फेरि जन्मिने भो अर्को भूमिगत लडाकू दस्ता
अब देश पुरै भूमिगत लडाकु दस्ता नै दस्तामय होला जस्तो छ । भाईरस किलर्स, जनसेना, युथ फोर्स । कोब्रा, तराई टाइगर, कराई करेट, जनतान्त्रिक मोर्चा । अनि हरेक जाती पिच्छेनै लडाकु संगठन । अब त्यतिलेपनि नपुगेर अर्को कम्युनिष्ट पार्टीले पनि अन्तिम चरणमा पुगेको छ भूमिगत लडाकु दस्ता बनाउन । प्राय: गोप्त रुपमा बनाउने गरेका थिए यस्ता लडाकु दस्ता । तर अहिले त हाकाहाकी घोषणा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिक्रितले त्यस्तो निर्णय पत्रकार सम्मेलनबाटै सार्वजनिक गरेको हो । तपाईहरुलाई थाहै होला ऋषी कट्टेल यो पार्टीका अध्यक्ष हुन । उनी नेकपा मालेबाट छुट्टिएका नेता हुन ।
एकिक्रितको गत साता राष्ट्रिय महाधिवेशन भएको थियो जनकपुरमा । त्यसैका निर्णयहरु सार्वजनिक गर्न राजधानीमा पत्रकार सम्मेलन गरे उनीहरुले । त्यहि पत्रकार सम्मेलनमा उनीहरुले हाकाहाकी भनेका हुन-जनवादी राज्य ब्यवस्था प्राप्तीका लागि सबै खालका संघर्षका रुप प्रयोग गर्ने । त्यसकालागि बल प्रयोगको सबैभन्दा उच्च माध्यम शसस्त्र संघर्ष प्रयोग गरिनेछ । त्यो प्रयोग गर्न भूमिगत लडाकु दस्ता बनाउने रे । नाम जन सुरक्षा बल राख्ने रे । नाम सबै जनताका नाम मा राखिन्छ । तर आतंकित जनतालाई नै पार्छन । अब केहि महिनामै यो पार्टीका भुमिगत लडाकुको नाममा चौकि हान्ने, सैनिकहरुमाथि गोली वर्षाउने, गावीस कार्यालयहरु जलाउने, वन कार्यालय भत्काउने जस्ता ध्वंसात्मक गतिबिधि सुनिने छन ।
सरकारले कति वटा लडाकु दस्तासित मात्रै वार्ता गर्ने ? कसका माग मात्रै सुन्ने ? यो एकिक्रितले चाहिँ लौ माओवादी र एमाले सुधारवादी भए, हामीले हो सच्चा जनवादी ब्यवस्थाकालागि लड्ने भन्दै माओवादी र एमाले संसदिय ब्यवस्थामा आएको परिस्थितिको फाईदा उठाउन खोजे जस्तो देखिन्छ ।
तर यिनको नारा र हाँक सुन्दा चाहिँ हाँसो उठ्छ । संसदिय राजनिति गर्नुसम्म गरेका यिनलाई जनताले पत्याएका थिएनन । नत जनताका लागि यिनको पार्टीले केहि गरेर देखाउन सकेको थियो । कसै गर्दापनि अस्तित्व जोगाउन नसक्ने भएपछि अहिले जनवादी ब्यवस्था ल्याउने गफ हाँकेर लडाकु दस्ता बनाउने धम्कि सार्वजनिक गरेका छन ।


no need to make bhumigat ladaku in nepal desh. who is want to make this one and that one. if u have not any work u go to any where but dont learn new uba this side ok we are poor always we are sitting bidesh than comming in the country bhumigat ladaku yourth yasiyal what is it in this nepal who have good idea please यिनको नारा र हाँक सुन्दा चाहिँ हाँसो उठ्छ ( ऋषी कट्टेल )(neta )u hava shreemati son daughter papa mother? why u did not die it is my pray with ऋषी कट्टेल ok
मन परो वा परेन:
0
0
[Reply]
Nepal ak garib desh ho ,ak ta Ne.Ka.Pa(mao) le desh pura barbadi garayo pheri arko Ne.Ka.Pa.(United) le yo ghosana gareko Chha yashle desh agadi badhane hoina pachhadi dhakelne ho ke garne hamara neta aaphoo agadi ra desh pachhadi parne gareeb janta jhan pachhee jhan gareeb
hudai jane chhana.
मन परो वा परेन:
0
0
[Reply]
केहि गर्न नसके पछि जनता तथा नेता तरसाउन भए पनि लडाकु दस्ता बनाउने धम्की त गर्नु नै पर्यो नि, कि कसो । फेरी कयौ नारीहरूको सिन्दुर मेटाउने बहादुरी कार्य गर्नु नै पर्यो नि । अनि पो सच्चा नेता भइन्छ, कि कसो कमरेड…………।
मन परो वा परेन:
0
0
[Reply]
आफने दाजु भाई सग के लडाईं गर्नु
मन परो वा परेन:
0
0
[Reply]
कयौ नारीहरूको सिन्दुर मेटाअनि पो सच्चा नेता भइन्छ, कि कसो कमरेडउने बहादुरी कार्य गर्नु नै पर्यो नि ।
मन परो वा परेन:
0
0
[Reply]