सबै नेपालीले दौरा सुरुवाल लगाइदिए पो !
आम्स्टरडममा विल्कोसित गफ्फिँदै जाँदा उनले भनेका केहि कुरा मध्ये नेपाली राष्ट्रिय पोशाक बारेपनि थियो । उनको तर्कले हामी सामान्य नागरिक त के हाम्रा नेताको दिमाखमा लागेको बुद्दीको बिर्कोपनि खोल्न सहयोग पुग्ने लाग्थ्यो । उनी नेपाली पोशाक असाध्यै रुचाउने रहेछन् । त्यहाँको नेपाली कार्यक्रममा नेपाली पोशाकमै नाचेका पनि । उनको काममा सधैं नेपाली पोशाक लगाएर जान मिल्ने भएन । त्यो उनको देशको पोशाकपनि होइन । तर नेपाली पोशाकको उनी प्रशंसा गर्थे ।
झट्ट हेर्दा कतिपयलाई अप्ठेरो झैं लाग्छ । दौराले घाँटी कस्छ कि झैं देखिने । सुरुवालको पछाडी हात्तीको पछिल्लो भागको छाला चाउरी परेझैं मुजै मुजा पर्ने । त्यो सोहोरिएर चेप्छ, अप्ठेरो पार्छ झैं । तर त्यस्तो देखिने मात्रै हो । लगाउन साह्रै सजिलो, आनन्ददायक, छरितो हुन्छ भन्छन् उनी । उनको अनुभवमा चिटिक्क सुहाउँछपनि नेपाली दौरा सुरुवाल ।
सबैभन्दा विचारणिय उनको तर्क के भने यो दौरा सुरुवाल नेपालमै बन्छ । अहिले नेपालका अधिकांश उध्योग धन्दा बन्द भएका छन् । भएकापनि धिकिर धिकिर चलेका । कुनै आज कि भोली बन्द हुने भनेर दिनगन्ति शुरु भएको । नचलेर भएका कामदारपनि कतै निकालिने, कतै तलब मारेर उँघ्दै दिन काट्ने । तलब बिनासित्तीमा दियो झन घाटामाथि घाटा । देशमा उध्योग भएनन् । विकास गर्नु पर्यो । खोल्नुपर्यो कलकारखाना भनेर मात्रै हुन्छ ? त्यसबाट उत्पादित वस्तु नेपालीले प्रयोग गर्नु पर्यो नी ! नेपालीले आफ्नो देशको उत्पादनमा गौरव गर्नु पर्यो नी । नत्र उध्योग धन्दा खोलेर मात्रै हुन्छ ?
उदाहरण यहि दौरा सुरुवाल छ । यो नेपालमै बन्छ । यसमा नेपाली कामदारले काम पाएका छन् । यहि दौरा सुरुवाल लगाईदिए कति पैसो स्वदेशमै बस्छ ? यो दौरा सुरुवाल लगाउँदा जनतालाई सस्तोपनि पर्छ । तर नेपालीहरु के गर्छन् ? अरुका त के कुरा, हाम्रै नेता देश बदल्ने महान गफ हाँक्छन् तर तिनलाइ लूगा बिदेशी चाहिन्छ । बिदेशी सूट र टाइ । तिनले आफ्नै देशमा बनेको लूगा लगाउँदैनन् । अनि कहाँबाट हाम्रो उध्योग धन्दा फस्टाउँछ ?
सबै नेपालीले दौरा सुरुवाल लगाइदिए कति पैसा जोगिन्छ नेपालको ? उनी सोध्थे ? नेपालीहरुले त्यसो गरे कति नेपालीको रोजगारी स्रिजना हुन्छ ? सबैले नेपाली दौरा सुरुवाल, नेपालमै बनेको लूगा सिलाएर लगाउने हो भने कति उधोगको आवश्यता पर्छ ? त्यो सिकाउने भनेको नेताले हो । नेताले अफ्नै देशमा बनेको लूगा लगाइदिए पो जनतालेपनि सिक्छन् । नेताले आफ्नै देशमा बनेको लोगा लगाउने नीति बनाइदिए पो हुन्छ । तर नेपालका त नेता नै सस्तो, सजिलो र राम्रो आफ्नै देशमा बनेको लूगा नलगाएर बिदेशी लूगा लगाउँछन् अनि कहाँबाट देशको विकास हुन्छ ? कसरि देशको पैसा जोगिन्छ ? नेतालेनै त्यसो गरेपछि जनताले कसरि सिक्ने ?


नेपाल मै बनेको दौरा सुरुवाल लगाएर नेपाल को उधोग धन्दा फस्टाउने थियो र नेपालीपन हुनेथ्यो भन्ने कुरा झट्ट सुन्दा राम्रो लाग्छ, तर अब प्राक्टिकल सोचौ नेपाल को खपी नसक्ने तराई तथा पहाड को गर्मि मा दौरा सुरुवाल लगाउन सकिएला? अनि नेपाल को ३०% जनता जुन २ छाक खान र बजार मा सस्तो पाइने पुराना लुगा लगाउन पनि धौ धौ हुने ले कसरि किन्ने दौरा सुरुवाल? त्यहि भएर सबै भन्ने सब्द चाही सुहाउदैन बरु अफिस मा बस्ने सरकारी कर्मचारीहरु, मन्त्रि, प्रधान मन्त्रि लै चाही अनिबार्य गरे हुन्थ्यो
मन परो वा परेन:
7
1
[Reply]
Ramesh Bhandari Reply:
March 24th, 2012 at 12:41 am
hello sathi Neapali haru ta nangai ta pakkai pani basdainana .luga ko lagi daura seruwal lagau pao bhaneko ta hernos nun khan napaepani luga launa chhodnu hudain tyasaile po daura suruwal lagau bhaneko ho jasto malai lagchh.sabaijanale le lagaune ho bahne ta kam se kam luga ma ta aatmanirbhar hunthyo ki Nepal? Kaso?
मन परो वा परेन:
2
0
[Reply]
नेपालप्रति माया देखाउनुभएकोमा खुशीलाग्यो, तर मेरो विचारमा १.दोरासुरूवाल सर्टपाइन्ट भन्दा महँगो पर्छ २.सर्टपाइन्ट पनि नेपालमै सिलाउने हुनाले रोजगारी सिर्जनाको कुरा त्यति मिल्दो भएन ।
मन परो वा परेन:
4
1
[Reply]
दौरासुरुवाल लगाएका देशका ठुला भनिएकाहरुले ठुलठुला भ्रास्टाचारहरु गरेको र सामान्य नागरिक प्रती हमेशा दुर्भावना राखेको कारण दौरासुरुवाल देशको जातिवाद र राजातन्त्र जस्तै कुख्यात भईसक्यो । दौरासुरुवाल लगाउदा अब गर्व होइन आफुलाई तुच्छ महसुस हुन थाल्यो । तसर्थ अब दौरासुरुवालको ठाउमा अर्कै पोशाकलाई राष्ट्रिय पहिरन बनाउनु पर्छ । त्यसैको अभियान स्वरुप दौरासुरुवाल अहिले सरकारी पोशाकको रुपमा पनि प्रयोग नभइ Suspended अवस्थामा छ । गन्हाउनेहरुले लाउने पोशाकलाई बढाइचढाइ गर्नु त्यती सान्दर्भिक लागेन ।
मन परो वा परेन:
1
3
[Reply]