लौ आयो मुस्ताङ पानी जहाज
बाबुरामले मुस्ताङ जिल्लाको कस्ट, डाँडाकाँडा, दूर्गम क्षेत्र प्रतिको मोह र नेपालमै पाटपूर्जा कसेको हुनाले मुस्ताङ गाडी चढे झैं लाग्या थियो । तर होइन रैछ क्यारे ! उनीपनि बिदेशी नक्कल गर्न सिपालु रहेछन् कि के हो ? किनभने उनले मुस्ताङ गाडी रोज्नुको कारण कतै फ्रान्समा मुस्ताङ पानी जहाज वा फ्रान्समा मुस्ताङ नामको रेसिङ कार वा मुस्ताङ नामको महँगो गाडी देखेर त्यसैको नक्कल गरेका त होइनन् ? संयोग हो वा फ्रान्सेली नक्कल, प्रधानमन्त्री डा बाबुराम भट्टराईको मुस्ताङ गाडीको चर्चा चलिरहेकै बेला फ्रान्समापनि मुस्ताङ पानी जहाज देखापर्यो ।
यस्सो घुम्न निस्कनुपर्यो भनेर हिँडेको पेरिसको छेउछाउ । नदीमा चिप्लिराखेको पानी जहाजमा आँखा परे । यस्सो हेर्छु त ‘मुस्ताङ’ लेखिएको । सम्पन्नशाली फ्रान्सेलीहरु बस्ने भनेर चिनिने नइ सुर सेन भन्ने ठाउँको सेन नदीकै एउटा भंगालोमा यो पानी जहाज देखियो । खस खस लागिहाल्यो । सोधियो यस्सो वरिपरि हुनेलाई । स्थानिय वासिन्दाका अनुसार उनीहरुलेपनि मुस्ताङ भनेर लेखिएको यो मालबाहक पानी जहाज पहिलो पटक देखेका हुन् ।
तर त्यसको नाली बेली पत्ता लगाउन भने गाह्रो भयो । किनभने जहाज पानीमा थियो । त्यहाँ जान सक्ने कुरो भएन । वारीबाट चिच्याएर जहाज चालकले सुन्न संभव थिएन । वरिपरिका मान्छे जो देखिए तिनलाई खासै जानकारी रहेनछ । पछि आएर ईन्टरनेटमा सर्च गर्दा तलका यी फोटा भेटिए । यसबाट थाह हुन्छ कि मुस्ताङ पानी जहाज थरी थरीकै रहेछन् । यीनले मुस्ताङ जुत्ता बनाएका रहेछन् । मुस्ताङ गाडीसमेत रहेछ । मुस्ताङ नामकै सानो डुंगापनि बनाएका रहेछन् ।
त्यसो त, यूरोपमा नेपालका हिमाल, ठाउँ र अनेक वस्तुका नाम नक्कल गर्ने प्रचलन बढेको छ । यति कार, यति विमा कम्पनी, एभरेस्ट बिमा कम्पनी, जाडोमा लगाउने अन्नपूर्ण डाउन जाकेट, एभरेस्ट पोकर भने खेल फ्रान्समा प्रसिद्द छन् । चाखलाग्दो कुरो के भने हामी पश्चिमी वस्तु र नामका पछादि दौडीरहेका छौं । हामीलाई रोजी, सोफी, डेभिड, क्रेसि नाम पर्न थालेको छ । न्युयोर्क, टोकियो भन्ने लेबल यस्सो देख्दापनि उतैका सभ्य, सुसम्पन्न नागरिक भइएला झैं त्यसैमा मन जान्छ । तर पश्चिमाहरुले चाहिँ हाम्रा सबै कुरा बुझेर मुस्ताङ, डोल्पो, अन्नपूर्ण, यती, बाघ, हात्ती जस्ता हाम्रा मौलिक नाम रुचाउन थालेका छन् ।
what is the benefit for nepal…………
मन परो वा परेन:
0
0
[Reply]
Mustang is one of Ford’s company car models of mid sixties. Later also popularized by Wilson Picket in his song as Mustang Sallyhttp://www.youtube.com/watch?v=fsjFi4KkOZc&feature=related – a connotation for sexy outlook car.
Name similar to our Mustang district Golcha Organization took the name for its manufacture and Baburam popularized it. Had it been done by some Chinese Company instead of Nepali, it would have been a copyright issue.Now Mustang brand has various items of consumer goods.
मन परो वा परेन:
0
0
[Reply]
padhera khusi ra achamma dubai lagyo
मन परो वा परेन:
0
0
[Reply]
–मुस्ताङ गाडी रोज्नुको कारण कतै फ्रान्समा मुस्ताङ पानी जहाज वा फ्रान्समा मुस्ताङ नामको रेसिङ कार वा मुस्ताङ नामको महँगो गाडी देखेर त्यसैको नक्कल गरेका त होइनन् ? —
ददी जी !
यो त बिरोध गर्ने ‘रहर’ भने झैँ मात्रै भो है !
हो हामीले बिरोध गर्नु पर्ने धेरै कुराहरु छन् , गर्नु पनि पर्छ
चाहिने कुरामा तर नचाहिने कुरामा पनि बिरोध गरेर लुतो कन्याई गर्नुमा मजा लिने बानी चै नराम्रो हाम्रो !
नेपालमै बनेको पजेरो सजेरो भन्दा कम मूल्यको मुस्तांग गाडी
चढेर बाबुरामले राम्रो शन्देश दिएका छन् .
उनको यो राम्रो कामको उदाहरण हो . राम्रोलाई राम्रो भनौ चाहे
त्यो आफूलाई मन नपर्ने नेताले गरेकै किन नहोस !
मन परो वा परेन:
0
0
[Reply]
chandra Reply:
January 1st, 2012 at 6:28 pm
२५ पैसा जोगाएर १ रुपया खर्च गर्नु खै कहाको मीतव्यीता हो बुज्नै सकीएन | के राम्रो के नराम्रो अलमल्ल पारे यी जगली हरुले |
मन परो वा परेन:
0
0
[Reply]
Luna Reply:
January 1st, 2012 at 7:47 pm
तपाईको कुरामा सहमत छु चन्द्र जी ,
मिताब्यियता बाबुराम सरकारबाट पनि भएको छैन —
यहा कुरा त्यो मुस्तांग गाडीको कुरालाई लिएर नकारात्मक
ढंगले टिप्पणी गरिएको भएर त्यो कुरा संग चै सहमत नभा हो .
नेपालको प्रधान मन्त्रीले नेपाल मै बनेको मुस्तांग गाडीको प्रयोग
जस्तो सकारात्मक बिषय माथी नकारात्मक रंग किन छ्याप्नु !
बाँकी तिनका अन्य बिषय सम्बन्धि नकाराम्त्क कुराको खेदो
खन्नु पर्छ !
राम्रो लाई राम्रो नराम्रो भन्न सक्नु पर्यो ईमान्दार भएर —
मन परो वा परेन:
0
0
[Reply]
chandra Reply:
January 2nd, 2012 at 1:59 am
८४ व्यंजन भन्छौ हामी त्यसको मतलब सम्पूर्ण परिकार | अगाडी ८४ व्यंजन राखेर खाने बेलामा दिने मान्छेले गाली गर्यो भने हामी लाइ खान मन लाग्ला या नही ? यो सुधारको सुरुवात हो बाबुरामको तर प्रयोग आफ्नै पत्नी सम्म पनि भएन | आफ्नै घर बनाउन नसक्ने मिस्टर बाबुराम | हामी त्यस्ता पी एम भएका देशका जनता | तपाईका लागि यो राम्रो होला लुना जी तर मेरो बिचारमा यो नुन लौरो हो यी जगली हरुको |
मन परो वा परेन:
0
0
ददी जी राम्रो बिस्लेसन
को लागि धेरै धेरै
धन्यवाद , लेख खोजमुलक छ .
मन परो वा परेन:
0
0
[Reply]
अमेरिकीहरुले चाँहि मस्ट्याङ भनेर उच्चारण गर्छन तर हिज्जे भने उही हो। थाहा छैन गोल्छाहरुले किन यही नाम रोजे तर कुनै दिन यो फोर्ड कम्पनीको जानकारीमा पुगेमा प्याटेन्ट राईट वा कपिराईट यस्तै मुद्दामा तान्न बेर छैन। यहाँ अमेरिकामा के निहुं पाऊँ अनि मु्द्दा हालुँ भनेर खोजिरहेका हुन्छन्।
नक्कल बाबुराम ले गरेका होइनन्। नक्कल गरेको भए गोल्छाहरुले गरेका हुन्। स्वदेशमा नै (बनेको) जोडजाड भएको सस्तो गाडी चढेर बाबुरामले राम्रै सन्देश दिएका थिए तर उनले सल्लाहकारको भिड जम्मा गरेर, खर्चिलो चियापान आयोजना गरेर, जम्बो मन्त्रिमण्डल गठन गरेर र अझै इतिहासका भ्रष्टचारीहरु गच्छदार, जेपि गुप्ताहरु जस्ताको लाछार मोहरा बनेर भट्टराईजीले आप्नो विश्वसनियता गुमाए।
मन परो वा परेन:
0
0
[Reply]
Luna Reply:
January 1st, 2012 at 11:18 pm
–स्वदेशमा नै (बनेको) जोडजाड भएको सस्तो गाडी चढेर बाबुरामले राम्रै सन्देश दिएका थिए तर उनले सल्लाहकारको भिड जम्मा गरेर, खर्चिलो चियापान आयोजना गरेर, जम्बो मन्त्रिमण्डल गठन गरेर र अझै इतिहासका भ्रष्टचारीहरु गच्छदार, जेपि गुप्ताहरु जस्ताको लाछार मोहरा बनेर भट्टराईजीले आप्नो विश्वसनियता गुमाए।–
सत्य हो .
मन परो वा परेन:
0
0
[Reply]
ek लाब्या शर्मा ले भनेको ठिक हो यो एउटा मोडेल thiyo फोर्ड कार को tyasai बाट यो पनि Mustang भएको देखिन्छ
मन्द बुद्धि भएपछी जे पनि बिरोध गर्ने बानि बसिसकेको छ
मन परो वा परेन:
0
0
[Reply]
ramro 6, saro ramro.
मन परो वा परेन:
0
0
[Reply]
Yo naam ko thulo jahaj pani maile Aine ma dekheko thiye.. tara photo khichna bhyaina… malai pani khub saksak lageko thiyo.
मन परो वा परेन:
0
0
[Reply]