दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
(दूतावासले आज पठाएको खण्डन कस्तो छ हेर्नुस् )
नेपालप्लसले अगस्ट ६ का दिन दूतावासको लेटरप्याड दूरुपयोग गरेको प्रमाण सहित एउटा समाचार लेखेको थियो ‘दूतावासको रकम ब्यक्तिका नाममा खर्च’ शिर्षकमा । त्यसको १२ दिनपछि आज नेपाली दूतावास पेरिसले खण्डन पठाएको छ । तर ‘टाउको दुखेको ओखती नाइटोमा लाइ’ भनेझैं गरेर । नेपालप्लसको समाचार थियो- दूतावासको लेटरप्याड र रकम खर्च गरेर किन ब्यक्तिका नाममा पर्व आयोजना गरियो ? तर दूतावासले गरेको आजको खण्डनमा त्यसको कहिँ कतै उल्लेख गरिएको छैन । त्यसको अर्थ नेपाल सरकारको सम्पत्ती र लेटर प्याड खर्च गर्दै राजदूत मोहनक्रिष्ण श्रेष्ठले गरेको अनियमितता र दूरुपयोगलाई चुप चाप लागेर दूतावासले स्विकार गरेको छ ।
दूतावासको खण्डन कतिसम्म झुटो छ भने त्यसमा लेखिएको छ- यस दूतावासबाट सम्पादन भइ आएका कामकारवाहीहरुका संवन्धमा लेखिएका कुराहरु पूर्वाग्रही, एकातर्फी, कपोलकल्पित, आधारहिन, भ्रामक भै कुत्सित नियतले अभिप्रेरित भएको देखिन्छ । कूटनितिक कामकाजका संवन्धमा सामान्य ज्ञानपनि नभएको देखिएकोले यो समाचारको खण्डन गरि खेद प्रकट गरिन्छ ।
राजदूत महोदयलाई नेपालप्लस सोध्न चाहन्छ, सम्पादन भइ आएका कामकारवाही भन्नाले कुन समाचारलाई भन्न खोजिएको हो ? कुन कामलाई भन्न खोजिएको हो ? के तपाइको कूटनिति यस्तै अन्टोसन्टो लेखेर चल्ने गरेको हो ? नेपाल सरकारको सम्पत्ती अख्तियारवाला ब्यक्ति बाहेक अरुले प्रयोग गर्न पाइन्न भनेर कानुनी प्रावधान सहित लेखेको समाचारको किन खण्डन गर्न नसकेको ? कि तिम्रो मनखुशि देशको ढुकुटी स्वाहा पार्ने कामलाई नेपालप्लसले समर्थन गर्नुपर्ने हो ?
नेपाल सरकारको लेटरप्याड प्रयोग गर्दै तिम्रो स्वास्नीका नाममा कार्यक्रम गर्ने, त्यो रकम सरकारको थाप्लामा हाल्ने, तिम्रा आसेपासे जम्मा पारेर म एउटा संचारकर्मीमाथि अप्रत्यक्ष धम्की दिने तिम्रो कुत्सित, दमित, स्वार्थे, मण्डले मनशायको खेद गर्नेकि नेपालको कानुन सम्मत तरिकाले सहि समाचार लेख्ने ब्यक्तिमाथि खेद गर्ने ? लाज शर्म अलिकति पनि कतै बाँकि छ भने म फेरी भन्छु, तिम्रो खण्डन गाइजात्रे र सन्दर्भहिन छ । त्यो लेटरप्याड दूरुपयोगको ठोस भनाइ राखोस् दूतावासले ।
जहाँसम्म दूतावासका कर्मचारीका बारेमा लेख्दा निजको धारणा राख्नुपर्ने कुरा छ, सप्रमाण समाचार लेख्दा संवन्धित अधिकारीलाई सोध्नुपर्ने पत्रकारिताको आचारसंहिताले बाँधेको छैन । बरु त्यस्तो प्रमाण सहित लेख्दा कानुन मिच्ने, अनियमितता गर्ने, राष्ट्र लुट्ने, कानुन मिच्नेका भनाई राखेर अपराधकर्तालाई चोख्याउन नदिने प्रचलन हुन्छ पत्रकारिताको मूल्य र मान्यता अनुसार । कूटनितिज्ञ भन्दा बढि पत्रकार हुन खोज्ने महामहिमलाई यत्तिपनि ज्ञान रहेनछ ।
दूतावासबाट सम्पादन भइ आएका काम कारवाहीका सम्बन्धमा कसैलाई गुनासो भएमा, चित्त नबुझेमा सम्बन्धित पक्षलाई दूतावासमा आउन आमन्त्रण गरिएको रहेछ बिज्ञप्ती मार्फत् । दूतावासको यो भनाई देख्दा महमहिमको ज्ञान देखेर नेपालप्लसलाई टिठ लागेको छ । यसले महामहिमको कूटनितिक दायरा र ज्ञान कति फराकिलो रहेछ भन्ने देखाउँछ । नेपालको कुनैपनि नागरिकको सूचनाको हक र अधिकारलाई नेपालको अन्तरिम संविधानले सुनिश्चित गरेको छ । त्यसको जानकारी लिन महामहिमको पाउ पर्नैपर्छ भन्ने छैन । सञ्चारका कुनैपनि माध्यम प्रयोग गर्न सकिन्छ । प्राप्त प्रमाणका आधारमा लेख्न सकिन्छ । आफ्नो स्वतन्त्र अभिब्यक्ति स्वतन्त्रतालाई प्रयोग गर्न महामहिमको राय लिन दूतावास धाउनु जरुरी छैन । आफूलाइ लागेका कुरा अभिब्यक्त गर्न महामहिमलाई सोध्नु पर्ने, दूतावासलाई सोधि हिँड्नुपर्ने यो कुनै तानाशाहकालिन राज्य होइन । त्यसलाई प्रयोग गर्न पाउने अधिकार नेपाली जनताले लडेर स्थापित गरेका हुन् ।
नेपालप्लसको लेखमा कतै अशिष्ठ भाषा छैन जुन दूतावासले आरोप लगाएको छ । पाठक प्रतिक्रियामा ब्यक्त धारणा पाठकका निजि हुन् । सार्वजनिक पदमा बसेको ब्यक्तिका बारेमा नागरिकले आफ्ना धारणा राख्नु सामान्य मानिन्छ । चित्त नबुझे संवन्धित ब्यक्तिले असहमती जनाउने अधिकार रहन्छ ।



वा वा नेपालीको पसिनाको सदुपयोग पेर्देशमा ।।।।। एक नेपालीको दु:खमा दु:ख देख्न नसक्ने तर नेपालीले आफ्नो कमाइबाट तिरेको तिरोको जागिर र सुबिधा चाँही लिने । के लाज नभय पछी हेर्नेले आँखा मुख छोप्नु पर्ने हे दुनियाँ !!!!
कि यस्तै हो बाहुन बिग्रो मोजले नेवार बिग्रो भोजले तर रजदुतको त भोज ले दिमाग बिग्रेको जस्तो छ ! किन कि नेपाल आमको आस्मित बिदेश्मा पनि बद्नम गरेकोमा …..
मन परो वा परेन:
15
0
[Reply]
bidya Reply:
August 18th, 2011 at 11:17 pm
यति सानो कुरालाई महाभारत बनाउनु उचित जस्तो मलाई लाग्दैन ! पेरिस मा महाभारत बनाउने पत्र बढेको जस्तो लाग्छ
मन परो वा परेन:
13
7
[Reply]
त्यो दिन रमाइलो गर्न नहुने थियो , यसमा नकार्न सक्दीन,; तर त्यो दिनको मैले खबर सुन्न पायको थिएन . यक नेपाली भाई को निधन म! शोक प्रकट गर्नुको साथै भगवान संग ओहांको चिर शान्ति को साथै परिवार मा धैर्यता प्रदान गरुन .
मन परो वा परेन:
6
2
[Reply]
manchhe bhayapachhi sabaile galti garchhan –tara galti garera garena bhanne chahi tyo maha apradh ho–yo sidhai kanunlai hatma lina khojeko ho–yattika sapramanle kura prasta parda pani ajha galti gareko hoina bhannu ta afaima lajmardo ho baba–yo akkaisau shatabdi ho rajdut mahashaya jani jani nepali janatako akhama kasingar halna nakhojnu–maf magnata kaha gayo-gayo ajah kehi gareko chhaina bhane jasto garnuhunchha –akchoti mirro ma afno anuhar hernuhos ani thaha paunu hunchha satyata bhaneko ke rahechha bhanera.
मन परो वा परेन:
4
0
[Reply]
You did a very good job Dadhi jee. Salute your voices against the corrupted diplomats and politicians..
मन परो वा परेन:
3
1
[Reply]
हुन त ददीजी को ब्लग हो, कुनै पेशेवर सञ्चार माध्यम होइन। तर पेशेवर पत्रकारहरुले भने समाचार लेख्नु अघि सरोकारवाला ब्यक्तिसंग सम्पर्क गरेर सामाचारको बिषयमा त्यस पक्षको धारणा समेत समावेश गर्ने गर्छन् क्यारे।
नेपाल सरकारले राजदूतको श्रीमतीको कुनै कुटनैतिक हैसियत, अधिकार केही निर्धारण गरेको छ कि? छ भने त ठिकै हो, होइन भने गैरकुटनितिक ब्यक्तिको नाममा कुटनैतिक नियोगको स्रोत-साधन प्रयोग हुनु बिल्कुलै गलत हो। राजदूतका श्रीमतिले गर्नु भएको कार्यक्रम राम्रै हो, तर राजदूतावासको स्रोत साधन प्रयोग नगरी गरेको भए राम्रो हुने थियो।
राजाकी श्रीमति रानी, राष्ट्रपतिकि श्रीमती प्रथम महिला कहलाईन्छन् र उनीहरुको सार्वजनिक हैसियत र श्थान हुन्छ, त्यस्तै राजदूतकी श्रीमतिको केही छ त? प्रम, मन्त्री, सचिवहरुका spouse हरुका भने हुन्न।
मन परो वा परेन:
10
2
[Reply]
Ekalavya Sharma Reply:
August 19th, 2011 at 5:24 pm
एस कमेन्टमा म १००% सहमत छु /
Well balanced, very reflective, in-depth analytical comment from Shresthajee
मन परो वा परेन:
3
1
[Reply]
नेपालीमा एउटा उखान छ ,’फिनी हराको थाहा छैन , तिल को गेडा खोज्छ ” झिना मसिना कुरा लाई दधिजी ले कम्मर कसेर लेख्नु भएछ वास्तव मा तिज नेवारको चाडनै हैन ! तैपनी बाहुन धेरै भाको नाताले हुन सक्छ प्राकृतिक सम्बन्धन कायम राख्न दहरको आयोजना गरियो होला,नीयत सफा राखेर काम गरेको भए ठिकै होला! जाबो एउटा बाहुने भोज मा ठुलै घोटला ल्याउने ठाउँ देखिन्छ जस्तो मलाई लाग्दैन।
दधिजी! सतर्क गराउनु त ठिकै हो तापनी झार् पात को बिसयमा दोहरी खेल्दा पढ्नेलाई समेत शोभा दिएन!
बरु राज् दुत बनेर आए पछी त्यहाँ बस्ने नेपाली लाई कत्तिको सेवादिएको छ? पासपोर्ट बनाउदा ढिलाई ,हैरानी दिएको छ छैन ? पैसा माग्छ माग्दैन , नेपालको हित हुने काम गर्छ, गर्दैन?आदिको बारेमा लेख्दा लेख्लाई उचाई मा पुर्याउन सकिन्छ जस्तो लाग्छ!
दधी जिका धेरै लेखहरु राम्रा हुन्छन …..
मन परो वा परेन:
10
4
[Reply]
chandra khanal Reply:
August 19th, 2011 at 5:56 pm
किसन थापाको ठाउमा तपाइको कुनै आफन्त परेको भए तपाईलाई थाहा हुने थियो महामहीम जस्तो पदको दुरुपयोग गरेको कुराको बारेमा | तपाइँ यती कुरा याद गर्नुस बाघले मासु खान्छ घास हैन |
मन परो वा परेन:
6
1
[Reply]
krishna pradhan Reply:
August 19th, 2011 at 11:52 pm
किसान थापा को शोक कार्यक्रम मा नजानु, थाहा नपाउनु ,दहर कार्यक्रम नसार्नु जत्तिको नालाएक काम त शायद कसैलेनी नगर्ला त्यो सरासर हेलचक्र्याइ को परकास्ट हो, कुरो अली मिस् मास भो !कता कता ब्यक्तिगत रिशिबी कारण लेत हैन जस्तो मात्र लाग्या हो ,,, नत्र यती सारो पाडे गाली ? हेर्नोस् त ! नेपाल सरकारको लेटरप्याड प्रयोग गर्दै तिम्रो स्वास्नीका नाममा कार्यक्रम गर्ने, त्यो रकम सरकारको थाप्लामा हाल्ने, तिम्रा आसेपासे जम्मा पारेर म एउटा संचारकर्मीमाथि अप्रत्यक्ष धम्की दिने तिम्रो कुत्सित, दमित, स्वार्थे, मण्डले मनशायको खेद गर्नेकि नेपालको कानुन सम्मत तरिकाले सहि समाचार लेख्ने ब्यक्तिमाथि खेद गर्ने ? लाज शर्म अलिकति पनि कतै बाँकि छ भने म फेरी भन्छु, तिम्रो खण्डन गाइजात्रे र सन्दर्भहिन छ ।
मन परो वा परेन:
3
3
[Reply]
अरे वा ! कसै कसैले सानो कुरा भन्नु भएको छ यो कुरालाई ,यस्तो कुरा पनि सानो कुरा हो ? नेपाल र नेपालीको बेइजत गर्ने काम गरेको छ र गर्दै एक छ यो राजदुत त हैन (जमाराज दूतले ) नेपालीको लागि, अनि हामी नेपाली जनताको पसिना व्यक्तिगत खर्चको नाममा स्वाहा परेको छ | यसलाई त तुरुन्त उसको पद बाट हटाउनु जरुरत छ यसको लागि त्यहाँ रहेका सम्पूर्ण प्रबाशी नेपालीहरुले सरकारलाई ज्ञापन पत्र बुझाउनु पर्छा |
मन परो वा परेन:
7
6
[Reply]
अलिकति पनि नैतिक ज्ञान नभएको बाँदर पो रहेछा, ”थुक्क” हाम्रो राजदुत भएर प्रबासी नेपालीहरुको सहयोग गर्नु पर्ने हो कि ?एउटा प्रबासी नेपाली मर्दा आफ्नो श्रीमतीको नाममा दुताबासको पैसा खर्च गरि गरि भोज भतेर गर्नु पर्ने ? यस्तालाई त घोक्रे थ्यक लगाउनु पर्छ चाडो भन्दा चाडो |
मन परो वा परेन:
6
5
[Reply]
अब त पुगेन र भनेको । ददिराम जी हामीलाई शान्त रहन दिनुहोस । तपाइँलाई अनुरोध छ । राजदूत कस्तो चिनियो। तपाइँले उठाएको कुरा जाहेज छ तर अरु कुरा खोज्नुहोला । यसपाला यति नै गरे कसो होला । यसपाला गल्ती गरेपनि अबदेखि दुताबासले गल्ती गर्दैन होला । केहि न केहि त सोच्ला नि त दुताबासले पनि । कमसेकम खन्डन पठाउन त जान्यो दुताबासले । यो राम्रो कुरा हो ।
अर्को पटक देखि लेटरप्याड प्रयोगको कुरो सच्चाउला । जे पायो त्यहि शिर्शकमा पैसा खर्च नगर्ला । एक ब्यक्तिलाई समाज बहिष्कार गर्नपर्छ भनेर सँघसँस्थालाई नउचाल्ला । अनि सँघसँस्थालेपनि राजदूतलाई सहि सल्लाह देलान् र हामी कुनै ब्यक्ति बिशेष बिरुद्द खनिन्नौँ भन्लान् । अनि दुख पर्दा दुख बाँड्न सँघसँस्थालेपनि सिक्लान् । चुप लागेर भोज खान नजालान् । जाँडपानी र मिठो बोल्यो भन्दैमा बिबेक नगुमाउलान् । पेरिसका नेपालीको जय होस ।
मन परो वा परेन:
6
2
[Reply]
Dadi ji,bho chodnus yo kura aaba,boru bhannus NRN France ko naya anuhar aaudai chan?sunchu sata hastrn tran hudaicharey bau ley Chora Lai yuba pratinidi banayera.ooosh nrn France aaba Nirmal ko palo tespache Ashok neupane ko Chora ko palo,lau harihar ra Ashok Kai raicha peywo nrn.lahernusta naya rey Bhakta ta mahasachip huncha testo jo bidesh Ma aaye ko naya Nepali harulai address dey ko ni euro lincha bhota tesley key garla samaj seba,kosa adeshey chai harihar kai joi,hal pani uninai chan tyo post ma.haina koi ranacha France Ma nrn chalau ni.chan ek sey ek Nepali Tara harihar,Ashok jasto maanchey ho chakari garna chahadei naan.sathi ho baheskar garu nrn lai France ma jaba samma yo sudri daina .
मन परो वा परेन:
7
2
[Reply]
बादरले न आफ्नो घर बनाउछा न आर्काको घर बनाउन दिन्छा
कसो
मन परो वा परेन:
4
2
[Reply]
ददीजी, हाम्रा राजदूतका त कुरै नगरौ न उहा जस्तो ठुलो मान्छेले त जे गरेपनि राम्रो भै हाल्छनी उहाले अहिले सम्म सरकारी लेटरप्याडको कुनै कुरा किन नभन्नु भएको होला साएद उहाँ लै एसको ज्ञान भैसक्यो होला र एस्तो तातो न छारोको खण्डन पठाउनु भयोनी मैले थाहा पाए अनुसार दादीजी उहा के कस्तो भन्ने कुरा त तपैले सबै लेखिसक्नु भयोनी अझ अरु कति कुरा होलान तर दादीजी तपैले लेख्दा अलि सिस्ट भाषामा लेखिदिनु भए हुन्थ्यो जस्तो लाग्छ जे भए पनि यहाँ रहुन्जेल त उ एउटा देसको प्रतिनिधि नै हो नि होइन र?नराम्रो कुराको त पछी पछी पनि चर्चा त भैहाल्छ नि होइन त ददीजी?राम्रो कुराको तारिफ पनि गर्नु पर्छ र नराम्रो कुराको आलोचना पनि गर्नु पर्छ!
मन परो वा परेन:
3
2
[Reply]
दार्जालिन्ह्मा जन्मेका उतै पधेका कमार सुरुंग नाना सुरुंग रासन कार्ड भारतीये नागरिक पाइसकेका नेपाल आएर नेपाली राहादानी लिएर जापानमा गएका थिए lजापान गएर टिकन नसके पछि स्वीस आएर राजनैतिक सरनार्थी लिएर बसेको उता टिकन नसकेका फ्रांस छिरेका थिएlदुनिया नेपालीको दलाली चाकड़ी डेरा खाएर बसेका निज भारतीय नागरिक बारेमा भारयीय राज्दुताबस पेरिसमा उजूरु हाली बंगाल सरकारमा छानबीन पठाई नेपाली जाली पासपोर्ट लिएकोमा सम्बंधित निकायेले किन अहिलेसम्म कारबाही गरेंनl दुताबासको तीजमा नाना सुरुंग हर्होल्लासमा नाचेर तीजको दर खाएर सोमबार तम्मु समाजको सम्बेदाना दिनमाँ मुख ठुन्चो पारेर आएको देख्दा सुराकी होकी देखियो
=एम्बेस्सिलाइ मार्का पर्दा खबर गर्दा के तेरेको छ र lभारतमाँ जन्मेर रासन कार्ड लीसकेकालाइ नेपाली नागरिक पासपोर्ट भएको आधारमाँ यता नेपाली पासपोर्ट पौंछ भने कति यहाँ सरनार्थी ली सकेका संग नेपाली नागरिक पुरानो पासपोर्ट भये पछि किन नेपाली पासपोर्ट यता नदीने ?भारतको रासन कार्ड नागरीक रद्द नगरी कसरी नेपाल सर्कारले नेपाली नागरिक नेपाली पासपोर्ट गैर नेपाली बोल्दैमा दिने ?
मन परो वा परेन:
7
1
[Reply]
DEWA SHERPA Reply:
August 21st, 2011 at 12:08 pm
GRAND FATHER,FATHER,HIM OR HERSELF BORN IN DARJEELING BECOME AUTOMATICITÉ CITIZENS OF INDIA.NEPALI SPOKEN 4O LAKHS CITIZENS OF INDIA CLAIM OR OBTAIN NEPALI CITIZENS.WHAT WILL NEPAL BECOME?
SHERPA COMMUNITY IS FOUND IN DRARJEELING,FROM TIBET.SOME OF THEM ARE UNDER LAWS OF TIBETAN ASYLAMNS INDIAN ACTS.MOSTLY TIBETANS IMMIGRANTS IN BOUDHANATH STUPA HAVE DUAL CITIZENSHIPS BOTH INDIA AND NEPAL.
IF NEPAL AND INDIAN GOVERNMENT DO NOT TAKE ACTIONS.ALL DHOTI HINDI SPOKEN MADHESHI FROM TERAI MUST BACK TO INDIA AND LEAVE NEPAL ONLY FOR ETHINICS NEPALI.
मन परो वा परेन:
5
0
[Reply]
DEWA SERPA Reply:
August 21st, 2011 at 12:10 pm
GRAND FATHER,FATHER,HIM OR HERSELF BORN IN DARJEELING BECOME AUTOMATICLY CITIZENS OF INDIA.NEPALI SPOKEN 4O LAKHS CITIZENS OF INDIA CLAIM OR OBTAIN NEPALI CITIZENS.WHAT WILL NEPAL BECOME?
SHERPA COMMUNITY IS FOUND IN DRARJEELING,FROM TIBET.SOME OF THEM ARE UNDER LAWS OF TIBETAN ASYLAMNS INDIAN ACTS.MOSTLY TIBETANS IMMIGRANTS IN BOUDHANATH STUPA HAVE DUAL CITIZENSHIPS BOTH INDIA AND NEPAL.
IF NEPAL AND INDIAN GOVERNMENT DO NOT TAKE ACTIONS.ALL DHOTI HINDI SPOKEN MADHESHI FROM TERAI MUST BACK TO INDIA AND LEAVE NEPAL ONLY FOR ETHINICS NEPALI.
मन परो वा परेन:
5
1
[Reply]
राजदूतहरु आजभोलि रानाकालिन श्री-३ हुनखोजेको आभाश हुन्छ – यो प्रबृतिलाई nepalplus को कृयकलापले अवस्यपनि परास्त गर्छ गर्छ ।
सब्दजाल बिछ्याएर nepalplus.com लाइ ढाल्न खोजिन्छ भने ती सम्पुर्न मतियारुहरुलाइ नेपाली जनताले कारबाही गरेरै छाड्ने छन् चाहे त्यो बिस्वको कुनै पनि कुनामा भ्रस्टाचार गरिएको किन नहोस्? खबरदार, नेपाली जनताको ढुकुटीबाट ऐस-आराम मोज गर्ने राजदूतलाई कारबाही हुनु नै पर्छ
मन परो वा परेन:
6
1
[Reply]
सर्वेषां स्वस्ति भवतु । सर्वेषां शान्तिर्भवतु ।
सर्वेषां पूर्नं भवतु । सर्वेषां मड्गलं भवतु ॥
सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःख भाग्भवेत्॥
“कूटनीति कामकाज सम्बन्धमा सामान्य ज्ञान पनि भएको नधेखिएको” यो सब्द अति तितो लाग्यो भर्खरी आएकाले आफैले अनुभब गर्नसकिन्छ की अहिले सम्मआएका हाम्रा कुनै कुतनैतिक्ले कामकाज सम्बन्धी जानेको पायेंन छिमेकीराष्ट बगलादेशश्रीलंका हामी पच्छी आएकले प्रगति गरिसके छान बजेटरकम अरुदेशभन्दा नेपालीदुताबसको कम देखेन बढ़ी नै निकाशीभएको देखियो अख्तियारले फ्रंचभाषा बुज्धैएन धुक्क परेकोहोला छानबीनगरे सुडानघोटाला भन्दाकम नहोला नेपालप्रेमी फ्रेंच सहयोगले दिएको सताब्दी पुरानो फ्रेंचरक्सी कावेमा गाएब ल्पुरानो भयोभन्दै नयाकिनेर पुरानो नभएको नेपालमा घरमा पठाउने नेपालमा निजीपरवारिक २४घन्टा ७दिन फ़ोन गर्दा फ्रांसटेलीकामलाइ १८ लाख महिना बारसिक १ करोड़ ३४लाख नेपाली बराबरको बिल तिरेको १० पैसाको सितामोल खान नापायेर कर्नालीमा नेपाली मोर्छ ४ बर् यसरी बितिन्छ घरखाना बस्ने बिजुलीगाडी सबै फ्री कोनेपालीले के गर्यो चाकड़ी आयें कुन नेपाली कहा ए बात्तईबात गंरने यसरी चारबर्ष बित्छ मोटरबिग्रेको तिरेको बिलले ४वाता मेर्सद्ज़ किन्नसक्ने बिल तयार हुन्छ अहिलेकोले भ्रस्ताचार गरेका नहोला उहिलेका दूतदेखि कार्यदूतदेखि सुब्बा कुत्नैतीं काम जानेकोले होला अरुदेशले दुताबस ओफ्फिस घरकिन्छ हामी मोटर गरेज सामान राख्ने कोठामा बहलामा एम्बस्सी चलएर हिडेको स्वतंत्रदेशको नेपालीले बोल्नुलेख्नु अधिकारछ छ्छानबीन गर्ने काम अखियार दुरुपयोग,बिशेष अदालतको हो महाराले सूडानघोटाला कारबाही गोकर्णले सरकारी बिल तीर्न लगाएर पापुलर हुन्छ तपाई बन्नुस नेपालीको पापुलर ब्रस्ताचार छानबीन गर्न लगाएर
मन परो वा परेन:
7
2
[Reply]
बास्तबमा ददी जी र राजदुतको बिषयमा केहि उतरचडाव पकै हुनुपर्छ, अर्को कुरा बाहुन को मात्र तीज होइन पर पूर्व कालदेखि मनाउदै आयको सस्कृतिलाई जगेर्ना गर्न इच्छा भयका जसले पनि मनाउन सक्छ/ कुरा छ व्यक्तिको नाममा सरकारी खर्च र सरकारी लेटरप्याडको जसलाई ददिजीले जनता सामु उतारदिनु भयको हो / तर सरकारी खर्चमा मनपरी गर्ने राजदुत र पत्रकार भय भन्दैमा मनपरी शब्द प्रयोग गरेर पाठकको प्रेसरलाइ उकालो लगाउनु मुर्खता हो/ किनकि ददी जीले पनि अपशब्द प्रोयोग गरेको पाइयो/ र राजदुतले पनि आफ्नो ओहोदाको दुरुपयोग गर्नु भनेको राजदुतको पदावधि अवधिभर मात्र होइन भोलिको लागि पनि सोच्नुपर्ने हुन्छ त्यसैले धेरै अगाडी
मन परो वा परेन:
3
2
[Reply]
यो सबै जुहारी व्यक्तिगत हुनकी जस्तो लाग्यो | व्यक्तिगत ऋष इबी साध्न्न पत्रकारिताको खुट्टा तेक्न्नु नालायिकी पन हो | एउटा सामान्य भोज लाइ लिएर यति गालि गलौजमा उत्रनु सोभनीय देखिएन र पत्रकारिताको कुतर्क हो |मानौ ,राजदुत बाट प्रक्रियागत गल्ति भएका हुन सक्छन , तर आम नेपाल र नेपाली को हित तथा भेटघाट जस्ता कार्यक्रम मा राम्रो मनसायले गरे त्यसलाई गलत भन्न मिल्दैन |सामान्य असहमतिलाई प्रक्रियागत मै नातुन्गाई अशिस्ट तरिकाले नेपाली मोटो बुद्धिको प्रक्रिया मलाइ मन परेंन ,,,,,अनि साथीहरु तपाईलानि ??
मन परो वा परेन:
4
3
[Reply]