बार्सीलोनाबाट नमस्कार

हिजो दिउँसो दक्षिणी फ्रान्सको कार्यक्रम आधा सकेर म बार्सेलोनाका लागि हानिएँ । बिहान मेट्रो को लाइन खोज्दै साथी ईश्वर शर्मालाई भेटियो । अनि लागियो सिधा डिक कार्कीजी र उहाँकी जिवन संगिनी सरला सापकोटा कार्कीको घरमा जहाँ मैले तिन चार दिन बिताउने छु । त्यहाँबाट नेट जोड्न सकिएन टेन्सन भयो । अनि ईश्वरजीले मोती गौतमजीसित भेट्टाउनुभयो । अहिले हामी तिन जना मिलेर एभरेस्ट बारमा बियरको चुस्की मार्दै छौं । गफ गर्दै छौं । ईश्वरजीलाई भने भगवानले रोकेका रहेछन् रे रक्सी पिउन । हामी दुई जना भिडेका छौं ।

 स्पेनका नेपालीका कथा ब्यथा, आँसु र हाँसो के हो ? कति दुख भोग्छन् नेपालीले यहाँ । नेपालमा महिनाको लाखका बिटाले हम्किन भन्दै यूरोप आउने नेपालीका सपना कसरि दूर्घटना मा पर्छन् ? वर्षौं घर, परिवार, पती, छोरा छोरी त्यागेर मन बाँधेर सडकमा पैसाका बिटा र यहाँको रुवाइ भोग्नु पर्दा कस्तो हुन्छ ? मोतीजीले मन चस्स हुने गरि सुनाउँदै हुनुहुन्छ ।

मेरा पनि केहि बेर आँखा रसाउलान् झैं भए । बाँकि सुनाउनै बाँकि छ । सुन्नै बाँकि छ । भोली यहाँका नेपाली कन्सुलर लुईसले भेट्न बोलाएका छन् । बाँकि नेपाल प्रेमी स्पेनिस प्रेमी सितपनि भेट्ने मेसो उनैले मिलाएका छन् । अझै नेपालीका पीडा, हांसो र वास्तबिकता के हुन् साथीहरुले सुनाउलान् । म बिस्तारै सबै कुरा सुनाउँदै साझेदारी गर्दै जाउँला । अहिले साथीहरु इश्वर जी र मोतीजीसितै रमाउँ क्यारे है ? सुझाव सल्लह, गाली र ताली सबैकालागि धन्यावाद ।


  • ददी जी ,
    नमस्कार,
    मेरो तितो सत्य तपाइको पत्रीका मार्फत प्रकासन गरि दिनु भएकोमा ह्रीदाये देखि नै एस पत्रीरिका र तपाइको पनि उतरोतर पर्गती को कामना गर्दै बिदा ….उही स्पेनको आँगन बाट बिदा ती….गौतम जहाँ खोज्न धेरै समय खर्चिनु पर्छा …अस्तु
    .

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]


  • बर्सोलोना सारै राम्रो ठाउं, समुन्द्र को छेउमा भएर पनि होला बेलुका पख सरर हलुका हावा चल्छ र विषेस गरेर बेलुका घुम्न बहुदै आनन्द आउछ नत जाडो नत गरम कति राम्रो ठाउं छ र इटाली को भेनिस सहर पनि भिन्दै विशेषता भएको शहर वोरिपरी पानी पानी ले घेरेको ठाउं अरु शहरमा यातायात को लागि ट्याक्सी पाउछ भने भेनिसमा पानी टेक्सी पाउछ जुन नेपालमा भने डुंगा भनिन्छ l एस्ता रमणीय ठाउं मा पुग्दा केहि त लेख्न मन लागि हाल्छ l

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]


  • I wish to have wonderful trip.

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree