पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार
नेपालमा सधैं मारपिट । चक्काजाम। बन्द। हडताल । हत्या, आतंक । गरिबी, हाहाकार, नारा र जुलुस । आक्रमण । सधैं यस्तै समाचार आइरहन्छन । बिदेशमा भएका नेपालीको खबरपनि हत्तपत्त गतिलो सुनिँदैन । उहि कुटिएका । लुटिएका । दलालले ठगेका । दूर्घटना । दुख पाएका कथा र ब्यथा । तर यसपटक भने एउटा शुभ समाचार छ सबै नेपालीले गर्व गर्न लायकको । चितवन भण्डाराका साथी रबीन शर्मा ओलीले फ्रान्सेली पुरस्कार जितेका छन । निगाहा र चाकरीले गोरखा दक्षिण बाहु पाए जस्तो हो र ? प्रतिस्पर्धामा जितेर । त्यो पनि चानचुने र एक दुइ दर्जनका बिचमा होइन । पाँच हजार जति विश्व भरीका थरी थरीका स्वाद बनाउने रेस्टुरेन्टहरुलाई उछिनेर उनले नेपाली खानामा जितेका हुन । सन २००८-२००९ का लागि कुइजिन दु मोंद (विश्वभरिका भान्छा) अन्तर्गत पापिए दोर अर्थात सर्वश्रेष्ठ स्वाद भन्ने पुरस्कार हो उनले जितेको । त्यो पुरस्कार समा द हिमालय (हिमाली मार्ग) भन्ने उनको नेपाली रेस्टुरेन्टले जितेको हो ।
त्यो पुरस्कारकालागि पेरिस शहर नजिकको एसोन अञ्चल अन्तर्गतका करिब पाँच हजार बिभिन्न बिदेशी परिकार बनाउने रेस्टुरेन्टहरुले प्रतिस्पर्धा गरेका थिए । यस्तो आयोजना गत नौ वर्षदेखि हुँदै आएपनि कुनै पनि एशियालीले अहिलेसम्म जित्न सकेको थिएन । यो पुरस्कार जित्ने रबीन पहिलो नेपाली मात्रै नभएर पहिलो एशियाली नै बनेका हुन । रबीनका अनुसार यस अघि यो पुरस्कार लगातार रुपमा ईटालियालीहरुले जित्दै आएका रहेछन ।
(पुरस्कार हस्तान्तरण गरेपछि उनको रेस्टुरेन्टबारे दर्शकहरुलाई ब्याख्या गर्दै जुरीका निर्णायकहरु। अनि पुरस्कार समातेर दंगदास रबीन)
पुरस्कार जितेपछि घिरौंला जत्रो नाक पारेका रबीन मलाई सुनाउँदै थिए- नेपाली खाना भन्नासाथ त्यहि दाल र भात त होनी भन्नेहरुलाई बिश्वमा नेपाली खाना कम छैन भन्ने चुनौति हो यो । प्रचारप्रसार र प्रबर्धन गर्न सके नेपाली खाना पनि प्रसिद्द हुने रहेछ भन्ने संभावना पनि उत्तिकै छ । कम्तिमा यो क्षेत्रमा अब नेपाली खानाको झन प्रचारप्रसार हुन्छ ।
(भित्र ढाकाका लुगाले सजिएको यस्तो छ रबीनको नेपाली रेस्टुरेन्ट।)
(चट्ट पलेटी कसेर बसेका छन बुद्द उनको रेस्टुरेन्टमा बारको अगाडि)
(सर्वश्रेष्ठ स्वादका लागि त होला उनको रेस्टुरेन्टमा झुम्मिएका फ्रान्सेली)
(स्टिलको थालमा रहरलाग्दो छैन त खाना ? )
(रबीनको रेस्टुरेन्टमा कतै नुप्से हिमाल त कतै सगरमाथा हाँस्छन । कतै अन्नपूर्ण त धौलागीरी मुस्कुराउँछन । नेपाली संस्क्रिति झल्काउने चित्रपनि प्रशस्तै राखेका छन उनले ।)
(त्यो जित्न सबै रबीन एक्लैले गरे होलान त ? उनलाई साथ दिने अरुपनि थिए । दाहिनेबाट मदन भाई जो मुसुक्क मुस्काउँदै सेवा गर्थे । दोस्रो रबीन । तेस्रो त्यहाँको एक हिमाल संबन्धि कार्यक्रममा भाग लिन पुगेका बेला बिश्व साईकलयात्री पुष्कर शाह । त्यसपछि राम बर्तौला जो त्यतिबेलाका मुख्य कुक थिए । पाँचौंमा कमल ओली (रबीनकै भाई) । उनी पनि अहिले त नामी भैसकेछन परिकार बनाउन । छैठौं ब्यक्तिको नाम बिर्सिएँ । अन्तिमकी एक अफ्रिकी मूलकी किशोरी जो रेस्टुरेन्ट संबन्धि तालिमका लागि आएकि त्यो बेला)
(रबिनको पुरस्कार बारे इभ्री नगरपालिकाले निकालेको पत्रिकामा निस्किएको आलेख)
त्यति सजिलै छ र यो जित्नपनि ? तिन चरणको त अनुगमननै हुन्छ । पुरस्कार छनौटकालागि एउटा जुरी बनाउँछन अधिकारीहरुले । पहिलो चरणमा संभावित रेस्टुरेन्टमा गोप्य रुपमा आएर वातावरण, खाना, भान्छाको सफाई लगायतका स्तर हेर्छन । दोस्रो चरणमा रेस्टुरेन्ट प्रयोग गर्ने खाद्द पदार्थ ल्याउने ठाउँको गुणस्तर, खाना बनाउने तरिकाको अवलोकन गर्छन । तेस्रो चरणमा गोप्यरुपमै आएर खाना खान्छन ।
भर्खर ३५ वर्षका छन रबीन । उनले यो रेस्टुरेन्ट खोलेकै सन् २००६ को डिसेम्बरबाट हो । त्यो अघि उनले एशियाली खाना बारे एक भारतिय रेस्टुरेन्टमा ज्ञान लिएका थिए । सन् १९९९ मा उनी पहिलो पटक यो क्षेत्रमा छिरेका रहेछन फ्रान्सेली एक रेस्टुरेन्टमा । सामान्य कामदारका रुपमा । उनले पाएको यो पुरस्कार हामी सबै नेपालीका निम्ति गर्वको कुरा होइन त ? लौ बधाई छ रबीन !!!
थप हेर्ने भए
समा द हिमालयको साईट हेर्न यहाँ क्लिक गर्नुहोस ।
छोरी दिने सौतामाथि, ज्वाइँलाई हाल्ने मुद्दा










You are great Rabin. One day I will visit your restaurent.
मन परो वा परेन:
2
0
[Reply]
बधाई छ रविनजी, नेपाली खाना कम स्वादिलो छैन भन्ने मेरो बिस्श्वास अझ प्रगाध भएर आयो। फेरी एक पटक हिर्दयदेखी बधाई छ।
मन परो वा परेन:
0
0
[Reply]
हो त विश्व जगतमा नै चर्चा को शिखरमा नेपाली खानालाई चिनाउने रविन शर्मा अनी उनको दल लाई बधाई छ। एस्ता ब्यक्तिव लाई हामी सबै नेपाली मिलेर सम्मान गर्नु पर्छ !बधाई छ हामी सबै नेपाली लाई
अनी गर्ब छ उन्को काम प्रति अनी नेपाली हुनुमा !!!!!!
प्रशन्ती ६२३
हाल पेरिस
चितवन पर्सा
मन परो वा परेन:
1
0
[Reply]
badahai chha rabindra lai nepali khana ko swaad uropeli lai chakhayera affu lai ra nepali lai sansar bhari chinaunu bhayeko maa.ra feri pani food festibal maa pahilo hunu bhane agrim shubhakamana dinchhu.
मन परो वा परेन:
1
0
[Reply]
बधाई । अती उत्तम । बिदेसमा आफ्नो सीप जांगर प्रयोग गरी नाम दाम र देस चिनाउनु भएकोमा मेरो नजरमा तपाईं पक्का देसभक्त नै हो। तपाईंको रेस्तुंरामा प्रयोग भएका हर चीजले नेपालको चिनारी दिन्छ। फेरी पनि बधाई अनी शुभकामना।
मन परो वा परेन:
1
0
[Reply]
बधाई छ र रबीन जि लाई, फ्रन्समा नेपाली खनालाई विश्वाको उत्क्रिस्ठ स्वदिलो खानाको रुपमा चाइनाउनु भयो तपाईंको प्रयास यसरीनै निरन्तर रहदै सधैं उत्क्रिस्ठ बन्दै जाउन शुभकामना। यो एउटा गर्ब को कुर हो। हामी नेपालीहरु के कुनै भन्दा कम्ती छौ र? बधाई छ ल। तर खानाको पारीकार हेर्दा त नेपाली खान नभेर कुनै बिदेशी खान जस्तो पो देखिन्छ त ?
मन परो वा परेन:
1
0
[Reply]
ल अरु रविन जि को भान्सामा सघाउने तथा तैयार बनैदिनु हुने मित्र बन्धुहरुमा पनि बधाई ट्क्रर्याउदै तपाईंहरुको हातहरु सधैं यसरी नै प्रगतिशिल बनुन बनिरहुन ………….
मन परो वा परेन:
1
0
[Reply]
रविन जि नमस्कार, स्वादिलो नेपाली खाना भन्दा पनि हामी को हो भनेर संसारमा नेपालीहरुको परिचय प्रस्त गराउनु सफल हुन भयको छ । यो पुरुस्कार हामी सबै नेपालीले जितेको हो भन्ने मलाई लाग्द छ । र तपाईंलाई हिर्दयदेखीनै हार्दिक बधाई छ । अन्तमा आउनेदिन हरुमा पनि सफलताको कामना मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु |
उही तपाईंको दुखी मित्र
सर्बराज राइ ( धरान )
हाल बेलायत
मन परो वा परेन:
1
0
[Reply]
बधाई छ रविनजी,,,,,,,,,,,,,,,,,,,,,,,.
मन परो वा परेन:
1
0
[Reply]
रबीन बधाई छ । ओहो ३५ वर्षकै उमेरमा यत्रो सफल्ता ? अनि प्रगती , यूरोपमा नेपाली रेस्टुरेन्टको साहू ? नेपाल र नेपालीको ईज्जत र प्रतिष्टा जोगाउन नेपालमै हुनु पर्छ भनेन् रहेनछ । ढाका टोपी, दौरा र सुरुवाल अनि गुन्यु र चोलो लगाउनेले देशमै बसेर नेपाल बेचेका छन । तपाई बिदेशमा नेपालको इज्जत राख्दै हुनुहुन्छ । यो बह्न्दा नेपाललाई के गर्ने एक नेपाली भएर ? यो भन्दा सच्चा राष्त्रवादी को होला ?
देश ठग्ने नेता (देशमै बसेर) भन्दा तपै सयौं गुना राष्ट्रवादी । यो पुरस्कर तपाईले एक्लै जितेको होइन । हामी सबै नेपालीको साझा हो भ्न्न पाइन्छ ?
मन परो वा परेन:
2
0
[Reply]
लौ बधाइ छ रवीन । सारा नेपालीको ईज्जत बढाएकोमा । कहिलेकाहिँ त यो कानले गतिलो कुरापनि सुन्न पाउने रहेछ ।
यस्तो सिप त रवीनले अरु नेपालीलाईपनि सिकाउनु पर्छ नकि आफुमात्रै साहु बन्ने !
मन परो वा परेन:
1
0
[Reply]
nepali ra nepal lai biswa samu chinaunu bhaya ko ma Rabin ji ra uhalai sath dine anya nepaliharulai pani hardika badhai .
मन परो वा परेन:
1
0
[Reply]
badahi chha rabin ji la la thick cha
मन परो वा परेन:
1
0
[Reply]
Congratulation to my brother and his family.
मन परो वा परेन:
1
0
[Reply]
Rabin dai dherai dherai badhai chha.Dai ko safaltako paila aajha dherai aagadi badhos aani chhora ko bau bha ko ma ni badhai chha.
मन परो वा परेन:
1
0
[Reply]
रविन दाई धेरै खुशी लाग्यो दाई को प्रगती सुन्दा।धेरै धेरै बधाई छ। दाई अझ धेरै प्रगती गर्नु ईंग्लिश मा आउता भनाइ छ सक्सेस इज जर्नी नट दिस्तिनेसन यो सफलता लाई आझ धेरै माथि पुर्यौउनु हुन्छ भन्ने विश्वाश छ। सधैं हाम्रो शुभकामना छ दाई र समा द हिमालय परिवार लाई धन्यवाद
मन परो वा परेन:
1
0
[Reply]
Grat job Rabin
We all Nepalis should be proud of you.
You will show path to many other Nepalis and many Robins will born in europe.
You are young and there is still long way to go . Besh wishes for the future to win more .
मन परो वा परेन:
1
0
[Reply]
Mama jee
Well done !!! Congratulation !!! It is really great news.
मन परो वा परेन:
1
0
[Reply]
puraskaar chaahi ke athawaa kati raashi ho thaahaa paauna paae raamro hune thiyo.
(संजयजी, पैसा चाहिँ भए जस्तो लागेन । पुरस्कार नै ठुलो होइन र पैसा भन्दा ? कुनै पुरस्कार पैसा सहित् त कुनै हुँदैनन । तर यो पुरस्कार आफैंमा ठुलो हो पैसा नभएपनि । यत्रो ब्यवसायिक पुरस्कार पैसा तिरेर पाउने हो भने ति ईटालियली ब्यापारीहरुले कति पैसा तिर्ने थिए होला होइन र ? -नेपालप्लस)
मन परो वा परेन:
1
0
[Reply]
BROTHER,
CONGRATULATION 2 , ALL THE BEST WISHES FOREVER……………………….!!!
BELGIUM
मन परो वा परेन:
1
0
[Reply]
i m so happy ki mero brother-in-law le aafno ra mero maatra hoina ki sampurna nepali janmaanas ra nepal maato ko chaati garwale fulyaidiyeka chan………….. saayad aaja nepal aama pani garwanbit bhayeki chin saara biswa lai aafno nepal chora le parichit garayeko ma………… i wish ki unka kadam sadhai pragati ra unnati ka saathai yestai gari idolistic ko path tira agrasar hos……….. congrats……….. love u…………..
मन परो वा परेन:
1
0
[Reply]
dherai khushi lagyo. tapai ani tapaiko samuh lai mero bhitri hirdaya dekhi nai hardik badhai chha. yesari nepali ko nam bishwo bhari chinai diyeko ma. nepal lai chinaune pathma yeuta arko naya adhyaya thapnu bhayeko chha. hami sara nepali le garv garna sakeka chhau yo tapaiko kam le. yesari nai harek nepali le nepal ko nam rakhdai janu parchha bhanne yeuta thulo path sikaunu bhayeko chha.
मन परो वा परेन:
1
0
[Reply]
Relly nice work thanks………………… you and yours team.
मन परो वा परेन:
1
0
[Reply]
wahiyat dadi ji manchhe chiner matrai badhai chadhai leknuhola
मन परो वा परेन:
1
0
[Reply]
Congratulation,
BHISMA oli ji
After long struggle u succeed.
RAju sedhai
Orbit int’l education
Kathmandu.
मन परो वा परेन:
1
0
[Reply]
You did a great RABIN
I felt a great! Really You did a great job that Nepali always try to achieve a grand success until the last attempt.Thankyou!
मन परो वा परेन:
1
0
[Reply]
dai, heartly thanks that u r really a good person by all means who keep happy family,aama n janma bhumi along with all u know. give my thanks toall those who help you n to bhauju who’s support always with you.dai la ta badhai from bhai n buhari n wish u all happy newyear 2009.the great year 4 you all there
मन परो वा परेन:
1
0
[Reply]
Congrats!!!!!!!!!
Kul ko Jetho santan bhayera,u lightened the whole clan of our’s.I m really proud of u dai.Dai I don’t know how to respond in such happiest situation.I appreciate u and all those who supported u.I wish i were with u all to celebrate the victory.May this be the beginning.Ghar Kaile Aaune?Miss u N luv u.
Hajurki thuli bahini
मन परो वा परेन:
1
0
[Reply]
Dear Rabin
congratulation
Really it is a great matter of proud for all Nepalese. This moment I revisited Paris by my feeling only. In 2006 march I was there for 5 days in educational tour from The Netherlands. If i was there this time to meet you on that appreciable restaurant oh…. Yh! I am a Nepalease lady it is enough for me to congratulate you. But I heard your lots of appreciations from laxmi oli. She is my daughter. We are living together on the same house at kathmandu. Wish you a bright future. Keep it on. Bye
Nirmala Pandey
मन परो वा परेन:
1
0
[Reply]
नमस्ते ।
धन्यवाद ददीजी तपाइ मार्फत शूभको खबर छापीदिनु भएकोमा ।
र रबि लगाएत सबै समा द हिमालय रेष्टुरेण्ट ठिमलाइ धैरै धेरै बधाइ छ ।
धेरै खुशिलाग्यो राम्रो खबर सुन्न पाएको félicitation.
मन परो वा परेन:
1
0
[Reply]
dai bhadhai cha…….aaja yeha bata gayeko kehi barsa mai dheri upalabdhi paunu bho…..we r very greatful 2 hear such a great news…….i m proud of u, kamal dai and ur units
मन परो वा परेन:
1
0
[Reply]
Dear Robin Jee,
I am very much happy reading your success. Congratulation! I am going to share this with some of my international staff and friends those who think Nepali food is only Dal Bhaat.
Keep it up!.
मन परो वा परेन:
1
0
[Reply]
Congrate………Mr Rabin.
मन परो वा परेन:
1
0
[Reply]
WELDONE BHISMA! i AM PROUDE OF U AND UR TEAM BUDDY.HEART WISHES FOR THE CARRIER AND GREAT FUTURE
मन परो वा परेन:
1
0
[Reply]
Oh great Bishnu ji
Tapai le sahi comment lekhnu vayachha malai pani thaha chha ho malai pani tyo manchhe sahi chhaina vanne suneko thiya
मन परो वा परेन:
1
0
[Reply]
BADHAI CHA RABIN JI………….SABAI NEPALI HARU KO PAHICHAN GARAIDINU BHAYO……..I WANT TO THANK U FROM THE BOTTOM OF MY HEART………..
मन परो वा परेन:
1
0
[Reply]