ओली र नेपालले हप्काएपछि प्रधानमन्त्री लुत्रुक्कै

विनोद केसी / काठमाडौं

थपिएको तिन महिनाको म्याद सकिन लाग्यो । साँढे तिन वर्ष देश लूट्दापनि पुगेन । अनि फेरी झलनाथ खनाल सहित एमालेका केहि नेता र माओवादीहरु बसे, कसरि कति समय म्याद थप्ने भनेर । तिनले लाजै नमानी संविधान सभाको म्याद छ महिना थप्ने प्रस्ताब गरे । मन्त्री परिषदको बैठक बस्नु अघि अर्थमन्त्री भरतमोहन अधिकारी र प्रधानमन्त्री झलनाथ खनाल सहित माओवादीको बैठक बस्यो । तिनले सामूहिक निर्णय गरे, अब संविधान सभाको म्याद छ महिना थप्ने ।

छ महिना म्याद थप्ने निर्णय गरेर सत्तारुढ दल एमाले र माओवादीका नेता बैठकबाट उठे । तिनले मन्त्री परिषदमा छ महिना म्याद थपको प्रस्ताब गर्ने निर्णय त गरेनै त्यसका बिरुद्द उत्रिन सक्ने कांग्रेस र अन्य दलसित कसरि सामना गर्ने भन्ने सहमतीपनि । शिर्षस्थ नेताबिचको सहमती पछि फेरी एमालेका नेताबिच छलफल भयो । त्यो छलफलमा एमालेका नेता माधव कुमार नेपाल र केपी ओलीले संविधान सभाको म्याद अब तिन महिनाभन्दा थप्न नहुने भन्दै चर्किनासाथ एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री झलनाथ खनाल लत्र्याक लुत्रुक्क भए । ओली-नेपाल पक्षले ‘तिन महिनामा संविधान बनाउन कुनै सिन्को भाँचिएन, अब छ महिनामा के हुन्छ ? किन थप्ने छ महिना ? तपाइ माओवादीको गोटी बन्ने ?’ भन्दै झ्याँको झारेपछि खनाल लत्रिए ।

उता माओवादी नेत्रित्वसित सामूहिक बैठक बसेर झलनाथ खनाल सहित एमाले नेताले छ महिना म्याद थप्ने निर्णय गरे । यता नेपाल-ओली पक्षले झलनाथको सातो लिएपछि उनी निहुरिएर मन्त्री परिषदमा तिन महिना मात्रै थप्ने प्रस्ताव लैजान सहमती गरे । त्यहि अनुसार प्रस्ताव पेश गरियो । अनि त्यहाँ सत्तारुढ दलबिचमै रडाको मच्चियो । ‘ए हामीसित बाहिर बसेर ६ महिना म्याद थप्ने निर्णय गर्ने, पछि हाम्रो सामूहिक निर्णय बिरुद्द गएर तिन महिना मात्रै थप्ने निर्णय गर्ने ? यो धोका हो, संविधान सभालाई औचित्यहिन पार्ने षडयन्त्र हो’ भन्दै माओवादी मन्त्रीहरुले मन्त्री परिषदको बैठक बहिस्कार गरे ।

प्रधानमन्त्री खनाल कति दोकला र पिपलपाते देखिएभने माओवादीसितको बैठकमा उनले कुनै आनाकानी नगरि ६ महिना थप्न सहमती गरे । तर नेपाली कांग्रेसबिनाको अन्य दलसितको छलफलमा भने उनको प्रस्तुति बदलियो । अन्य दलले छ महिना म्याद थप्न नहुने भन्ने छलफल गरेपछि खनालपनि तिनको लहै लहैमा लागेका थिए । माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित छ महिना म्याद थप्न सहमती गरेका उनले पछि श्रेष्ठसितै ‘तिन महिना म्याद थपेर केहि भएन अब छ महिना थपेर पो के ग्यारेन्टि हुन्छ र ?’ भन्दै कड्किएका थिए ।

श्रेष्ठले भने ‘अब संविधान बनाउन कम्तिमा छ महिना को सुबिधाजनक समय चाहिन्छ । यदि तिन महिना मात्रै थपको प्रस्ताव लैजानु थियो भने किन बाहिर पार्टीगत छलफलमा छ महिना थप्ने सहमती गर्नु भयो ? भएको सहमती तोड्ने हो भने हामीपनि यो बैठक बहिस्कार गर्छौं’ भन्दै मन्त्री परिषद बैठकबाट उठेका थिए ।


  • पार्टीमा कमजोर भएपछी यस्तै हो | सधै भर माओबादीको संकेतमा काम गर्ने कमरेड जे एन लाइ ऐले निल्नु न ओकल्नु भएको छ यो माओबादीको हड्डी | सधै भर सहमतीको सरकारको रटान गर्ने जे एन ले जनताको लागि त खै के गरे तर आफ्नो र आफन्तका लागि त पक्कै खेती राम्रै लगाए | हुनत अरुले पनि के नै पो गरेर ? अब पार्टीमा आफ्नो पुरानो स्थान जोगाउन पनि केही त सोच्नु पर्यो नी |

    मन परो वा परेन: Thumb up 5 Thumb down 1

    [Reply]

  • baburam

    jati samaya thape pani yiniharule aba sambidhan shabha banaula bhanne asha nepali janatalai mari sakyo–samaya thapna ta kebal bhatta pachaunako lagi yauta adhar banayakahun–desh ra janatalai yiniharule dhoka disake abako bikalpa bhaneko nai arko am nirbachan garaunu ho.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]


  • खै अब त आश पनि मरिसक्यो, अगाडी थपिएको तीन महिना पनि सिन्का नाभाची बिताए नेताहरुले, हामीले चाहेको जस्तो संबिधान कहिले आउने हो ? हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरि बंसको हास्य टेलीसिरियल हरिबहादुर मदनबहादुरमा हरिबहादुरले भनेको जस्तो ””२०८० सालमा चहि हाम्रो संबिधान बन्छ कि ?

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

  • sagar subedi (Austria)

    yo jhallu lai je hunu parni thio tahi bhayeko 6!!!thikka bhayo…….

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • Prabin Dhakal

    यो प्रधानमन्त्री को पार्टि मा भुसिया कुकुर जत्तिको औकात पनि रहेनछ नभए चुनाब हारेको माकुने र केपि ले पनि हप्काउँथे अनि यो केपि त देश कै लागि एउटा भाइरस हो केपि ओलि र बौलाहा कुकुर भनेको पर्यबाचि शब्दहुन यस्ता ले संबिधान को बारेमा केहि बोलेको सुहाउँदैन

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • Shiva

    होइन िय माअोबादि नेताहरु के खाएर बोल्छन हं । ३ बर्ष देखि शान्तिप्रक्रिय पुरा गर्छु भनदै ६ । ६ महिनाको समयमाग्दै केही नगरी समय बिताउंदै छन । ियनलाइ अलिकति लाज अनि जनता देखि डर किन नलागेको होला । ३  महीना अघि मात्र यिनले शान्तिप्रक्रिया पुरा गर्न संबिधानको मस्यौदा समेत बनाइसक्ने भनेर सबै दललाइ सहमतिमा ल्याएर म्याद थपेका िथय । यि भनेको काम पुरा गरेको भए संबिधान जारी गर्न भनेर अरको ३ महीना समय थप्ने अाधार हुन्थ्यो  । तर सिन्को नभांचि महिना महिनामा मन्त्रि फेरेर बसेर अहिले ३ होइन ६ महिना म्याद थप्न खोज्न माअोबािद भतुवा हरुलाइ लाज किन लागिरा छैन । यिनले अघिल्लो पटक म्याद थप्दा सर्वोच्चले भनेको कुरालाइ पनि हल्का ढंगले लिएका छन् । अब जनता ले के बुझे भने माअोबादिको लागि सत्ता बाहेक अरु कुनै कुराको महत्व छैन जनता त कठपुतलि हुन भन्ने ितनलाइ लागेको छ ।

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

    chandra khanal Reply:

    यो सब पार्टीगत स्वार्थको नतीजा हो शिव जी अनि यसमा अरु पार्टी पनि कम गैरजिम्मेबार छैनन् | जसरी पनि भत्ता पचाउनु छ जनतालाइ छलेर | तर यसमा माओबादी गलत अनि अरु असल भन्ने नसोच्नुस सबै एकै ड्यांगका मुला हुन् | नेपाली जनतालाई यीनीहरुले खेलाउन सम्म खेलाए | अब पनि सहमतीको सरकार बन्ने सम्भाबना कम छ | यी सबका सब नालायक हुन् कुनै भतुवाहरुबाट आस गर्न बेकार छ |

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • shiva

    maoist is the largest so they r more responsible than any other parties. I am not talikng about past thad who did what and what happened . the point is todays political deadlock caused by peace process. and moist is responsible for not implimenting the agreemnts reagarding peace process.thanks for comment chandra ji .

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

  • NARENDRA

    त जस्तो एक पक्षिय समचार लेख्ने बाख्रे पत्रकारको समचार म पनि लेख्न सक्छु।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree