रस चुसेपछि छमछम नाच्छन माहुरी

dancing-bee.jpgरोदी र चौतारी को नाच के नाच ? ? तामाङ सेलो  के खतरा ? नाच्न जाने जाबो मादल र बाँसुरी, तबला र मुर्चुङ्गा केहि नचाहिने रहेछ । नपत्याए माहुरीहरुबाट सिके हुन्छ । तिनलाई फूलको रस भेटेमात्रैपनि पुग्ने रहेछ छमछम नाच्न । मादल र डम्फु, बाँसुरी र झुम्का नबजाईकन पनि छम छम नाच्ने रहेछन माहुरीहरु । भुरुर्र उड्यो । कुनै फूलमा गएर ट्क्क उभिएर सुत्त सुत्त रस चुसेपछि छम कि छम नाच्ने रहेछन माहुरीहरु । अष्ट्रेलियाली बैज्ञानिकहरुले त कोकिन भन्ने लागू पदार्थ खाने अम्मलीहरुसित तुलना गरेका छन फूलको रस चुस्ने माहुरीहरुलाई । कोकिनका अम्मलीहरुले कोकिन पाएपछि खुब नाच्छन रे । उनीहरु उमंगले प्रफुल्लित हुने रहेछन । फूलको रस चुसेका माहुरीहरुमा त्यस्तै उमंग छाउने रहेछ । असाध्यै खुशी हुने रहेछन । त्यहि खुशी, उमंग र हर्षले नाच्ने रहेछन माहुरीहरु । यो अष्ट्रेलियाली बैज्ञानिकहरुले अनुसन्धान गरेर पत्ता लगाएका हुन । 

रस प्रशस्त भएको फूल पत्ता लगाएपछि माहुरीहरु आफ्नो घारमा फर्केर आउने रहेछन । अनि त्यहाँका अरु साथीहरुलाई संकेत गर्न नाच्ने रहेछन । आफुले ठुलो पुरस्कार फेला पारेको संकेत गर्ने माध्यमको रुप नाचलाई बनाउने रहेछन माहुरीहरु । आफ्ना साथीहरुलाई त्यो रस भएको फूल कहाँ फेला पारेको हो भनेर ब्याख्या उनीहरु ढल्कि ढल्कि ओल्टि र पल्टि गरेर नाच्ने रहेछन । 

बैज्ञानिकलाई त्यो नाचले के संकेत गर्ला त ? महुरीहरुको दिमाखमा के भैरहेको हुन्छ त्यस्तो बेला भनेर बुझ्न संकेत गर्ने रहेछ त्यसले । त्यो रसले माहुरीहरुलाई उत्साह, जोश, हौसला थप्ने रहेछ । अनि आफ्ना साथीहरुसँग सञ्चार सम्पर्क गर्न  थप प्रेरित गर्ने रहेछ । यो अध्ययनले के संकेत गरेको छ भने कुन खालका रस लिँदा कस्तो लक्षण देखाउँछन माहुरीले भन्ने गहिरो अध्ययन गर्ने हो भने लागू पदार्थ का अम्मलीहरुका बारेमापनि महत्वपूर्ण  उपलब्धि हासिल हुनसक्छ । यो रिपोर्ट जर्नल अफ एक्सपेरिमेन्टल बायोलोजी भन्ने पत्रिकामा प्रकाशित भएको थियो ।

  • little.linguist

    Thanks for good information. Please try to explore some interesting and informative news.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mahesh kurwaale

    asaadhyai chaakh laagdo . jiwajantuko baaremaa lekhdai agrnuparyo.

    dadijile aajkaal lekhdai chhaadnu bhyo kina ?
    khali raajniti ? why ?

    tapaipani raajnititira laagna khojnu bho ki ke ho ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Baburam Pant

    Good interesting Report

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anukul prakash,chitwan

    I Like it.Thank you for interesting artical.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram shrestha

    sarai ramro 6.sadai yestai naulo naulo khajana haru phatai rahanus hai ta. sath sathi dhilai bhaya pani naya barsa 2009 ko suvakamana 6 tapai lai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree