हतियार उठाएबापत शान्ति पुरस्कार ?

नेकपा (माओवादी) ले २०५२ साल फागुनबाट हतियार उठायो । उसले शुरु गरेको जनयुद्दबाट कम्तिमा १२ हजार नागरिक मारिए ।6971cmain-photo-trn.jpg हजारौं घाइते भए । सयौं बेपत्ता छन अझै । अरबौंको आर्थिक क्षति भयो । मारिएका मध्ये अधिकांश सरकारी सेनाबाट हुन । बेपत्ता, मारिएका र पिडितमा माओवादीका तर्फबाटपनि प्रशस्तै छन । त्यो जनयुद्द सञ्चालन गर्ने पार्टीको अध्यक्ष प्रधानमन्त्री प्रचण्ड हुन । जनसेनाका सर्बोच्च कमाण्डपनि उनै । १२ वर्ष भन्दा लामो समय लडिएको जनयुद्दका क्रममा माओवादीका कति कमजोरी रहे ? कति मानिस माओवादीका तर्फबाट बेपत्ता भए ? कति मारिए ? कति लखेटिए ? अझै निष्पक्ष छानबिन भएको छैन । यस्तो बेलामा त्यहि जनयुद्द हाँक्ने प्रमुख ब्यक्ति प्रचण्डले राष्ट्रिय शान्ति पुरस्कार पाएका छन । त्यत्रा मानिसहरु मारिएका, हराएका, बेपत्ता भएका, बिस्थापित बनाइएको युद्द लड्ने नेताले शान्ति पुरस्कार पाउनुपर्थ्यो ? यो त हतियार उठाएबापत शान्ति पुरस्कार दिए जस्तो भएन र ?

 उनलाई बिहिबार डा डिल्लीरेमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार-२०६५ दिइएको छ । पुरस्कारको रासी एक लाख छ । राजनितिज्ञ तथा ईतिहासकार डा डिल्लीरमण रेग्मीको संझनामा स्थापना गरिएको डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले दिएको हो । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संबिधान सभाको कार्यान्वयन र दिगो शान्ति स्थापनाकालागि खेल्नु भएको भूमिकाका लागि भनेर दिएको रे त्यो पुरस्कार । पुरस्कार जे कालागि भनेर दिइएको हो ति पुरा भएका छन त ?  देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्यो ? जबकि संबिधान नै बनेको छैन । संबिधान सभाको कार्यान्वन पुरा भइसकेकै छैन । दिगो शान्ति त झन कसरि स्थापना हुनु ? प्रचण्ड आफैंले जनताले अहिले लडेर ल्याएको अधिकार गुम्ने संभावना छ भनिरहेका छन । जनताको अधिकार खोस्ने षडयन्त्र भयो भने फेरि हतियार उठ्न सक्छ भनेर प्रचण्डले आफैं भनिरहेका छन । अनि कसरि भयो दिगो शान्ति स्थापना ? माओवादीका जनसेना बिभिन्न सैन्य शिबिरमा छन । ति शिविरमा रहनु स्थायी समाधान होइन ।  भोलि ति शिबिरबाट बाहिर निस्कनपनि सक्छन । तिनको स्थायी थान्कोपान्को नलागेसम्म समाधान भयो भन्न सकिन्न । त्यत्रो जनयुद्द लडेको जनसेनाको स्थायी समाधान नै नभएसम्म के स्थायी शान्ति कायम भयो भन्न मिल्छ ?

प्रचण्डलेनै भनिरहेका छन कि दिगो शान्ति स्थापना अझै भैसकेको छैन भनेर । अनि दिगो शान्ति स्थापना गरेकोमा भन्दै पुरस्कार पाउँदा कस्तो लागेको होला प्रचण्ड स्वयंलाई ? अचम्म होइन त ? जे कालागि दिएइएको ति कुनैपनि पुरा भएकै छैनन । गणतन्त्र स्थापना, संबिधान सभाको निर्वाचन र अहिले सम्मको शान्तिको स्थापनामा प्रचण्डले खेलेको भूमिकालाई कसैले कम ठान्नु हुँदैन । तर शान्तिका लागि दिइने पुरस्कारकालागि के उनी योग्न ब्यक्ति हुन ? अथवा दिर्घकालिन शान्ति स्थापना, संघिय गणतान्त्रिक संबिधान निर्माण भएपछि मात्रै पो दिनु पर्थ्यो कि ? तपाईहरुलाई कस्तो लाग्छ ? के यो पुरस्कार प्रचण्डलेनै पाउनुपर्थ्यो ? 

फोटो साभार-गोरखापत्र अनलाईन

  • Birat pradhan

    I agree with you.this prize would be better if it was given to Girija prasad koirala because he has played very important role in taking maoist to the main political stream .if he has not done these maoist would be still in the jungle and killing innocent nepalese people and King gyanendra rulling the country in his cruel way.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • huna sakckchh tyo upahaar praptta gare pachi mod fress hune r digo santiko lagi bigul fuknepo hunki

    thikai pani ho

    anartha ma najjaaun pls

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • huna ta janauda ko naike lai santi puraskar diyajasto dekhinchha tara k garnu all nepali janata ko biswas payar priminister bhayaka chhan prachanda janata ko biwas ani santi puraskar bata samman huda pani feri santi ko satta andolan tir nai jane kosis garema nepali janatale priminister bata matra hoina nepal bata nai bahir hatauna parne hunchha tara hami aassa garu nepal ma abasya pani santi aaune chha .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • प्रदिप स्रि

    यस्तै हो यो नेपाल मा अहिले सम्मा कस्ले राम्रो काम गरेर दाम पाएको छ र
    माओवादी तिनै हुन जो अहिले सत्तामा कूर्चिमा बसेका छन र पनि मान्छे मार्न छोडेका छैनन भने
    हिजो जङगलमा बस्ने पनि तिनै माओवादी हुन जस्ले २ वटा श्रीमती भएका कती नेपाली छोराका हात्खुट्टा भाचे भने कतिका गर्दनै छिनाए
    कती छोराहरु आर्मिमा र पुलिश्मा जागिर खाएर परिवार पालेको भरमा घरमा ताला ठोकेर पनि जागिरबाट निकलियो जस्ले आज गल्लिमा नारा
    लगाउदै , टाएर बालेर रोटीको भिख माग्नु परेको छ । अर्कोतिर प्रकाश तिनै बाबु का छोरा हुन जस्का २ वटा श्रीमती छन अनी ठ्यक्कै पारासको पार लिदैछन जो आज नेपाल ka प्रथम प्रधानमन्त्री को निजी सचिब छन अब तपाईं नै भन्नुस् यस्ता महान ब्यक्तिलाई नदिएर हुन्छ त ?
    फेरी त्यो दिल्लिरमण प्रतिस्ठान्का मान्छे लाई ज्यान को माया छैन र ? पहिला शान्ति पुरुस्कार दिये पो आफ्नो र परिवारको ज्यान जोखिममा नपर्ला ……..

    प्रदिप स्रि
    दोहा कतार बाट

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sursh tiwari

    baleko aago tapne pratha ko paraakasta.swaim prachanda le bhandai thiya girija lai shanti puraskar garaune ghosana garthe tara afaile thapechan ni ta

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • प्रचण्ड – बिन्ती छ अब फेरी जङल नपस् जती मान्छे मार्यो मार्यो अब बाँच्न देउ सुखले, राष्ट्रिय शान्ति पुरस्कार लैजाउ बरु, तर बस्न्न नलगाउ सधैंइ नेपाली जनतलाई दुःèई दुःèले |

    दुखी यस् राई

    हाल बेलाइत

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • yo pursakar prachand le napaya ra kasle paune ho ra, aakhir uni bahek yogya byakti nai nepalma 6ainan bhane.baleko aagonai ho sabai le tapne, niveko aago kaslenai tap6 ra.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash

    NO Comments,,,,,,,,,पुरस्कार दिनेले भन्दा पनि पुरस्कार लिनेले आफु योग्य छु कि छैन भनेर सोच्नु जरुरी थियो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Aaru koi napayeko ho ta?

    i totally agree with anukul prakash… kun angle bata yo “shanti puraskar” diyeko hola?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • महेश किराति

    यो आज को नेपाल को बिडम्बना हो
    जस्लाइ फ़ासि को डोरि मा झुण्ड्याइनु पर्थ्यो आज त्यो शान्ति पुरस्कार बाट सम्मानित हुदै छ; हत्या, डकैति, अपहरण, निर्दोश लाइ चरम यातना दिदै क्रुरता को पराकास्टा पार गरि १३००० नेपाली हरु लाइ दिन दहाडे मार्ने आतताइ लाइ यसरि सम्मान गर्नु ले हामिले हिन्शा र अन्याय लाइ बिधिवत रुपले पुरस्क्रित गर्ने सन्स्कार को शिलान्यास भयेको छ

    यो हाम्रो मौलिक नेपाल नभै, यो यस्तो भुमि हुन गयेको छ जहा पापि हरु को साम्राज्य चल्दछ

    धिक्कार छ!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • a persons’who says i’m modern n also wants our country morden,want to change new nepal, n destrys all our deploping things such as brizes, schools, n it’s teacher police chuckeei g.b.s vaveen vdc vaveen ,telephone toiyer , electrict power house , n who makes reasicals descriminationals between the vai vai n who gives loud speech w/aggreseive word n made lakhes nepali peopals migrition as beggeras.so all peace n calm only his speech n killed kurouduee verry simple people which .priminister n gets pice prize for making blindness to us

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bijay bhandari From china .....

    पुरस्कार दिनेले भन्दा पनि पुरस्कार लिनेले आफु योग्य छु कि छैन भनेर सोच्नु जरुरी थियो ।..
    ………………………
    No integration at all. because you cannot just integrate any pary cadre into the national army. By coming to the mainstream of political system in Nepal, CPN Maoist cannot just integrate their party personnel in the governmental body. further more in every Governmental body except in politics you need to pass through different test and examination set by the organization. you cannot just get enter the organization because your party leader in the government.
    Also UNMIN has verified approximately 19000 maoist comrades and the weapons with them is approximately 3000, now how can present government(Maoist) can say that maoists comrades are elgible for the Nepalese army??The number of PLA and weapons with them simply don’ match it means How many PLA soldiers know to use the weapons correctly. it is the doubt?? Even after the integration (if done) whom they will serve their party or the country?, so i think maoist soldiers cannot be integrated in the national Army.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • k garako chha ra parchend la yo prushkar dieako

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree