    मन परो वा परेन: Thumb up 13 Thumb down 3

    [Reply]

  • ppp

    kun din 6oro ko pasni ko nimto pani letter pad mai lekhera gar6an vanne dar…….

    मन परो वा परेन: Thumb up 8 Thumb down 2

    [Reply]

  • gurung

    Dadhi ji salute to your civic responsibility. Those diplomates are the burden of our motherland. They have to correct themselves immediately

    मन परो वा परेन: Thumb up 10 Thumb down 2

    [Reply]


  • haina ke saro gareka hun bujnai garo bhayo – uff

    aashish @ Nepali FM

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • राजेश मानन्धर

    दुतावासमा एक जना सालोले नि जागिर खान्छा रे ददी जी / अनि एस एल सी गुल्तुंग खाको हो रे / दुतावासमा त्यस्तो गरेर पनि जागिर खाना पाइन्छा ? भोज भतेर पनि निकै जान्छा रे / सबै कुरा बुझेर हामी पर राष्ट्रका कर्मचारीलाई पठाइदिए हुन्छा नी

    मन परो वा परेन: Thumb up 9 Thumb down 3

    [Reply]

    अनुराधा पौडेल Reply:

    राजेश जी
    तपाइँ परराष्ट्रकै कर्मचारी हो कि होइन मलाइ थाह भएन । सालो साली ल्याउन मिल्ने नमिल्ने तपाइँहरुलाई बढी थाह हुनु पर्छ । नियमले मिल्छ भने जसले पनि ल्याउँछन् । मिल्दैन भने तपाइँहरुले रोक्नुपर्छ उतै । कुरो सालो साली या आफन्त या कति पढेको भनेर थाह पाउने काम जासुसको होला । तर मेरो बिचारमा साला साली र श्रीमतीलाई दुताबासमा जागीर खुवाउन पाइन्न तर राजदूतका हातमा केहि कर्मचारी नियुक्ती गर्ने अधिकार छ भने साला साली हेरिहाल्छन् । यहाँ पनि साला छन् ।

    यहाँ उठेको कुरो चाँही यति मात्र हो कि राजदूतको श्रीमती भनेको म सरह साधारण नेपाली महिला हो । भलै उहाँको श्रीमान बिशिष्ट तहमा हुनुहुन्छ । लोग्ने बिशिष्ट हुँदैमा श्रीमती बिशिष्ट हुने होइन । त्यसो हुने भए नेपालमा मन्त्राणी र प्रधानमन्त्राणी धेरै हुन्थे । तर नेपालको म हुँ भन्ने वर्ग लोग्ने भन्नु र म भन्नु उही भन्छन् । आँफू फरक ब्यक्ति हुँ र मेरो फरक अस्तित्व छ भनि पहिचान गर्न सक्दैनन ।

    राजदूत को श्रीमतीले आफ्नो ब्यक्तिगत खर्चमा भोजभतेर र तमासा जतिगरेपनि हुन्छ । त्यसमा हामीलाई कुनै चासोको कुरा छैन । तर दुताबासको लेटर प्याड ब्यक्तिका नाममा दुरुपयोग गर्न पाइन्न । यो कहिँ नभएको जात्रा हाँडीगाउँमा हो । कुरो सानो देखिएपनि सरकारी खर्चमा राजदूतले जानेर या नजानेर श्रीमतीलाई बढवा दिएको देखिन्छ ।

    तर कुरो यति मात्र होइन तपाइँ परराष्ट्रको कर्मचारी हो भने यो कुरा यहीँ बाट सोध्न चाहन्छु के परराष्ट्र मन्त्रालयले बिदेशमा रहेका नेपfली सँघसँस्थाहरुलाई मनखुसी पैसा दिन सक्छ ? पेरिसमा यस्ता केहि सँस्थाहरु छन् जसले दूताबास बाट पैसा लिन्छन् । त्यसो हो भने सबै सँस्थाले पैसा किन पाउन्नन दुताबास बाट ? उत्तर दिनुस परराष्ट्र कर्मचारी महोदय । यो कुन नियममा लेखेको छ ?

    भोज भतेरको कुरोमा यहाँ भोज भतेर निकै हुन्छ । चाडबाड अनुसार । यत्रो भोज भतेर गर्ने बजेट पहिला पहिलाका कर्मचारीले कता हाल्थे होलान् भन्ने चाँही मलाइ लाग्छ । यदि अहिलेका राजदूतले नियमपूर्वक भतेर गर्ने हुन् भने त निकै नै पैसा अघिल्ला अघिल्ला पालमा ब्यक्तिका गोजीमा गएको हुनुपर्छ । त्यो पैसाको पनि छानबिन भए हुन्थ्यो । हिम्मत छ तपाइँहरु सँग ? छानविन गर्न । कि सुजाताको सारी सझ्ययो कि खुट्टा काम्छन् तपाइँहरुका ?

    मन परो वा परेन: Thumb up 8 Thumb down 6

    [Reply]

    samar k. thapa Reply:

    अनुराधा जी तपैले सहि भन्नु भयो जस्तो लाग्छ किन भने प्राय सबैले आफ्नो साला साली नै लेराएको जस्तो देख्छु किनभने पहिलाको ले पनि सालो नै लेराएको थियो अनि अहिलेको सुब्बाले पनि सालो लेराएको छरे र उसले पनि बाहिर काम गर्छारे अनि पहिलाकोले पनि पहिलाको cleanerko भन्दा बढी पैसा दिएर आफ्नो सालीलाई राखेको छ भन्ने सुनिन्छानी येस्तोमा सबैले मौका मिल्नासाथ आफ्नो मान्छे राखिहल्छान्नी के गर्नु येस्तई भएर त् देश झन् झन् ओरालो लाग्दै छ नि होइन र?के गर्नु कोहि आफ्नो मान्छे लेराउने कोहि आफ्नो भन्दै पैसा खाएर लेराउने सबै उस्तै हुन् मौका मिल्नासाथ चौका हानिहल्छान अनि केहि भयोकि सुजाताको सारी सम्झेर लुकिहल्छान्नी .
    यिनीहरु सबै भोका ब्वासा हुन् अनुराधा जी जब सम्म नाताबाद कृपाबाद हट्दैन सधै येस्तई हुन्छ.

    मन परो वा परेन: Thumb up 8 Thumb down 2

    [Reply]

  • सहदेव कँडेल

    मामा को घोडा फूपूको हीँहीँ भन्या यहि हो । चार वटा च प्रयोग गरेर राजदूत हुने गरेपछि यस्तै हुन्छ काम गराइ ।
    च– चाकरी
    च- चम्चागिरी
    च-चाप्लुसी
    च-चाटुकारी

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • sangita gyawali

    तिजको दर खुवाउनुनै छ भने नेपालका गरिब का चेली लार्य खुवाए हुन्छनी बिदेशमा गएर केको तमासा गरेको

    मन परो वा परेन: Thumb up 8 Thumb down 0

    [Reply]

    सहदेव कँडेल Reply:

    यहा आयोजना गर्दा यस्सो रकममा लट्टी पट्टि पार्न पाइन्छा नी त संगीताजी / नेपाली सा*स्कृतिक गृहले आयोजना गरेको छ यहि तीज / पाकोफेना भन्ने सस्थालेपानी आयोजना गरेको छ / अनि यहि तीज दूतावासले पनि आयोजना गर्नुको कारण के हो ? के आवश्यक छ ? गरिव देशको पैसामा तिमीहरु स्वास्नेका नाममा खर्च गरेर बहादुरी गर्ने ? यस्ता घुस्याहालाई हाल्नुपर्छा अख्तियारमा / यो लेटर सुरक्षित राखेर हाल्नुपर्छा / देशको सम्पत्ती स्वास्नीका नाममा खर्च गर्ने कलङ्क / देशको लागि कुनै आर्थिक काम गर्नु पर्नेमा उल्टो स्वास्नीको नाममा पैसो अनियमितता गर्ने / तीज मनाउने यस्तो गर्नेले अरु कति खाको होला ?

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]


  • hajur dherai saal bata sundai ani bhogdai aaeko ho hajur afno 2 duno sojaunus hajur,embassyko terfbata aaekaharuleta furti dinchan……..bhalo hos pashupatinath.

    मन परो वा परेन: Thumb up 3 Thumb down 1

    [Reply]

  • rk dube Marseille

    मेरो बिचारमा एस्लाई ठुलो कुरो बनाएर काम छैन, किन भने एस्तो कार्यक्रम अरु देश को राजदूत ले अथबा श्रीमती ले पनि गर्छन. कुटनीतिमा एस्तो हुन्छा यो कुनै नौलो कुरो होइन तर देशको संस्कृति प्रबर्धन गर्न केहि buget सरकार ले नै दिएको हुन्छा कमसेकम राजदूत ले त्यो राम्रो परम्परा गर्नु भयेको मा बधाई छ. म सापकोटा जी लाई अरु ठुला कुरामा दिमाग चलाउन आग्रह गर्दछु. खाली राजदूत को मात्रै कुरा काटेर हिड्नु राम्रो होइन नेपाल-फ्रान्स सम्बन्ध बिकाश गर्न त्रुटी गरेको भए आलोचना गर्न मिल्छा येस्ता झिना मसिना कुरा मा न अल्मिलनु नै बेस हुन्छा बल्ल बल्ल धेरै समय पछी फ्रान्स मा एउटा राम्रो राजदूत आउनु भएको मा म खुशी नै छु

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 14

    [Reply]

    राम गुरुङ Reply:

    आर के जी हो तर राजदूत भन्ने पद देशको सेवा गर्न, देशलाई केहि गर्न आउने हो कि देशको सम्पत्ती नाश गर्न ? त्यसो भए त जनै पुर्णिमाको दिनमा जादा अपर्ती गर्ने र त्यसको निम्ता नि दुतावासको लेटरप्याडमा बकाइदा लेखेर पथाउना पाउनु पर्र्यो नी / गर्नै छ भने राजदूतले नै आफ्नो नाममा किन नगरेको ? श्रीमतीलाई कमाउनु पर्ने छ बहने कुनै रचनात्मक काम गरे हुन्छा नी देशको लागि / सरकारी ढुकुटीमा मोज गरेर स्वास्नीको नाममा कार्यक्रमा गर्न त पाइदैन नी / एकदम सहि लेख्नु भो ददी जी / कोहि न कोहि बहादुर निस्किने पर्छा नत्र यस्तो मनपरी झन् बढ्दै जान्छा /

    मन परो वा परेन: Thumb up 4 Thumb down 2

    [Reply]

    सहदेव कँडेल Reply:

    एउटा न एउटा चाकरीबाज त निस्किहालने रहेछा / देशको सम्पत्ती कर्मचारीले स्वास्नीका नाम मा खर्च गर्दापनि सानो मसिनो कुरो रे / यस्सो चाख्न पाएको होला यो मान्छेले राजदूतको /

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

    Yeuta nepali Reply:

    कंडेल जी, कुनै ब्येक्तिले आफ्नो विचार प्रस्तुत गर्दा तेस्लाई चाकरी बाज भन्न मिल्दैन. बैचारिक द्वन्द गर्नु भनेको एउटा शिक्षित ब्येक्तिको पहिचान हो. त्येसैले तपाईहरु जथाभाबी गालि गरेर आफ्नो स्तर नदेखाउनु नै उपयुक्त होला.

    मन परो वा परेन: Thumb up 4 Thumb down 1

    [Reply]

  • rk dube Marseille

    kura k bhane nepalma neta haru lader kehi bhutibhang bhayeko chhaina bahira ka nepali pani sano sano kura jhikera niu khojne matrai chhan yesto abasthama kaam garchhu bhanne lai dekhi nasahane prabitti chha rajdoot ayepachhi yeutako pachhi lagera khai pai ayeko katti bhaye pachhi yesto gareko ho, aafule gare j pani thik hoina bhane j pani bethik bhanne niti apnauna bhayena pahile karya bahak bhayeko sanga milera yo sabai nakaratmak sailee ma attack garne kaam bhayeko bhanne hijo maile sune yesto pani garnu hunchha ?

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 12

    [Reply]

    राम गुरुङ Reply:

    हैन क काम गर्र्यो हँ यो राजदूतले त्यत्रो ? केहि काम गर्न खोज्ने रे ? स्वास्नीका नाममा नेपालको धन खर्च गरेर भोज खुवाउनु ठूलो काम हो ? त्यस्तो स्वास्नीलाई नाम प्रचलित गराउन मन लागे त आफैले केहि कार्यक्रम गर्नु नी ! तपाइअलैइ त्यस्तो चित्त दुख्य भए हाल्दिनु न त्यो कार्यक्रम गर्ने पैसा / नत्र कुनै माइकालालले नेपालको सम्पत्ती स्वास्नीको नाममा खर्च गर्न पाउ**दिन / नेपालको सम्पत्ती राजदूतावासका मान्छेको बाउको धन पनि होइन / ति लुट्न, ठग्न, अनियमितता गर्न आएका पनि होइनन / खास कुरो यहि हो /

    मन परो वा परेन: Thumb up 4 Thumb down 4

    [Reply]

  • rk dube Marseille

    मैले पहिले पनि भनि सकें यो ठुलो कुरो होइन गुरुङ्ग जी, किन भने राजदूत को श्रीमती लाई पनि कुटनैतिक राहदानी दिएको हुन्छासरकारले / तपाई भन्नु सक्नु हुन्छा किन दिन्छा ? तपाई संग एसको उत्तर छ ? खासगरी राजदूताबास मा काम गर्न कोहि व्यक्ति त्यो पनि राजदूत पदमा प्रम को शिफरिषमा राष्ट्रपति द्वारा नियुक्त भइ आउँछ भने त्यो व्यक्ति rue saint Denis मा
    एउटा कोठा भाडामा बस्ने को जस्तो हैसिअत हुँदैन /
    अर्को कुरो राजदूत ले आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्न कुनै देश मा त्यो देशको राष्ट्रपति वा राजा (स्पेन) कहाँ जाँदा सरकारले राजदूत संगै जान airticket सहित खान बस्न को राम्रो प्रबन्ध गरेको हुन्छा त्यस्तै गरि Elysee palace मा हरेक जनवरी को पहिलो हप्ता राजदूत र राजदूत को श्रीमती हरु र दुताबासको अन्य कर्मचारी लाई निम्तो गरि फ्रान्स को विदेश नीति मा राष्ट्रपति ले लामो भासन दिनु हुन्छा येस्मा राष्ट्रपति आफैले राजदूत र उनको श्रीमतीलाई आफ्नो श्रीमती संग परिचय गराउनु हुन्छा येस्मा कसैले रिस गरेर हुन्छा
    त्यसैले राजदूतको श्रीमतीको पनि आफ्नो देश लाई प्रतिनिधित्व गर्ने भूमिका हुन्छा
    यो तिज को कार्यक्रम भनेको सामाजिक कार्य हो र त्येस्लाई महत्व दिदै राजदूत ले आफ्नो श्रीमती को नाम बाट कार्ड बाँड्नु कुन ठुलो कुरो हो र ? येस्मा पनि तपाई भ्रस्टाचार देख्नु हुन्छा भने तपाइको अल्प ज्ञान नै हो/ त्यसमा राजदूतको श्रीमती को हैसियत को रिस गरेर केहि हुने वाला छैन राजदूताबास को pad प्रयोग गरेकोमा पनि ठुलो गल्ति होइन, अरु देश का राजदूत ले पनि गरेको सयौं उदाहरण म संग छ येस्मा तपैले जहाँ उजुरे गरे पनि लाग्दैन / यो कुटनीतिमा मामुली कुरो मा पर्दछा
    एस्त कुरा हरु तपैले बुझ्न सक्नु हुन्न / त्यसैले तपाइलाई मेरो अनुरोध के भने नेपालमा भएका ठुलो भ्रष्टाचार को केश हरुलाई उजागर गर्नु होश एस्तो जाबो २०० यूरो खर्च गर्ने कार्यक्रम को के कुरागर्नु हुन्छा जो राजदूत ले सजिलै गर्न सक्छा र सरकारले पनि एसको अनुमति दिन्छा. नेपाल मा अरबौं को लूट भइ रहेको छ त्यो पनि दिन दहाड़े बरु त्यसमा लाग्नुस् र बिरोध गर्नुस त्यसमा तपैले मानेका र पूजेका तपैका प्रिय नेताहरु संलग्न छन्/
    त्यहाँ मैले पनि धेरै स्वो घोषित राजदूत हरु पेरिस मा देखेको छु र भेटेको छु र अझै पनि ओ जा हरु (अति जान्ने) छन् तिनीहरु पनि नेपालका नेता हरु को चाकडी गरि केहि पैन्छा कि भनि काठमाडौँ म़ा पानि पर्दा पेरिस मा
    छाता ओडेर बसेका छन् ति पनि अल्प बुद्धिका Diplomat नै हुन्

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 6 Thumb down 11

    [Reply]

    राम गुरुङ Reply:

    तपाइ कि त त्यहि राजदूतको किर्ती नम हुनु पर्छ । कि त उसको चाकरीबाज । तपाइको जस्तो फूर्सद् छैन चाकरी गरेर खाने । त्यसैले जम्मा दुई वटा प्रश्न-
    -राजदूतको श्रीमतीको अनममा लेटरप्याड प्रयोग गर्न पाइने भए एउटा मात्रै उदाहरण पेश गर्नुहोस न ।
    - राजदूतको श्रीमतीलाई राजदोतसित बस्ने, खाने, उसको श्रीमतीको हैसियतले उपाचार गर्ने सहुलियत दिएको हुन्छ । अधिकार हुँदैन । लेटरप्याड प्रयोग गर्ने काम अधिकार भित्र पर्छ सहुलियत भित्र पर्दैन । पर्छ भने लौ न परराष्ट्रको त्यो राजदूत भन्दा माथिको कर्मचारीको भनाइ वा कुनै लिखित आधार पेश गर्दिनुस् न । विश्वमा कूटनिति शुरु गर्ने (राजदूतावास खोल्ने) प्रथा फ्रान्सले शुरु गरेको । फ्रान्सकै कूटनितिमा लेख्ने पत्रकारले भनिसक्यो नी के हुने रहेछ ।

    मन परो वा परेन: Thumb up 5 Thumb down 1

    [Reply]

    राजन घिमिरे Reply:

    यहा उठेको कुरो लेटरप्याड श्रीमतीको नाममा प्रयोग भयो भन्ने हो एलिजे प्यालेसमा श्रीमतीलाई डिनर खान बोलायो भन्ने कुरा उठेको छैन । बिषय बस्तुभन्दा बाहिर कुरो मोडेर लेख्ने पक्कै पनि राजदूत नै हुनुपर्छ कित उसको चाटुकार । नत्र सार्कोजीको एलिजे प्यालेसको कुरा कसलाई थाह हुन्छ ? त्यहि त ठूलो ठूलो लाख लाखको खानी बानी परेकालाई जाबो दुइ तीन शय यूरो के हो र सही कुरो । बाँकी राम गुरुगको कुरामा सहमत ।

    मन परो वा परेन: Thumb up 7 Thumb down 1

    [Reply]

  • Anil

    वास्तव मा भन्दा यो गलत परिपाटी हो. संस्था को लेटर प्याड अफिस भन्दा बाहिर को प्रयोजन को लागि प्रोयोग गर्न पाइन्न . यो मिस्टर फ्रान्स को राजदुत लाई चेतना भया. छोरि को बिहे को निमंत्रना पनि लेटर प्याड मा पठाऊ नु होला फेरी.

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • रमेश

    देशको राष्ट्रियता बिरुद्द अकम गर्ने राजदूत हो यो । तपाइले जति चाकरी गरेपनि चोखिंदैन यस्तो मान्छे ।
    ल हाम्रो देशको बिरुद्द कस्तो काम गर्नु भएको थियो अहिलेको राजदूत श्रेष्ठले भन्ने तलको समाचार पढ्नुस् ।

    • एमआरपी ठेक्का प्रक्रिया अपारदर्शी : परराष्ट्र मन्त्री सुजाता
    लेखनाथ पाण्डे, काठमाडौं, साउन ७- कामचलाऊ परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफ्नै मन्त्रालयले अघि बढाएको एमआरपी छपाईसम्बन्धी ठेक्का प्रक्रिया ‘अपारदर्शी’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। सुजाताले यही कारण मूल्याङ्कन समितिले ठेक्कासम्बन्धी विभिन्न कम्पनीका प्रस्ताव आफूलाई नदेखाइएको पनि बताइन्। जबकि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का प्रक्रिया मूल्याङ्कन समितिले गोप्य राख्नुपर्ने स्पष्टै उल्लेख छ।
    ‘म मन्त्री हुँ, मन्त्रीले बारम्बार माग्दा पनि कागजात नदिने ?’ मूल्याङ्कन समितिका सदस्यप्रति सुजाताको प्रश्न थियो।
    सुजाताले आफू ‘केअरटेकर’ मन्त्री भएकाले कागजात नबुझाइएको जिकिर गरेकी छन्। मन्त्री निकट स्रोतका अनुसार गत वर्ष एमआरपी छपाईका लागि टेण्डर प्रतिस्पर्धामा मूल्याङ्कन समितिका तत्कालीन संयोजक तथा फ्रान्सका लागि राजदूत मोहनकृष्ण श्रेष्ठले नियमविपरीत मन्त्रीलाई कागजात बुझाएका थिए। ‘त्यही नजिरका कारण मन्त्रीज्यूले फेरि काजगात माग्नुभएको थियो’, शिष्टाचार महापाल मुक्ति भट्टको संयोजकत्वमा गठित मूल्याङ्कन समितिका एक सदस्यले नागरिकसँग भने- हामीले नियमले मिल्दैन भनेका हौं।
    सुजाताले विभिन्न सञ्चार माध्यममा टेण्डर प्रक्रियामा प्रश्न उठेको भन्दै ‘पुनरावलोकन’ हुनुपर्ने धारणा व्यक्त गरिन्। पुनरावलोकन गरेर कसलाई यो ठेक्का दिनुपर्छ भन्नेचाहिँ खोलिनन्।
    परराष्ट्रका कर्मचारीहरूले सार्वजनिक लेखा समिति र आफूलाई समेत ‘अपूरो’ र मूल कागजातको ‘सारांश’ बुझाएको आरोप लगाइन्। ‘सबै फाइल बुझाइएको छैन’, उनले भनिन्- सारांशमात्र बुझाइएको हो।
    परराष्ट्रले फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी ठेक्का दिने निर्णय गरेपछि प्रतिस्पर्धी कम्पनीद्वय पेरम पेरुरी र देलारुले उसले कमसल पर्सोनालाईजेसन प्रिन्टर प्रस्ताव गरेको उल्लेख गर्दै उजुरी हालेका थिए, जुन अनुसन्धानबाट पुष्टि हुन नसकेको परराष्ट्रले स्पष्ट पारेको छ।
    परराष्ट्रले चरण–चरणमा गरी लेखा समितिलाई तीन सय पृष्ठभन्दा बढी कागजात बुझाएको छ। लेखा समितिले यसबारे शनिबारको बैठकमा छलफल गर्ने भएको छ।
    स्रोत- http://nagariknews.com/politics/party-politics/16051-2010-07-23-12-30-14.html

    मन परो वा परेन: Thumb up 2 Thumb down 2

    [Reply]

  • rk dube Marseille

    nagarikma chhapiyeko yesto hawa samachar lai aadhar manera desh ko biruddha kaam garyo bhanera yetro aarop lagaune ? Yedi unhale tyesto kaam gareko bhaye AKHTIYAR le ahile samma chhodatha thyo ?

    Mero bichar sunnu hunccha bhane nepalma sabai bhanda pahile patrakar ra nyayedhish/wakil haru lai jhundyaunu parchha. tiniharu matrai asal bhaidiyeko bhaye ahile samma neta haru pani thekaan lagi sakthe ra nepal line ma ayee sakthyo.tara adhikamsa patrakar sida ra handi khayera hidne ra blackmail garne kaam ma lageka chhan sathai bideshiko isharama news chhapchhan jasto yo blogle kasko ko lagi kaam gardai chha ? tyahi prachande jasle satra hazaar nepali marne kaarak banyo ? Aakhir janta le tyes ko sato k paayo ? hatya hinsa loot balatkar?
    tyasaile hunale yeuta geet quote garchhu:
    Phool le dekhchha phoolai sansar
    Ali positive sochnus sabai thik hunchha.

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 8

    [Reply]

    रमेश Reply:

    यो राजदूतका खेल का बारेमा मैले अस्तिनै ददीजीलाई लामो लेखेर पथाएको थिए । कसरि राजदूत भयो ? के के काम गर्‍यो बिगतमा ? दरबारसित कस्तो सम्बन्ध थियो ? कस्तो भूमिका खेल्यो एम आर पी मा ? सबै । तर उहाले छाप्नु भएन । तैपनि म यहा फेरी के उल्लेख गर्न चाहन्छु भने यो राजदूतले सुजाता र माधव नेपालको चाकरी गरेर आफू भन्दा माथिलो अफिसरलाई पालो मिचेर राजदूत बनेको हो . अब हुदा हुदा नागरिक न्युजको समाचारलाई दोष दिन थाल्नुभो ? किन त्यो राजदूतले खंदाना छपाउन सकेन त ? किन त्यत्रो राष्ट्रघाती kaama गरेको आरोप लगाउदापानी पत्रीकालाई मुद्दा हाल्न सकेन त ? काठमादौ आउदा जहिलेपनि किर्ते समाचार छाप्न खाली पत्रिकाका कार्यालाया धाउने गर्छा भन्ने पर राष्ट्रका सबै कर्मचारीलाई थाहा छ /

    मन परो वा परेन: Thumb up 3 Thumb down 2

    [Reply]

  • Bikash

    MR. rk dube Marseille, तपाईं आफ्नो सही नाम र ठेगाना दिन नसक्ने मान्छे के राम्रो र के नराम्रो भनेर तर्क राख्नुहुन्छ?? मान्छे चाँही नेपाल मा बसेर नाम चाँही Marseille??
    सक्नुहुन्छ भने आफ्नो सही नाम र बसेको ठाउँ लेखेर कमेन्ट गर्नुहोस् ! हचुवहचुवामा कोसैलाई माथि पुर्‍याउनु पर्दैन एथार्थ नबुजी किन

    मन परो वा परेन: Thumb up 9 Thumb down 2

    [Reply]

  • rk dube Marseille

    म rk dube सप्तरी बाट आएको ४ महिना भयो Marseille म़ा / यहाँ droit International पढ्दै छु मेरो ठेगाना 56 rue d ‘Algerie , Marseille 11012 हो/ म अब ५/६ महिनमा नेपाल फर्किन्छु /
    कुरा के भने म नेपाल बाट पेरिस आइपुग्दा एक हप्ता त्यहाँ बस्ने मौका मिलेको थियो त्यहाँ का नेपाली हरु पनि भेटेको थिएं उनीहरुको attitude मलाई ठिक लागेको थिएन अहिले यो प्रमाणित भएको छ आफु कोहि बिकाश, रमेश, अनिल लेख्ने अरुलाई तपैंको पुरा ठेकाना लेख भन्ने ? मैले त कमसेकम दुबे लेखेको छु/
    मलाई के लाग्छा भने त्यहाँ का ९० प्रतिसत नेपाली Manual Job गर्छन र बेलुका जाँड खाएर Diplomacy का कुरा गर्छन /
    तपाइलाई Vienna Convention के हो थाहा छ ? Ambassador Extraordinary and Plenipotentiary भनेको के हो थाहा छ ? अनि मात्र discussion गर्न रमाइलो हुन्छा
    त्यसैले तपैहरु संग तह (level ) नमिल्ने हुँदा म बिदा लिन्छु नेपाली पोलिटिक्स यहाँ पनि गरि फ्रान्स लाई कालान्तरमा नेपाल बनाउन शुभ कामना दिन्छु Au Revoir

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 5 Thumb down 13

    [Reply]

  • राम गुरुङ

    पहिले राजदूतको भाइले ओसारेर यहाँ छोड्थे । अनि कति नेपाली यहिँ बेपत्ता भए । त्यस्तै सहयोगमा आएकोले हो यति धेरै चाकरी बजाएको ?

    मन परो वा परेन: Thumb up 3 Thumb down 2

    [Reply]

  • Bikash

    Mr. rk dube पहिलो कुरा त तपाईं Marseille मा बस्ने होइन, कृपया दधी जि ले यो मान्छे को IP address चेक गर्नु पर्‍यो! तपाईं लाई यहाँ को नेपाली को बारेमा के थाहा छ र लेवल मिल्दैन भनेर फुर्ती लगाउनु हुन्छ ? ४ महिना एत्रो फुर्ती ? बिस्तारइ थाहा हुनेछ!
    के चिन्नु भएको छ यहाँ को कस्तो छ भनेर? तपाईं को लेवल के हो? क् छ तपाईं को औकात?
    एसरी सबै पेरिस बसी नेपालीहरुलाई एस्तो भन्नु तपाईंको मेन्टल पावर र तर्क राख्ने छ्यमता को कमजोरी को प्रमाण दिन्छ! अरु को attitude को कुरा गर्नु अगाडि आफ्नो ठीक बनाउदा ठीक होला
    फ्रान्स मा Manual Job काम गर्ने मान्छे लाई यहाँ ठुलो मानिन्छ तपाईं droit पढ्ने मान्छे भनेको होइन? के भुत्रा को droit International पडेको?

    by – Bikash – Paris 57006 – Studnet graphic designer ( 5 years in paris)

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

  • Pushpa

    बिदेशमा नेपाली राज्दूताबासले समयसमयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिराखेको हुन्छ । तीजको अवसरमा जुन कार्यक्रमको आयोजना भएको छ त्यसलाई दूतबासको स्रोतको ब्यक्तिगत प्रयोग भन्न मिल्दैन । राज्दूतको श्रीमतिको नाममा त्यो निप्तो जानु मिल्छ कि मिल्दैन त्यो प्रश्न हो । गल्ती भए एती मात्र हो कि राज्तूतबासको नाममा जानु पर्ने नीम्तो राज्दूतकी श्रीमतिको नाममा गयो । Procedural error लाई Procedural error भन्नु पर्छ, abuse of power होईन । नत्र तपाईंको reporting yellow journalism को एउटा अर्को नमुना हुन्छ ।

    मन परो वा परेन: Thumb up 4 Thumb down 1

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree