सरकारमा माओवादी नेताका आफन्त त कति कति
-काभ्रेका चीनबहादुर तामाङलाई स्वकीय सचिवमा नियुक्त गरेका रक्षामन्त्री रामबहादुर थापाले सहायक स्वकीय सचिव भने आफ्नै छोरा प्रतीकलाई बनाएका छन् ।
-यसैगरी, सामान्य प्रशासनमन्त्री पम्फा भुसालले ललितपुरका अमिर शाक्यलाई स्वकीय सचिव र पारविारकि सदस्य अर्चना रजिाललाई सहायक स्वकीय सचिव नियुक्त गरेकी छन् । रिजाल भुसालकी दिदीकी छोरी हुन् । भुसालले पार्टीले असहमति जनाउँदाजनाउँदै पनि रिजाललाई सचिव बनाएको स्रोतको दाबी छ ।
-मन्त्री जनार्दन शर्माले आफ्ना मामाका छोरा भीमप्रकाश शर्मालाई स्वकीय सचिव बनाएका छन् ।
-जनयुद्धताका पार्टीले खटाएको गण्डक क्षेत्र नगई राजधानीमै बसेका आईबी गुरुङ अहिले कानुन, न्याय तथा संविधानसभामन्त्री देव गुरुङका स्वकीय सचिव भएका छन् । आईबीका दाजु रामकाजी गुरुङ कास्कीबाट माओवादी सभासद् छन् । मन्त्री गुरुङको सहायक स्वकीय सचिव भने मामाससुरा नारायण शर्माकी छोरी कुसुम पौडेल छन् ।
-अर्का मन्त्री लेखराज भट्टका स्वकीय सचिव ओमविक्रम भाट उनकै पारविारकि नातेदार नै हुन् ।
-पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीलाई माओवादीमा सबैभन्दा ठूलो नातावाद र कृपावादको सञ्जालमा बस्ने मन्त्रीका रूपमा आलोचना गरिन्छ । आफ्नो अघिल्लो कार्यकालमा यमीमाथि युद्धकालमा विदेश पलायन भएका केही टाढाका नातेदार भूमिनन्द देवकोटालाई स्वकीय सचिव बनाएको आरोप लागेको थियो । यमीले अहिले उनलाई नेपाल नागरकि उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य बनाएकी छन् ।
-यमीको सहायक स्वकीय सचिव सप्तरी, फत्तेपुरका ध्रुव कार्की हुन् । जनयुद्धमा असंलग्न कार्की माओवादी केन्द्रीय सदस्य राम कार्की (पार्थ क्षेत्री) का काकाका छोरा हुन् । कार्की ०५४ देखि ०५६ सम्म तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताका पनि सहायक स्वकीय सचिव थिए । मन्त्री यमीले आफ्नी दिदीहरू कयोदेवी यमीलाई राष्ट्रिय योजना आयोगको सदस्य र तिमिला यमीलाई काठमाडौँ उपत्यका खानेपानी आयोजना -केयूकेएल)को अध्यक्ष बनाएकी छन् । अर्की दिदी चिरकिशोभालाई त्यहीँको सञ्चालक समितिको सदस्य बनाएकी छन् । तर, मन्त्री यमी नातावादको आरोपको ठाडो प्रतिकार गर्छिन् । भन्छिन्, “नातावादका आधारमा नभई प्राविधिक क्षमता भएका मानिसलाई नै नियुक्त गरेकी हुँ ।” (हेर्नूस्, अन्तर्वार्ता)
-मन्त्री कृष्णबहादुर महरालाई पनि माओवादी पङ्क्तिबाट नातावादमा फसेको आरोप लागेको छ । महराले ललितपुरका कृष्णभक्त महर्जनलाई स्वकीय सचिव बनाए पनि फुपूका छोरा बेगमलाई सहायक स्वकीय सचिवको जागिर दिएका छन् । छोरा निर्मलले पनि मन्त्रालयमै टाइपिस्ट सुब्बाको काम पाएका छन् । यद्यपि, उनीहरू दुवै जना मन्त्रालयमा नआउने स्रोतले बताएको छ । मन्त्रीको स्वकीय सचिवको तलब उपसचिव र सहायक स्वकीय सचिवको शाखा अधिकृत बराबर हुन्छ । माओवादी मन्त्रीहरू लाभका पदमा आफन्तलाई ल्याएर विवादमा त तानिएकै छन्, उनीहरूमध्ये अधिकांशले सम्पत्ति विवरणसमेत बुझाएका छैनन् । जबकि मन्त्री भएको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियमै छ ।
‘आफन्त नियुक्त गरेकी छैन’
वर्गीय नारा लगाए पनि माओवादी सत्तामा पुगेपछि नातावादमा फसेको आरोप छ नि ?
माओवादी मन्त्रीहरूले पनि महिलालाई स्थान दिएनन् भनेर एउटा पत्रिकाले लेखेको थियो । मैले मेरो मन्त्रालय मातहतका सबै बोर्डमा महिलालाई समावेश गराएकी छु । तर, कहीँ पनि आफन्तलाई नियुक्त गरेकी छैन । अरू मन्त्रीहरूले के गर्नुभएको छ, आफैँ बुझ्नुहोला ।
बेपत्ता, सहिद र घाइतेका परिवारजनलाई राजनीतिक नियुक्ति दिने प्रचार गरे पनि माओवादीका सबैजसो मन्त्रीले परिवारका सदस्य र युद्धमा संंलग्न नभएकाहरूलाई स्वकीय सचिव बनाएका छन् । यो नातावाद होइन र ?
परिवारका सदस्यहरूलाई आफूभन्दा टाढा राखेर काम गराउनेहरूको छिटो विकास भएको विज्ञानले प्रमाणित गरेको छ । पार्टीका धेरैजसो साथीहरूले यही नियमबमोजिम काम गर्नु भएको छ । मेरो बुझाइ पनि छोराछोरीलाई आफ्नै घेराभित्र राख्नुभन्दा बाहिर राखेर ‘वाच’ गररिहँदा स्वतन्त्र विकास गर्छन् भन्ने हो । तर, केही साथीले परविारकै सदस्यलाई किन स्वकीय सचिव बनाउनुभयो, म बताउन सक्दिनँ ।
तर, नातावादबारे अरूभन्दा तपाइर्ंमाथि बढी आरोप छ, किन त ?
म हिजो मन्त्री भएको भौतिक योजना मन्त्रालय एकदमै ठूलो हो । त्यहाँ धेरै प्राविधिक चाहिएकाले कतिपय अवस्थामा पार्टीको च्यानल प्रयोग नगरीकन पनि मान्छे राख्नु पर्यो । पार्टी च्यानल खोज्न थाल्दा समय लम्बिएर काम देखाउन नसक्ने अवस्था थियोे । छिटो काम देखाउन मैले केही मान्छे नियुक्त गरेँ, तीमध्ये केही मेरा आफन्त परे । फेर हाम्रो परविारका सबैले प्राविधिक शिक्षा लिएका छौँ । काम गर्न नसक्ने अप्राविधिक मान्छेलाई परविारको सदस्य भएकै नाताले मैले कहीँकतै नियुक्त गरेकी छैन । भौतिक तथा योजना मन्त्रालयमा मैले काम गरेर नदेखाएको भए श्रीमान्-श्रीमती नै मन्त्री बनाउन हँुदैन भन्ने सोच बोक्ने हाम्रोजस्तो समाजमा मलाई फेर िमन्त्री बनाइन्न थियो होला । तैपनि, विगतका लाञ्छनाहरूबाट अहिले म धेरै सचेत छु ।
मन्त्रीहरूले सोध्दै नसोधी नियुक्ति दिएको भन्दै मोहन वैद्य र पोष्टबहादुर बोगटीले राजनीतिक नियुक्ति सिफारिस समितिबाट राजीनामा पनि त दिनुभयो, होइन र ?
मेरो मन्त्रालयको विषयलाई लिएर उहाँहरूले राजीनामा दिनुभएको होइन । मैले पार्टी च्यानलबाट आए अनुसार उहाँहरूलाई जानकारी गराएरै सबै काम गरेकी छु । अन्य मन्त्रालयको हकमा म भन्न सक्तिनँ ।
माओवादीले तपाईंहरू श्रीमान्-श्रीमतीलाई नै मन्त्री बनाएर नातावादको नमुना देखायो भन्ने आरोप पनि त छ ?
श्रीमान्-श्रीमती नै राजनीतिमा लागेका छन् भने बिनाहिच्किचाहट दुवैलाई सम्मान गर्नुपर्छ भन्ने कुरा माओवादीले स्थापित गरायो भन्ने मानिसहरू पनि छन् । अरू पार्टीमा श्रीमान् माथि पुगेपछि राजनीतिमा लागेकै भए पनि श्रीमती खुम्चिनुपर्ने अवस्था छ । हाम्रो पार्टीले त्यसभन्दा माथि उठेर निर्णय गरेको हो । (यो नेपाल पाक्षिकको अघिल्लो अंकबाट लिईएको हो-नेपालप्लसडट कम ।)
केहि दिन अघि प्रकाशित यसैसँग मिल्ने तलको रिपोर्टपनि हेर्नुस-


mantri Mrs Hisila Yami jyu,
natawad ka aadhar ra batabarn hoin pravidhik kshamata ra arko ma dil
bhaeko vyakti lae prathamik mauka dinu parcha bhaner mantri Mrs Hisila jyu
le bhaneki dekher ma kati patak svirkauchhu
tar tapae (Hisila) ko man bhitra rajanaitik hundain baru le
sabai thari-tharika jat haru lae saman (barabar) mauka dinu parchha bhaner mero hat le karae aaeko hu.
मन परो वा परेन:
0
0
[Reply]
KUKUR HARU BIKASH GARNA GAYAKO BHAYAPO BIKASH GARNE HADDI LUCHHNA GAYAKOLAI HADDI NAI RAMRO LAGCHHA (THEY LOVE CHAIR,THEY LOVE MONEY,THEY LOVE RELATIVE etc.)
मन परो वा परेन:
0
0
[Reply]
ho ho
मन परो वा परेन:
0
0
[Reply]
माओबादी पनि नेपालि नै हुन्
उनिहरु स्वर्ग बाट झरेका देवगण होइनन्, उनिहरु पनि नेपाल कै समाजका उपज हुन्, यहि सन्स्क्रिति बाट आयेका हुन्
हाम्रो सन्स्क्रिति का कुरिति हरु भनेको;
धाक लगाउने, ठालु पल्टिने, घरमा भोज भत्तेर गर्ने, अरुलाइ मान्छे नगन्ने, झुठ बोल्ने, सम्पत्ति र शक्ति को घमण्ड गर्ने आदी आदी हुन्
माओबादी हरु ले यि कुनै पनि कुरिति हरुलाइ सम्बोधन गर्ने प्रण गरेका थियेनन्
माओबादी हरु को सिद्दान्त मा त कुरिति भनेको दौरा सुरुवाल टोपि लगाउने, नेपाली भाषा बोल्ने, ध्यान पुजा गर्ने, दशै तिहार मनाउने, आदी आदी लाइ हुन्, हाम्रो देश को बिकास नभयेको मुख्य कारण चै दौरा सुरुवाल टोपि लगायेर, दशै तिहार मानेर हो, त्यसैले दौरा सुरुवाल त्यागेर टाइ सुट लगाउनु पर्छ, कपाल मा जेल हाल्नु पर्छ, आफ़्नो बिरोध मा बोल्ने मानिस लाइ तुरुन्तै त्यहि कुटि कुटि मार्नु पर्छ; आफ़्नो परिवार का भयेभर का सबै लाइ जागिर खुवाउनु पर्छ, अनि देश को बिकास हुन्छ, देश स्विजरल्याण्ड हुन्छ
मन परो वा परेन:
0
0
[Reply]
Sampati Bibaran bujayera ke garne, pheri corruption gare ra kamayeko sampati pachi dekhauna sarai nai garo parcha, ke garne janta le ragat bagayera malai satta ma purahi hale, aba tini haru lai ke hernu pracha ra sabai jana nepali sena bhihalchan ni tini haru ko bhalo bhaihalyo, mera natedar mera chora chori haru ko pani bhalo garnu paryo ni, desh sesh bhad mai jaos, Indian lai hat jodeko dhiye sarkar ma basna paihale, yehi ho mouka.
Ma hu ek Maobadi Neta , ahile chu mantri, ahile malai kehi pani nabhanu hai, mantri bata hatepachi janta ko seba garna ayeehalchu ni.
Lal Salam.
मन परो वा परेन:
0
0
[Reply]
‘Mahesh kirati ‘prati sahamati 6.thank you.
मन परो वा परेन:
0
0
[Reply]
” namaskar ra happy new year 2009” nepal ko rajniti ko k kura garni,
nepal ko rajniti vhanako ta bhadar ko khal ho jo ki Aafule pani ghar
banaudaina ra aru lai pani ghar banauna dinna tasaile pahela rajniti ma
sudar hunu parcha ani matra dhas ko bikas huncha…………………….?
मन परो वा परेन:
0
0
[Reply]
thanks kriti jii.
मन परो वा परेन:
0
0
[Reply]
ahile maobadi pani khawobadi bhayeko chha . yestai ho bhane arko pali jaantale chunne cchaina . pahila ko sabai bachaaharu bhuleko chha . jun jogi aye pani kanai chiriyeka bas.
मन परो वा परेन:
0
0
[Reply]
NEPAL PLUS le mantri haru ko salary ra vatta pani kati hunchha tyo kura janata haru samma lyaune kastha gare jhanai ramro hunthiyo ki ?????
मन परो वा परेन:
0
0
[Reply]