विश्व प्रसिद्द पासबानसित समुद्रमाथि भेट
विश्वका ८ हजार मिटर अग्ला सबै १४ वटै हिमाल चढेर विश्वकै प्रथम महिला बनेकि । उनीसित भेट्न के सहज हुनु ! गतसाल यस्तै १४ वटा हिमाल चढेका पोर्चुगाली हिमाल आरोही जोआओ गार्सियासित लिस्बोनमा भेटे देखिनै पासाबानलाई भेट्न खोज्दै थिएँ । करिब एक वर्ष पछि बल्ल तल्ल मौका मिल्यो । स्पेनको राजधानीबाट बासकन्ट्री भनिने करिब ६ घण्टा रेलको दूरीमा बस्ने रहिछिन् । म गएँ अन्य नेपाली र अर्का स्पेनिससित अन्तर्वार्ता गर्न बार्सेलोना । संयोग मिलाइयो, उनी बार्सेलोना आउँदै रहिछिन् आफ्नो हिमाल आरोहणबारे अरु देशका हिमालप्रेमी र साहसिक यात्राप्रेमीलाई सुनाउन ।
स्नेपनका नेपालप्रेमी केहिसित अन्तर्वाता गर्ने नेपालको अनुभवबारे । त्यहिँ नेपालका हिमाल चढेर विश्वमा किर्तीमान कायम गरेकि महिला छन् । उनैलाई छुटाएर के मज्जा ? यीनलाई भेट्न पाउने वातावरण नमिलेसम्म जान मन लागेन । यो पटक मियो संयोगले । दिउँसो १ बजे बार्सेलोनाको मिरामार होटेलमा समय दिईन् । मिरामारको अर्थ सामुद्रिक द्रिष्य रहेछ । बार्सेलोना शहरको डाँडामा रहेको होटेल । त्यहाँबाट समुद्रको रसपान छर्लंगसित हुने । वरिपरि जंगल भएको, समुद्रको किनारमा बार्दली हालेर खाना खान, टहलाउन पाइने । विशाल बगैंचा भएको । ओहो, हिमालले त साहसी मान्छेहरुलाई धेरै पो दिने रहेछ झैं लाग्यो । त्यो होटेलको एक रातकै कम्तिमा चार पाँच सय यूरो हुँदो हो ।
साथमा थिए बार्सेलोना पुगेरै पहिलो पटक भेटिएका मित्र गोपाल रेग्मी । फूर्सदिला रहेछन् । जिज्ञासुपनि । अहिलेसम्म स्पेनमा कुनैपनि नेपालीसित यी हिमालकि किरा पासाबानको चिनजान रहेनछ । नेपालीहरु आफ्नै तालमा । उनी आफैंमा ब्यस्त । कुनै महत्वपूर्ण काम नभै उनले भेट्ने कुरै हुन्न । गोपालजी जाने भएपछि सहज भो मलाईपनि । आफूले खोज्दै हिँड्नुपरेन । होटेलको रिसेप्सनमा गएर नाम लियौं उनको । कोठामा फोन हान्दा त छैन पो भन्छ । तनाबको महसुस भैहाल्यो । १५ मिनेट ढिलो भयो कुर्दाकुर्दै । लौ आउँदिनन् कि भनेर छटपटी शुरु भो । गोपालजीलाई फोन गर्न भनें उनकि नीजि सचिवलाई । केहिबेरमा फोन गरौंला भनिछ । ओहो ढुकढुक भैहाल्यो भेट्न नपाइने पो हो कि भनेर । तै तै केहिबेरमा उनी झुल्किईन् ।
महिला भनेर के गर्नु ? बाफ रे शरिर त । हेर्दै पथ्थर जस्तो । जर्कटिएका हात गोडा । हिउँको असर होला अनुहारपनि चाम्री परे जस्तो, के के बिग्रिएझैं । मुसुक्क हाँस्दै ल यता बसौं भनेर एउटा कुनो रोजिन् । साह्रै सोझी, ईमान्दार, फाइँफुट्टी नजान्ने, गफ गर्न नआउने झैं लाग्यो । ‘मलाई त के के भन्ने हो थाह छैन, सोध्नु म जवाफ दिउँला’ भनिन् । मैले आफ्ना अनुभव सुनाउन भनें । अंग्रेजी भाषा खरर बोल्न आउने रहेनछ, काम चलाउ हुने । अड्कि अड्कि बोलिन करिब १५, २० मिनेट । अनि त ‘बोयनो, उम् आइ छिङ्क ईज लाइक जिस’ भनेर सबै अनुभव सक्किएझैं गरिन् । गोपालजीले क्यामरा ताकेको ताक्यै गरे । आगामी पुस्तकको लागि फोटो त चाहियो ।
दश वर्ष लगाएर ८ हजार मिटर अग्ला विश्वका १४ वटै हिमाल चढेकि । अनुभव, दुख सुखका कहानी, देखे भोगेका तिता मिठा, अमिला, पिरा र टर्रा अनुभूती कति होलान् ? तर उनको बानी रहेनछ सायद २० मिनेटमै सक्किएझैं गरिन् । त्यसपछि म आफैं प्रश्न तेसार्न कस्सिएँ । सानैदेखि हिमालको सोख रहेछ । १५, १६ वर्षमै नेपाल सुनेकि । त्यहि बेला देखि नेपाल पुगौंला एकदिन बह्न्ने धोको मनको अन्तरकुन्तरमा सजाएर लुकाएकि । सानैदेखि यूरोपका फुचुने हिमाल चढेकि । हिउँ सुँघेकि, पहिरोसित आँखा जुधाएकि । तैपनि यूरोपकै हिमालले अक्किल सिकाएनै हिमाल आरोहण बारे । अनि नेपाल गएकि । आ …… चानचुने के ताक्ने होइन ? महिला पो के कम ? ताकिन् सगरमाथानै ।
तर सगरमाथाले सजिलै पत्याएन । तेस्रो पटकमा बल्ला शिर दिन राजिभएछ । शुरु भैहाल्यो विश्वमा नाम फैलाउन । अनि कुनै दुई पटक, कुनै तिन पटक त कुनै झ्याम्मै पहिलो पटकमै गरेर १० वर्षमा सबै १४ हिमाल चढिछन् । आठ वटा हिमाल चढुन्जेलसम्मपनि उनलाई सबै १४ वटै चढुँला भन्ने लाग्या रहेनछ । विश्व प्रसिद्द महिला बनम्ला भन्ने त एक पित्कोपनि कतै बसेको रैनछ मनमा । नवौँ हिमाल चढ्ने मनमा धिपधिपे आशा पलाएपछि लागेछ, ए रात्तै हैन सबै चढेर किर्तीमान नै राख्न पर्छ कि के हो ? बल्ल निर्णय भएछ अब सबै चढ्छु, नामपनि राख्छु ।
एक दशकमा चौधै वटा विश्वका सर्वाधिक अग्ला हिमाल चढिन् । त्यो उचाइसँगै उनको पहुँच, प्रचार, प्रसिद्दि र लोकप्रियताको उचाइपनि अग्लिँदै गयो । अहिले उनी हिमाल आरोहण बारे प्रबचन दिँदै हिँड्ने गर्छिन् । दरो दाम लिन्छिन् प्रवचन दिएको । मेडियामा निरन्तर छाइरहन्छिन् । हिमाल चढ्दा चढ्दै माया प्रिति लाउन जोडी खोज्न नभ्याएर हो कि अझै सुश्री लेख्छिन् । मैले यस्सो जोक गरें गोपालजीसित ‘ओहो सुश्री रैछिन्, लौ न कुनै एउटो नेपालीले आँट गरेपनि दोहोरो मन् मिल्थ्यो कि ! नेपालकोपनि उद्दार हुन्थ्यो, नेपालीलाईपनि विश्व प्रसिद्द नारी ।’ गोपालजी डराए ‘आम्मामा यस्तो पथ्थर जस्तो त शरिर छ कहाँ सकिन्छ हँ ? नारी जस्तो केहि देखिन्न, महिलाको त छनक नै छैन’
उनले सबैभन्दा ठूलो समस्या नै उचित शिक्षाको अभाव देखेकि रहिछिन् नेपालमा । गाउँ गाउँमा सांस्क्रितिक महत्व, सम्पदाको संरक्षण, वालवालिकालाई शिक्षाको खाँचो देख्छिन् उनी । ‘गाउँमा वालवालिका स्कूल नै जाँदैनन् अनि त्यो देश र समाजको कसरि प्रगति हुन्छ ? ‘ सुनाइन् ।
त्यसैले उनी अहिले हिमालयन ट्रस्ट खोलेर अनाथ, युद्दमा अभिभावक गुमाएका, सडकमा अलपत्र परेका करिब सय जना वालवालिका पढाउँदै रहिछन् काठमाडौंको बौद्दमा । उच्च हिमाली भागको आरोहणले फोहोर धेरै थुप्रिएकोमा उनको चिन्ता थियो । पर्यटकबाट हिमाल आरोहण गरेबापत मोटो रकम लिएपनि त्यो क्षेत्रको वातावरणिय संरक्षण, स्थानिय जनताको शिक्षा, स्वास्थ्य र अन्य विकासमा सरकारले खर्च नगरेर उदासिनता देखाएको उनको अनुभवपनि सुनाइन् ।
उनलाई लाग्ने रहेछ, यो सब राजनिति हो । नेपालमा राजनीति हुन्छ, नेतालाई राजनिति भए पुगेको छ, जनताका समस्या, हिमालका समस्या हेर्ने फूर्सद नै छैन । यति भन्दाभन्दै नेपालका नेताको धेरै आलोचना गरेकोमा उनलाई अलि डर लागेछ । भनिन् ‘जहाँ जुन देशमा पनि राजनिति मात्रै गर्छन् नेता । हाम्रो देशमा पनि उस्तै हो । तर मैले नेपालका नेताको यस्तो आलोचना गरेपछि मलाई भिषा रोकिदिने त होइनन् हाम्रो बिरोधी भनेर ?




–मैले नेपालका नेताको यस्तो आलोचना गरेपछि मलाई भिषा रोकिदिने त होइनन् हाम्रो बिरोधी भनेर ?–
यी साहसी नारीले नेपाल सरकारको बिरोध गरेकी छैनन् , उनले जे देखिन् तितो त्यो भनिन् —
उनी ढुक्क भए हुन्छ नेपाल सरकारले उनको भिषालाई रोक्दैन ,
बरु उनि जस्ती साहसी हिमाल आरोहीलाई सहर्ष स्वागत गर्छ
सधै .
( उनको शरीरलाई हेरेर गरिएको जोकले चै नेपाली पुरुषको
मानसिकतालाई देखाएको छ — माफ गर्नुस सबै पुरुष त्यस
मानसिकताको नहोलान् तर यहा लेख पढी पछी चै भन्नै पर्ने
हुन्छ छन् है यस्ता मानसिकता भएका पुरुष ‘पनि’ —–
मन परो वा परेन:
7
0
[Reply]
ramro vaechh gaf gaf, padhera khusi lagyo
मन परो वा परेन:
2
0
[Reply]
यस्ता मान्छेहरुलाई नेपालको हितमा प्रयोग गर्नु पर्छा / नेपाललाई यति धेरै माया गर्नेहरु र यस्ता पहु**च्वाला व्यक्तिलाई नेपालको प्रवार्धना गर्ने माध्यम बनाउनु पर्छा / ददिजीको यो प्रयास अति प्रशम्सनिय छ
मन परो वा परेन:
4
0
[Reply]
नेपालीको मन-मनमा छुने कुरा गरेकी छिन्/ उनका अनुभवले हामी धेरै कुरा सिक्न सक्छौ/ निरन्तरको प्रयासले काम सफल भएर बिस्व प्रसिद्द भइन्/
नेपाली नेता रिसाउनु होइन खुशीहनु पर्छ/ सत्य तथ्य बोलेकोमा/
मन परो वा परेन:
4
0
[Reply]