कति गर्छौ हे शहिदको नाममा राजनिति ?

martierys-of-nepal.jpg

नेपालमा के भएको हो ? यो शहिद शब्द खुब रुचाउन थालेका छन राजनितिक पार्टी । नेता । तिनका जिल्ला, शहर गाउँका कार्यकर्ता सबै । अपराधीलाई कारवाही गर्नु छैन हत्त न पत्त गएर शहिद घोषणा गर्‍यो । पैसा दियो । मान्छेलाई शहिद बनाउन, शहिद बनेकै दिनमा उसको नाममा पुरस्कार घोषणा गर्न कति हतार ? शहिद भएकोमा झन खुशि भए जस्तो । अब त शहिदका नाममा झन चर्का राजनिति हुन थालेको छ । खाली जग्गा जमिन देख्यो कि शहिद स्म्रिति भनेर ओगटिहाल्ने । शहिदको नाममा एउटा साईनबोर्ड लगेर झुण्ड्याइदिने अनि छोड्ने । त्यसको नाममा शुरु गर्ने राजनिति ।

 

सार्वजनिक जग्गा, सामूदायिक वन, खेल मैदान, गाई भैंसीको चरन केहि देख्न नहुने भो । एउटा दलले त्यसो गरेको देखेपछि अर्कोले बिरोध गर्नु, सहमतीमा त्यसलाई हटाउनु, कानुनी उपचार गरेर त्यस्तो कुसंस्क्रितिको बिरोध गर्नु छैन । अर्को दलकोले झन धेरै अर्को ठाउँ खोज्दै गएर ओगट्ने । हेर्नुस त यो चितवनको टिकौली वन कार्यालय छेउमै । अब शहिदको नाममा राजनिति गर्न यसलाइ ओगटिएको छ यसरि । वन कार्यालयले पनि के हेरेर बस्ने रहेछ ?

 

सामुदायिक वन क्षेत्रमा पर्ने यो खाली ठाउँमा पहिले युवाहरु भलिवल, क्रिकेट आदि खेल्थे । यसले शहरको वातावरणलाई स्वच्छ राख्न मद्दत गरिरहेको छ । शहर नजिक हरियाली थपेर सुन्दरता थपेको छ । घाँसेफाँटमा रमाउने चरा र जिवजन्तुलाई वासस्थान दिएको छ । अनि यो सबै मासेर शहिद उद्दान बनाउने रे । भवनहरु ठ्ड्याउने रे । शहिदहरु सबै हरियाली मासियोस, सबै कंक्रिटनै कंक्रिटको वस्ती होस भन्ने चाहन्छन र ? मानविय वस्ती वरिपरिको हरियाली, वन, प्रक्रितिका अन्य रचना सिध्याएर आफ्नो सालिक ठडिएको चाहना गर्छन शहिदले ? होइन भने शहिदको चाहना बिरुद्दको यस्तो कामले शहिदको भावनाको सम्मान होला कि तिरस्कार ?शहिदका नाममा राम्रो काम गर्नुछैन झन प्राक्रितिक सम्पदा मासेर शहिदको बदनाम पो गर्ने ?


  • Rajniti ak business jastai bhayo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Simsime

    Jahapani rajniti, patrakaarlepani ke ke dekhne hun,keke fela paarne hun thyakkai bhaneko dinmai milne gari paaune

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bimal

    desh le ragat maage maa kukhuraa bali chadaaunu…………..
    rudinan meri aama uhi ganesh prasad ki chhori………………..

    aadarniya dai haru maha ko geet jastai hune bhayo sahid ko sthan……………………………………………………..aaba kukhura lai bali chadayera sahid ghosanaa garna matrai baaki chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr

    साथी हरु नेपाली अक्छेर लेख्ने unicod हुँदा हुँदै नेपाली मै लेख्ने गर्नु हौ मित्र हरु,कि त अग्रेजिनै लेख्नु यो रोमन मा अती गहरो हुन्छ नि हो। अनी पाल्पाली tiger माधव पाण्डे जि कहाँ बाट हो नि तपाईं म पनि पाल्पाली हुँ नि तेसैले। लौन तपाईंको ईमेल दिनु हौ परिचय गरिहालौन कि कसो ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Dear Palpali Tara

    My e:mail adress is
    Blr@urtpl.com
    Bangalore
    09379577543

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • बलराम थापा

    पहिले सुकुम्बासीको नाममा खुबै जग्गा हडपिने गरिन्थ्यो अब त्यसमा बिचरा शहीदको नाम पनि थपियो । चोर, डाँका, लुटेरा, हत्यारा, बलात्कारी, भ्रष्टाचारी सबैलाई मरे पछि शहीद घोषणा गर्दै तिनका आफन्तलाई १०/१० लाख पनि दिइन्छ, उनीहरुको नाममा यसरि जग्गा, जमीन, जंगल पनि कब्जा गरिन्छ भने भोलीका हाम्रा सन्ततिले यो नेपाल भन्ने मुलुक चोर, डाँका, लुटेरा, हत्यारा, बलात्कारी, भ्रष्टाचारीहरुको देश रहेछ भनेर इतिहासमा पढ्नु पर्नेछ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देवान बिक्रम

    नेपाली शब्दकोशमा शहीदको अर्थ अब विनाकारण दुघर्टनामा परी मृत्‍यु हुने व्यक्ती भनी बुझ्न पर्ने पो हो कि ? कि कसो मित्रहरु हो , र यस अभियानमा लाग्ने कि ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree